• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

‘हिन्दुवादी’ प्रचण्ड ‘इशाई संख्या’ बढेकोमा चिन्तित?

by NC Reporter
August 27, 2013
in On the Media
Setopati, भाद्र ९ बाट जस्ताको तेस्तै:
 
युवराज घिमिरे
 
भारतीय जनता पार्टीको राज्यसभामा उपनेता रहेका रविशंकर प्रसादले नेपालमा दुईदिने राजनीतिक कार्यक्रममा नेपालमा लोकतन्त्रको सुदृढीकरण, स्वामित्व, समृद्धि भारतको साझा चाहना रहेको र केन्द्रमा सत्ता परिवर्तनले त्यो मान्यतामा फेरबदर नआउने सन्देश दिएका छन् । तर, केही लोडेड र विरोधाषासपूर्ण अभिव्यक्ति पनि दिए उनले ।
 
नेपालको अखण्डता र स्वतन्त्रताको पक्षमा भारत एक मत रहेको आश्वासन पारे उनले, नेपाल–भारत सहयोग मञ्चले आयोजना गरेको ‘गणराज्य नेपालः आशा र सम्भावना’ बारेको अन्तरक्रियामा । नेता सिपी मैनालाीले संघीयता र मधेश लगायतका मुद्दामा भारतले कतै पृथकतावादी शक्तिलाई समर्थन त गरिरहेको छैन भन्ने आशंकाको उत्तरमा प्रसादको अभिव्यक्ति आएको थिएन ।
 
नेपाल आउनुपूर्व प्रसादले भारतका विदेशमन्त्री सलमान खुर्सिदसँग भेटघाट गरेका थिए दिल्लीमा । भारतसँगको तत्कालीन नेपाल नीति मंसिरमा चुनाव र त्यसका लागि सबै खालको सहयोगको आश्वासन नै छन् । पूर्वमन्त्री र विगत १३ वर्षदेखि सांसद रहेका प्रसादले त्यही दोहोर्या‍ए, अन्तरक्रियासँगै राष्ट्रपति रामवरण यादव, कांग्रेस, एमाले र माओवादी र मधेसी नेताहरूसँगको बेग्लाबेग्लै भेटमा ।
 
भेटघाटका लागि संघले नै सहजकर्ताको भूमिका खेलेको थियो, यद्यपि अन्तरक्रियामा संयोजक दीपक अधिकारीले यसको आयोजना स्वतन्त्र रूपले र दूतावासको संलग्नता तथा सहयोगबिना नै गरिएको बताए ।
 
नेपालमा बन्ने संविधान, संघीयताको स्वरुप सबै नेपालीको आन्तरिक मामिला भएकाले निर्णय उनीहरूकै हुने, तर भारतले सहयोगी भूमिका खेल्न खोजेको पनि उनले बताए ।
 
सहयोगको सम्भावित दायरा र अपेक्षाभित्रै राजनीतिक भेटघाटहरू भएको देखिन्छ ।
 
उनीसँग भेट्न एभरेस्ट होटल पुग्नेहरूमा तराई मधेश लोकतान्त्रिक पार्टीका नेता महन्थ ठाकुर र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का विजय गच्छदारमात्र थिएनन, एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि थिए ।
 
जानकार सूत्रका अनुसार राजनीतिक उपलब्धिका लागि चतुर्‍याइँ देखाउन माहिर प्रचण्डले भारतमा हिन्दुवादीका रूपमा परिचित भारतीय जनता पार्टीका नेता भएकाले रविशंकर प्रसादसँग आफूलाई पनि हिन्दूवादी नेताकै रूपमा प्रस्तुत गरे । ‘नेपालमा इशाईहरूको संख्या बढेको र ठूलो आकारमा धर्म परिवर्तन भइरहेकोमा चिन्तित छु,’ प्रचण्डलाई उद्धृत गर्दै जानकार स्रोतले सेतोपाटीलाई भन्यो ।
 
गत वैशाखमा दिल्ली जाँदा भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहले प्रचण्डसँग यसै विषयमा चासो राख्दै ‘अत्यधिक बहुसंख्यामा हिन्दूहरू रहेको’ नेपाललाई हिन्दू राष्ट्र घोषित गर्न आग्रह गरेका थिए । सम्भवतः राजनाथ सिंहको त्यो चासो र चिन्तालाई आफूले आत्मसात गरेको सन्देश दिएर प्रचण्ड आफ्ना लागि भारतको ‘सद्भाव’ बटुल्न चाहन्छन्, खासगरी आगामी चुनावमा सत्ताको नेतृत्व सम्हाल्ने सम्भावना बोकेको भारतीय जनता पार्टीको ।
 
हालै नेपालगंजमा एउटा ‘चर्च’ मा प्रचण्डका प्रवल सहयोगी कृष्णबहादुर महराले ‘पास्टर’ को आशीर्वाद थापेको फोटो सार्वजनिक भएपछि ‘चर्च र माओवादी सम्बन्ध’ नेपालको राजनीतिक वृत्तमा समेत चर्चाको विषय बन्न पुगेको छ ।
 
‘नेपाल हिन्दू राष्ट्र या हिन्दू–बौद्व राष्ट्र’ नै हुनुपर्ने अडान राख्दै नेपाली कांग्रेसका नेता लक्ष्मण घिमिरेले नेपाल–भारत सहयोग मञ्चको उक्त कार्यक्रममै व्यंग्यात्मक शैलीमा धर्मविरोधी पार्टीका नेता महराले पनि जुनसुकै भए पनि ‘धर्म अपनाएकामा’ खुशी व्यक्त गरेका थिए ।
 
संयोगले रविशंकर प्रसाद उनको राज्य (विहार) र सहर (पटना) वासी जयन्त प्रसादको नेपालमा राजदूतका रूपमा अन्तिम दिनमा नेपाल आएका थिए ।
 
रविशंकर प्रसाद अटलविहारी वाजपेयी मन्त्रिपरिषद्मा सूचना र प्रसार राज्यमन्त्री थिए । वाजपेयी सरकारले नै नेपालका माओवादीहरूप्रति समर्थनपूर्ण नीति लिएको थियो, सन् २००२ जुनमा ।

– Source: http://setopati.com/raajneeti/3390/

Related Posts

अन्तिम विकल्पः असाध्य रोग निको पार्ने विशेष वरदान प्राप्त सुवास सुब्बा

अन्तिम विकल्पः असाध्य रोग निको पार्ने विशेष वरदान प्राप्त सुवास सुब्बा

May 18, 2019

८०० वर्ष पुरानो क्याथेड्रल नोट्रे डेममा अागलागीः विश्व सम्पदामा हानि, “हाम्रा हृदय टुटेका छन्”

April 17, 2019
४० जना वरिष्ठ पाष्टरहरूका जीवन गवाहीको संगालो, मार्था राइद्वारा लिखित “मनका कुरा” विमोचित

४० जना वरिष्ठ पाष्टरहरूका जीवन गवाहीको संगालो, मार्था राइद्वारा लिखित “मनका कुरा” विमोचित

March 13, 2019
कसले त्यसको जोखिम र/वा जश उठाउने ?

कसले त्यसको जोखिम र/वा जश उठाउने ?

January 27, 2019

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In