• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, October 18, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

मुटुमाथि ढुङ्गा . . .

by Loknath Manaen
February 12, 2014
in Articles

मुटुमाथि ढुङ्गा . . .

लोकनाथ मनेन

Loknath Manean
Loknath Manean

नौलो नेपाली बाइबल छाप्ने र वितरण गर्ने काम भरखर शुरु भएको थियो। इश्वी १९७७तिर। बाइबल सबै ठाउँ पुग्नुपर्छ सबैले पढ्नुपर्छ भन्ने शिक्षा चर्चको शिक्षा हो र बाइबलको आफ्नै शिक्षा पनि हो। बाइबल सबैले पढ्न पाएका थिएनन्, पुगेकै थिएन। त्यस बेलाको सानो चर्चमा यो मान्छे भारतको, यो बिहारको, दक्षिण भारतको, उत्तरको, यो दार्जीलिडको लिङ्गे, कालेपुङको पुङ्गे, अमेरिकाने खैरे भन्ने विचार हामीभित्र पलायो। मान्छेले भुल गर्ने त नजानिन्जेल न हो। पछि बाइबल पढ्न थालेपछि हामीले आफ्नो गल्ति महसुस गर्यौं। ‘धतेरी म त सारा विश्व मैदानको ख्रीष्ट चेला हुँ’ भन्ने कुरा हाम्लाई था भो। बाइबललाई धन्यवाद।  बाइबलका परमेश्वरलाई धन्यवाद।

धन्यवाद शब्दको वास्तविक प्रयोगशाला र उद्गम थलो चर्च नै हो। यो शब्द बाइबलमा र क्रिस्चियन गीतहरू यति बग्रेल्ती मिल्छ कि विश्वभरिको सभ्यताहरूले यसको मर्मलाई टिपिसकेका छन्। साना ठूलाको अवधारणा नभएको ठाउँमा नै हो शिष्टता फैलिने र मौलाउने।   यो शब्द नेपालमा प्रवेश गराउने अनि यो शब्दको अर्थ खुलाउने प्रथम नेपालीहरू ख्रीष्ट विश्वासीहरू नै हुन्।

क्षमा शब्द र त्यसको अनुभव पनि बाइबलको ठूलो वरदान हो। ख्रीष्टले आफू मरेर (सहिद भएर हैन) आफू मरेर हाम्रो पाप क्षमा गर्नुभो। यो अर्को इमपोर्टेन शब्द पनि चर्चको दैनिक अनुभव र उच्चारणभित्र परेको छ। क्षमा। हामीले पाउने र अरूलाई पनि दिने।

जातीय, उच्च, निचको र ठूलो सानुको कुरा भख्खरमात्र बहस भइरहेको यही देशमा, छ दशक, साठी वर्षदेखि चर्चभित्र एकअर्कालाई प्रेम गरिँदैछ, क्षमा र शान्तिमा बाँच्ने प्रयत्न भइरहेको छ।  पसलेले नभने पनि ख्रीष्टियन ग्राहकहरूले काउन्टर क्लर्क वा पसले साहुलाई थ्यांक यू भनेर नै चेन्ज पैसा, सामान टिपेर पसल, स्टोरबाट विदा लिँदैछन्। तपाईको पहिचान तपाईको शिष्टता हो। हरेक मान्छे आफ्नो शास्त्रवचन मान्न बाध्य हुन्छ। प्रभु येशूलाई धन्यवाद। हामीलाई लाजवाब एउटा किताब दिनुभो। यसबाट धेरै राम्रा कुरा सिक्न पायौं। हाम्रो शिक्षाको स्रोत यो शास्त्रमाथि हामी गर्व गरौं मात्र होइन, यसको पद पाइलामा हिडौं। देशलाई सिकाउने र बताउने काम जारी राखौं।

हामी सुन्छौं लिम्बुवान, तामसालिङ शब्द। दलित र महिला भन्ने मर्मभेदी क्रन्दन भरेको शब्द पनि सुनिरहेछौं। अधिकार चाहिन्छ भनेका रहेछन्। तर यी तामङ्ग, गुरुङ्ग भनिने मानिस त उहिले (सत्य हो), उहिल्यै चर्चका पास्टरहरू र राष्ट्रव्यापी संघठनका अध्यक्षहरू बनिसकेका छन्, बनिरहेका छन्। हामीले सोच्दा पनि सोचेनौं उनीहरूको जात के हो। यो विषयको प्रथम सुरुवात नै धरान र पोखरा, आमपिपल गोर्खा, सुदूर धनगडीका चर्चचर्चमा भएको हो। चर्चले जातिवादी आवाज उठाउनु सक्दैन र हुँदैन। विभिन्न जातका नेपालकै नेपाली नेताहरूले दार्जीलिङ्ग, सिक्किम पुगेर त्यहाँका चर्चहरूलाई सिकाएका छन्। थर्काइनै दिएका छन्। गल्फ, मलेसिया, कोरिया, अमेरिकाका नेपाली चर्चहरूलाई झकझकाएका छन्, सिकाएका छन्।

जन्मेर आएको जातले चर्चको संसारमा धेरै अर्थ राख्दैन। ख्रीष्ट येशूमा नयाँ गरी जन्मेका दाजु, भाइ, दिदी, बैनी हुन् उनीहरू हाम्रा। चर्चभित्र त बेउराले लड्छ वा क्षमताले चड्छ। जो पनि लिडर बन्नसक्छन्। एउटै क्वालिफिकेशन खोजिन्छ शास्त्रको राम्रो ज्ञान।

बाइबलका अग्रगामी सोच विचारसँग तर्सेर “धर्म परिवर्तन”को ढ्याङ्रो ठोक्दै“चोर आयो” भन्ने स्टाइलको हल्ला मचाउनेहरूको दिलदिमागमा कस्तो लाज, डर, रिस, आरिस भरिएका होलान्। विचारा। सबले पैन्ट लाउँदैछन्, कुर्ता सुरुवाल लाउँदैछन् हैन? किन “पोसाक परिवर्तन” भनी हल्ला नगरेको? यो त यहाँ थिएन नि।  मान्छेलाई जे सजिलो हुन्छ लाउँछ, रुचि हुन्छ खान्छ अनि जेमा चित्त बुझी, ढुक्क भइन्छ त्यै मानिन्छ। माओ मानेर मान्छे काट्न पाइयो, येशू मानेर मान्छे बचाउन नपाइने? हल्ला गर्ने हो भने, “वस्त्र परिवर्तन”, “पार्टी परिवर्तन”, “शिक्षा परिवर्तन”, “खानपान”, “जलपान”, कपाल, चोली, जुत्ता, मोजा, ह्वाङ्ग कपडा, छोटो कपडा, लामो कपडा, भ्वाङ्ग कपडा, नाच, गान, हावभाव, उठ बस, जगल्टे कपाल, चिन्डे कपाल, सबै खाले परिवर्तनको विरुद्ध प्रतिगामी साहेबहरूले जेहाद घोषणा गर्नु नि। “पत्रिका परिवर्तन (सेक्सी)”??? यसमा उहाँहरूलाई डिसटप भा छ कि छैन? खै आवाज?

ंनयाँ संविधान मार्फत अथवा जनभावनालाई उक्साएर कमल थापा सरहरूले चर्चको पाखुरा बटार्ने पञ्चायतको पुरानो शैली ब्यूउँताउने जालो बुनिबक्सँदैछ अरे। अनि हामीलाई हाँसो उठिरहेको छ। मुटुमाथि ढुङ्गा राखी हाँसो थाम्नु प-या छ। माननीय एवम् सम्माननीय कमल थापा, सूर्य थापा, मरिचमान सरहरूको गोदाइको मैदानमा नै चर्चले परेड खेली छाती फुलाउनु र शिर ठाडो गर्न सिकेको हो।

एताका कमल सर, उताका मोदी सरहरूले कुस्ती लड्ने भनेको त अदृश्य ख्रीष्ट येशूसँग हो। “तिमीलाई सताको मलाई सताको” हो भनी प्रभुले त आफ्नो एकलेसियालाई सफा बताउनु भएको छ।

अचानक एउटा आवाज आयो,  तिनताकको चर्चलाई मेटाउन हिँडेका पण्डित पाउलसले सोधे, “तपाई को?”  आवाजले बोल्यो, “म येशू हुँ, जसलाई तिमी सताउँदैछौ”। येशू भन्नेका चेलाहरूलाई घोक्रेठ्याक लाएँ भनेको त येशू भन्ने गुरुलाई नै पो हमला गरिपठाएछन। उहाँ त जिउँदाका जिउँदै? पाउलुसले चर्चको पाखुरा र मन्टो बटारिदिन्छु भनेका थिए। यो दर्शन दमस्कसबाहिर पाएपछि पण्डितजीको विचार र दृष्टिकोण परिवर्तन भो। दमस्कस चर्च आतंकित बनी उनलाई पर्खिरहेको थियो। पाउलसले इस्वी ५०, ६०तिर यही धर्मपरिवर्तनको दोषमा जेल पसेर बाइबलका अमर पुस्तकहरू लेखिदिए। जंगली योरोपवासीहरूले पावलका पत्रहरू पढेर आफूलाई सुधारे। गजब भो। अचम्म भो। पाउलसले गर्दा विश्व इतिहासको विचारधारा नै फनक्क मोडियो।

ती पत्रहरू नेपाली जनताले पढ्न पाउँदैनन् भन्ने कानुन श्री ५को सरकारले कोरेता पनि पछि मेटिएको थियो। फेरि लेखे पनि फरक पर्दैन। हामी उहाँहरूको कृपा पर्खेर बस्ने ढोका ढुकुवा होइनौं। विश्वस्तरको मानसिकता तिर लम्कन चाहने नेपाली बाइबल पाठक हौं।

संविधान कोरिन्दैछ। होला। सरी, त्यो सविधानको स्वागत हुनेवाला छैन। धेरैलाई धेरै रिस उठ्ने छ, धेरैलाई धेरै मन दुख्नेछ। जाऔं साथी हो सडकमा रोकिदिऔं देशको गतिविधि भन्ने दिन संविधानले ल्याउँदैछ (स.धा.लेखियो र देखियो भने)। चर्चलाई त्यो संविधान मान्नु र बुझ्न गारो पर्नेछैन। किनभने ती आदर्श कुराहरूको प्रशिक्षण र पालन त चर्चभित्रको दैनिक अनुभव नै हो।  तर मित्र हो, ध्यान दिनुपर्ने कुरो यो हो। पुरानो पञ्चायतको चेपचाप हुँदैहुँदै विभिन्न बाटो, गलछेडो, गल्ली छिर्दै, चिर्दै आएर आजको चर्च र ख्रीष्ट विश्वासीहरूमाथि भोलि जाइलाग्ने योजना कोर्ने पूर्व राजावादी पञ्चको प्रवेश मञ्चमा भइसकेको छ। हामीले कसरी एकअर्कालाई प्रशिक्षण दिने, जोगाउने, मजबुत बनाउने भन्ने कुरामाथि अहिल्यै सोचविचार र छलफल शुरू गर्नु उचित हुनेछ। (लेलेको काम रोकियो है फेरि)।

नेपाल सबै विषयमा अग्रगामी भए पनि ख्रीष्ट मण्डलीको विषयमा पुरानै छ। चीनको चर्चलाई चम्काउनुमा कमुनिस चाबुकको ठूलो हात थियो। कोरियन चर्चलाई एकबद्ध बनाउनुमा उनीहरूमाथि खनिएको जापानी तातो पानीको भूमिका थियो। साथी हो, खेदोको बेलामा उत्पन्न एकता भन्दा नियमित र छुच्चो सिद्धान्त र शिक्षाले बनाएको एकता बहुमूल्य र दिगो हुन्छ।

चर्च होसियार। प्रभुमा अनि उहाँको वचनमा सुरक्षित बनी बसौं। सिद्धान्तलाई विषय बनाउनुहोस् र त्यसमाथि जति फाइट गर्नुहुन्छ गर्नुहोस्। तर, एकअर्कामा झगडा, व्यक्तिवादी, दोषारोपणका क्षुद्र विषयवस्तुहरू परिवर्तन गरेनौं भने अनि सिद्धान्त र डक्ट्रिनहरूलाई आफ्नो सोच र वहसमा सुरक्षित गरेनौं भने, दुश्मनको एटेक हुँदा हतारहतार बाइबल खोल्नुपर्ला। मत्ती खोल्ने कि यशैया खोल्ने भनी हात काँप्ला। एफिसीमा खोज्ने कुरा विलाप पुस्तकतिर खोजी पठाइएला। घुँडा टेकी “प्रभु, प्रभु” भन्दै आँसुको साथ र्यालसिंगानमा प्रार्थना गर्नुपर्ला। तेल सकिसक्यो, बत्ती निभिसक्यो। अँध्यारोमा छामछुम गरी के फाइदा? दिन हुँदा नै हो काम गर्नुपर्ने।

दुश्मन –जसलाई प्रेम गर्ने हाम्लाई हुकुम छ – दुश्मनको आक्रमणको खिलाफमा बलियो तयारी भनेको बाइबल अध्ययन अझ तिब्र बनाउने हो। पढ्नुहोस्। वचनको अनुसन्धान नछोडनुहोस्। सबको उत्तर त्याँ छ। अनिकाल आएपछि होइन आउनअघि अन्न बचाउने हो। पेट्रोल सकेर पम्प खोज्ने कि पम्प पाउँदा पेट्रोल भर्ने, निर्णय गरौं।

अतिवादी समूहहरूले चलाएको हुँइय्याले मान्छेको मानसमा असर पर्दैछ। जताभावी कोठे चर्च नखोल्नुहोस्, ठूल्ठूलो सोरमा नगाउनुहोस्। त्यही कोठाभित्र चुपचाप अध्ययन गर्नुहोस्। धेरैधेरै चहलपहल र गीतगानको होहल्ला, हल्लेलुयाले छिमेकमा डिसटप हुँदैछ र उनीहरू सजग, सशंकित बन्दैछन्। हाम्रा असावधान चालामाला चर्च विरोधी तत्वहरूको लागि सारा देश तर्साउने मसाला बन्दैछ। नतिजा? चर्च–आराधनाको निम्ति घर, कोठा दिनुमा हिचकिच बढ्दैछ। सबै घर मालिकले सल्लाह गरी चर्चहरूलाई नोटिस दिए भने के हुन्छ सोच्नुहोस् त? विश्वासीहरू विचल्ली हुँदैनन्? पाएको कोठा नगुमाउने उपाय निकाल्नुहोस्। गीत गाउने कुरो ठूलो होइन, (चर्चको सभा भनेको स्टेज प्रोग्राम होइन, ध्यानको समय हो) बाइबलको अध्ययन र विश्लेषण अनि शान्त भावका प्रार्थना, सरसल्लाह मुख्य कुरा हुन्।

पाकिस्तान, भारत र श्रीलंकातिर चर्चभवन र ख्रीष्ट–भक्तमाथि हमला हुँदैछ। यो बखतमा नेपाल चर्चका विश्वासीहरूलाई सम्भाव्य र भावी प्रतिकूल व्यवहार, दूव्र्यवहारबाट बचाउन हेतु दिग्गज दीर्घामा गम्भीर छलफल आरम्भ भए हुन्थ्यो। विद्वत वर्गमाझ वहस निम्त्याउन एवम् सोही वर्गबाट राम्रो निर्देशन र सल्लाह तयार गराउन म नेपालचर्च डटकमलाई, भाइ टंकलाई आग्रह गर्न चाहन्छु। हामीले जानेको, भनेको थोथोरैमाथि उहाँहरूको धेरै थपियो भने सबैलाई फाइदा हुने थियो।

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In