• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, October 18, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

मेरो सपना

by Loknath Manaen
May 6, 2013
in Articles

नादिनाले उसलाई ठाडो प्रश्न गरी, “तिम्रो जाति हिब्बी हो?”loknathmanen

“हो।”

“तिम्रो नाउँ एदान हो?”

“हो।”

नादिना त्यसपछि मुसुक्क हाँस्छे। ती पुरुषतिर मदिराको कचौरा उचालेर तिरमिर आँखाले हेर्छे। एदान उसलाई निर्निमेष हेरिरहन्छ, केही नबुझी। यो हिब्बी जातिको मान्छे यहाँ आएको दुई, चार वर्षै भो। कम्ती बोल्छ। बोल्नुमा उसलाई कोही बेला बाधा हुन्छ। शब्द अड्कन्छ। आज  यो गाउँको ऊन कत्रने वार्षिक चाड। रौनक छ, जात्रा छ। चारैतिर होहल्ला। घरघरले दाखमद्यको घ्याम्पा खोलेको छ। कोही नाच्छन्, कोही गाउँछन्, कोही गफमा तल्लिन, कोही हल्ला गर्दै घुमिरहेका। अँध्यारोमा राँको बालीबाली हाट बजार लागेको छ। तकेला गाउँमा आज हेर्न लायकको रमझम चारैतिर। नादिना र उनकी बहिनीहरू एदान हिब्बीलाई घेरेर र्‍याक र्‍याक पारिरहे छन्। जात्राको दिन सबलाई पिउने अनुमति छ,। छोरी मान्छे पनि चुस्की लाउन चुक्दैनन्। केटा मान्छे, केटी मान्छे निर्धक्क बोले हुन्छ। जिस्के पनि चल्छ आजको साँझ।
दोष, अपराध गरेर मानिसहरू वरिपरिका गाउँघर, पारिपारिका जिल्लाबाट तकेलामा प्रवेश गर्ने चलन पुरानै हो। भगुवाहरू एउटा न एउटा चाखलाग्दो कथा बनाएर आउँछन्। पत्यार लाग्दा पनि पत्यार मान्दैनन् तकेलावासीहरू। भगुवा, भगौडाहरू भन्छन् — रोग—महामारी फैलियो, डाँका लाग्यो, खेतबारीमा सुख्खा लाग्यो, कीराले बारी सखाप पा-यो, ऋण तिर्न सकिएन, कमारामा बेच्न खोजे, मालिकको शास्ती, यस्तैयस्तै कथा कहानी बोकी ल्याउँछन् ती मानिसहरू। नादिना एदानलाई सताउन आज राति कम्मर कसेकी छे
“ए हिब्बी, ऊ परको फेटा लाउनेलाई हेर त”

हातमा रातो मद्यको कचौरा बोकेको एदान नादिनाबाट आँखा हटाएर उतै हेर्छ। चाडको रमाइलोले उसको उदास जीवनमा आज रङ्ग भरेको छ। नदिनाका बहिनीहरू उसँग जिस्कन रुचाउँछन्,

“हेर्‍यौ हैन फेटालाई? अब उसको छेउको रातो बर्की ओडने र उसकै छेउमा कचौरा थामेर टिल्ल परेको मझौला कदको कालो लबेदालाई हेर।” परदेशी एदानलाई यसरी नदिना परतिरको एक पुरुषको हवाला दिन्छ।

एदान हिब्बी वाक्क मान्छ, अल्झिँदै, अडकँदै यति भनिछाड्छ,

“सधैं देखिराको अल्छिलाग्दा गोठालाहरूलाई किन हेर्नु?लबेदा कस्दैमा हेर्नै पर्ने कि के हो?”

नादिना बैनीहरूसँग हाँसोमा मुख छोप्दै भन्छे,

“तिमीलाई किन हेर भनेको भने नि? उनीहरू पनि तिमीजस्तै एदान नै हुन्।”

सबै दिदी बहिनीहरू गललल हाँस्दा एदान छक्क। अरू पनि उनीहरूतिर हेर्न लागे हाँसोमा झस्केर। केही नबुझी केटीहरूलाई नियालेर हेर्छ। म माते कि क्या हो भनी आँखा जोडसँग चिम्म पारेर फेरि हेर्छ ऊ उनीहरूलाई पालैपालो,

“के भनेको? मजस्तै एदान, हिब्बी? उनीहरूको नाउँ पनि एदान? हिब्बी जाति??”

नादिनाकी अर्की बहिनी परूवाको पालो। परूलाई आँखा नचाउनु र मुद्रा बनाउनु कसले भेट्ने?

“तिमीले हामीकहाँ आएर, मेरो नाउँ एदान हिब्बी भन्नु बित्तिकै हाम्रो घरमा सबले पत्यार गरे भनी ठान्यौ हैन? एदानजी, तिम्रो अभिनय तिम्रै झोलामा राख ल। भागी आउनेहरू यस्तै नाउँ बनाउँदै, कथा बुन्दै आउँछन्। ती परका तीन पनि पारिबाट केही न केही अपराध गरेर आएका हुन्। हामीलाई अलिअलि थाहा पनि लागिसकेको छ। उनीहरूले आफूलाई एउटाएउटा नाउँ दिएका छन्, एउटाएउटा पत्यार लाग्ने कथा कोरेका छन्, अनि ढुक्कै यहाँ बाँचेका छन्। तिमी जस्तै…”

नादिना छेउ आई एदानको पाखुराको मासु भेटाउने गरी लबेदामा चिमोट्छे। बिलुकल आँखामा आँखा जोडेर, मुहारको अति नजिक मुहार लगेर, सानो सोरमा भन्छे, “भनन एदान, तिम्रो खास नाउँ के हो? खास कथा के हो। हामी कसैलाई भन्दैनौं नि। नपत्याको? लौ त हाम्रा बूढा बाको कसम, कसैलाई भन्दैनौं। अर्को भाषा बोल्ने, अर्को रीति मान्नेको बीचमा आयौ, यति वर्ष हामीसँगै छौ। हामीले तिमीलाई पत्याको जस्तै तिमीले पनि हाम्लाई पत्याउन पर्दैन? भनन को हौ तिमी? के भएर आएको?”

एदान केही बेर सोचमा डुब्यो। भन्न लाग्यो भक्भकिँदै,

“ए नादिना, मीठो दाखमद्य खुवाउँछौ अनि तीतो प्रश्न गर्छौ। ल त सुन। मैले पहिले भनेको जस्तै म कमारा होइन, मालिक्नीको दामी हार कूवामा डुबाइ पठाएकोले म उताबाट भागेको भन्ने मेरो कथा पनि साँचो होइन।”

सब दिदी बैनी एदानको जिउमै जोतिन पुग्छन्। त्यहाँसम्म उनीहरूलाई रहर उसको कथा सुन्ने। एदान दुईचार चुस्की गटागट पारेर बोल्न लाग्छ, सुन्दरीहरूलाई पालैपालो हेर्दै,

“साँचो कुरो यस्तो हो – धनी बुवाको धर्म पुत्र हुँ। उहाँले मलाई दुई वर्षको उमेरदेखि पाल्नु भएको हो। उहाँ हाम्रो इलाकाको कर उठाउने हाकिम हुनुहुन्छ। सुखसयलमै हुर्केको हुँ।  उहाँका आफ्ना खास छोराहरूले करमा उठेको ठूलो रकम दरवारमा बुझाउन अघि नै बिगारेका हुनाले सरकारबाट कार्वाही हुनैलाग्दा उहाँले मलाई भाग्ने सल्लाह दिनु भएको थियो। तिमी पालिएको छोरो हौ। भाग्यौ भने म यो रकम चोरीको दोष तिमीलाई लगाउनसक्छु, छोरो, तिमी भागे जस्तो गरिदेऊ। यो सब साम्य भएपछि म तिमीलाई आफै खोज्न, आउँछु भन्नु भएको छ, मेरा बुवाले, मेरा धर्म पिताले।”

केटीहरूले गम्भीर मुहार बनाएर एदानको कथा सुने। मातेकी नादिना आफ्नो प्यालाको मदिरा एदानको रित्तो प्यालामा धरमर हातले खन्याउछे। फेरि एदानको आँखामा आँखा गाडेर बैनीहरूलाई भन्छे,

“यो डरपोक एदान झूट बोल्दा भकभकाको कि, इनको आदतै हो? जे होस्,  यो नौलो कथा सायद हाम्ले आधाउधी पत्याए हुन्छ कि जस्तो लाग्यो केटी हो, तिमीहरू के भन्छौ?”

अब माइली हसादाको पालो। ऊ त झन मातेर लडखडाइ नै रैछे,

“हेर केटी हो। यो दिलले भन्छ, अनि मेरो मनमा आवाज उठ्यो भने त्यो चाइने सत्य साबित हुन्छ नि तिमेर्लाई थाहै छ।” यति भनी हसादाले एदानको मुलायम, सुन्दर अनुहारमा प्याट हानी, अनि नशामा झपझप आँखा बनाउँदै चोर औंलो एदानको मुखमुखमा हल्लाउन थाली, लरबरिएको उसको बोली र जिउ हेर्नु, सुन्नु लायक थियो, हसादा भन्छे,

“यो भगुवाको आजको कथामा पनि केही न केही त गडबड छ।”
रात बितिसक्यो। मिद्यानको तकेलामा घाम उदाउन अब दुई घडीमात्र बाँकी छ। अब सबका आँखा लोलाउन लागे, मात लागेर, नींद लागेर।

उनीहरूका अगुवा त नादिना नै हो,

“जाऊँ, जाऊँ सुत्न। अब, विहान हुनै लाग्यो। ए एदान, तिमीनि जाऊ सुत्न। ढँटुवा मोरा हो, ढाँट्दै बस। यो गाउँको रोटी खाऊ, मदिरा पिऊ, भेडा चराऊ, गधा चराऊ आफ्नो इतिहास लुकाऊ। मोज तिमीहरू कै छ। हामीले तिम्रो सपना देख्न मिलेन आज पनि यै सिपीले त होला नि तिम्रो सपना देख्ने …हिँड ए केटी हो।”

सिपा लाजले रातो बनी। उसले सुटुक्क बताएको कुरा यसरी दिदै नादिनाले सबको अघि मातेको बेलामा खुलुस्त गरिदेलिन् भनी सोचेकी थिइन। उठ्नुसम्म रिस उठ्यो। उसले केही पिएकी थिइन र उसले उनीहरूको फतौरे कुरामा केही थपेकी थिइन। चुपचाप कुरा सुनिरहेकी अबोलालाई अचानक सपनाको कुरा खुलासा गरिदिएर लाजमर्दो बनाइदिई ठूल्दीले।

एदान उतिरै हेरेर झस्केर सोच्न लाग्यो, मेरो सपना? एदानको मनमा सिपीको सपनाको कुराले तुफान उठाउन लाग्यो। ती युवतीप्रतिको भावना र दृष्टिकोण यही दुई पलभित्र फेरियो।

भोलिपल्ट गाग्रो लिएर कूवामा आई सिपी। खुट्टा धोइरहेको एदानलाई भनी,

“अलि पर सर्नु त, पानी उघाउनु छ।” रातको ग्लानी यथावत छ उभित्र।

पुरुष जानीजानी अप्ठेरो तरिकाले बसेको छ। अनि अघि विहान बिउँझेदेखि सिपीलाई पनि उती नै अप्ठेरो लागिरहेछ यो एदानसँग। कसरी लुकाउने त्यो लाज र बेजती। सपनामा देखेकै हो। दिदी बैनीहरूलाई सपनामा देखेको कुरा खुलाकी थिन्। गोप्यमा भनेको कुरा नादिनाले जग जाहेर गरिदिई। लज्जावती सिपीको लागि कति गाह्रो हो नादिनदीले भन्देको कुरो। सायद च्याँठिएर बोल्दा सब ठीक होला। लोग्नेमान्छेको के भर। उसँग हुरुक्कै भएर सपना देखेको नसोचून्,

“कस्तो मान्छे, यो एदान। हिब्बीहरू बेउरा एस्तै हो कि क्या हो? हटन भनेको। पानी ढिला भइसक्यो, घरमा काम छ। तिमी जस्तो लमतन्न परेर बस्नु छैन हामीलाई ..कस्ताकस्ता मान्छेले यो गाउँ भरेको होला .. काम न काजका परदेशीहरू.”

एदानले कहिल्यै नगरेको काम ग-यो। उठेर सिपीको हात आफ्नो हातमा पक्रियो। सिपीको मुटुले ठाउँ छाड्यो एक पलमा उसको उग्र स्वभाव ठण्डा भयो। रातो मुख लाएर आत्तिनु बाहेक के गर्ने? आफूलाई उग्र देखाउने सिपीको छुच्चीपन सेलाएर कता बिलायो थाहा छैन। एदान भन्छ,

“पहिले भनन, यो एदानलाई सपनामा देख्यौ कि देखिनौ?”

उसलाई भारी अप्ठेरोले अठ्याउन लाग्यो। एदान हात छोड्दैन। उसका चञ्चल आँखा यता उता दौडन लागे संकोच र भयमा। बुवाले देख्नु भो भने? दिदीहरूले देखे भने? उसै त उसलाई जिस्काइरहेछ एउटा जाबो सपनाको कुरामा।

“भनन सपना” एदानले उसको कुम बेस्सरी हल्लाएर सोध्यो,

अब भने सिपीको पनि पारो चढ्यो, यो निर्लज्ज पुरुषसँग। साले परदेशी, मेरो हात समाउने? खुले आम अर्काकी छोरीलाई जोडजुलुम गर्ने। सिपीले सपना सिर्जना गरी,

“हो, देखेकी थें, सपनामा देखेकी थें। तिमी जैले पनि कुवामा, खोलामा, नदीमा पानी खेलिरहन्छौ नि होइन एदान?”
एदान हो मा हो गरी शिर हल्लउन लाग्यो,

“हो त सिपी,  मलाई पानीसँग लगाउ छ, नदी खोलामा सानैदेखि खेल्ने बानी परेको छ। भनन सपना के देख्यौ?”
सिपाले क्रोधित आँखाले एदानतिर हेरी र विष वमन गरी,

“यै वस्तीको तल भेंडे खोला छ नि? त्यहीको पानीले तिमीलाई बगाउँदै लगेको सपना देखेकी थिएँ। हामी दिदी बहिनीचाहिँ मस्तसँग तिमीलाई बगेको हेर्दै नाँच्दै थियौं। पुग्यो अब सपना?”

उघाएको गाग्रोलाई आफ्नो हातले खोसी एदानले गाग्रो एकातिर पन्साइदियो। अबलाको हात पक्रेर उसलाई तान्दै पल्ला झाडीतिर लाग्यो। के गरेको, के गरेको भनी ठिटी हात तान्दै थिई र विवश एदानको बलिष्ट बाहुलीमा तानिन्दै थिई। रूखपौधाको पछिल्तिर कसैले नदेख्ने गरी आफूलाई छेलेर एदान हिब्बी स्वाँस्वाँ गर्न लाग्यो। खलबिलएको भावनाको बीचमा उसको बोली नै फुट्दैन। भक्भकाउन लाग्छ यो मान्छे। उ सिपीलाई केही भन्न खोजिरहेछ तर शब्द र आवाज उसको घाँटी भित्रै गाँठो परिरहेछ।  उसको कुमलाई कसेर दुई हातले पक्रियो र एदान रिसमा अल्झीअल्झी भन्न लाग्यो,

“हो मलाई पानी मन पर्छ। म जन्मँदा पानीमा फेकिएको थिएँ। पानीमा फालिएको, बगाइएको मेरो जीवन कहानी जानेकी भए त्यस्तो सपना भनेर मलाई खिज्याउने थिइनौ सिपा। कति निर्दयी तिमी। म तिमीलाई मन पराउँछु। हिजो रातिदेखि मैले तिमीलाई छाने, मन पराएँ। विहानदेखि कुरिरैछु। मेरो साँचो कथा अर्कै छ। मिश्रकी अधिराजकुमारीको छोरो हुँ। महलमा हुर्केको हुँ। मेरो नाउँ मोशा हो। बग्दै गएर कुन सागरमा हराउने मेरो अस्तित्व निल नदीबाट उठाइएको हो। हिब्बी जाति भनेर, एदान बनेर, कथाहरूको ओत लागेर दुनियादेखि लुकिरैछु। मिद्यानको यो देशमा आज मोशा हिब्रूले आफ्नो जीवन नदीमा अर्की राजकुमारीलाई भेटेको छं। भन, मलाई बचाउने र छातीमा टाँस्ने, कि बग्दै, डुब्दै जान दिने? भन सिपा, सपनामा बग्दै गएको मोशालाई के गर्ने?”

सिप्पोरा हकबक्क। यो एदान यतिको आवेशमा आउनसक्छ, आफ्नैलाई जस्तो अंगालेर आफ्नो साँचो कथा उसको अघि निसंकोच ओकल्न सक्छ? उसले मनभित्रदेखि मन पराएको यो व्यक्तिको कथा यस्तो गजबको रैछ। अनि एदानले पनि उसलाई? उसको मुटु चल्न लाग्यो। शरीरै झम्झमाउन थाल्यो। एदानबाट आँखा हटाइ, शिर झकाएरै चुपचाप पुरुषको बाहुपास आफ्नो कुमबाट फुस्काई। गएर शान्त मुद्रामा गाग्रोको पानी उचाली र उकालो लागी। पुरुष केही नबुझी हेरिरह्यो। सायद सिप्पोरा उसलाई चाहँदैन। उ एक भगुवा (हत्यारा) परदेशीसँग उसलाई केही चासो छैन। कुनै आकर्षण छैन। माथ्लो डिलमा पुगेर सिप्पोरा फर्केर हेर्छे, सानो मुस्कान अनि अर्कै मोहिनी आँखा,

“ए एदान, ए मोशा, तिम्रो मनमा के कुरा छ – मलाई होइन, बुवालाई भन्नु है, यित्रो पूजारीलाई …” मुखमा घुम्टोको एक छेऊ टोकेर घरतिर छिटोछिटो लम्की सिपा। मुटु कसरी हो यति साह«ो चलेको? अरू बोल्ने क्षमता नै उसमा रहेन।

यति वर्षपछि कसैले उसको नाउँ कस्तो मधुर आवाजामा, “ए मोशा” भनी बोलाको। एदान हिब्बी, यो हिब्रूले के बोलोस्। यस्तो बेलामा त भक्भकाएर उसलाई एकै शब्द निकाल्नु नि आपत पर्छ। के गर्ने ..  बोल्ने? गाउने? लेख्ने? उफ्रने? के गर्ने? मनको खुसी उडेर यो मिद्यानको आकाश छुन खोजिरहेथ्यो, माथि चित्रे टारको कोशौं कोश मैदानभरि हजार भेडालाई तितर बितर पार्ने गरी खेदेर जथाभावी दौडौं जस्तो लाग्नथाल्यो उसलाई। सिप्पोराको तस्वीर र आवाज मनभरि सजाएर नाच्न र गाउन चाहन्छ एदान, मोशा। खुशीको तरंग पनि कस्तो होला, कुन्नी, मोशा, असहाय आवेगमा कुवाको पानीलाई गोठाले लौराले झ्यामझ्याम पिट्न लाग्यो।

Written by Mr. Loknath Manean

Republished on nepalchurch.com new site May 6 2013

Related Posts

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

October 18, 2026

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026

Discussion about this post

ताजा सामाग्री

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

October 18, 2026

                  कात्तिक १, २०८३ आइतबार काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टी सभापति...

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना

October 18, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

Recent Posts

  • नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण
  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In