• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

श्रद्धेय कमल थापाज्यू,

by Loknath Manaen
July 27, 2015
in Articles
Loknath Manaen
Loknath Manaen

श्रद्धेय कमल थापाज्यू,
असल नेपाली नागरिक,
कुशल नेता, वर्तमान राप्रपा अध्यक्ष
(बोद्धार्थ, अन्यान्य समग्र इच्छुक पाठकलाई)

श्रद्धेय कमल थापाज्यू,

राजा महेन्द्रको समयदेखि कानुनबाट मात्र होइन तर कानुनलाई लत्याउने प्रहरी अनि न्यासँगत कुरा गर्न नचाहने गाउँलेहरूबाट चर्च र येशूभक्तहरू विभिन्न गैरकानुनी गाली, गलौज, यातना, खेदो, कुटपिट, असभ्य व्यवहार बोली दशकौं भोग्दै, लुक्दै, समातिँदै, थुनिन्दै राजा वीरेन्द्रको समयसम्म आइपुगेका थिए । फेरि हिजोआज देशको कानुन, किताबमा हाम्रो विरुद्धमा केही कोरेर लेखेर चर्चलाई ठीक पार्ने तजबिज मिलाउनु हुँदैछ । त्यो हाम्रो निम्ति नौलो कुरो होइन । नौलो कुरा त यति हो कि तपाईका महान सत्रु र विरोधी भनी आफूलाई चिनाउने र तपाईको घरगेटमा बम समेत फाल्ने पार्टी, पँक्तिका महान जनआन्दोलन, जनयुद्ध हाँक्ने पोलिटिकल हस्तीहरू तपाईको नजीकै हल्लिँदै तपाईकै बोलीमा लोली मिलाउँदैछन् । त्यति मात्र हो छक्क लागेको ।

नेपाली लिडरहरू भारत प्रधान मन्त्रीको रूपरंग, चालढंग, भाषा, बोली, कपडाको रंगचंगसंग मख्ख हुने दिन फेरि नि आउँदैछ । त्यसमा अग्रगामी भूमिका तपाईकै हुने भो । बधाई । म आफै तपाईको भाषिक, बौद्धिक अनि विशेष वक्तृत्व क्षमतामा कति प्रभावित छु, मैले तपाईकै सामुन्ने तपाईको बैठकमा स्वीकारेको छु । छोटकरीमा यति भनौं तपाईहरू के गर्नुहुन्छ गर्नुहोस्, चर्चले आफ्नो अडान छोडने छैन । परमेश्वरले तपाईलाई र यो सारा देशलाई माया गर्नुहुन्छ । त्यो कुरा बताउने काम छाडिनेछैन । कारण ईश्वरको त्यही माया पाएको जनताले सब अरू जनतालाई त्यही मायाको योग्य देखेको छ । देखिरहनेछ । क्रिस्चियनको निम्ति केन्द्रिय शब्द र भावना “प्रेम” हो । भेदभाव, छुवाछुतको विपरीत अर्थको प्रेम । यसैले म यो आर्टिकल कदापी आत्तिएर, डराएर, त्रसित बनेर लेखिरेको छैनँ । प्रेमभावमा मात्र मैले सबै काम गर्नुपर्छ ।
किन क्रिस्तानहरू, क्रिस्चियनहरू, इसाईहरू, येशूभक्तहरूले आफ्नो धर्म त्यागे अथवा बाइबलशिक्षाप्रति आशक्त बने ? यो कुरोको जानकारी तपाईलाई अरू हाम्रा प्रिय अन्य आदरणीय मित्र, संङ्गी, देशवासी नागरिकहरूलाई थाहा हुनु राम्रो हुन्छ । (विडम्बना डेढ करोड कमुनिस्टले धर्म त्याग गर्दा, ईश्वर छैन, केको ईश्वर ? भन्दा विरोध हल्लाको सानो सिरोटेले यो देशको एउटा पतिङ्गर पनि हल्लाएन ।)

विरोध सहन तयार छौं, कानुनसम्मत कार्वाही सहन तयार छौं । तर हाम्रो विचार के हो ? हामी किन घर परिवार छोडेर, धर्म, रिवाज त्यागेर यो अर्को शिक्षा (धर्म होइन) शिक्षामा लाग्यौं । हामीले बाइबल यशैया पुस्तकको ४५: अध्यायमा यो पढ्यौं
“म परमप्रभु हुँ, अनि मबाहेक अरू कोही छैन । मबाहेक अरूकोही परमेश्वर छैन ।– पृथ्वी मैले नै बनाएको हुँ, र त्यसमा मानिसहरूलाई मैले सृष्टि गरेको हुँ । मैरै हातले आकाशलाई फिँजाएको हो, र त्यसका सारा तारामण्डललाई मैले नै ठीक गरी मिलाएको छु ।” पद–५,१२ । –नेपाली बाइबल पेज १०२८ ।

उहाँ बाहेक कोही छैन, अनि होल वर्ल्ड, सारा पृथ्वी भनी सुन्दा पढ्दा हामी प्रभावित बन्यौं । फेसबुक जस्तै, इन्टरनेट जस्तै, एक देशमा नथुनिएको जस्तो लाग्यो यो ईश्वर जसले आकाशका ग्रहहरूसम्म आफ्नो अधिकार र पहुँच र सम्बन्ध देखाउनुभयो । कसरी यो पदलाई नदेखेको, नबुझेको जस्तो गर्नु, कमल सर भन्नुहोस् त ?

त्यो त भयो एक मात्र परमेश्वरको घोषणा । राम्रो छ, सुन्दर छ । पावरलफुल छ । तर हामीलाई तातो ज्वालाले मोमलाई पगालेजस्तै मेल्ट गर्ने पगाल्ने कुरो त अर्कै ठाउँमा भेटियो, हेर्नस् त ?

यूहन्ना ३ परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस तर त्यसले अनन्त जीवन पाओस् – पद १६। पेज १४७७ ।

चर्च सभाहरूमा प्राय यो पदलाई सुनाउँदा, बुझाउँदा ‘संसारको स्थानमा तपाईको नाम सम्झनुहोस्’ भनिन्छ । यो तपाईमाथि लागु हुँद यस्तो सुनिन्छ, ‘परमेश्वरले कमल थापालाई यस्तो प्रेम गर्नुभयो’ –––– यही बाध्यतामा परेर कमल सर हामी तपाईलाई वा कसैलाई गाली गर्न सक्दैनौं । उहाँले प्रेमयोग्य ठहराएको कुनै व्यक्तिलाई कसरी घृणा ? ? ? हामीमाथि तुच्छ गालीहरू सुन्दैछौं, हामी सुन्न तयार छौं, येशूवाणी मनमा राखेर – जिजसले एकचोटी भन्नुभो, “तिमीहरूलाई संसारबाट मैले चुने, तिनीहरूले मलाई सताए भने तिमीहरूलाई पनि सताउने छन् ।”

“संसारलाई यस्तो प्रेम गर्नुभयो उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो” परमेश्वरका ‘पुत्र दिनुभयो’ भनेको त अलिक सजिलो सुनिन्छ । सीधा ठडाइएको अनि तेर्सो तेर्साएर फैलाइएको काठ फलेकमाथि हात फैलाएर काँटी कीला ठोकियो अनि पाउँमा पनि कीला ठोकेर पाप बलिदानको रूपमा मारियो । परमेश्वरको प्रेमले यसो गर्‍यो । सारा पृथ्वीको निम्ति त्यही एक मात्र परमेश्वरको लभ गिफ्ट तपाई मलाई अनि पृथ्वी भरिका मानिसलाई । पुत्रको रगत बगाएर, बलिदान गरेर । आफ्नो पुत्रलाई मारेर हामीलाई तपाईलाई समेत आफ्नो छोरा, छोरी भन्न चाहनु हुने परमेश्वरको अघि झुक्नु यो देशको कानुनले अपराध भन्छ भनोस् हामी उहाँकै अघि झुक्ने छौं । हिजोको सत्रु आजको मित्र हुन्छ भने आजको सत्रु तपाई भोली हाम्रो मित्र बन्ने दिन हामी पर्खिनेछौं । कारण त्यही माया गर्नुहुन्छ । पत्याउनु होस् वा अन्यथा तपाईको इच्छा ।

म बुझ्छु। म फिल गर्छु तपाईहरूको भावना । कति फसटेशन तपाईलाई । ए बाबा के मान्छौ मानन, कुन चर्चमा जान्छौ जाओन, घरभित्र, चर्चभित्र चुपचाप भजन गाउँदै बसन बाबा, किन दश ठाउँ कुद्नु परेको, किन के के प्रचार गरेको ? ? ? यति नै हो तपाईहरूको हेड एक, तपाईहरूले आफ्नै कपाल लुछेर आक्रोश देखाको सेन्ट्रल कुरो यति नै त हो नि कमल सर, प्रचण्ड सर, काँग्रेसका सबै सर, एमालेका कामरेड सरहरू हैन र ? यस विषयमा हाम्रो विवशताको दोष कमल सर सत्य भन्छु बाइबललाई जान्छ । यसको दोष दिनुहोस् हामीलाई होइन हाम्रो प्रभाव, स्वभाव, बात, वर्तावको उद्गम स्थल बाइबल मत्ती २८:को पदलाई दोषी ठहराउनुपर्छ ।

येशू प्रभुले भन्नुभयो, “जाओ र सबै देशका जातिहरूलाई चेला बनाओ, मैले मेरा चेला तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ ।” मत्ती २८,पद–१९। पेज १३८१ ।

अध्यक्ष् थापाज्यू, पार्टी प्रमुख, पार्टी महासचिवको कुरा त पार्टी कार्यकर्ताहरूले पालन गरेको तपाई चाहनुहुन्छ, अपेक्षा राख्नु हुन्छ भने पृथ्वी प्रमुखको कुरा हामीले चैं नमान्नु ?

भारतमात्र जाओ, नेपाल मात्र जाओ भनेको होइन । सबै देश । हरेक देशको माटोमा टेक्नु भनेको मात्र होइन । त्यस देशभित्रको हरेक ‘जाति’सँग परमेश्वरको प्रेम (माथि पेज १४७७ को) प्रेमको बारेमा कुरा गर्नु, प्रचार गर्नु र येशूको चेला बनाउनू भन्नुभा छ । यो हामीलाई हुकुम हो । चाइन चर्चलाई हुकुम हो । युक्रेन, रसिया, श्री लंका, अमेरिका, नाइजेरिया, टर्की, जति पनि देश छन्, जति पनि जाति छन् सबलाई परमेश्वरको आदेश हो । यसैले त हामीले यो देशमा पनि ३४ आदिवासी, जनजातिको भाषामा बाइबल अनुवाद गरेको नि कमल सर ।

चाइना चर्चमा त्यसबेला कलचरल क्रान्तिको बेलाको ७० दशकमा त २ लाख जति येशुभक्त थिए । प्रचण्ड सरहरूका बौद्धिक पिता माओजेडोङ्गले त मारेको नि धेरै चाइनिज येशूभक्तलाई त्यहाँ, चर्च जलाएर, बाइबल जलाएर सखाप, २० वर्ष, २५ वर्ष जेल भोगर निस्किने ती हाम्रा प्रिय जनहरूले जेलबाट निस्केपछि येशूको प्रेम नै देखाए सिकाए, गाए । माओलाई सरापेनन् । कमल सर अब पाँच वर्षमा चाइना विश्वको सबैभन्दा बढी येशूभक्तले वास गरेको देश बन्दैछ । अहिले त्यहाँ १५ करोड ख्रीष्ट अनुयायी छन् । नेपालमा क्रिस्चियन, येशूभक्त बन्नु गलत हो भने त्यो गल्ति उग्रतम रूपमा कोरिया र चाइनामा हुँदैछ । भुल त भुलै हो जुनै देशमा भए नि । उतातिर फर्केर पनि केही बोलिदिनु न येशू शिक्षामा के खराबी छ हँ सर ?

हामी सबैको पास्ट हुन्छ, भूतकाल । हामी त्यसबेला येशू मान्दैनथ्यौं । हामी सबैको वर्तमान हुन्छ , प्रेजेन्ट टेन्स । त्यसमा हामी येशू मान्दैछौं, गाउँदैछौं, सिकाउँदैछौं । तर कमल सर बताइहालौं पृथ्वीभरिका येशूभक्तसँग निश्चित, निर्दिष्ट, निर्विवाद एउटा दिनले हामीलाई पर्खिरहेको छ । त्यो आशा र प्रेरणामा हामी अघि बढिरहेछौं, खप्न पर्ने खपिरहेछौं । पवित्र येशूको आत्माको शक्तिमा निर्भिक बनिरहेछौं । यो लेख्दा बताउँदा पनि मलाई हामीलाई कस्तो न्यानो प्रेरणा जागिरहेछ।

येशूले यो भन्नुभयो एकदिन,

“मेरा पिताको घरमा बस्ने ठाउँहरू धेरै छन् । त्यसो नभए के म तिमीहरूलाई भन्ने थिएँ कि तिमीहरूका निम्ति ठाँउ तयार पार्न म गइरहेछु ? तिमीहरूका निम्ति ठाँउ तयार पारेपछि म फेरि आउनेछु र तिमीहरूलाई मकहाँ लैजानेछु र जहाँ म छु त्यहाँ तिमीहरू पनि हुनेछौ ।
–यूहन्ना १४ अध्याय, पद २, ३ पेज १५०१ ।

त्यो हो हाम्रो फिउचर, हाम्रो भविष्य जसले हामीलाई वर्तमानमा बल, शक्ति, प्रेरणा र उद्देश्य दिइरहेछ, भिजन र मिशन दिइरहेछ । येशू राजा आउनुहुन्छ । त्यस दिनलाई बाइबलमा न्यायको दिन, न्याय आशन पनि भनिएको छ, “यसपछि कुनै मानिसले गन्न नसक्ने एउटा ठूलो भीड, जो हरेक जाति सबै कुलहरू मानिसहरू र भाषा बोल्नेबाट थियो, सेता पोशाक पहिरेर हातमा खजूरका हाँगा लिई सिंहासन र थुमाको सामुन्ने उभिरहेको मैले देखें ।” प्रकाश ७:९ पेज १७३२ ।

संविधान अब निर्णायक मोडमा आइरहेको छ । त्यो दस्तावेज ५ वा ७ वर्ष टिक्ने वर्तमान भारत सरकारको एजेन्डा र आफ्नो देशमा पिउन नपाएको पानीतृष्णाको सिकार नबनोस् । सभ्य संसारको अघि भुमण्डलीय मापदण्डमा शिर ठाडो राख्नसक्ने संविधान बनोस् । युगौं, युग यो देशले गर्व गरेर हरेक देशसँग आफ्नो मोडल, आदर्श, संविधान बाँडन सकोस् । हाम्रो शुभ कामना ।

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

Recent Posts

  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In