• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

मानिसको बहुमूल्य उपहार येशू ख्रीष्ट

by Samay Kumar Ramtel
December 12, 2013
in Articles

samayaहामी येशूख्रीष्टको जन्मउत्सवलाई हरेक बर्षजन्मदिवशको रुपमा मनाउछौं। कारण जिउदो मान्छेका मात्र जन्मदिवस मनाइन्छ। किनकी सधैभरी जिवित हुनुहुन्छ। ख्रीष्टमस र नवबर्षो सवभन्दा बहुमूल्य उपहार येशू स्वयम हुनुहुन्छ। उपहार ग्रहणसँगै खुशी, आनन्द र शान्ति प्राप्त हुन्छ। यो खुशी पनि कस्तो-कस्तो हाँस्दाहाँस्दै नयाँ हाँसो शुरु भए जस्तो। झरेका पातहरू पुनः रुखमा टासिए जस्तो। अस्ताइसकेको घाम पनि फेरी उदाए जस्तो। सामान्य अर्थमा ख्रीष्टको जन्मदिनलाई बडा दिन अर्थात ख्रीष्टमस भनिन्छ। ख्रीष्टमसलाई विशेष गरी वडादिन, जन्मदिवस, नयाँ दिन र जन्मउत्सवको दिन भनेर पनि सम्वोधन गरीन्छ। “यो दिन सबै जना खुशी हुनुपर्छ किनभने यो विश्वले पनि आफ्नो हाँसो थाम्न नसकेर सबैलाई पैचो दिदै छ। विश्वको केन्द्रविन्दुमा जन्मनुभएको हाम्रो येशूप्रभु महान हुनुहुन्छ। त्यसदिन ताराको ज्योति पक्कै पनि चन्द्रमाको भन्दा उज्यालो भएको हुनुपर्छ। मुक्तिदाता येशू जन्मना साथ उहाँको रोदनतिर घोडा र गाईहरूका कान खोलिए होलान्। तिनीहरू नै ठूला श्रोता हुन्। येशूले बोल्नुहुदा हामी त्यस्तै श्रोता हुनुपर्छ। फोहर गोठ पक्कै सफा भएहोलान्। ति पशुहरू समेतले खान छोडेर डुँड उहाँको निम्ति दिए। वडो आनन्दको सुसमाचार स्वर्गदूतले दिएपछि गोठालाहरू आत्तुरी साथ उहाँलाई दर्शनभेट गरी यो असल खबर सबैतिर फैलाए। जुन दिन येशूलाई हाम्रो हृदयमा जन्मन दियौ। तब देखि हाम्रो जीवनका कालोछायाँहरूमा चम्किलो ज्योति फिजिएकोछ। मृत्युको छाँयाले छोपेका आत्माहरूलाई उज्यालो साक्षीका किरणहरूले शान्ति फैलाउनुछ।

केही समय पहिला मैले क्रिसमस विषयको एउटा घटना पढेको थिएँः अमेरिकाको फ्लोरिडा राज्यमा एउटा स्कूलका साना केटाकेटीहरूले बडा दिनको उपलक्ष्यमा एउटा नाटक गर्दै थिए। नाटकको लागि १० बर्षमुनिका छात्रछात्राहरूलाई छानिएको थियो। येशूको जन्मको विषयमा उनीहरूल आ-आफ्नो पार्ट अनुसार जन्मदिनको कथा, दर्शक र आमाबाबु माझ प्रस्तुत गर्नुपर्ने थियो। एउटा ८ बर्षजतिको केटालाई यूसुफको पार्ट दिइएको थियो। त्यस्तै उमेरको अर्को केटीले मरियमको रोल गरेकी थिइन्। अर्को नौ बर्षजतिको केटा चाहिँ होटल मालिक बनेको थियो। जसको घरमा यूसुफ बच्चा पाउन लागेकी मरियमसँग साँझ वास माग्न जान्छन्। हो, वेतलेहम शहर प्रवेश गर्न लाग्दा नै मरियमलाई बच्चा जन्माउने व्यथा लागिसकेको थियो। प्रसववेदना झन-झन वढ्दै थियो। अनि साँझ पनि परिसकेको थियो। मानिसहरूको भिडलाई छिचोल्दै रात झमक्क पर्नुभन्दा अगाडि वास बस्नुपर्छ भन्ने सोचेर यूसुफ दम्पती अगाडि बढिरहेका थिए। अन्तमा (स्टेजमा) यूसुफ र मरियम एउटा सानो होटल अगाडि देखा पर्दछन् , ढोका ढक्ढक्याउँछन्। भित्रबाट होटल मालिक आँउछन्। उनी ९ बर्षा छन्। अनुहारमा कोमलता छ। ढोकामा होटल मालिकलाई देखेपछि यात्री यूसुफले अगाडी सरेर र मरियमतिर दयालु नजर लगाउँदै सोध्न थाल्छन्। “हजुर वास पाइन्छ कि? ” बाइबलले भन्दछ की होटलमा कोठा खाली थिएनन्। खच्चाखच थियो। त्यसकारण कथा अनुसार, उनलाई बताए बमोजिम होटल मालिक बनेको सानो केटाले भन्यो, अहँ, यहाँ ठाउँ खाली छैन, अन्त कतै गएर हेर्नुहोस्।” त्यसपछि मलिन अनुहार लगाएर निराश मन लिएर युसुफले मरियमको हात समाई उठाएर होटलको आँगनबाट विस्तार हिड्न लागे। जब एक दुइ पाइला मात्र उनीहरूले बढाएका थिए होटल मालिक बनेको केटाको मन एकदम पग्लियो, पछाडीबाट बोलाउँदै उसले भन्न थाल्यो, “कृपया फर्केर आउँनुहोस्, यहाँ कोठा खाली छ, मेरो होटलमा बस्नुहोस्।” वास्दवमा बाइबल अनुसार कथा यसरी जाँदैन। शिक्षकहरू, बच्चाको गल्तिमा शरम मान्न थाले तर भिडले भने अर्कै प्रतिकृया देखाउँन थाल्यो। बच्चाको यस्तो कोमल हृदय देखेर सबै दर्शकहरू भाव विहृवल भए, सबै उठेर ताली बजाउँन थाले, खुशी भए, त्यो नाटक सबभन्दा राम्रो र हृदयस्पर्शी बन्यो। के आज हामी येशूलाई, “नजानुहोस् प्रभु मेरो हृदयमा बस्नुहोस् ” भन्न सक्छौ?

परमेश्वरले मानव जातिको लागि दिनुभएको अर्को उपहार हो समय। हाम्रो जीवनमा समय जति महत्वपूर्णको कुरा अरु केही छैन। मानिसका जीवनका प्रत्येक घडी र पलहरू नयाँ पलसँगै, नयाँ दिनसँगै र नयाँ बर्षँसँगै बितेर जान्छन्। छोटो दिएको जीवनमा यी छोटा पलहरूलाई यिनको महत्व दिउँ र यिनलाई राम्रो तरिकाबाट उपयोग गरौं भनी परमेश्वरको चाहना छ। एकजना मानिस (विशेष) दैनिक एउटा प्रार्थना गर्ने गर्थे। उनी प्रार्थनामा प्राय एउटा कुरा दोहोर्याउने गर्दथे जुन यस प्रकार थियो। “आजको दिन म एउटा साधारण जीवन जिउने कोशिस गर्नेछु। एउटा शान्तमय जीवन त्यो हुनेछ। आज म आफ्नो मुखबाट कुनै नराम्रो कुरा, अरुको चित्त दुख्‍ने कुराहरू निकाल्ने छैन। हरेक अशुद्धता पन्छाउनेछु, अनि चुपचाप परमेश्वरमा पर्खनेछु। नचाहिंदो खर्च म आज गर्ने छैन, कुराकानी गर्दा बडो होसियारी अपनाउनेछु। जे जति काम मलाई आज दिइन्छ, त्यसलाई म होसियार साथ, दिलोज्यानले पूरा गर्नेछु। अरुको विश्वासलाई म आज बढी महत्व दिनेछु र एउटा सानो बालकले जसरी आफ्ना आमा बाबु प्रति विश्वास राख्दछ। त्यसै गरेर आज म पनि परमेश्वरमा विश्वास राख्तछु। किनकि मैले यो दिनलाई भोली खोजेर भेट्टाउन सक्दिन। एक चोटी बितेको समयलाई फर्काएर ल्याउन सकिन्न! जुन बाटो म आज हिड्छु त्यो भोली पछाडी रहेको हुन्छ, त्यसकारण आज मलाई काम गर्न दिनुहोस्, मलाई आज बाँच्न दिनुहोस्। “समय पंख लगाएर उडिरहेको हुन्छ” यो एउटा निष्ठुर प्रकारको सत्यता हो। आमा बाबुले आफ्ना छोराछोरीलाई धित मारेर नखेलाईकन समयले उनीहरूलाई बढाइदिएको हुन्छ । तर उसको वाल्यकालको समय पनि आमाबाबुको निम्ति सुन्दर समय हो, जहाँ उनीहरूले बच्चाहरूको भविष्य लेखिरहेको हुन्छन्। काल र समय एउटै हो, तर समय प्रति हाम्रो परमेश्वरमा धन्यवादित पनि हुनुपर्दछ, किनकी समय एउटा बलियो औषधी पनि हो। डाक्टरको प्रभावकारी उपचार र औषधीले जाति पार्न नसकेका हाम्रो मनका गहिरा घाउहरू समयले विस्तार भरिदिन्छ? मलहम-पट्टी गरेर जाति पारी दिन्छ। यसरी हाम्रो मनलाई क्षतविक्षत भइरहनबाट सुन्दर समयले बचाइरहेको हुन्छ। परमेश्वरले बनाउनुभएको समयलाई धन्यवाद सहित बिताउ, किनकी हरेक कुराहरू उचित समयमा ठीक प्रकारको उद्देश्यका लागि बनाइएका हुन्छन्। परमेश्वरले सृष्टि गर्नुभएको कुनै दिन पनि नराम्रो छैन। हाम्रो जीवनको निम्ति प्रत्यक दिन नराम्रो अवसर सयौपटक आउन सक्छ। तर राम्रो कामको अवसर भने एकदुइवटा मात्र आउछ। त्यसैले प्रत्येक दिनको एउटा राम्रो कामले भविश्यका हजारौ काम राम्रा र सुन्दर हुन्छन्। हामीले प्रयोग गरिने सबै सञ्चारका साधनहरु सफा र स्वास्थ्य हुनुपर्छ। किनकी हामी स्वास्थ्य हुनुछ। सारा विश्व नै ख्रीष्टमस र नयाँ बर्षे तातेको अवशरमा मेरो पनि हजुरलाई शुभकामना।

समयकुमार रम्तेल, बनेपा
९८४१४२९८१६

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In