• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, October 18, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

सेवा र सेवक

by Loknath Manaen
May 7, 2013
in Articles

२ कोरिन्थीमा

प्रेरित पौलस एक प्रखर सेवक थिए। प्रथम प्रहरको चर्च उनको लगभग एकल नेतृत्वमा डोर्याइनु परेको थियो। नयाँ करारका प्रायः साराका साराloknathmanen थियोलोजी पौलसको विद्वतामाथि निर्माण भएको कुरा वहसको विषय होइन। दोस्रो कोरिन्थीको पुस्तकमा उनले प्रस्तुत गरेको नेतृत्व सम्बन्धी नीतिलाई हामी यहाँ अध्ययन गर्नेछौं।

नयाँ करारको सेवकहरू हुन उहाँले हामीलाई योग्यका बनाउनुभयो,  लिखित अक्षरमा होइन,  तर पवित्र आत्मामा (३:६)।  संघ छ संघठन छ,  कार्यकर्ता छ,  डिग्री छ,  दर्ता छ,  दाता छ। यसले फसाउनसक्छ। हाम्रो योग्यता परमेश्वरबाट आउँछ (पद ३:५)। पवित्र आत्माको साथ, संगत र सहभागिताविनाको सेवा सञ्चालन हुँदैछ भने त्यहाँभित्र शैतानले सोझै अथवा घुमाउरो गरी प्रवेश गर्ला भन्ने डर राख्नुपर्छ। जहाँ प्रभुको आत्मा हुनुहुन्छ त्यहाँ स्वतन्त्रता हुन्छ (३:१७ लाई २:११सँगै पढ्नु राम्रो हुन्छ) शैतानले हामीलाई फसाउन नपाओस्।
यसकारण परमेश्वरको कृपाद्वारा हामीसँग यो सेवा भएकोले (४:१) … वर्षौं,  वर्षलगाएर,  त्यैपनि विदेशका समृद्ध कलेजहरूमा डिग्री हासिल गर्नुभएका अगुवाहरूलाई हामी धन्यवाद भन्छौं समय र सम्पत्तिको कडा लगानी गरेर उच्च तहको बौद्धिक योग्यता हासिल गर्नुभयो। नेपाल मण्डलीको आवश्यकता आफ्नो गहन जिम्मेवारीको क्षेत्र सम्झिएर आफ्ना जीवनका स्वर्णीम वर्षहरूलाई विश्वकै उच्चतम,  महंगो शिक्षालयहरूमा गुजारेर आउनु भएको छ अनि प्रार्थना र समर्पणको आत्मामा अहिले जटिल जिम्मेवारीहरूमा कार्यरत हुनुहुन्छ। तर भोलि त्यो सेवा तपाईको हातमा नरहनसक्छ,  खोसिनसक्छ। किनभने हाम्रो योग्यता कुनै बोर्ड र इन्टरभ्यूको कृपा मात्र होइन परमेश्वर स्वयम्को हात हुनसक्छ भन्नेध विषयको रहस्योदघाटन हामी यहाँ पढ्छौं। लकलकी कामेर,  डर र भयमा काम हुनुपर्ने रहेछ। शर्म लाग्दा लुकिछिपी गरिने कामहरू त्याग्नुपर्छ (४:२) परमेश्वरको वचनलाई आफ्नो इच्छाअनुसार हेरफेर गर्न इन्कार गर्नुपर्छ (४:२, जत्रै ठूला अमेरिकन वा कोरियनले भनेता पनि)। अनि परमेश्वरको दृष्टिमा र मानिसको विवेकमा ग्रहणयोग्य हुने सेवा गर्नुपर्छ (४:२)। परमेश्वरको दृष्टि,  मान्छेको विवेक,  दुवैलाई ख्याल गर्नुपर्छ। परमेश्वरमा मात्र लाग्ने अनि वरिपरिका मान्छेलाई केही नगन्ने अथवा दातृ निकायमा मात्र लिप्त बन्यौ अनि मान्छे र इश्वर कसैलाई नटेर्ने सेवकहरूलाई मानिसहरूले चुपचाप मूल्यांकन गरिरहेछन्। दुवैतर्फ समानुपातिक जवाफदेहिताको माग भएको जस्तो बुझिन्छ यो पदलाई ८:२१सँग दँजाएर हेर्दा।
अब उप्रान्त हामी कसैलाई मानिसको दृष्टिकोणले हेर्दैनौं,  हामी ख्रीष्टका राजदूतहरू हौं (५:१६,२०)। मान्छेको चरित्र र जीवन लक्ष्यलाई प्रभाव गर्ने कुरो उसको दृष्टिकोण हो। पुरुष के हो,  महिलाको स्थान कहाँ हो, विभेद हुनुपर्छ, पर्दैन, मालिक र मजदुर आदि के हो, होइन यो पाठ सिक्नको लागि कुनै ख्रीष्टानुयायीले राज-नेता र नयाँ नेपालको संविधानमा पढ्नुपर्यो भने उसले बाइबल समातेको धिक्कार। बाइबल पक्रेकै कारणले हामी सोच, विचार र उच्च आदर्शमा देशभन्दा अगाडि छौं। बाइबल जति पुरानो हो, साँचो सभ्यता त्यति पुरानो हो। मानवअधिकार र मौलिक अधिकार नयाँ करार बाइबलका उपज हुन्। हामीले सधैं पढिल्याएको कुरा देशमा सिकाउने हो। देशको आँखा बल्ल खोलिँदैछ। किन हिजोका पञ्चायती प्रहरीले बाइबल खोस्ने हुकूम पाएका थिए? किनभने बाइबलको उच्च आदर्श र उच्च तहको शिक्षा देशले थाहा पाउला भनी राजा,  दरवार अनि कट्टरपन्थीहरू डराएका थिए। बाइबल पक्का र नैतिक भएर नै चारैतिरबाट यसलाई बदनाम गर्ने प्रयास भएको हो। सामाजिक अधिकारकर्मीहरू र नागरिक वकालतकर्मीहरूले कुनै आदर्श वाक्य बोल्नुहुँदा नयाँ करारको यति पृष्ठ र यति पदमा यो कुरा उहिल्यै लेखिएको थियो भनी हामीले देखाउनुसक्नुपर्छ। उनीहरूले बोलेको आदर्श बाइबल शास्त्रको निचोड हो। यसकारण खबरदार, कोही मान्छेले आफूलाई क्रिस्चियन भन्छ भने आफ्ना वरिपरिका उभिएको कुनै पनि मान्छेलाई हिन्दू आँखाले हेरेर तलमाथि सम्झन पाइँदैन। कि त बाइबल फाल्नुहोस् र जनै लाउनुहोस् कि त २कोरिन्थी ५:१६ पढेर पश्चाताप गर्नुहोस्। दृष्टिकोण। को हो मधिसे इसाईको लागि? को हो बाहुन? कामी इसाईको लागि? राई, लिम्बू, तामांग, थारू हामी जान्दैनौं। सबैलाई जुन इश्वरले माया गर्नुभो त्यहीं इश्वरको नाउँमा हामीले माया गर्नुपर्छ। उच्च-निचको भाषा र मानसिकता बाइबलको होइन। तपाई विश्व परिवारको सदस्य एक मानव, जीवित परमेश्वरका छोरा, छोरी बनिसक्नुभएको छ। पहिले आफूलाई आफ्नो सृष्टिकर्ता परमेश्वरको नजरबाट चिन्नु होस्। नेपाली नेपालमा हुनसक्छ र यूएसए, बर्मा र भुटानमा पनि हुनसक्छ, यूके र भारतमा हुनसक्छ। तपाईको प्रथम पहिचान देशको नक्साबाट होइन ख्रीष्टको अनन्त योजनाबाट आउँछ। माओवादीहरूले जति नै कुर्ले पनि यो देशको किताब र कथा होइन, उनीहरूका दिनानाथ, बाबुराम, वैद्य, पुष्पकमल अनि महराहरूले एंगल्स, मार्क्स, लेनिन र माउत्सेतुंगलाई नै आफ्नो विचार र व्यवहारको केन्द्र मानेका छन्। माउत्सेतुंगले मान्छेको मुक्तिको लागि साँचो योजना बनाएका छन् भनी उनीहरूले आफ्नो जनै टुकुचामा बगाइदिए र हिन्दूशास्त्रको कतै नभएको थर माओवादी आफ्नो निधारमा ठोके। गोली खाए, गोली हाने। त्यो हो प्रतिबद्धता। मरेको माओले उनीहरूको प्रतिबद्धतामा देशलाई आर्थिक क्रान्तिबाट भौतिक मुक्ति दिने भएका छन्। जीवित ख्रीष्टले हाम्रो प्रतिबद्धता र संलग्नतामा आत्माको मुक्ति देशवासीलाई दिनुहुनेछ। आत्मा, जहाँबाट मान्छेलाई सञ्चालन गर्ने नैतिकताका आधारहरू उम्रन्छन्।
अरू देशवासी प्रियहरूले कसिएर साइबाबालाई शीर्षस्थान प्रदान गर्ने निर्णयगरेका छन्। कतिकतिले कोरानको लागि ज्यान दिने भएका छन्। यसकारण इसाई मित्र हो बाइबलको कदर गर्नु र बाइबल नयाँ करारलाई सर्वोच्चता दिनु नभुल्नुहोस्, नलजाउनुहोस्। बाइबल पक्रने हो भने जिब्रोले पुरान बोल्न पाइन्न। राजदूतको पदवी लिएका छन् पौलसले (५:२०)।  अर्थात् ख्रीष्टराज्यका नीति, नियम र निर्देशन दुनियाको अघि बताउने दायित्व। गणतन्त्र अनि लोकतन्त्रको सवाल दुइ वा तीन नम्बरका सवाल हुनुपर्छ एक क्रिस्चियनको निम्ति। स्वर्गको राज्यको हल्ला बाइबलभरि छ। यसकारण ख्रीष्टतन्त्रको प्राथमिकताबाट हामी एक मिनट पनि छुट्टी पाउँदैनौं। हाम्रो सेवामा दोष नभेटोस् भनेर हामी कसैको मार्गमा बाधाको कारण राख्दैनौं। हरतरहले आफैलाई परमेश्वरका सेवकहरू हौ भन्ने् देखाउँछौं (६:३,४)।  परमेश्वरसँग सम्बन्ध गाँसेका मानिसहरूले परमेश्वरको योजना, दोस्रो आगमन, पृथ्वीमा उहाँको राज्यको स्थापना आदि जटिल विषयहरूमा ध्यान दिनुपर्नेहुन्छ। पौलस कोरिन्थका विश्वासीजनहरूलाई लेख्छन् हामी तिमीहरूका साथमा मर्न वा बाँच्न तयार छौं (७:३)। टार्सस निवासी, रोमी नागरिक, यहूदी पौलसमा ग्रीस देशको कोरिन्थ सहरमा बस्ने ‘अन्यजाति’ पृष्ठभूमिका ख्रीष्टियानहरूप्रति कत्रो माया – मर्न वा बाँच्न तयार छौं। नेपालमा धेरै पास्टरहरू हुनुहुन्छ जसले यो कुरा भन्न सक्नुहुन्छ। आफूले तयार गरेका र प्रभुमा हुर्काइबढाइ गरेका विभिन्न् जातिका मानिसहरूको लागि उनीहरूले दिनरात आफ्नो समय, साधन र शक्ति खर्च गरेका छन्। रात नभनी, चिसो र गर्मी, भोक र प्यास नभनी विश्वासीहरूको निम्ति धेरै, धेरै घन्टा हिँडेर, प्रार्थना गरी, शिक्षा दिई, संगति दिई बलिया बनाएका छन्। अर्कोथरीका अगुवाहरूको कुरा नगरौं। यतिमात्र भनौं -मित्र हो, पैसा सबै कुरो होइन। पैसाले स्वर्ग लैजाने होइन। नर्क लैजानसक्छ। विश्वासी जन हो, तपाईको निम्ति आँसु बगाउने र सँगै मर्न र बाँच्न तयार बन्ने अगुवालाई चिन्नुहोस् र पछ्याउनुहोस्।
उदारचित्तले दिएको यो दान सञ्चालन गर्दा त्यस विषयमा कसैले हामीलाई दोष नदिओस् (८:२०)। पैसा-रुपियाँको सञ्चालनको सवाल पुरानै सवाल हो। परमेश्वरको यो वचनलाई साक्षी राखौं र ठीक काम गरौं। देशका अधिकांश उच्च पदस्थहरूले पैसाको बारेमा धेरै लोभलालच र भ्रष्ट व्यवहार देखाइसकेका छन्। ‘यसबारेमा क्रिस्चियनहरूलाई धेरै हदसम्म विश्वास गर्न सकिन्छ, भरोसा गर्न सकिन्छ’ भन्ने सत्य हल्ला फैलिन जरूरी छ। नेपाल एक ढिको रहुञ्जेल एक दुइ जातिको मात्र हित हुने भएकोले अब बहु राज्यको अवधारणाबाट देश संघीयतामा बढ्न चाहिरहेको छ। त्यसबेला नवगठित राज्यहरूमा पैसा देख्नुबित्तिकै नउफ्रिहाल्ने अनि प्रलोभनबाट जोगिनसक्ने नागरिकहरूको खोजी हुनेछ। चर्च तयार बस्नुपर्छ। हरेक गाविसमा हामीले काम गरेर देखाउनुपर्छ। दान सञ्चालन गर्दा कसैले हामीलाई दोष नदिओस् (८:२०) बरू स्याबासी दिओस्।

यो अधिकार तिमीहरूको बिगारको निम्ति होइन,  तर तिमीहरूका सुधारको निम्ति प्रभुले दिनुभएको छ (१०:८)। प्रभुले मलाई दिनुभएको अधिकार कठोरतासाथ मैले प्रयोग गर्नु नपरोस्। त्यो त उहाँले बनाउनको निम्ति दिनुभएको हो भत्काउनका निम्ति होइन (१३:१०)। अगुवासँग अधिकार हुनुपर्छ अनि उनले आवश्यकता अनुसार आफ्नो अधिकार प्रयोग गर्नुपर्छ। अधिकारविनाका अगुवा तारविनाको टुंग्ना हो। उनीसँग वचनको राम्रो ज्ञान हुनु आवश्यक छ अनि प्रशासनको पनि। अर्को गुण हो दूरदर्षिता। अलि परसम्मको समय र परिस्थिति देख्न् सक्नुपर्छ। तिमीहरूको विश्वासमाथि हामी अधिकार जमाउन चाहँदैनौ (१:२४मा पौलस नै बोल्दैछन्)। अधिकार जमाउने कुरो होइन तर अधिकार प्रयोग गरी विश्वासीहरूलाई बलियो बनाउने काम नै साँचो अगुवाको काम हो। कलस्सी १:२८ हेर्नुहोस्। हामीलाई तिमीहरूसँग ख्रीष्टमा दह्रिला पार्नुहुने र हामीलाई अभिषेक गर्नुहुने परमेश्वर नै हुनुहुन्छ (२कोरिन्थी १:२१)।  विश्वासीलाई दह्रिला पार्ने मात्र होइन असल नेतृत्वको अर्को जटिल काम हो “ब्वाँसाको पहिचान”। किनकि त्यस्ता मानिसहरू झूटा प्रेरितहरू र छली काम गर्नेहरू हुन् र ख्रीष्टका प्रेरितहरूको भेस लगाएर हिँड्नेहरू मात्र हुन्। किनकि शैतानले पनि ज्योतिर्मय स्वर्गदूतहरूको भेस धारण गर्छ (११:१३,१४)। प्रलोभनका डोका अनि रुपियाँको हँसिया बोकेर आइराछन् यी भेसधारी प्रेरितहरू। निर्धक्क आइराछन् अर्काले गोडमेल गरेको खेतबारीमा फसल उठाउन, लाज बेगर। कसरी बचाउने आफ्ना भेडाहरूलाई? वचनमा, शिक्षामा बाइबलमा नयाँ करारमा बलियो बनाउनुहोस् विश्वासीहरूलाई। बेसी कोरसहरू नगाउनुहोस्, बेसी स्तुति प्रशंसामा बगेको बगेकै नगर्नुहोस्। उनीहरूलाई वचनको तिर्खा लागिरहेको हुन्छ। तपाईका मण्डली सदस्यहरू गीत गाउँदा, गाउँदा कुपोषणले ग्रस्त भइसकेका छन्। अनि त ज्योतिर्मय स्वर्गदूतले झलल परेको वचन सुनाउँदा गटट कुदेर उतै जान्छन् अनि तपाई त हेरेको हेरेकै। अगुवाहरूलाई म यो लेखबाट अनुरोध गर्छु वचन पढ्नुहोस् अनि वचन पढाउनुहोस्। लूका २४को ४५लाई दाबी गरीगरी वचन पढ्नुहोस् र बुझ्नुहोस्। जीवनको रोटी त्यही हो।
के हामी एकै आत्माद्वारा चलेनौ? के हामी एकै पाइलामा हिँडेनौ? (१२:१८) यो सानो वाक्यले हामीलाई ठूलो शिक्षा दिन्छ। अगुवाहरू, समितिहरू एक आत्मामा चल्नुपर्छ। कोही के भन्दै हिँड्ने, कोही के भन्दै हिँड्ने होइन। आत्माको अगुवाइमा, प्रार्थनामा, वचनमा अनि माया र आदरले भरिएको मर्यादित सरसल्लाहको साथ एउटै पाइलामा हिँड्ने काम गर्नुहोस्। पाइला भिन्दैभिन्दै भयो भने शैतानले फाइदा उठाउँछ, फसाउँछ अनि मण्डली टुक्रिन्छ। प्रभुको नाउँको बदनामी बढ्छ। अनि त विश्वासीहरू बलिया र परिपक्व बन्नेछैनन् तर भेसधारीहरूको लहैलहैमा दौडन लाग्नेछन्। नेतृत्व निश्चित कार्यक्रम लिएर उभिनुपर्छ अनि निश्चित लक्ष्यतिर बढ्नुपर्छ। आफै स्पष्ट भएन भने अरूलाई कसरी डोर्या उने? आफै बलिया बनेनौं भने अरूलाई कसरी बलिया बनाउने? प्रिय हो, हामी परमेश्वरको सामुन्ने ख्रीष्टमा बोलिरहेका छौं अनि यी सब तिमीहरूलाई बलियो बनाउनको निम्ति हो (१२:१९)। पौलसजस्तै हरेक अगुवा र लिडरले मनमा पक्का गर्नुपर्छ कि उनका अधीनमा र मातहतमा भएका मानिसहरू ‘वचन’मा र जीवनमा बलिया बन्ने्छन्।
अन्तिम कुरो। २कोरिन्थीको यो अध्ययनको सिलसिलामा जटिल पदहरूमा हामी आइपुगेका छौं। म फेरि आउँदा अघिअघि पाप गर्नेहरू र अरू कसैलाई पनि म छोड्नेछैन (२कोरिन्थी १३:२) किनकि हामी सत्यको विरुद्धमा केही गर्न सक्दैनौ, केवल सत्यको निम्ति मात्र गर्न सक्छौं (१३:८)। नम्रता र कोमलता धर्मी जनको निम्ति हो भने पाप गर्ने बदमासकोलागि दण्ड, सजाय र लठी हो। सत्य जीवन बाँच्ने अगुवालाई सत्यको पक्षमा बोल्नु सजिलो पर्छ। आँसु बगाएर दुःख गर्ने अगुवाले हप्काउनु, दप्काउनु र सजाय दिनु पनि सुहाउँछ। मान्छे कुबाटोमा जान चाहँदैन। जीवनका खाल्डा, खोपिल्टादेखि सबै डराउँछन्। बलियो गोठालाको दुइ बेत खाए पनि छोडिजानु मनपर्दैन। तर अगुवा पिपलपाते भएर यता पनि ठिक्क उता पनि ठिक्क भयो भने चर्चभित्र क्रान्ति मच्चिन्छ। तर परमेश्वरको जन, तिमीले यी सबै त्याग (१तिमोथी ६:११)। दुइ, तीन पटक सम्झाउँदा पनि नमान्ने्लाई सजाय दिनु नडराउनुहोस्। पापलाई सहिरह्यो भने मण्डली पनि नेपालको सडक हुन्छ। सबले बदमास गर्ने सजाय कसैले नपाउने। पापमा लागिरहनेहरूलाई सबैको सामु हप्काऊ र यसरी अरूहरू पनि डराउँछन् (१तिमोथी ५:२०)। सजायविना समाज समाप्त हुन्छ, दण्डविहीनतामा राज्य सर्वनाश हुन्छ, अनुशासनको नियम र सजायको व्यवस्था नभएको मण्डली पनि एक दिन सबैले हेदाहेर्दै टुक्रिँदै टुक्रिँदै गएर कुन्नि् कता बिलाउँछ। न पास्टरको याद आउँछ न सदस्यहरूको सम्झना रहन्छ। प्रभुले हामी सबैलाई आशिष दिऊन्, बुद्धि दिऊन् र समयलाई चिन्ने क्षमता दिऊन्।

साभार निस्तार पत्रिका

Written by Mr. Loknath Manael
Republished on nepalchurch.com new site on may 7

Comments from previous site

nice
written by lazarus holy , March 22, 2012

dhanyabad ho yasta kura haruko kamile hamro mandalima thulo samasya aako6.pramesworle tapailai prasasta aasis dinuvaeakohos.

Related Posts

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

October 18, 2026

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026

Discussion about this post

ताजा सामाग्री

ANS invites EoI from interested individuals/firms to conduct Social Audits

ANS invites EoI from interested individuals/firms to conduct Social Audits

October 18, 2026

JOB DETAILS Expression of Interest (EoI): Social Audit Job posted on 16th October, 2026-31st October, 2026 Arise and Shine Nepal (ANS) Details / requirements:   Arise and Shine Nepal (ANS) Call for Expression of Interest (EoI) Arise and Shine Nepal (ANS) is a non-profit organization. Arise and Shine is an initiative to address the prevailing social and economic needs among Nepali youth within the Lalitpur district of Kathmandu Valley. ANS responds to the problems of prevailing negativeenvironment  of bullying, unhealthy relationships, substance abuse, petty crimes, disinterest in school studies to name a few on the young people. ANS addresses these problems of young people by operating a Youth Center that is safe, loving, and informal, where they wish to come regularly to spend their free times by playing games, music, meeting friends, reading books etc. ANS also engages young people in activities that develop their skills that shape them, empowers them and gives them better opportunities in their career. Moreover, ANS has been started from 2009 and legally registered in 2016 at SWC (Social welfare council), ANS has been working to empower and engagement for the Holistic development in marginalized communities based in youths through support in Holistic Development. Currently, ANS is supporting the youths of more than 2170 vulnerable youths in the rural & urban communities in 3 districts of Nepal. We are an NGO with a vision to create a safe, healthy, and a peaceful community where all young people have hope of a better future. A social...

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

October 18, 2026

                  कात्तिक १, २०८३ आइतबार काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टी सभापति...

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना

October 18, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

Recent Posts

  • ANS invites EoI from interested individuals/firms to conduct Social Audits
  • नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण
  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In