• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

झूठो र धोका दिने धार्मिक तथा आत्मिक दावाहरु

by P. A. Thomas
November 19, 2018
in Bible Study & Teaching, False Techings

कलस्सी २:१६-२३

16यसकारण खान र पिउनमा, वा पर्वको दिन, वा औंसी वा शबाथ-दिन मान्‍ने विषयमा कुनै मानिसले तिमीहरूलाई दोष नदेओस्‌।17यीचाहिँ आउने कुराका छाया मात्र हुन्‌, तर वास्‍तविकताचाहिँ ख्रीष्‍टमा हुन्‍छ।18आफ्‍नै शरीरलाई सास्‍ती दिने कुरामा जिद्दी गरेर, स्‍वर्गदूतलाई पुज्‍न लाएर, आफ्‍नो दर्शनमा अड़िएर, आफ्‍नो अभिलाषी मनले कारणविनाको घमण्‍डले फुलिएर कसैले तिमीहरूलाई इनाम गुमाउने नतुल्‍याओस्‌।19यस्‍ताहरूले ख्रीष्‍ट, अर्थात्‌ शिरलाई समातिराख्‍दैनन्‌, जसबाट पोषण पाई जोर्नी र ग्रन्‍थिहरूद्वारा एकसाथ गाँसिएर सारा शरीर परमेश्‍वरले दिनुभएको वृद्धिअनुसार बढ्‌दैजान्‍छ। 20यदि संसारका आधारभूत सिद्धान्‍तहरूप्रति ख्रीष्‍टसँग तिमीहरू मरेका छौ भने, यस संसारका जस्‍ता भई किन तिमीहरू बाँचिरहन्‍छौ? नियमहरूका अगि किन झुक्‍छौ?21“नसमात, नचाख, नछोओ”22(यी जम्‍मै कुराहरू व्‍यवहार गर्दागर्दा नष्‍ट भएर जान्‍छन्‌)। यी कुराहरू मानिसहरूका आदेशहरू र सिद्धान्‍तहरूमा आधारित छन्‌।23उपासनालाई कष्‍टदायी बनाएर र आफैलाई हियाएर, र शरीरलाई सास्ती दिएर तिनीहरूले बुद्धिको स्‍वाँग त पार्छन्‌, तर शरीरका अभिलाषालाई काबूमा ल्‍याउन यी कुराहरू कुनै मूल्‍यका हुँदैनन्‌।

आजको संसारमा हामी बहुधार्मिक आस्ता र विश्वासले घेरिएका छौं।संसारका बहुमत धर्महरु निम्न कुराहरुमा अक्सर आधारित हुन्छन्। विभिन्न रुपमा व्याख्या गरिने नियतिको सिद्धान्त, आफैलाई र ईश्वरलाई चित्त बुझाउन केही असल कामको आवश्यकता, सामाजिक मान र हैसियत प्राप्त गर्न र गुजारा चलाउन धर्मको भेष र आचरण, आफैले चाहेका कुराहरु प्राप्त गर्न ईश्वरलाई खुशी पार्ने धार्मिक कार्यहरु आदि। ख्रीष्टियन भएकाहरुमा पनि सानो देखिको हुर्काइको प्रभावले यी मानवीय स्वभाव र अध्यात्मिक चिन्तनहरुहरुबाट पूरा छुटकारा पाएका हुँदैनन्। यही प्रसँगमा हामीले माथि जस्ता परिवेशमा रहेका कलस्सीका मण्डलीलाई पावलले लेखेका कुराहरुको विश्लेषण गर्न आवश्यक छ। समाजमा विकास भएका विभिन्न इजमहरु (दार्शनिक सिद्धान्तहरु)ले आज हामीलाई प्रभाव पार्ने जस्तै नै उहिले पनि मण्डलीलाई प्रभाव पारेको हुनुपर्छ। तसर्थ पावलले धार्मिक कुराहरुको बारेमा मात्र नभई त्यसले मानिसहरुको मानसिकतामा पारेको प्रभावको समेत विवेचना गरेका छन्।

यहाँ पावलले झूठो र धोका दिने धार्मिक तथा आत्मिक दावाहरुलाई तीन समूहमा बुझाउन कोशिश गरेका छन्। ख्रीष्ट येशूमा परमेश्वरले हामीलाई सित्तैमा दिनुभएका धार्मिकता र मिलापलाई झूठो आत्मिकताको ओडानमा क्रमश: कर्म मार्गको बाटोमा लेजाने प्रयास यिनीहरुले गर्नेछन्। यी सबै रोमी ५:१५, ६:२३, ८:२,२१, गलाती ५:१ र एफिसी २:८,९ मा उल्लेखित प्रेरितहरुको शिक्षाको विरुद्धमा छन्।

पद १६ र १७मा केही धार्मिक तथा आत्मिक आचरणहरुलाई झूठो र धोका दिने कुराहरुको रुपमा दर्शाएका छन्। खान पानमा शुद्ध र अशुद्ध कुराहरु, विशेष दिनहरु मान्ने, ख्रीष्टीय चाँड पर्वहरुको आचरण, शनिवार वा अइतवारको सँगति र सेवालाई परमेश्वरलाई चित्त बुझाई खुशी पार्ने उपायको रुपमा लिने आदि कुराहरु पर्दछन्। वर्षको शुरु र अन्तलाई विशेष मान्ने, अन्य सस्मरणका दिनहरु मनाउने, शुद्ध पार्ने क्रियाकलापहरु गर्ने आदि पनि यसमा पर्न सक्छन्। आत्मिक फाइदाको निम्त र आत्मिकता कमाउन चलाइने वा गरिने जुनसुकै कुरा पनि यही समूहमा पर्दछन्। पुराना करारका त्यस्ता आचरणहरु ख्रीष्टमा आउने कुराहरुको छायाँ मात्र थिए र अब हामीमा बास बस्ने पवित्र आत्माद्वारा हामीलाई ख्रीष्ट येशूमा पूर्ण छुट्कारा उपलब्ध गराउनुभएको छ।

पद १८ र १९मा उनले धार्मिक तथा आत्मिक अनुभवहरुलाई झूठो र धोका दिने कुराहरुको रुपमा विवेचना गरेका छन्।आज भोली मानिसहरु विभिन्न खालका अनौटा र बाइबलमा आधारित नभएका अनुभवहरुको पछि दौड्न लागेका छन्। कराउने, नाँच्ने, अन्य अनौटा अनुभूतिहरुको प्रदर्शन, दर्शन र सपनाहरु, भविष्यवाणी तथा व्यक्तिगत कुराहरु खुलाई दिने आदिले विश्वासीहरुलाई बाइबलको शिक्षा भन्दा पनि मख: पार्ने भएका छन्। चालीस दिन उपवास बसी विशेष आत्मिक हैसियत प्राप्त गर्ने (बुद्धत्व जस्तो), परमेश्वरमा विशेष सुनवाइ हुने पहाडको प्रार्थना, घेरा हाली प्रार्थना आदि पनि निकै चलन चल्तिमा आएका छन्। यी सबैमा कति आफैमा गलत नभए पनि परमेश्वरलाई रिझाउनु र आफैलाई आत्मिक बनाउनुखोज्ने कर्मको रुपमा चलाए आपत्ति हुन्छ। माथिका अनौटो अनुभवहरुको आधारमा नै मानिसहरुमा आत्मिकताको नाप र मूल्याँकन गर्ने प्रवृती पनि व्याप्त छ। पास्टर अगुवाहरुलाई विशेष पवित्र मानी आदर र भक्ति दिने, क्रूस र अन्य धार्मिक चिन्हहरुलाई डोग्ने, सन्तहरु मान्ने आदि पनि चलनमा आउन थालेका छन्। यस्ता कुराहरुको शिक्षा दिइ हिड्ने र आदर र सम्पत्ती खोज्ने गुरु तथा आत्मिक बुवाहरुको बिगाबिगी पनि हाँसोलाग्दो रुपमा हुँदैछ। परमेश्वरको आशिष रुपैया पैसामा र कसैको पेवाको रुपमा बेच्ने चलन पनि कता कता सुन्न थालेका छन्। आत्मिक कपटीपन तथा उद्धण्डताले यस्ताहरु आफैलाई अरुभन्दा बढी आत्मिक र परमेश्वरसँग विशेष रुपमा नजिक भएको बताई आफैलाई विशेष हैसियतमा राख्ने गर्छन्। मण्डलीको र विश्वासीको शिर भएको ख्रीष्ट येशूसँगको सम्बन्धलाई विच्छेद गर्ने कुराहरुको रुपमा यी सबैलाई पावलले प्रकट गर्दछ। हाम्रो आत्मिकता हाम्रो प्रयास र कामहरुले नभइ प्रभु आफै हामीमा बास बस्ने पवित्र आत्माद्वारा गरिने काम हो जसमा हाम्रो समर्पण, सहमति र सहकार्य महत्वपूर्ण छ।

अन्तमा पद २०-२३मा मण्डलीमा चलन चल्तिमा आएका सबै किसिमका धार्मिक तथा आत्मिक विधी विधानहरुबारे पावलले कुरा गर्छन्। सामाजिक र धार्मिक रुपमा गर्नुहुने र नहुने कामहरु, जीवनशैलिहरुका नियमहरु आदि बनाई त्यसको आधारमा परमेश्वरलाई रिझाउने प्रयास गरिँदैछ।  शारीरिक सास्तीमा उपासना, असल कामहरु आदि। बाइबलमा भएका प्रकाश अनुरुप नभई सुविधा र अगुवाहरुको राय विचार अनारको नियमहरु मण्डलीहरुमा लागु गरी त्यसको आधारमा आत्मिकताको स्तर निर्धारण गर्ने प्रयासहरु भइराखेको छ। त्यस्ता लिखित तथा अलिखित नियमहरु, धार्मिक आचरणहर र परम्पराहरु कायम गराउने र त्यस अनुसारको काम कर्वाहीहरु हुँदैछ। अगुवाहरुको विभिन्न स्तर कायम गरी स्तर अनुसारको भक्ति, आदर र सुविधाहरुका पनि खोजी हुँदैछ। कतिले शारिरिक सास्ती र बाहिरी नम्रतालाई आत्मिकताको नाप बनाउँदैछ। आत्मिक ज्ञानको भरपर्दो श्रोतको रुपमा पनि कतिले आफैलाई प्रकट गर्दैछन्। साँसारिक सिद्धान्तहरु तथा बनावटी धर्मकर्मको रुपमा यसलाई पावलले विरोध गर्दैछन्। यस्ता कुराहरु कति पटक मान्य र आदरणिय अगुवा तथा गुरुहरुबाट शुरु गरिने भएकोले मण्डलीहरुमा स्वत: आत्मिक सत्यताको रुपमा स्वीकार्य हुन्छन् र बाइबलको सत्यताहरुको बराबरी मान्य हुन पुग्छन्। यी सबैले प्रभु येशूसँगको हाम्रो जीवंत र जवाबदेही सम्बन्धलाई फितलो पारी अन्य मध्यस्तकर्ताहरु तथा माध्यमहरुको निर्माण गर्दछ।

हाम्रो आत्मिक जीवनको लगातार वृद्धि र विकासमा यी सबैले तगारो ल्याउँछ। माथिका कुराहरुले हामीमा ल्याउने मानसिकता र त्यसको रहिरहने प्रभावसँग जुध्नु नै चुनौतिपूर्ण काम हो। कति पटक हाम्रो जीवनमा हुने पवित्र आत्मा र वचनको (युहन्ना १४,१५ र १६) कामलाई यस्ता कुराहरुले विस्तापित गर्छ। हामीमा प्रशस्तसँग बास बसी हामीलाई शुद्ध पार्ने परमेश्वरको वचन र हामीमा येशूको रुप र चरित्र प्रकट गराउने पवित्र आत्माको काम भन्दा पनि यस्ता बाहिरी प्रयास, क्रियाकलाप र आचरणहरुमा हामी भर गर्न पुग्छौं। येशूले र प्रेरितहरुको शिक्षा भन्दा पनि आफ्नै प्रयास र भक्तिद्वारा परमेश्वरलाई खुशी पार्ने तिर हामी सक्रिय र उत्साहित हुन्छौं।

यहूदी धर्म र जातिलाई पकडमा राखेको यस्ता कुराहरुको विरोधमा उत्रन येशूलाई पनि कर लागेका थिए। शाबथको आचरण, शुद्ध्याईका विधीविधानहरु, फारिसीहरुले अप्नाइएका विभिन्न रितरिवाजहरु, पुस्तौं देखि यहूदी गुरुहरुले व्याख्या गरेका नियमहरु आदिले यहूदी विश्वासलाई एक मानविय कर्मकाण्डको रुपमा बदलिएका थिए। यस्ता नियमहरुको कडा भारी तिनीहरुले मानिसहरुमाथि राखेको कुरा येशूले भन्नुभयो र परमेश्वरको सट्टिक सत्यतालाई मानिसहरुसामु प्रस्तुत गर्नुभयो। यही नै उहाँलाई मार्ने तिनीहरुको कारण पनि बने। हाम्रो मण्डलीहरुमा पनि यस्ता कुराहरुको शुरुवात देखिन र लागु हुन थालेका छन्, जो अप्सोचको कुरा हो।

हामी हाम्रो जीवन र चालहरुलाई जाँच गरौं र सुधारौं (२ कोरिन्थी १३:५,६)। ख्रीष्टको उपस्थितिको आभास र उहाँको रुपको निर्माण हामीमा हुने गरी पवित्र आत्मा हाम्रो मन र मानसिकतालाई नवीकरण गर्न प्रार्थना गरौं र उहाँमा समर्पित होऔं। निम्न पदहरु अध्ययन गरी मनन गर्नुहोस्। रोमी ८:२९, १२:१,२,  २ कोरिन्थी ५:९,१५,१७, गलाती २:२० र फिलिप्पी १:६।

पि.ए.थोमस

Related Posts

New life in Christ

New life in Christ

July 9, 2025
सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In