• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

दाइजो खोज्ने दुलाह र समृद्धि खोज्ने ख्रीष्टियन

by N D Lama
September 28, 2013
in Bible Study & Teaching, False Techings
N D Lama
एन. डी. लामा, आशा चर्च (पास्टर) लुइभील, केन्टुक्की

यो पतित संसारमा लोभी हुन कसैलाई सिकाउँन पर्दैन। यो त मानिसको स्वभाविक चरित्र हो। संसारका सबै मानिस बढी पाउन अनि सम्पन्न बन्न दौडी रहेका छन् र क्रूसमा झुन्डिएको येशूका दासहरूले समृद्धि, चंगाइको भरमा सेवा गर्न खोजे ती मानिसहरूले येशूको वलिदानलाई पूर्ण रूपमा बुझ्न चुक्छन्। जसरी दाइजो खोज्ने दुलाहले आफ्नो श्रीमतिलाई पुर्ण रूपमा माया गर्न चुक्छ। उदाहरणकोलागिः भुटानी शरणार्थीहरूको मुख्य समस्या आफ्नो नागरिकता गुम्नु हो। यो कुरा बुझेका मानिसहरूको अमेरिकामा जिउने जोस अर्कै हुन्छ किनकि उनलाई थाहा छ कि केही वर्षमा आफूले नागरिकता हासिल गरिँदै छ। नागरिकतासँगै अधिकार तथा सुविधा उबलब्ध बन्छ तर ती कुराहरू दोस्रा कुरा हुन्। त्यसरी हाम्रो पहिलो प्रार्थमिकता ख्रीष्ट हुनुहुन्छ। उहाँ र उहाँको धार्मिकता बुझेकालाई बाँकि कुरा थपिन्छ जसरी कुनै महिलाले करोडपतिसँग विवाह गरे स्वतः ती महिला पनि करोडपति बन्छिन तर तिनको पहिलो प्रार्थमिकता वा माया उनको श्रीमान हो, सम्पत्ति होइन।

वास्तव मै भन्ने हो भने समृद्धिको सुसमाचार साँचो सुसमाचारको विरुद्ध हुन जान्छ। आफूलाई इन्कार गरेर आफ्नो क्रूस उठाएर उहाँकोपछि लाग्न बाधा दिन्छ। यसको मतलव इसाइहरू कंगाल, अशिक्षित, कम्जोर बन्नु पर्छ भनेको होइन। इसाइहरूले त्यस्तो जीवन जिउँन सुहाउँदैन। जसरी ग्रीनकार्ड पाएको भुटाणीले नेपालको क्याम्पको सरणार्थी अवस्थाकै जीवन जिएको सुहाउँदैन। इसाइहरू त असल काममा डाही बन्नुपर्छ। हाम्रा नानीहरू पढाइमा अघि, हाम्रा बुवाहरू जिम्मेवारी उठाउनमा नमूना, हाम्रा आमाहरू उदाहरण बन्नुपर्छ किनकि अब हाम्रो हैषियत त स्वर्गीय नागरिक हो। इसाइ विश्वास पूर्ण रूपमा अभ्यास गर्न मण्डली, स्वास्थ्य संस्था, र शैक्षिक संस्थाको जरूरत पर्छ। किनकि येशूले प्रचार गर्नुभयो, सिकाउनुभयो र निको पार्नुभयो। त्यसैले नै मण्डलीले अक्फोर्ड, हार्वर्ड, येल अर्थात शैक्षिक संस्थाको सुरूवात मण्डलीले गरेका हुन्। संसार कै इतिहास हेर्ने हो भने अस्पतालहरू पनि मण्डलीले नै खोलेका हुन्। अमेरिकाको गरीब ९० प्रतिशत अस्पताल मण्डलीले सुरू गरेका हुन्।

यो संसारको जीवन त इसाइहरूकोलागि i94 (अमेरिका प्रवेशको आधिकारिक पत्र) हातमा लिएर अमेरिका उड्न पर्खेको समय जस्तो हो। हामीलाई स्वर्ग पुराउने i94 येशू हुनुहुन्छ। हाम्रो अमेरिका स्वर्ग हो। साथै हामीलाई दिनुभएको ज्ञान, बुद्धि, अस्पताल, सरकार, आधुनिक उपचार विधि, ताजा हावा अनि फोक्सो परमेश्वरले दिनुभएका हुन्। यसमा धन्वादी हुनुको सट्टा संसारको सृष्टिकर्तालाई धामीझाक्री जस्तो देख्ने इच्छा राख्नु त मैले हुर्काएकी छोरीलाई कसैले १००० डलर दिएकोले उनले त्यही १००० डलरलाई सबैथोक सम्झे जस्तो हुन्छ। अहिलेका दासदासीहरूको चुनौति भनेको २ तिमोथी ४:२-५ जस्तै हो। “वचन प्रचार गर, समय र बेसमयमा तत्‍पर बस, अर्ती देऊ, हप्‍काऊ, उत्‍साह देऊ र धैर्यमा र शिक्षा दिने कुरामा नचुक। किनकि यस्‍तो समय आउँदैछ, जब तिनीहरू ठीक शिक्षालाई नसहने हुनेछन्‌, तर आफूलाई मन परेका कुरा मात्र सुन्‍न चाहनेछन्‌ र आफ्‍नो रुचिअनुसार शिक्षकहरू थुपार्नेछन्‌, र सत्‍य कुरा सुन्‍नदेखि तर्किजानेछन्‌, दन्‍त्‍यकथाहरूतिर बरालिनेछन्‌। तिमीचाहिँ दह्रिला होऊ। कष्‍ट भोग, प्रचारकको काम गर, र तिम्रो सेवाको काम पूरा गर।” अहिलेका मानिसहरू येशूको क्रूसको वलिदानभन्दा सपना, दर्शनमा बढी चाख राख्छन्। उद्वार गर्नुहुने येशूभन्दा iPod प्यारो मान्छ। अनि यस्तो समय उहाँका दासदासीहरूले समृद्धिको प्रचार गरे किन मानिस झुम्मिन्न? तर प्रश्नः तिनीहरूले येशूलाई कसरी चिनीरहेका छन्? अनि गलातीको कितावमा हेर्ने हो भने ख्रीष्टको अनुग्रहमा थप्ने श्रापित होस्। गलाती १:७-९ “वास्‍तवमा अर्को सुसमाचार छैन, तर यस्‍ता कोहीकोही छन्‌, जसले ख्रीष्‍टको सुसमाचारलाई भ्रष्‍ट पार्न खोज्‍छन्‌। हामीले प्रचार गरेका सुसमाचारको विपरीत हामीले वा स्‍वर्गबाट आउने दूतले नै प्रचार गर्‍यो भने पनि त्‍यो व्‍यक्ति श्रापित होस्‌। हामीले अघिदेखि नै भनेजस्‍तै म फेरि अहिले पनि भन्‍दछु, तिमीहरूले जुन सुसमाचार ग्रहण गरेका छौ, त्‍यसको विपरीत अरू कसैले तिमीहरूलाई प्रचार गर्दछ भने, त्‍यो श्रापित होस्‌।”  आज मण्डली श्रापबाट जोगिनुपर्छ र यसलाई जोगाउन मण्डलीका सेवक सेविकाहरू ततपर बन्नुपर्छ। नत्र एक समय ख्रीष्टियन फस्टाएको मुलुक अफ्रिकामा हाल ख्रीष्टियनहरू तड्पी रहेका छन् त्यही चक्र अन्य मुलुकमा पनि दोहोरनेछ।

Related Posts

New life in Christ

New life in Christ

July 9, 2025
सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In