• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

कलमको आत्मलाप: एउटा सुन्दर कलम लिएर आउनु ल !

by Samay Kumar Ramtel
July 9, 2014
in Articles
Samaya Kumar Ramtel
Samaya Kumar Ramtel

– समयकुमार रम्तेल

आत्मिक रस असाधैं मिठा हुन्छन्। सबै मिठा रसहरू आत्मिक हुदैनन्। सबै सुन्दर देखिनेहरू असल हुदैनन्। अनि सबै लेख राम्रा र उत्कृष्ट हुदैंनन्। प्रार्थना सहित कोरिएका अक्षरहरू प्यारा हुन्छन्। प्रेरणा पाएका लेखनदास अझ प्यारो हुन्छ। किनकी म पशिना वेचेर कलम किन्छु। आँशुसँग मसि साट्छु। रङ्गहरू पिएर तृप्त हुन्छु। रगत सुकाएर सुखा कागज भिजाउँछु। प्यारो घाम विर्सेर कोठामा गुप्तवास बस्छु। कोट बेचेर शब्दकोष खरिद गर्छु। गहना धितो राखेर पुस्तक र पत्रिका भित्र्याउछु। आफू जलेर अरुलाई प्रकाश र्छर्दै स्वयं विलाउछु। औंला, घुडा र कुइनाहरूमा ठेला उठाउदै-मार्छु चिया आउछ, सेलाउछ। फेरी तात्तिएर कफि आउछ त्यो पनि सेलाइसक्छ। तर सेलाउदैन मेरा अक्षर अनि शब्दहरूका ज्वालामूखिहरू। घरको विस्कून सेलाउछ। तातो खाजा सेलाउछ। पस्केको खाना सेलाउछ। सेलाउछ श्रीमतीका अनेकौ गालीहरू तर सेलाउदैन मेरो दर्शक तथा पाठकहरूका तालीहरू। तर म यशैमा खुशी छु। लेख्दा-लेख्दै मर्छु होला। घोटिदा-घोटिदै मेटिन्छु होला। सिक्दा-सिक्दै प्राण त्याग गर्नु नै छ आखिर। संसारबाट मैले लैजानु केही छैन सबै एकदिन छोड्नु नै पर्छ। त्यसैले म मेरो सोच खोज र दृष्टि छोड्न चाहन्छु। जीवन सिकाइ रहेछ। जिन्दगी भोगाई रहेछ। आफ्नो एक मुठी प्राण भनौ या आत्मा कसरी फुत्किदोरहेछ त्यो सिक्ने अन्तिम रहर पनि साचेर राखेको छु मैले। कसरी र कहाँबाट आत्मा छुटीदो रहेछ भनी भन्न र सिकाउन नसकुला तर लेख्ने ठूलो रहर छ मलाई। म सदाको लागि विश्राममा पल्टिन अघि मेरो मुख हेर्न आउनु। अन्तिम पल्ट भेट्न आउदा श्रधाञ्जलीका फूल र मुख हालीदिने पानी होइन, एउटा सुन्दर कलम लिएर आउनुँ। म सबै लेखिदिनेछु। जीवनको अन्तमा भनेको कुरा महत्वपूर्ण हुन्छ भने झैं सकेसम्म लेखिदिउँला। नसके भनौला। भनेको कुरा लेखिदिनु जति भन्छु त्यति नै लेखिदिनु। त्यसैले आउदा एउटा सुन्दर कलम लिएर आउनु ल। वरिपरी नजर लगाउदै म सबै लेखिदिनेछु। आकाशमा चम्किलो तारा छापिए झैं। मेरा शुभचिन्तकहरूको आँखा,हृदय र हातहरूमा छापिनेछु। अन्तमा सबै लेखेर भन्नेछु- फेरी भेटौंला स्वर्गमा…।

जिवित छउञ्जेल सधैं अरुको विषयमा लेख्थ्य साहेद त्यसदिन मेरो विषयमा लेख्‍नुपर्छ होला। ज्यीउदो छदा विर्सेर वहाना गर्नु मरेपछि सम्मानका स्मृतिहरू लेख्नलाई एउटा सुन्दर कलम लिएर आउनु ल। यदि मेरो कोहि राष्ट्रिय तथा अन्तराष्ट्रिय लेखक, सम्पादक तथा समालोचक साथीहरू आउलान। कोहि पुस्तकको समिक्षा, पत्रिका सम्पादन र भूमिका लेखिदिनुपर्यो भनेर आए भने जुरुक्क उठेर लेखिदिन पाए हुन्थ्यो। तर त्यतिखेर धेरै ढिलो भैसकेको हुनेछ। किनकी म कफन बकस भित्र सजिएको हुनेछु। त्यतिखेर मेरो आत्मा उडिरहेको हुनेछ। दौडिरहेको हुनेछ। निलो आकाशका पानाहरूमा तिमीले दिएको त्यो सुन्दर कलमले म लेखिरहेको हुनेछु। सेता-सेता बादलमा म क्रूसको आकृति बनाउनेछु। तिमी हेरीराख्नु येशूको दोस्रो आगमन सम्म म ख्रीष्टसँगै तुरहीको स्वरमा नाच्दै आउनेछु। नयाँ इतिहास लेख्ने पवित्र कलम बोकेर आउनेछु। साहेद त्यतिखेर जीवनको पुस्तकलााई कलम चाहिँदैन होला। लेख्नुपर्ने सबै कुरा लेखिसकेको हुनेछ। त्यो कलम संसारलाई उपहार दिन पाए देखि यस संसारमा छोडिनेहरूलाई ६६६ नम्बर लेखाउन सजिलो पर्नेथियो। देश-देशबाट लाखौं लाख मानिसहरू उठाइ लगिए भनेर समाचार लेख्नेहरूलाई त्यो कलम असाधैं काम लाग्थ्यो। एउटा कलमको पिडा कलमलाई मात्र थाह हुन्छ। मैले नेपाली इर्साई जगतको उत्कृष्ट १० कलमलाई नजिकबाट चिनेको छु। आ-आफ्नै स्वभाव, मौलिकता र विधागत योगदान दिएकैछन्। त्यसैगरी लाखौ नेपाली इर्साईहरूलाई यी नै कलमले अगुवाई गर्नुपरेको छ। लाखौ इर्साईहरुलाई १०/२० जना मात्र लेखकले यहाँको वर्तमान इसाइ जगतको सवाङ्गिण पक्षलाई प्रतिविम्वित गराउदै नेतृत्व गर्नु पर्ने अवस्था छ। पादरी गंगाप्रसाद प्रधान देखि लोकनाथ मनेनको कलमले त इतिहास बनाइसके। भने मंगलमान देखि लाजरस सम्मको कलमले पनि मण्डलीलाई त्यतिकै सेवा र टेवा पुर्याउदै आएकाछन्। कथामा रोशन प्रजापतिले सगरमाथामा पुगेकाछन्। पृथक विचार विधामा वि.पि. खनालको वर्चश्व छदैछ। मनोविज्ञान स्वास्थ्य इश्वरीय उपचार र परामर्शमा तिमोथी अर्यालको कलम जहिले पनि तयारी छ। शेर ए.सी., दिलबहादुर, भूवन, कमल, शलोन जस्ता दर्जनौ कलमको गतिसँग मैले पनि यात्रा गरेको छु। कलमहरुको पिडालाई दवाएर आशिषका मूलहरू फुटाउनु आज हाम्रो धर्म भएको छ। अम्मिरको दाई भएर पनि गम्भिर हुनर्ुपर्छ मैले। सायद तपाईंलाई खुशी र आनन्दका लेख र पुस्तक थमाउनलाई मैले धेरै पटक रुनुपर्छ। लेख्दा लेख्दै कहिले भक्कानिएर मन दुख्दा आँखा रसाउछ। गिदि निचोरेर शब्दहरुको खेती गर्ने बानी परेकोले एकदुइ पाना भरेपछि तालु तातिन्छ। किताब नै तयारी गर्दा सम्म त टुप्पीबाट नै धूँवा निस्कन्छ। त्यसैले होला मेरो भएको एउटै तालु पनि खुइलेर तालुखुइले बनिसके। सन् २०१३ सालको ख्रीष्टमसको समयमा १० वटा पत्रिकामा विभिन्न लेख प्रकाशन गरी करिब १० दिन भित्र १० हजार जनालाई सेवा पुर्याउन पाउदा मेरो कलमको आनन्द पूरा भएको छ। किनकि एउटा कलमले १०,००० जनालाई सेवा पुर्याउन सक्यो भने त्यस्तै १००० वटा जिउदो कलमहरुले एक करोड मानिसलाई सेवा पुर्याउन सफल हुन्छौ। किनकि इर्साईहरुको जस्तो छिटो बलियो र भरपर्दो नेर्टवर्क कुनै पनि व्यक्ति, संस्था वा सरकारमा छैन। तर सम्वन्धित निकाय, सम्प्रदाय र मिसनले कलमहरुलाई वेवास्था गरेको देख्दा खेद छ। किनकी कसैले बाइबल नलेखिदिएको भए विश्वमा येशूको सुसमाचार यसरी फैलिदैन थियो। पुराना कलमको संरक्षण र सम्मान गर्ने बेला यही हो भने नयाँ कलमलाई अवसर र उत्साह दिने बेला पनि यहि हो। आफूलाई कलम हुन पाउदा गर्व छ। किनकी हामी मृत्यु भन्दा जीवन र अन्धकार भन्दा उज्यालो कुरा लेख्छौ। क्षणिक भन्दा अनन्त प्रेम र नर्क भन्दा र्स्वर्गको मार्ग चिनाउन पाएकाछौं।
साहित्यिक प्रतियोगीता हुदा म धेरै पटक पुरस्कृत भएको छु। पुरस्कारमा धेरै जसो कलम नै प्राप्त गरेको छु। सुन्दर कलमले सुन्दर ठाउँमा सजिन पायो भने त्यो अझ बढी सुन्दर देखिदो रहेछ। सुन्दर कलमका सुन्दर अक्षर अनि हस्तलिपी सँगै जोडिएका हस्ताक्षर पनि फरक-फरक रङ्ग र आकृतिमा पोतिएका हुदारहेछन्। इलाम र दार्जलिङ्गका पाखाहरूमा पलाएका चियाका नयाँ मुनासरी। हेरी रहुजस्तो लाग्ने शब्दश्रृङ्गारका लेखबेसीहरू।

स्वर,व्यञ्जन, मात्रा र चिन्हहरू चिने देखि मेरो कलमसँग गहिरो प्रेम बसेको छ। मलाई कलमको वानी परेको छ। सयौ विषयमा लेखे। प्रकाशन गरे। समय भन्ने विषयमा त ग्रन्थ नै निकाले। अनि एकैचाटी सयौं बिषयहरू आ-आफ्नो हात उठाउँदै भन्छन्। खै ! मेरो विषयमा भने कहिल्य लेख्‍ने? मेरो कलमका निपमा झुण्डिरहेका अनगिन्ति बिषयहरू तछाडमछाड गर्दै पहिला को जन्मने भनेर तम्सिरहेछन्। मलाई साहित्य सिर्जनाको व्यथा लागिरहेको छ। अर्थात मेरो कलम गर्भवती भएको छ। प्रत्येक दिन उ जन्माउन चाहन्छ। परमेश्वरका महिमाका ध्वनीहरू। येशूख्रीष्टसँगै गरिएको प्रतिज्ञारुपी रगतका कराँरहरू र पवित्र आत्माका नयाँ शब्दसागरहरू। मेरो कलमलाई पीडा छ, प्रसववेदनाको पीडा। दुखाई र छटपटीले चरमसिमा नाघीसक्यो। प्रकाशकको शितल छाहरी खोजिरहेछु। कोहि कोहि मेरो इष्र्या गर्नेहरूले खुच्युऊ ! पर्यो भन्दै मलाई एक्लैपारीदिन्छन्। त्यतिखेर म नवसन्तान जन्माउन एक्लै संर्घष गरीरहेको हुन्छु। जीवन र मरणको दोसाधमा उभिएर कलमलाई सान्त्वना दिइरहेको हुन्छु। अझै बल गर कलम, तिमीले जन्माउनै पर्छ। नभन्दै जन्मिन्छ। हेर त कति सुन्दर छ त्यो नवशिशु। तिम्रो नयाँ पुस्तक र पत्रिका। घुम्टो उघारीएको छ। न्वारन अर्थात विमोचन पनि भैहाल्यो। कलम वधाई छ। अब आरामको लामो सास तान। वरपर, देशविदेश शुभखबर पुगेको छ। इतिहासको अर्को नयाँ पृष्ठ थपिएको छ। समाचार बन्नेछौ। अवश्य नै वधाई दिन आउछन् होला सम्झेर मेरा साथीहरू जो जो आए पनि म अति खुशी हुन्छु। तर आउदा फूलमाला र सम्मान पत्र लिएर कहिल्य नहाउनु। बरु नयाँ पुस्तक लेख्ने एउटा सुन्दर कलम लिएर आउनु ल।

बनेपा,काभ्रे – ९८४१४२९८१६

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In