• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, October 19, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

यस अर्थमा आङ सान होंग ख्रीष्ट हुन सक्दैनन्

by Jagadish Pokhrel
September 1, 2013
in False Techings
Jagadish Pokharel
Jagadish Pokharel

यस लेखमा संसारका बिभिन्न देशहरुका साथसाथै नेपालमा पनि बिस्तारै बिस्तारै फैलंदै गरेको झुटा शिक्षा “वर्ल्ड मिसन सोसाइटि चर्च अफ गड” अर्थात माता परमेश्वर मान्नेहरुको बारेमा छोटो विवरण प्रस्तुत गर्ने जमर्को  गरेका छौं । सुरुमा हामी त्यस समुहको छोटो परिचय तर्फ लाग्नेछौं । सन् १९१८ मा कोरियाको एक बुद्दिश्ट परिवारमा जन्मेर ३० बर्षको उमेरमा अर्थात सन् १९४८ मा सेभेन्थ डेज एडभेण्टिश्ट चर्चमा बप्तिस्मा लिएका एकजना कोरियन नागरिक आङ सान होंग लाई नै दोश्रोपटक आउनुभएका ख्रीष्ट भनेर मान्दछन । त्यस्तै उनकी तेश्री श्रीमती झाङ्ग गिल जाहलाई माता परमेश्वर भनेर मान्दछन । उनीहरु आफ्नो चर्चलाई सियोन भन्दछन अनि प्रार्थना गर्दा प्रार्थनाको अन्तमा स्वर्गीय पिता आङ सान होंगको नाममा आमेन भन्दछन । उनीहरुले पिता-यहोवे, पुत्र-येशू अनि पवित्र आत्मा भनिएका आङ सान होंगको नाममा बप्तिस्मा दिन्छन । उनीहरु क्रिसमस मान्नुहुदैन भन्छन तर आङ सान होंगको जन्मदिन चाही धुमधामका साथ् मनाउछन । मण्डलीमा क्रुस राख्नु हुदैन, यो मुर्तिपुजा हो भनेर घमण्ड गर्छन; तर आफ्नो सियोनको भित्तामा माता परमेश्वर भनिएकी महिला झाङ्ग गिल जाह को फोटो झुण्ड्याउछ्न । उनीहरुले अहिलेसम्म ३ पटक सन् १९६७, १९८८ र २०१२ मा संसारको अन्त हुने भविष्यवानी गरेका छन् ।

अब हामीहरु बाइबलबाट केहि यस्ता प्रमाणहरु हेर्नेछौं, जसले सिधै आङ सान होंग दोश्रो पटक आउनुभएका ख्रीष्ट हुन सक्दैनन् भनेर बताउछन ।

प्रमाण:१ येशूको दोश्रो आगमन कसरि हुन्छ? बाइबलले यस बारेमा के भन्छ अनि आङ सान होंग ले त्यो अगमवाणी पुरा गरे कि गरेनन? यो कुरालाई हामी तुलनात्मक ढंगले हेर्नेछौं । बाइबलले भन्दछ: “येशू जसरि जानुभएको थियो, त्यसरी नै आउनुहुनेछ ।” हामी एकपटक प्रेरित १ अध्यायको ११ पद हेरौं । येशू आकाशमा उचालिनुभएर बादलमा तिनीहरुका दृष्टिबाट लोप हुनुभएपछी आकाशतिरै हेरेर बसेका गालीलका मानिसहरुलाई दुइजना स्वर्गदुतहरुले भनेको कुरा यो पदमा उल्लेख गरिएको छ । यहाँ यसरि लेखिएको छ: “गालीलका मानिस हो, तिमीहरु किन आकाशतिर हेर्दै उभिरहेका छौ ? यहि येशू, जो तिमीहरुबाट स्वर्गमा लगिनुभयो, अहिले जसरि तिमीहरुले उहाँलाई स्वर्गमा जानुभएको देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ ।” यो खण्डबाट हामी जान्न सक्दछौं कि जुन येशू स्वर्गमा उचालिनुभएको थियो, त्यहि येशू नै आउनुहुनेछ । उहाँ जसरि स्वर्गतिर उचालिनुभएको थियो त्यसरी नै अर्थात आकाशको बादल हुदैं फेरि आउनुहुनेछ । मत्ती २४ अध्यायको २७ पदमा यसरि लेखिएको छ: “किनकि जसरि बिजुली पूर्वबाट चम्कदा पश्चिम सम्मै उज्यालो हुन्छ, त्यसरी नै मानिसको पुत्रको आगमन हुनेछ ।”

नता आङ सान होंग उही उचालिनुभएका ख्रीष्ट हुन्, नता उनि येशू उचालिनुभएझैं गरि आकाशको बादल हुदैं आए, नता उनि आउदा बिजुली चम्कदा झैं पूर्ब पश्चिमका सबैले थाहा पाउने गरि आए । त्यसकारण हामी यो जान्न सक्दछौं कि आङ सान होंग ख्रीष्ट होइनन ।

प्रमाण : २ के परमेश्वरले मूर्तिपूजा गर्नुभयो त ? के स्वर्गका परमेश्वरले पनि कहिल्यै मुर्तिपुजा गर्नुहोला त?

हामी बाइबलबाट केहि खण्डहरु हेर्नेछौं । प्रस्थान २०:३,४,५ मा यसरि लेखिएको छ: “म बाहेक अरु कुनै देवता देवीहरू नमान्नु । ………… मुर्तिहरुको सामु ननिहुरिनु, तिनीहरुको पुजा नगर्नु, किनकि म तिमीहरुका परमप्रभु डाह गर्ने परमेश्वर हुँ ।” यो खण्डबाट हामी बुझ्न सक्दछौं कि परमेश्वर मूर्तिपूजा देखि कति घिन मान्नुहुन्छ भन्ने कुरा । परमेश्वरले हामीहरुलाई त मूर्तिपूजा नगर्नलाई यति कडा चेतावनी सहितको आज्ञा दिनुहुन्छ भने के उहाँ आफैंले कहिल्यै मुर्तिपूजा गर्नुहोला त ? बाइबलमा अन्य कयौं खण्डहरु भेटिन्छन, जसले स्पष्ट रुपमा परमेश्वरले मुर्तिपुजालाई घृणा गर्नुहुने कुरा बताउदछन । आङ सान होंग ३० बर्षको उमेरसम्म बुद्दिश्ट थिए । उनको परिवार एउटा कट्टर बुद्दिश्ट परिवार थियो । उनले यस अवधिमा थुप्रै पटक बुद्ध भगवानको पुजा गरेका थिए । अब हामी सहजै अनुमान लगाउनसक्दछौं, के स्वर्गका परमेश्वरले कोरियामा आएर बुद्ध भगवानको पुजा गर्नुभयो होला त? अवश्य गर्नुभएन ।

त्यसकारण आङ सान होंग पिता वा पुत्र वा पवित्र आत्मा कोहि पनि हुन सक्दैनन् ।

प्रमाण : ३ के ख्रीष्टले पनि बिवाह गरेर घरजम गर्नुहोला त? ख्रीष्टले संसारमा आएर बिवाह गर्नुहुनेछ भनेर बाइबलमा कहीं कतै उल्लेख गरेको छैन । यसै अनुसार येशू प्रभुले पनि बिवाह गर्नुभएन । यसको ठ्याक्कै उल्टो आङ सान होंगले तिन तिन जना महिला संग बिवाह गरे । यस बिचमा उनले व्याभिचारको कारण बाहेक पनि बिवाह बिच्छेद गरे । जबकि मत्ती १९:९ मा येशू प्रभुले सिधै भन्नुभएको छ कि व्याभिचारको कारण बाहेक सम्बन्ध बिच्छेद गर्ने जो कसैले पनि व्याभिचार नै गर्दछ । पहिलो आगमनमा यस्तो कुरा गर्ने येशूले आफैं दोश्रो आगमनमा चाही व्याभिचारको कारण बिना पनि बिवाह बिच्छेद गर्नुभयो होला त ? स्वर्ग र पृथ्वी बितेर जानेछन तर मेरा बचन कहिल्यै बित्नेछैनन भनेर उहाँले भन्नुभएको होइन र ? यहि कारणले गर्दा हामी सहजै भन्न आङ सान होंग ख्रीष्ट हुन सक्दैनन् ।

प्रमाण: ४ के ख्रीष्टलाइ पनि कुनै रोग लाग्ला त? के ख्रीष्टले पनि आँखा कमजोर भएर चस्मा लगाउनुपर्ने अवस्था आउला त? सुसमाचारको पुस्तकहरुको विभिन्न खण्डहरुमा हामी देख्न सक्दछौं, येशूले हजारौं हजारलाई रोगमुक्त गराउनुभएको, जन्मैको अन्धालाई दृष्टि दिनुभएको अनि मरेको मान्छेलाई पनि जीवित पार्नुभएको कुरा । आङ सान होंगको उपलब्ध सबै फोटोमा हामी देख्न सक्छौं कि उनले चस्मा लगाउने गर्थे । उनको आँखा निकै नै कमजोर भएका कारण उनले उच्च पावरको चस्मा लगाउनुपरेको थियो । उनको मृत्यू उच्च रक्तचापको समस्याको कारणले भएको थियो । बाइबलले त उही पहिलाको शक्तिशाली येशू अझैं शक्तिशाली भएर आउनुहुने अगमवाणी गरेको होइन र? के आङ सान होंग ख्रीष्ट भएको भए साच्चैं ख्रीष्टले चस्मा लगाउनुपर्ने भएकै होला त? के ख्रीष्टलाई पनि उच्च रक्तचापको समस्याले सतायो होला त? के ख्रीष्टको मृत्यूको कारण पनि कुनै रोग भयो होला त? अवस्य भएन । त्यसैकारण हामी सजिलै भन्न सक्दछौं कि आङ सान होंग ख्रीष्ट हुन सक्दैनन् ।

प्रमाण:५ के ख्रीष्टको दोश्रो आगमनमा उहाँको मृत्यू हुन्छ वा उहाँ एकपटक मरेपछि फेरि मर्नुहुन्न ?

पवित्र धर्मशास्त्र बाइबलको रोमी ६:९ मा यसरि लेखिएको छ, “हामी जान्दछौं कि ख्रीष्ट मरेकाहरुबाट जीवित भएर फेरि मर्नुहुनेछैन । अब उसो उहाँमाथि मृत्यूको राज्य हुदैन ।”

त्यसैगरी प्रकाश १:१७ र १८ मा येशू प्रभु स्वयमले यसरि भन्नुभएको छ: “नडराउ, आदि र अन्त्य म नै हुँ । म मरेको थिएँ । हेर, म सदा सर्बदाको निम्ति जीवित छु, अनि मृत्यू र पातालका साँचाहरु म संग छन् ।”

ख्रीष्ट येशू एकपटक मर्नुभएपछी अब उप्रान्त कहिल्यै पनि मर्नुहुनेछैन भनेर बाइबल धर्मशास्त्रका माथि उल्लेखित खण्डहरुले स्पष्टसंग बताएका छन । यदि त्यसो हो भने सन् १९८५ मा ६७ बर्षको उमेरमा अर्थात बुढेशकालमा रोग लागेर मरेका कोरियन नागरिक आङ सान होंग ख्रीष्ट हुन सक्छन ? जो कसैले पनि सहजै अनुमान लगाउन सक्छ: अवस्य सक्दैनन् । बाइबल धर्मशास्त्रका माथि उल्लेखित खण्डहरुका अनुसार आङ सान होंग कुनै पनि अर्थमा ख्रीष्ट हुन सक्दैनन् ।

माथि उल्लेख गरिएका यी पांच अकाट्य प्रमाणहरुले प्रमाणित गर्दछन कि यो प्रमाणित गर्दछन कि आङ सान होंग कुनै पनि अर्थमा ख्रीष्ट हुन सक्दैनन् । उनि त बरु बाइबल धर्मशास्त्रले अगमवाणी गरेका झुटा ख्रीष्टहरु मध्येका एक हुन् । यदि धर्मशास्त्रलाई खोतल्दै जाने हो भने आङ सान होंग दोश्रो ख्रीष्ट हुन् भन्ने गलत तर्कलाई खारेज गर्ने अरु दर्जनौं प्रमाणहरु भेटिन्छन । यदि यस लेखमा उल्लेख गरिएका कुराहरुको बारेमा यहाँहरुसंग कुनै प्रश्न, जिज्ञासा वा चित्त नबुझेको कुरा छ भने निसंकोच हामीहरुको फेसबुक पेज “हामीहरुका सेनापति येशू हुन्, हामी उनको पाइला पछ्याउदछौँ” मा लेख्न सक्नुहुन्छ ।

प्रभुले यहाँहरु सबैलाई प्रशस्त आशिष दिनुभएको होस्  । धन्यवाद !

Related Posts

झूठो र धोका दिने धार्मिक तथा आत्मिक दावाहरु

November 19, 2018

Holy father, holy garments, holy pulpit, holy cross, holy kiss etc.

October 26, 2018

प्रार्थना स्टेज बनाएर उफ्रिने अल्छेहरूको खेलौना होइन

July 19, 2016

दाइजो खोज्ने दुलाह र समृद्धि खोज्ने ख्रीष्टियन

September 28, 2013

Discussion about this post

ताजा सामाग्री

ANS invites EoI from interested individuals/firms to conduct Social Audits

ANS invites EoI from interested individuals/firms to conduct Social Audits

October 18, 2026

JOB DETAILS Expression of Interest (EoI): Social Audit Job posted on 16th October, 2026-31st October, 2026 Arise and Shine Nepal (ANS) Details / requirements:   Arise and Shine Nepal (ANS) Call for Expression of Interest (EoI) Arise and Shine Nepal (ANS) is a non-profit organization. Arise and Shine is an initiative to address the prevailing social and economic needs among Nepali youth within the Lalitpur district of Kathmandu Valley. ANS responds to the problems of prevailing negativeenvironment  of bullying, unhealthy relationships, substance abuse, petty crimes, disinterest in school studies to name a few on the young people. ANS addresses these problems of young people by operating a Youth Center that is safe, loving, and informal, where they wish to come regularly to spend their free times by playing games, music, meeting friends, reading books etc. ANS also engages young people in activities that develop their skills that shape them, empowers them and gives them better opportunities in their career. Moreover, ANS has been started from 2009 and legally registered in 2016 at SWC (Social welfare council), ANS has been working to empower and engagement for the Holistic development in marginalized communities based in youths through support in Holistic Development. Currently, ANS is supporting the youths of more than 2170 vulnerable youths in the rural & urban communities in 3 districts of Nepal. We are an NGO with a vision to create a safe, healthy, and a peaceful community where all young people have hope of a better future. A social...

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

October 18, 2026

                  कात्तिक १, २०८३ आइतबार काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टी सभापति...

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना

October 18, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

Recent Posts

  • ANS invites EoI from interested individuals/firms to conduct Social Audits
  • नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण
  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In