• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, October 17, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

जागिर होइन गाली खाइयो

by Loknath Manaen
October 14, 2014
in Articles
Loknath Manaen
Loknath Manaen

कम्पनी पनि ठूलो अरे अनि तलब पनि ठूलो अरे । इन्टरभिउमा गाको । चटक्क सजेको अफिसको गोलाकार टेबुलको एक छेउमा मलाई बस्न भन्नुभो । थुप्रै जना साबहरू मलाई अन्तर्वाता लिन बस्नुभाथ्यो । सबै जना सुट र टाइमा । राम्रै भएछ म पनि टाइ बाँधेरै गाको । उनीहरूमा हुकूमीपन थिएन । मन्द हाँसोमा नै स्वागत गर्नुभो मलाई । मुटु कति चलेको मेरो ।

महिनामा २५ हजार खान पाइन्छ ‘फस्ट छ महिना ‘ भनेकोले मनमा आशा धपक्क बलेको थियो । एशिया भरि काम गर्ने कम्पनी भएकोले होला चाइनिज इन्डोनेशिया, इन्डियन, नेपाली, बाङ्गलादेशी, श्रीलंकाली, कोरियन साहेबहरू ठाटसँग बस्नुभा थ्यो त्यो गोल टेबुल वरिपरि । उनीहरूले इंगलिशमा खुसुखुसु सल्लाह गरे,

यो मान्छे अलिक नर्भस भइराछ, जीवनजी तपाई आफ्नै भाषामा केही सोध्नुहोस् र उनको आत्मबल बढेपछि हामी पनि सोध्छौं ।

जीवन सर (नेपाल साइडका हस्ती) ले हँसिलो गरी नेपालीमै सोध्नुभो,

“तपाई यो कम्पनीमा किन आउन चाहनुहुन्छ ?”

loknatah board meetमामाले सम्झाउनुभा कुरो याद आयो, “भानिज, कुरो जस्तो छ त्यस्तै बताउनु है, सत्यको जहिले पनि जित हुन्छ, सत्यमेव जयते ।”

मेरो पालो पनि नेपाली हाकिमलाई नेपालीमै जवाफ दिए, “सर, म यो ठूलो कम्पनीमा ठूलो जागिर खानु आएको ।”

हँसिलो गरी प्रश्न सोध्ने सर त अमीलो गरी हेर्न लाग्नुभो मलाई । जिल्ल पर्नुभो । मलाई मर्नुभो । भन्नुभो रूखो किसिमले,

“तपाई बाहिर जानुस्, म एक छिनमा तपाईलाई भेट्छु” ।

म हिँडे । आज्ञाकारी बनी । मेरो इन्टर्भिउमाथि तुँवालो फैलियो मात्र होइन, सेत्ताम्मे हिँउ प¥यो । म लुगलुग काम्दै बाहिर बेन्चमा बसें ।

टाइ सुर्काए, खुकुलाएँ, सुर्काए, खुकुलाएँ । त्यसरी बसीबसी टाइ सुर्काको सुर्काकै गरेर मरौं मरौं जस्तो पनि लाग्यो । तर जीवन सरले भेट्छु भन्नुभा छ । मैले कतै थुक्ने ठाउँ खोजें, पाइनँ । गर्दन चिलाएँ । फेरि टाइ गाँठो तलमाथि । २५ हजार त चोखो । छ महिनाको परीक्षण अवधिको मात्र । त्यसपछि ३५, ४० भन्ने हल्ला सुनेको । मुटु तेसै चलेको काँ हो र ?

बाहिरतिर जाँदा भ्रमण भत्ता कति हो था छ तपाईलाई ? कुरै नगर्नुहोस् । दिनको १२००, पोखरासम्म । होटलको चार्ज अलग । त्यो भयो पोखरा । उता नेपालगञ्ज काट्यो कि दुई हजार खुटुखुट । छ महिना नाघेपछि त कुरा के भन्नु । होस् भन्दिनँ अपहरणमा परिएला, फिरौती फोन आउला, चन्दा आतंकमा परिएला, बताउनु पनि डर लाग्छ ।

एक घन्टापछि साहेबहरू सायद लन्चमा हिँड्नुभो जीवन सर मतिर लम्कनुभो । “जाऔं खानु” भन्नुभो । म छक्क परें । हामी खाने हलको एक कुनामा दुई जना मात्र बस्यौं । केही मगाइदिनुभो मलाई पनि । मैले टाइ छामे, मिलाएँ ।

जीवन सरले समय खेर नफाली गाली गर्नुभो,

“जागिर खानु भनेको के हो ? जागिर, काम, वर्क, जब्, भनेको त गर्नु पर्ने कुरो होइन र ? किन तपाई यसलाई खानुबाट हेर्नुहुन्छ ? किन आफ्नो खुबी, सीप र हात पाउँ लाई नहेरेर एकैचोटी पेटतिर हेर्नुहुन्छ ? ब्रेन चलाउन आएको, सामसुङ्गले सोचेको लक्ष्यमा यो कम्पनीलाई पु¥याउन आएको, तपाईहरूले दिएको जिम्मेवारीलाई पूरा गर्न आएको भन्न सक्नु भएन ?”

माघ महिनाको हिसाबले कपडा लगाइएको थियो तर पनि हलको यो कुनामा मलाई गर्मी हुन लाग्यो ।

“तपाईले बाहिर सडकमा पनि थुक्दै हुनुहुन्थ्यो, मैले कारबाट देखेको । त्यो कोरियनले त्यति देखेको भए तपाईलाई बोलाउन दिने थिएन, बुझ्नुभो ? किन थुकेको ? भित्तो छेउमा जानसक्नु भएन ?”

मैले यो जीवनमा कति थुकें, कताकता थुके मलाई कुनै हिसाब थिएन । तर जीवन सरले मलाई आँखा तरेर मेरो थुकाइमाथि प्रश्न चिन्ह कोर्न हुँदैछ । उहाँले प्रश्न कटिनिउ राख्नुभो,

“बीचबाटोमा थुक्दै हिँड्ने अनि अनि सामसुङ्ग कम्पनीमा काम खोज्ने ? बाथरूममा पनि सिट नउचाली पिसाब गर्नुभएको मैले थाहा पाएँ । त्यो सिटमा लेडिजहरू बस्नुपर्छ भनी थाहा भएन तपाईलाई ? धन्न मै तपाईको पछि टोइलेट गएको थिएँ र मैले पानी सानी हाले ।”

मैले त्यति बिघ्न पढेको पास गरेको, डिस्टिंक्सन ड्वाङ्ग, ड्वाङ्ग ठोकेको मलाई बेकार लाग्न थाल्यो । मन्त्री खाने, खरदार खाने, अध्यक्ष खाने, डाइरेक्टर खाने, प्रिन्सिपल खाने भनिराको मुलुकमा मैले के त्यस्तो पाप गरेछु, “‘जागिर खाने” भनेर । बाथरुमको सिट खुट्टाले उचाल्नुपर्छ र पछिल्तिर धकेलेर ठढाएपछि पि गर्नुपर्छ भनी उहाँले सिकाउनु हुँदा मलाई लाजसरमले छोप्यो । बच्चा बेलामा बाआमाले सिकाको भे मेरो यो अवस्था हुने थिएन । जीवन सरले सिकाउनुभो,

“उनीहरूमा निर्दिष्ट लक्ष्य हुन्छ, संस्थालाई कहाँमाथि पु¥याउने, कम्पनीले कतिओटा देशमा आफ्नो शाखा खोल्ने ? दश वर्षभित्र कतिजना प्रतिस्पर्धी कम्पनीलाई पछाडि पार्ने, आफ्नो सामान र सेवाको गुणस्तरमा कस्तो क्रान्तिकारी परिवर्तन ल्याउने भन्ने सोचमा यिनीहरू निद्रामा पनि सोचिराहुन्छन् ।

“यो कम्पनी युद्धमा लागेको छ । युद्ध घोषण गरेर मैदान उत्रेको छ । त्यहाँ उनीहरूलाई सच्चा, समर्पित सिपाहीहरूको आवश्यकता छ । दिनरात लागेको लागेकै गर्ने मौरी, कमिलाको खोजीमा उनीहरू यो देश आका । कमिला र मौरीले खाको, घिच्नु बसेको तपाईले देख्नुभा छ ?”

भनी जीवन सर कड्केर कराउँदा मेरो आधा बर्गर घाँटीमा र आधा बर्गर त्यन्द्रो बनी दाँतमा अल्झेर मेरो हालत अघि भख्खरको भन्दा अझै अकल्पनीय बन्यो । निल्न नि गारो, चपाउन नि गारो । आत्तिएर झन्डै टाइले मुख पुछेको । सत्ते भन्नु पर्दा कमिलोले केही चपाको मैले आजसम्म देख्या छैन । मौरीले पनि कुन्नि केके चुस्दै ओसार्दै गरेको देख्या हो । खानलाई उनीहरूको दाँतै हुन्छ कि हुन्न ? के था हाम्लाई ?

जीवन सरले डायलग हान्न छाडोस् त के, सामसुम्म जस्तो सुन्ने सामसुङ्ग कम्पनीको मान्छेले कति हल्ला गरेको ?

“हामी चाहिँ खाने, खाने, खानेमा मात्र सीमित रहने ? अनि थुक्दै हिँड्ने ? जथाभावी थुक्ने ? प्याच्च, प्याच्च ?”

उहाँले मगाइदिनुभएको बर्गरको सँस अघिसम्म कति स्वादिस्ट थ्यो अब बन्न लाग्यो कटमेरो, अमिलो । खानुको सम्बन्ध भोजनसँग हुन्छ कामसँग हुँदैन भन्ने कुरा मैले बुझ्न थाले । अरू मुलुकले गर्ने, बनाउने, उचाल्ने, फैलाउने बन्ने शब्द चलाउँदा रैछन् । उनीहरू देशलाई माथि पु¥याउने, जातिलाई धनी बनाउने, कष्टमरहरूलाई सेवा, सत्कार गर्ने रैछन् । कष्ट पाएर मर् नभन्दा रैछन् । कस्तो होला, म भने कामै खाने, जागिरै खाने भन्दै हिँड्दछु । कैले खानु नपाको जस्तो । सत्य बोलेको त हो तर सत्यमेव जयते भएन । किनभने जागिर +गर्नु मिलेपछि जागिर +खानु त सहजै असत्य भयो नि ।

त्यति ‘खानु’ शब्द नफापेर जागिरको ढोका बन्द । तालै झुण्डेछ । जीवन सरले टान्सलेट गर्दा जसरी मिलाइदिए पनि म त्यो जागिरको योग्य भइनँ । इन्टरभ्यूको समेत अयोग्य बने । सामसुङ्ग भन्ने औद्योगक दैत्यको जागिर खान पाइनँ, बर्गर खाएर अब घर फकिँदैछु ।

थुक्क । ए गाँठे मनमनै त थुक्न पाइएला नि । मैले आम मान्छे हिँड्ने बाटोमाथि होइन, मेरै बुद्धिमाथि थुक्नु पर्ने रैछ, थुक्क, ल जा । मैले जागिरको चानस गुमाए तर त्यसै दिनदेखि जागिर खाने, घुस खाने, भत्ता खाने, भोको पेटको भाषालाई मैले नमस्कार गरेर मेरो शब्दकोशबाट खाने शब्दलाई गाजर, आलु, मासु, माछाहरूसँगमात्र जोड्ने काम सुरु गरेँ ।

फेरि यो अभागी जिब्रोले कुन इन्टरभिउमा प्याट्ट के भन्देला । चनाखो बन्या छु । खाने हैन है मित्र हो, “गर्ने” भनी सम्झाउँछु सबलाई । ‘मै खाऊँ, मै लाऊँ’ ले बिगा¥यो, बिगार्नुसम्म बिगा¥यो हामीलाई । टोयोटा, सामसुङ्ग, सोनी, टाटाहरूमा एक दिन काम “गर्न” पाउनु नि भनी अझै पनि म कसरत गरिराछु । डटेर काम गर्ने, उच्च गुणस्तरको काम गर्ने अनि कम्पनीको इज्जत र मापदण्डलाई ध्यान दिएर आफू पनि त्यसको एक गौरवमय अङ्ग बन्ने मेरो चाहना एक दिन त पूरा होला कि ? हरेस खा छैन ।

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In