• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -२

by Tanka Subedi
May 30, 2020
in Articles, Sermons, Sermons/Teachings

प्रभुमा प्रिय जनहरू,

आज हामी गत हप्ताकै वचनलाई पूरा गर्नेछौं।

९”तर तिमीहरूचाहि“ यस किसिमले प्रार्थना गर्ने गरः ‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ, तपाईंको नाउँ पवित्र होस्। १० तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमा जस्तो छ, त्यस्तै यस पृथ्वीमा पूरा होस्। ११हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्। १२ हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं। १३ हामीलाई परीक्षामा पर्न नदिनुहोस् , तर दुष्टबाट छुटाउनुहोस्। किनभने राज्य, पराक्रम र महिमा सदार्सवदा तपाईंकै हुन्, आमिन।’

मत्ती ६:९-१३

आशा छ यो प्रार्थना तपाईंहरूले हप्ताभरी घरिघरि गर्नुभयो होला। गत हप्ता हामीले सिकेको कुरालाई यहाँ छोटकरीमा दोहोर्‍याऔ।

यो प्रभुले सिकाउनु भएको प्रार्थना गर्ने विशेष तरिका हो। यस प्रार्थनाको शुरुमा परमेश्वरको वर्णन गरिएको छ। उहाँ हाम्रा पिता हुनुहुन्छ , हामी उहाँसँग ढुक्क भएर माग्न सक्छौं साथै उहाँ स्वर्गमा, सर्वोच्च स्थानमा हुनुहुन्छ त्यसकारण उहाँकहाँ जाँदा हामी श्रद्धा र भक्तिसाथ जानुपर्छ।

यस प्रार्थनामा जम्मा ६ वटा विन्तीहरू छन् प्रथम ३ वटा परमेश्वरको बारेमा छन् र दोस्रो ३ वटा हाम्रोँ बारेमा छन्।

पहिलोः तपाईंको नाउँ पवित्र गरियोस्                            – परमेश्वरको बारेमा

दोस्रोः तपाईंको राज्य आओस्                                 – परमेश्वरको बारेमा

तेस्रोः तपाईंको इच्छा स्वर्गमा जस्तो छ, त्यस्तै यस पृथ्वीमा पूरा होस्  – परमेश्वरको बारेमा

चौंथोः आज दिनभरीको भोजन आज हामीलाई दिनुहोस्             –  हाम्रो बारेमा

पाचौँ; हाम्रा अपराध क्षमा गर्नुहोस्                              –  हाम्रो बारेमा

छैठौँ; हामीलाई परीक्षामा नल्याउनुहोस् तर                         –  हाम्रो बारेमा

दुष्टबाट जोगाउनुहोस्

परमेश्वरको बारेमा भएका प्रथम तीनवटा विन्तीहरुको बारेमा हामीले गत हप्ता नै हेरिसक्यौं। आज हामी बाँकी तीनवटा विन्तीहरु र प्रभुको प्रार्थनाको अन्तिम भागलाई हर्र्नेछौं।

चौंथो विन्ती – हाम्रो दिनभरिको भोजन आज हामीलाई दिनुहोस्

यस विन्तीमा हामीले हाम्रो शरीरको निम्ति आवश्यक खाना मागेका छौं। यसको अर्थ खानेकुरा मात्र होइन तर हाम्रो शरीरलाई आवश्यक पर्ने सबै कुराको लागि प्रार्थना गर्दछौं। जस्तै बस्नलाई घर, लगाउनलाई कपडा, लुगा धुन पानी, सवारीका साधन आदि।

यो प्रार्थना गर्दा हामीलाई एउटा विशेष परीक्षा आउन सक्छ “मैले परिश्रम गरेर कमाएको पैसाले नै यी सबै चीज पाउँछु भने किन यो प्रार्थना गर्नु पर्‍यो”

प्रिय मित्र, परमेश्वरको वचनले भन्छ

“हरेक असल दान र हरेक सिद्ध वरदान स्वर्गबाट आउँछ, यो वरदान ज्योतिका पिताबाट आउँछ।”

-याकूब १:१७)

त्यसकारण हामीले यो जान्नु पर्छ कि हामीसँग जे छ ती सबै परमेश्वरबाटै आएका हुन्छन्।

“हाम्रो दैनिक भोजन आज हामीलाई दिनुहोस्” भन्ने प्रार्थनामा हामीले अर्को एउटा अन्तरविन्ती पनि राख्न सक्छौं।

आजको विकसित युगमा हामीले उपयोग गर्ने धेरै सामानहरू धेरै टाढाबाट आउँछन् र यो उत्पादन हामीसम्म आइपुग्दा धेरै मानिसको परिश्रम यसमा परेको हुन्छ। जस्तै हामीले प्रयोग गर्ने कपडालाई  नै हेरौं।

किसानले कपास उत्पादन गर्छ, ठेकेदारले लगेर कारखानामा बेच्छ, कारखानामा विभिन्न व्यक्तिले त्यसलाई सफा गर्ने काम गर्छन् र अर्को कारखानामा पठाइन्छ, त्यहाँ धेरै मानिसहरू मिलेर धागो तयार पार्छन्, रंग लगाउँछन् र अर्को कपडा बनाउने कारखानामा कपडा तयार गरिन्छ। त्यो कपडा ट्रक ड्राइभरले होलसेलरकोमा ल्याउँछ, त्यहाँबाट पसलेले लैजान्छ, हामीले किन्छौं र सिलाउन अर्को व्यक्तिलाई दिन्छौं। अनि मात्र हामीले प्रयोग गर्र्छौं। हजारौं मानिस यसमा संलग्न हुन्छन्। ‘हामीलाई हाम्रो भोजन दिनुहोस् भनी प्रार्थना गर्दा हामीले अप्रत्यक्ष रुपमा यी सबै मानिसहरूको लागि पनि आशिष् मागिरहेका हुन्छौं।

यस विन्तीमा अर्को एउटा विशेष कुरा पनि छ। त्यो हो “आजको दैनिक भोजन” प्रार्थनामा हामीलाई आवश्यक परेको कुरा माग्दैछौं हामीले चाहना गरेको कुरा होइन। यस संसारमा हामीले सम्पत्ति थुपारेको परमेश्वर चाहनुहुन्न।  तर हाम्रो आवश्यकता पूरा गर्ने कुरा मात्र माग्नुपर्छ।

मत्ती ६:१९-२० पढौं “आफ्नो निम्ति पृथ्वीमा धन-सम्पत्ति नथुपार, जहाँ कीरा र खीयाले ती नष्ट पार्छन् र जहाँ चोरहरूले घर फोरेर ती चोर्छन् तर आफ्नो निम्ति स्वर्गमा धन-सम्पत्ति थुपार, जहाँ कीरा वा खीयाले नष्ट पार्दैन, र चोरले पनि चोर्दैन। हामीले हाम्रो धन सम्पत्ति पृथ्वीमा होइन तर स्वर्गमा थुपार्नु पर्छ। हामीले चाहना गरेका हरेक कुरा हामीले माग्नु आवश्यक छैन। जस्तैः-

–      धेरै महंगा गरगहना

–      नयाँ मोडेलको मोटर साइकल

–      छिमेकीको भन्दा राम्रो सारी

–      हरेक छाकमा मासु

–      धेरै जग्गा र धेरै ठूलो घर आदि।

तर हामीले माग्नु पर्ने कुरा अरु नै छन –

जस्तैः

–      दिनदिनैको लागि स्वास्थ्य खाना

–      सफा र समाजमा सुहाउँदो कपडा

–      बस्नको लागि यथेष्ट पुग्ने घर

–      आवश्यक पर्ने सवारी साधन वा बस तथा ट्याक्सी प्रयोग गर्ने पैसा

–      स्वस्थ्य उपचार र शिक्षाको लागि खर्च

–      समाचार, जानकारी र स्वस्थ्य मनोरञ्जनको लागि टी. भी., रेडियो आदि

पाँचौं विन्तीः ‘हाम्रँ अपराध क्षमा गर्नुहोस्’

यस विन्तिमा पापको क्षमा मागिएको छ।

पाप भनेको के हो त?

पाप भनेको परमेश्वर वा अरु मानिसको विरुद्धमा गरिएको गल्ती हो। हामीहरू सबै पापबाट मुक्त हुनु आवश्यक छ। यस पदमा अझै ध्यान दिऔं, यो विन्तीमा हामीले आफ्ना पापको क्षमा माग्दा आफूप्रति अरुले गरेका पापको क्षमा दिइसकेका छौं भनी जनाइएकोछ।

प्रिय मित्र, के तपाईंले सजिलैसँग आफ्ना विरोधीलाई क्षमा दिन सक्नुहुन्छ? कतिपय अवस्थामा यो कार्य निकै कठीन हुन्छ। तर यो अनिवार्य शर्तका रुपमा छ। यदि हामीले हाम्रो विरोधीको अपराध क्षमा नगरी आफ्नो अपराधको क्षमा माग्यौं भने, त्यो पाउन असम्भव छ। किनभने मत्ती ६:१४-१५ मा प्रभु येशू भन्नुहुन्छ

“किनकि तिमीहरूले मानिसहरूका अपराध क्षमा गर्‍यौ भने तिमीहरूका स्वर्गमा हुनुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ। तर तिमीहरूले मानिसहरूका अपराध क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका अपराध क्षमा गर्नुहुनेछैन।”

हामीले अरुलाई क्षमा दिंदा निशर्त क्षमा दिनु आवश्यक छ। त्यसपछि मात्र परमेश्वरले पनि हाम्रा अपराधहरू नि:शर्त क्षमा दिन सक्नुहुन्छ। प्रभु येशूले भन्नुभएको एउटा उखान पढौं मत्ती १८:२३-३५

“यसैकारण स्वर्गको राज्य एउटा राजासँग तुलना गर्न सकिन्छ, जसले आफ्ना नोकरहरूसँग हिसाब लिने इच्छा गरे। जब तिनले हिसाब लिन लागे, दश हजार सुनका सिक्का ऋण लिने एक जना तिनीकहाँ ल्याइयो। तर त्यस मानिसले तिर्न नसक्दा त्यसका मालिकले त्यसलाई र त्यसका स्वास्नी र छोराछोरी र त्यसका सबै थोक बेची ऋण चुकाउने हुकुम दिए। तब त्यस नोकरले घुँडा टेकी तिनका पाउमा परेर भन्न लाग्यो, ‘मालिक, ममाथि धैर्य गर्नुहोस्, म तपाईंको सबै ऋण चुकाउनेछु।’ तब त्यस नोकरका मालिकले टिठ्याएर त्यसलाई छोडिदिए, र त्यसको ऋण माफी गरिदिए। “तर त्यस नोकरले निस्केर जाँदा आफ्नो सङ्गी-नोकरहरूमध्ये एक जनालाई भेट्यो, जो त्यसको एक सय चाँदीका सिक्काको ऋणी थियो। उसलाई घोक्रोमा पक्रेर त्यसले भन्यो, ‘तेरो ऋण तिरिहाल्।’ “तर त्यसको सङ्गी-नोकरले घोप्टो परेर त्यसलाई बिन्ती गर्‍यो, ‘ममाथि धैर्य गर, म तिमीलाई सबै तिरिदिनेछु।’ “तर त्यो मानेन, र गएर ऋण नतिरुञ्जेसम्म उसलाई झ्यालखानामा हालिदियो। त्यसका सङ्गी-नोकरहरूले यो सब देखे र तिनीहरू अति दुःखित भए। तिनीहरूले गएर यी सब घटना आफ्ना मालिकलाई बताइदिए। “तब मालिकले त्यस नोकारलाई आफूकहाँ बोलाएर भने, ‘ए दुष्ट नोकर, तैंले मसँग बिन्ती गरिस्, र मैले तँलाई तेरो ऋण माफी गरिदिएँ। मैले तँमाथि दया गरेझैँ तैंले पनि तेरो सङ्गी-नोकरमाथि दया गर्नुपर्नेथिएन – तब त्यसका मालिकले क्रूद्ध भएर त्यसलाई सबै ऋण नतिरुञ्जेल दण्ड दिनेहरूका हातमा सुम्पिदिए। “तिमीहरूले आफ्नो भाइलाई आफ्नो हृदयदेखि क्षमा गरेनौ भने, स्वर्गमा हुनुहुने मेरा पिताले पनि तिमीहरूसँग त्यसै गर्नुहुनेछ।”

के त्यो नोकरले पनि आफ्ना ऋणीलाई क्षमा गर्नुपर्ने थिएन र ?

प्रिय मित्र, एक पटक सोच्नुहोस् त तपाईंको कोही विरोधी छ, जसलाई तपाईंले क्षमा दिनु भएको छैन। उसले तपाईंको विरुद्धमा गरेको अपराध र तपाईंले परमेश्वरको विरुद्धमा गरेको अपराधलाई दाँज्नुहोस्। परमेश्वरले तपाईंको यति ठूलो अपराध क्षमा गरिदिनुभयो के तपाईंले तपाईंको अपराधीको यति सानो अपराध क्षमा दिन सक्नुहुन्न?

आउनुहोस् एकैछिन पश्चात्तापको प्रार्थना गरौं।

छैठौं विन्तीः हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट छुटाउनुहोस्।

यो प्रार्थनामा हामी हाम्रो सुरक्षाको माग गर्दैछौं। परमेश्वर असल हुनुहुन्छ उहाँले हामीलाई कहिल्यै पनि हामीले सहन सक्ने भन्दा माथिको परीक्षामा पर्न दिनुहुन्न।

“मानिसलाई आइपर्ने परीक्षाबाहेक तिमीहरू अरु परीक्षामा परेका छैनौ। परमेश्वर विश्वासयोग्य हुनुहुन्छ। उहाँले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरका परीक्षामा पर्न दिनुहुनेछैन, तर परीक्षाको साथसाथै उम्कने बाटो पनि बनाइदिनुहुनेछ – यसरी तिमीहरू त्यसलाई खप्न सक्नेछौ।”

१कोरिन्थी १०:१३

त्यसैले हामीले यो प्रार्थनामा यस्तो विन्ती गरिरहेका हुन्छौं प्रभु मैले सहन सक्ने भन्दा ठूलो परीक्षामा मलाई पर्न नदिनुहोस्। साथै हामीलाई दुष्ट, जसले हामीलाई सधैं खराबी गर्नतिर आकषिर्त गर्छ त्यसबाट जोगाउनुहोस् भनी भन्छौं।

हाम्रो प्रार्थना यतिमै टुङ्गिदैन तर अन्तमा पुन एक पटक परमेश्वर को हुनुहुन्छ र कस्तो हुनुहुन्छ त्यसको वर्णन गर्छौ।

आउनुहोस् एकपटक फेरि सबै मिलेर ‘प्रभुको प्रार्थना’ उच्चारण गरौ।

‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ, तपाईंको नाउँ पवित्र होस्। तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमा जस्तो छ, त्यस्तै यस पृथ्वीमा पूरा होस्। हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्। हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं। हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्टबाट छुटाउनुहोस्।किनभने राज्य, पराक्रम र महिमा सदार्सवदा तपाईंकै हुन्, आमिन।

परमेश्वरले तपाईंलाई प्रशस्त आशिष् देऊन्।

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

October 13, 2026

असोज २६, २०८३ सोमबार काठमाडौं : लामो समयदेखि ठूला बसमार्फत मुख्य सडकहरूमा मात्रै सेवा दिँदै आएको साझा यातायातले अब उपत्यकाका साँघुरा...

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

October 12, 2026

२६ असोज २०८३, सोमबार काठमाडौं : ओमानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित...

Recent Posts

  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ
  • क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित
  • मानव अधिकार र न्यायका लागि जीवन समर्पित गर्ने नाभी पिल्लेलाई २०२६ को नोबेल शान्ति पुरस्कार

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In