• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, October 18, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

हामीले चाहे के हुन्न र?

by Ramprasad Paudel
July 31, 2015
in Articles

रामप्रसाद पौडेल, नेपालमा केही छैन, नेपाल खत्तम देश हो, नेपालमा पढेर के हुन्छ र, जागिर पाइने होइन, कुन दिनमा नेपालमा जन्म लिन पुगेछु …. नेपाल

रामप्रसाद पौडेल
रामप्रसाद पौडेल

यस्तो नेपाल उस्तो आदि।
हुत्तिहाराहरुको जीवनका मन्त्रहरु बनेको छ माथि उल्लेख गरिएका र यस्तै अनेकन टुक्रे शब्दजालहरु। अनि यहाँको युवा शक्ति, बौद्धिक वर्ग र सम्पन्न मानिसहरु आफू जन्मेको देशलाई सत्तो सराप गर्दै बाँचिरहेका छन्, मुगलानिएका छन्।
उनीहरुको सोचाइमा देश बनाउने सरकारले हो, धारो बनाउने सरकारले हो, सडक बनाउने सरकारले हो, नहर खन्ने सरकारले हो, भत्किएको नहर मर्मत गर्ने पनि सरकारले हो। चर्पी सरकारले बनाउनु पर्छ, बाटो सरकारले सफा गर्नुपर्छ, सडकमा खाल्डा खुल्डी भए एक चप्परी माटो खनेर हाल्न सरकार आउनुपर्छ। बिजुली सरकारले बालिदिनुपर्छ, पोल सरकारले ठड्याइदिनु पर्छ। धारामा पानी धमिलो आयो सरकारले विचार गर्नुपर्छ। मकैमा दाना लागेन सरकारले क्षतिपूर्ति दिनुपर्छ, बर्ड फ्लुले कुखुरा सखाप भयो सरकारले हेरिदिनुपर्छ। निशुल्क शिक्षा सरकारले दिनुपर्छ, स्वास्थ्यको प्रबन्ध सरकारले गरिदिनुपर्छ। पोषण सरकारको जिम्मेवारी हो। बजारमा ग्याँस अभाव भयो सरकारको दोष, पेट्रोल पाइएन सरकार नालायक भो।….मेरो कुखुरो स्यालले लग्यो म सरकार ढालिदिन्छु।
हो वास्तवमा सरकार यिनै कामको लागि हो तर यी कामहरु सरकारको मात्र भने होइन। नेपाल संक्रमणकालमा छ। जनतामा निराशा फैलिएको छ। जनताले प्रत्यक्ष महशुस गर्न पाउने खालका काम सरकारले गर्न सकेको छैन। तर त्यसो भन्दैमा सरकारलाई धारे हात लाएर सबै जिम्मेवारीबाट पन्छिन भने देशका जिम्मेवार नागरिकले मिल्दैन। हामीले बुझ्नुपर्ने तथ्य के हो भने सरकारले मात्र केही गर्न सक्दैन। केही गरिहाले पनि दिगो हुन सक्दैन। जनताको प्रत्यक्ष संलग्नता, सरोकार र लगानी विना गरिएका कुनै पनि काम दिगो हुन सक्दैन। त्यही भएर अहिले राज्यका विभिन्न संयन्त्रहरुमा, शिक्षामा, स्वास्थ्यमा, खानेपानीमा स्थानीय सहभागिता अनिवार्य गरिएको छ।
अलिकति विकासको कुरा गरौं। विकास सम्बन्धी हाम्रो वर्तमान दृष्टिकोण अलिकति आउटडेटेड भएको छ। हामीले त्यो मनस्थितिलाई अद्यावधिक गर्नु जरुरी भइसकेको छ। हामीले पहिले जे सोच्थ्यौं वास्तवमा विकास त्यो मात्र होइन भन्ने बुझ्नुपर्ने बेला भएको छ। विकास हामी आफैंले गर्न सक्छौं अर्थात हामीले जे गर्न सक्छौं त्यो गर्र्छौं भने विकास भयो। हामीले गर्न सक्ने काम पनि गरेनौं भने विकास भएन। म मेरो क्षमताले मेरो आफ्नै करेसाबारीमा साग रोपेर आफैं मात्र खान सक्छु भने पनि त्यो विकासको यौटा पाटो हो। मैले आफ्नो बोझ अरुमाथि नथोपरेर अर्थात आफ्नो लागि आवश्यक तरकारी आफैं उब्जाएर विकासको हिस्सेदार भएँ। म दर्ुइ चार ओटा रुख रोप्न सक्छु। म दुइ चार मुरी अन्न धेरै उब्जाउन सक्छु र मेरो परिवारले खाएर नसकेको धान चामल भोकाहरुलाई दिन सक्छु। यही हो विकासमा साझेदारी। म अबदेखि चिया खान छोड्छु र निकै खाँचोमा परेका एक जना बालक वा बालिकालाई पढ्न सहायता गर्छु म महिनामा कम्तिमा चार पटक मासु खान्थें अब महिनामा २ पटक मात्र मासु खान्छु र बाँकी २ पटक मासु किन्ने पैसाले केही फलफूल किनेर छिमेकका वृद्धवृद्धा आमा बाबुलाई खुवाउँछु। म बेलुकी बेलुकी रक्सी खान्थे अब म रक्सी खान छोड्छु र एकजना मृगौला रोगीलाई त्यो पैसा सहायता गर्छु म हरेक दिन जसो सेकुवा र सुकुटी खान्थें अब म ती कुराहरु छोड्छु र ती बालबालिकाहरुलाई खानको लागि सहायता गर्छौ जीवनभर कहिल्यै पेटभरि खान पाउँदैनन्। मैले कम्तिमा ५ तल्लाको सुविधासम्पन्न महल बनाउने विचार गरेको थिएँ, अहिले आएर सोचें आखिर त्यत्रो ठूलो घर मेरो आवश्यकता होइन, बाँचुञ्जेल बस्नका लागि २ तल्लाको मात्र बनाए पनि पुग्छ। अब म बाँकी पैसाले अनाथाश्रम बनाइदिन्छु ता कि घरबारविहीन बालबालिकाले आश्रय पाउन सकून। मैले स्वीस बैंकमा पैसा जम्मा गर्ने निश्चय गरेको थिएँ भो अब गर्दिन, त्यो पैसाले बरु एउटा विद्यालय निर्माण गरिदिन्छु जहाँ सयौं विद्यार्थीले पढेर भविष्यको बाटो त पत्ता लाउने छन्। हो विकास भनेको यही हो।
विश्व जित्ने भूतले सताइएका हिट्लरले मर्ने बेलामा भनेको एउटा वाक्य मैले हालसालै पढ्ने मौका पाएँ। उनले भनेका थिए मेरो लास स्मशानतिर लैजाँदा मेरा दुबै हात कात्रोबाट बाहिर निकालेर लैजानु ता कि बाटोमा उभिने हरेकले थाहा पाउन् विश्व विजेता हिट्लर पनि मरेपछि रित्रै हात जाँदो रहेछ। यो वाक्य जति शक्तिशाली छ त्यति नै यथार्थपरक पनि छ। वास्तवमा हिटलर वा गान्धि मुठी खोलेर आए मुठी बन्द गरेर गए। वारेन बफेट, विल गेट्स, मुकेस अम्बानी वा विनोद चौधरी रित्तै आएका थिए, रित्तै जानु पर्नेछ। तिनले आफ्नो साथमा आफूले अति नै प्रिय ठानेको कुनै एक चिज मात्र पनि लिएर जान पाउने छैनन्। तपाई र म पनि यही सत्यताको परिधिभित्र छौं। हामीले जति सुकै प्रयत्न गरेपनि यो तीतो सत्यलाई हाम्रो जीवनबाट अलग गर्न सक्दैनौं। हामी हाम्रो जीवनमा सास हालिदिने र हाम्रो सासलाई फिर्ता बोलाउनेको कानुनबाट अलिकति पनि दायाँबायाँ गर्न सक्दैनौं।

यो सत्य हो कि हामी एकदिन अवश्य मर्नु पर्नेछ। त्यो दिन अहिले नै पनि हुन सक्छ। म यो काम गर्छु यसलाई यसरी चेताउँछु अनि यति कमाउँछु, यति वचत गर्छु त्यसपछि यो गर्छु यो गर्छ बुनेर बनाइएका हाम्रा सम्पूर्ण योजनाहरु हावाको एकै झोकामा साबुनको फिँजमा उठेका सुन्दर फोकाहरु जस्तै प्वाट्ट फुट्न सक्छ। जग हाल्दै गरेको घर ढल्न सक्छ, बग्दै गरेको हावा रोकिन सक्छ। जीवन सपना जस्तै हातबाट फुत्त फुत्किन सक्छ। हाम्रा आफन्तहरुले रुँदै विदा दिने बाहेक अरु केही पनि गर्न सक्दैनन्। यो सत्य हो यो यथार्थ हो, मृत्यु तपाईंको नजिकै छ, मेरो नजिकै छ। हामी हरेक दिन आधा जीवन मरेर जिइरहेका हुन्छौं। जुन दिन बाँकी आधा जीवन पनि सकिन्छ त्यो दिन हामी एकोहोरो यात्रा गरिरहेका हुन्छौं कहिल्यै नर्फकने गरी। त्यसपछि शायद हामीले दुःख कष्ट गरेर अनेक प्रपञ्च रचेर आर्जन गरेका हाम्रा सम्पतिहरुमाथि कहिल्यै नजर समेत लगाउन पाउने छैनौं। हामी निमेष भरमै शुन्यतामा विलिन भएर जानेछौं।

हो हामी सबैलाई थाहा छ हामी मर्नुपर्छ तर पनि हाँफ र झाँफ गरेर सम्पति थुपार्न हामी क्रियाशील छौं। हामी अरुलाई पछारेर माथि उक्लिन लालायित छौं। हामी यो मेरो र यो तेरो भनेर प्रकृति प्रदत्त स्रोत र साधनहरुको कित्ताकाँट गरिरहेका छौं। हामी मानव मानव बीचमा पनि कित्ता छुट्याइरहेका छौं। तँ कालो म गोरो, तँ निचो म उँचो, तँ गरिब म धनी, तँ त्यो जाति म यो जाति, तँ अपढ, म पढालेखा, तँ त्यस्तो म यस्तो। हामीले बाल्यकालमा रटेको राम्रो म को उपयोग हदैसम्म कलात्मक ढंगले गरिरहेका छौं। यो जानेर पनि कि हामी कुनै पनि बेला यी सबै थोकबाट अलग हुनुपर्दछ।

यदि सत्य जानेर स्वतन्त्र हुने हो भने विकास हामी मै छ। समभाव हामी मै छ। त्यसको लागि कुनै सरकार चाहिँदैन, कुनै दाता चाहिँदैन। मैले भोलिको लागि सोच्न छोडेर आजको लागि सकेसम्म राम्रो गर्ने हो भने त्यो जति सुन्दर जीवन कहिँ हुँदैन। तर म त कहिल्यै निश्चित नहुने भोलिको लागि सोच्दा सोच्दा, मेरो सुन्दर वर्तमानलाई नै पो विकृत तुल्याउन अभ्यस्त भइसकेछु। मैले मेरो भोलिको चिन्तामा मेरो आजलाई चित्तावरण गराइसकेछु। म अरुको हित हुने कामको लागि सँधै अरुकै मुख ताक्ने र आफ्नो पक्षको कामको लागि अरुलाई थाहा पत्तै नदिने कुत्सित मानसिक रोगले ग्रस्त पो भइसकेछु। त्यही भएर म हरेक दिन सरकारलाई सराप्दो रहेछु, नेपाललाई सराप्दो रहेछु।

म सकेसम्म मेरो कमाइको कर तिर्न चाहन्न तर मेरो घरमा सरकारले धारा ल्याइदेओस् भन्ने चाहन्छु। मैले आफूले कमाएको पैसा विदेशी बैंकमा जम्मा गर्न थालेको छु तर मलाई खाँचो पर्दा यहाँको बैंकले ऋण दिएन भनेर आगो ओकल्दै हिँड्छु। मेरो घर छेउको र्सार्वजनिक धाराको टुटी ब्रि्रको छ, पचास साठी रुपैयाँ पर्ने त्यो टुटी लगेर म हालिदिन सक्दिन तर आधा घण्टा चिया पसलमा बसेर सरकारको सत्तो सराप गर्न सक्छु, सयौं रुपैयाँको चिया र चुरोट उडाएर मात्र र्फकन्छु।
नेपालमा लगभग ५० लाख परिवार छन्। ती मध्ये आधा जतिले स साना विकासको काम आफैं गर्न सक्ने हैसियत राख्छन्। ती हैसियतवालाहरुले वर्षा एउटा मात्रै भए पनि सामाजिक भलाईको काम गर्ने हो भने नेपालमा हरेक वर्ष२५ लाख असल काम हुने गर्दछ। एक परिवारले वर्षा १ जना गरिब बालबालिकालाई मात्र पनि पढ्न सहायता गर्ने हो भने २५ लाख बालबालिकाले उचित शिक्षा प्राप्त गर्न सक्दछन्। एक वर्षा एउटा मात्र गरिबलाई स्वास्थ्य उपचारमा सहायता गर्ने हो भने पनि वर्षोनी २५ लाख मानिसले उपचार सुविधा प्राप्त गर्ने थिए। ५० लाख परिवार मध्ये १ लाख परिवार वर्षोनी १ लाख रुपैयाँ फुर्मास खर्च गर्ने हैसियत राख्छन् त्यो (दश अर्ब) रकम कुनै उन्नत काममा लगाउने हो भने देशको कायापलट हुन केही बेर लाग्दैन। हामी हाम्रा युवा जनशक्तिलाई स्वदेशमै उच्चस्तरको रोजगार सिर्जना गर्न सक्तछौं।
सबैले बुझ्नुपर्ने कुरा के हो भने यो देशमा श्रोतको कमी छैन्। छ त केवल सकारात्मक र सृजनशिल सोचको कमी छ। मानिसमा मृत्युचेतको कमी छ। आउनुहोस् आज एउटा सकारात्मक सोचको विकास गरौं र प्रतिज्ञा गरौं कि म आफ्नो लागि मात्र होइन वरपरका गरिबहरुको लागि पनि सकेको गर्नेछु। आज तपाईंले यत्ति मात्र निश्चित गर्ने हो भने भोलिको दिन तपाईंले अर्कै पाउनुहुनेछ। भोलिको घामले तपाईंलाई पोल्ने छैन तर न्यानो अनुभव गराउनेछ।
[email protected]

 

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In