• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

जिन्दगी कुछ भि नही…

by Loknath Manaen
September 7, 2014
in Articles, Story
Loknath Manaen
Loknath Manaen

विसञ्चो छु । के भो मलाई ? होश हराजस्तै । काम गर्न नसक्ने, मन नलाग्ने । सानु काम नि ठूलो लाग्ने । कुरा खेलिरहने । भविष्यसँग पनि डर लागिराको । बरबराइरहन्छु । कुन्नि के कुन्नि के । पत्रिका पढ्ने आँट छैन । नेपालको अख्तियार दुरोपयोग आयोगले धेरै धेरै कागज पत्र उठाइसक्यो, जफत गर्यो । प्रमाण । अपराधको प्रमाण । प्रणाम पाउनेहरूबारे असली प्रमाण । ठूला, ठालूहरू प्रलोभन, लोभलालचमा फँसे । यस्तो बेलामा उनीहरूको जात र धर्मको चर्चा गर्नु सभ्यता होइन । मान्छे हो मान्छेले त्यसो गर्छ । यो घटनाभित्र धर्मलाई तान्नु क्षुद्रता हो । देशको काम गर्ने तलबी कर्मचारी र उच्चतम हाकिम ।

 

पक्राउ पर्ने घिचुवा । पक्राउ नपर्ने बाउको छोरा । कुन धर्म ? कुन जात ? नो चर्चा । चर्चभित्र बाइबल पल्टिँदा र इसुको गाना गाउँदामात्र  विधर्मी, इसाई, विदेशी, थुक्का लोभी, गाई कटुवा, भ्रष्टाचारी, पापी, प्रलोभन, लोभलालची । प्रलाप । मेजोरिटी धर्मलाई माइनोरिटीहरू सम्मानको साथ हेर्न चाहन्छन् । अख्तियारले छोडेन । बहुसंख्यामा उदाहरण, आदर्श, नैतिकता र शिक्षाको कमी ।

 

नेपालमा कमनिस्टहरू पनि छन्, छ सात थरी । थरीथरी । सबले कार्ल माक्र्सको चरणमा कसम खाएर, माओ वेदीमा धूप बालेर ३३ कोटीलाई विदा । त्यस्तो भयानक राष्ट्रव्यापी धर्म त्यागसँग नो प्रबलेम । धर्म परिवर्तनमा भने निद्रा खराब । ऐठन । नीदँ चेट । ए गाँठे, धर्मत्याग ओके । धर्म परिवर्तन नोके । कत्रो सहनशीलता धर्मत्यागप्रति । कत्रो चिन्ता धर्मपरिवर्तनप्रति । ठीकै छ । यस्तै रहेछ यहाँको चलन ।

 

प्रेमी, शान्तिप्रिय, विश्वाव्यापी नाम कमाको धर्मले सबलाई अशान्ति । माक्र्स घरघर, सहरसहर पसेर कसैलाइै चिलाइ न कनाइ । क्राइस्ट पस्दा सबलाई एलर्जी । लोभलालचमा त जिजसकाहरू मात्र लाग्या छन् अरू सब ठीकठाक, चिरिच्याट्ट, फिट्टफाट्ट । भित्रभित्रै स्वाट्टसुट्ट ।

 

जनवरीमा संविधान लेखिनेछ । यो जोकलाई जोक भन्नसकिन्छ तर गम्भीर घोषणाको रूपमा लिन सकिँदैन  । यतिका अग्रज नेताहरूले संविधान लेखिसिध्याउने किसिमको सुसाइड गर्न चाहन्छन् र आफूलाई नामेट गर्ने चाहना राख्छन् भनी हाम्लाई पत्यार लाग्दैन ।

 

त्यही डरमा अघिल्लोचोटी नौलो निर्वाचनको उदेकको घोषणा गर्दै माननीयहरूलाई हाउस बाहिरै राखेर संसदको ढोकामा हतारको साथ मध्यरातमा ताला । पूर्व पहाडले, पश्चिम थारूले अनि दक्षिण मधेसले देशको निद्रा भगाउने दिन आउँदैछ । लेख्ने कसम घरीघरी किन खाको ? विधान लेख्ने मिति ट्याउँट्याउँ गरेर कसलाई उल्लु बनाको ? संविधान लेखिसक्दा नेपाल राजनीतिक होइन बाझनीतिक भुकम्पमा लितिकलितिक हल्लिएको हेर्नुहोला । कुन निद्रामा धताएर प्रतिज्ञाको वर्षात गर्दैछन् सभासदहरू ?

 

लेख्ने त कामै हो । भत्ता र सत्ता त्यतिकै लागि देको हो । तर त्यो संविधानको लागि जिम्मा, अडान र स्वामित्व लिने कि नलिने ? त्यसको चौकिदारी र रखवाली गर्न लेखेको कि लेख्नुको लागि लेखेको ? कथा लेखेको हैन, कानुन लेखेको हो । काभ्रेको सीमाना कोरेर पुग्दैन, सीमाना नटेर्नेलाई घोक्रेठयाक लाउनुपर्दा खुट्टा कमाउनु हुन्न । ऐले काभ्रे मात्र भनौ । लिम्नुवान, थारूहट भन्ने भयानक शब्द लेखेर किन लेखकहरूलाई डिसटप गर्नु । संविधान पुस्तकको कागज छाम्नेहरूले भोलि अटेरीको कठालो सुम्सुम्याउने आँट गर्नुपर्छ । लेखनभित्रै पर्ने दायित्व । त्यसको लागि वर्तमान नेताहरूमा यथेष्ट इतिहास, क्षमता छ जस्तो लाग्दैन ।

 

संविधान लेखन किटान र अडान हो, कागजमाथिको लेखन मात्र होइन । कानुनी कार्वाही अघि बढाउने प्रतिबद्धता पनि हो । भोलि जनताको अघि आर्मी, पुलिसको पर्खाल लाएर छेलिनु हुन्न है ।

सायद यति भन्न सकिन्छ, “सहमति” को अनन्त, अद्भूत खोजीमा जनवरी, फरवरी, मार्च खर्च हुनसक्छ ।

 

अर्को एउटा सानु हैन ठूलो चिन्ताको विषय । राष्ट्रपतिको मर्यादा र अफिसलाई अश्लील, अशोभनीय राजनीतिक फोहोरबाट जोगाउनुपर्छ ।  त्यो सबै जनाको निम्ति भरपर्दो सुरक्षा र सल्लाहको सर्वोच्च केन्द्र हो । कचिङ्गले बेलाको एकल, निर्दल, निर्मल थलो । भोलि देश अशान्त बनेको बेलामा झण्डा नबोकेको, डन्डा नबोकेको व्यक्तिले सबलाई सम्झाउनुपर्दा राष्ट्रपतिले बोल्ने कि कसले बोल्ने ? कसको कुरा सबले सुन्ने र कसको कुरा सबले ठण्डा मनले सोच्ने ? प्रधानमन्त्री, पूर्व प्रम र कथित वरिष्ठहरू त भोलि लुक्ने, भाग्ने दिन आउँदैछ । (त्यसबेलासम्म धीरज धारण गरेको खण्डमा ज्ञानेन्द्र सरको समेत फलिफाप हुने देखिन्छ ।) दिक्क र वाक्क हुँदा मान्छेले पछुतो गर्न बेर छैन । अब अन्तिम कुरो ।

 

फेसबुकका साथीहरूलाई थाहा छ । फिलिम । यो कलमले किन फिलिम, फिलम भनेको ? किन रट लगाको ? यो मूर्खले रङ्गमञ्च, मनोरञ्जन र डान्स, डायलग खोजेकै हो ? हो । विकट बेलामा देश र जनताको ध्यान कसैले मास मिडियाद्वारा फनक्क फर्काउनसक्छ भने फिल्मी कथा, व्यथा, गीत संगीत र सजीव, सचित्र सन्देशले मात्र हो ।

 

पत्यार लाग्दो परिचित व्यक्तित्व, हिरो, हिरोनीहरू जब बोल्छन्, खेल्छन्, रुँदै, हाँस्दै, दौडँदै, पौडँदै केही सिकाउँछन् त्यो घत लाग्दो हुन्छ । फिलिम हेरेर सोच्ने अब सबलाई बानी भो । जाति, देश, राष्ट्र, कलचर, एकता, मान्यता, माटो, खेत, धनी गरीब, प्रेम, माया, असल, गलत आदि सिकाउन र सोच्न बाध्य तुल्याउने हो भने क्वालिटी फिलिम निर्माण छोडी अर्को विकल्प छैन ।

 

नेताहरूले खेलिरहेको पर्दामा ठूलाठूला भ्वाङ्ग परिसकेको छ । उनेर्को स्तुति कार्यकर्ताबाट मात्र आइरैछ । त्यै पनि केही पाउने आशमा । पुराना निस्वार्थ भक्तहरू उनीहरूसँग छैनन् । शक्ति सम्पत्ति, व्यापार, कमिसनभोगी लिप्सुहरू मात्र लिप्सेका छन् । लोभको नाङ्गो नागले देशलाई लपेटिसक्यो । चरम असुरक्षाले जगाएको लोभ । पैसै हो सबै कुरो भन्ने भ्रान्तिले नेपाललाई पक्रेको छ । नेतालाई समातेको छ । उनको वरिपरि कार्यकर्तालाई समेटेको छ ।

 

देशको जय–विजय, देशको सम्पत्ति, मान इज्जत, खेलाडी, गायक, विभूति र कलाकार, लिडर, उद्योग, वाणिज्य, व्यापार, सफलता, उपलब्धि, सडक, विद्यूत, बिल्डिङ्ग, डाँडा, नदी, पाखा, भित्ता, जितको कप र शिल्डहरू, आदिमा जनताले घमण्ड गर्छ । गर्नुपर्छ ।

 

त्यो सब छैन भने देशवासी धन सम्पत्तिको अथक, अनन्त र मरूञ्जेलको खोजीमा अहोरात्र । असुरक्षाको चपेटमा सुरक्षाको खोजी । सुरक्षाको नाम पैसा । जसरी आउँछ आओस्, पैसा आओस् ।

 

पर्दा । पर्दामा संगीत हुन्छ, डान्स, रोमान्स, कथा, द्वन्द्व, समस्या, तृष्णा, वितृष्णा, व्यावधान, समाधान । हिरोले सबलाई बचाउँछ । अभिनेताले मिठो बोल्छ, राम्रो गर्छ, ठिक गर्छ, सुरिलो गाउँछ । सफलताको रहस्य सिकाउँछ । नेता होइन अभिनेतामा प्रभावशाली सन्देश प्रसारणको केही अवशेष सायद लुकिबसेको होला । कथाबाट, कहानीबाट धेरै बुझाउन सकिन्छ । हालत बताउन, उपचार पत्तो लाउन सकिन्छ । बलियो, सफा पर्दामा देशलाई फर्काउनुपर्छ । घरघरमा डिभिडि पठाउनुपर्छ । अर्थपूर्ण, महत्वपूर्ण गीत घरघरले गुनगुनाउनुपर्छ । मालिकको कर्तव्य, मजदूरको मन्तव्य, बुवाको वेदना, छोरीको कल्पना, नेताको नेतृत्व, जनताको कृतित्व । सिनेमा हलजत्रो क्लासरूम अर्को छैन ।  सन्देश बताउने र सन्देश सिकाउने अर्को तरिका, अर्को विकल्प, स्टेज चढेको, (विश्वास गुमाइसकेको) नेता मात्र हो । सोच्नुहोस् ।

 

एउटा गीत छ । “जिन्दगी कुछ भि नही तेरीमेरी कहानी” भन्ने गीत छ । सबै जागरूक नेपालीले केही बेर शान्त, ठण्डा दिमागले सोच्नु परेको छ । जिन्दगी यो हो भने, नेपाल एउटा कथा हो भने – यो कहानीमा मेरो रोल के हो ? मेरो डायलग के हो ? अनि मेरो पुस्तामा र अर्को पुस्तामा यो कथाको अन्त्य के हो ?

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In