• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, October 13, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

सुसमाचार केन्द्रित ख्रीष्टियन मिडिया आजको आवश्यकता हो

by NC News Desk
November 29, 2024
in Articles

निरोज तोलाङे
महासचिव, ख्रीष्टियन जर्नलिस्ट फेलोसिप नेपाल

मिडिया यस्तो विषय हो जो जहाँ मानिसहरुको पहुँच पुग्न सक्दैन् त्यहाँ मिडिया पुग्छ । मिडिया अहिलेको युगमा यस्तो भईसक्यो कि मानिसहरु सूचना विना आफैनो दैनिक सुरुवात गर्न सक्दैनन् । सुचना तथा प्रविधिको यो युगमा धेरै डिजिटल प्लेटर्फमहरुको विकास भएको छ र यहि विकासको क्रमसँगै आजको भीडभाड भएको डिजिटल संसारमा ख्रीष्टियन मिडिया त्यही भिडमा हराईरहेको छ ।

ख्रीष्टियन मिडिया ख्रीष्टलाई बोक्नु र ख्रीष्टको साक्षी हुनु हो । ख्रीष्टियन मिडिया र ख्रीष्टियन समुदायबीच नङ र माशुको जस्तै सम्बन्ध हुनुपर्छ । सुसमाचारको डिजिटल अभिभारा बोकेको नेपाली ख्रीष्टियन मिडियालाई ख्रीष्टियन मिडिया जस्तै बनाउन जरुरी छ । नयाँ आशाको किरण पर्खीरहेको ख्रीष्टियन मिडिया यतिबेला अभिभावकविहिन भएका छन् । ख्रीष्टियन मिडियाको क्षमता विकासमा हामीले धेरै काम गर्नुपर्नेछ भने हाम्रो प्रतिस्पर्धा संसारका मानिसलाई प्रभुमा जित्ने हुनुपर्छ । विभिन्न आरोह अवरोहकाबीच नेपाली ख्रीष्टयन समुदायले यतिबेला मिडियालाई सुसमाचार केन्द्रित र संचार सेवकहरुलाई सोको क्षमता अनुरुप परमेश्वरको राज्य विस्तारका लागि सदुपयोग गर्ने बेला आएको छ । नेपाली चर्चहरु सूचना तथा प्रविधिको प्रयोगबाट टाढा छैनन् । सूचना तथा प्रविधिको यो समयअनुरुप विकाससँगै सदुपयोग गरी सुसमाचारको मिशनमा ख्रीष्टियन मिडियलाई केन्द्रित गर्नु अहिलेको आवश्यकता हो ।

नेपाली ख्रीष्टियन समुदायका धेरै सफलताका कथाहरु छन् जो ऐतिहासिक र अरुको लागि मार्गदशन छन् त्यस्ता विषयवस्तुलाई ख्रीष्टियन मिडियाले जीवित राख्नुपर्छ । नेपाली ख्रीष्टियन मिडियाले चर्च समुदायलाई सामाजिक संजालको प्रयोग र यसको फाइदा र गलत दुरुपयोगका बेफाइदाहरुसँगै यसको समाजमा पर्ने प्रभावका बारेमा मिडिया साक्षरताको आवश्यकता छ । हामीले सुसमाचारलाई कसरी डिजिटल माध्यमबाट नेपालभर र प्रवासमा रहेका नेपालीहरु विभिन्न जातजाति, भाषा, धर्म, सम्प्रदाय, संस्कृतिमाझ पुर्याउन सकिन्छ त्यसतर्फ ध्यान दिई समयमानै नेपाली चर्चहरुले स्रोतहरुको अन्वेषण र परिचालन गरी परमेश्वरको राज्य विस्तारमा खर्च गर्नुपर्दछ । नेपाल रहेका ख्रीष्टयन मिडिया हाउसहरु आर्थिक अभाव र समस्याका कारण बन्द हुने अवस्थामा भएकोले ख्रीष्टयन मिडिया हाउसहरुको संरक्षण र विकासका लागि नेपाली ख्रीष्टियन समुदायले ख्रीष्टियन मिडियाको संरक्षण र संचार जनशक्तिको विकासमा ध्यान दिनु जरुरी छ ।

ख्रीष्टियन मिडियाले सत्यतथ्य सूचनाहरु सम्प्रेषण गरी ख्रीष्टियन समुदायलाई सुसुचित गर्ने कार्य गर्नुपर्छ । नेपाली ख्रीष्टियन मिडियाले निरन्तर नेपाली ख्रीष्टियन समुदायको हक, अधिकार र पहिचान स्थापित गराउन ख्रीष्टियन समुदायका विद्यमान समस्याहरुको पहिचान गरी आवश्यक पैरवी गर्न सक्छ भने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेपाली मण्डली (चर्च)समुदाय, संघसंस्था तथा अन्य निकायहरूलाई एकीकृत गर्दै समुदायको हितमा सामाजिक परिवर्तनलाई संस्थागत गरी न्यायपूर्ण समतामूलक समाजको निर्माण गर्नका लागि ख्रीष्टियन मिडियाले प्रभावकारी भूमिका निर्वाह गर्न र पहल पैरवी गर्न सक्छ सँगै ख्रीष्टियन समुदायमा सुशासन, व्यवहारिकता र एकता तथा मेलामिलाप, सुअग्रगमनको दिशातर्फ डो-याउनका लागि ख्रीष्टियन मिडियाले पैरवी गर्न सक्ने यो वृहत शक्ति नेपाली ख्रीष्टियन मिडियामा भएकोले परमेश्वरको प्रेम, अनुग्रह र करुणाको लागि पुकार्ने संसारमा सत्य, सत्यता र न्यायको लागि सँगै खडा हुन नेपालभरका मण्डलीमा अबको समय ख्रीष्टियन मिडियालाई सुसमाचारको डिजिटल मिशनका रुपमा नेपालभर डिजिटल प्रविधिबाट सुसमाचार धेरै मानिसहरुमाझ पुर्याउनु पर्छ ।

ख्रीष्टियन समुदायले ख्रीष्टियन मिडियाको आवश्यकतालाई महसुश गर्दै ख्रीष्टियन मिडियालाई अभिभावकत्व गरी डिजिटल सुसमाचारका योद्धाहरु निर्माण र परिचालन गरी सुसमाचारको सहयात्रीको रुपमा लैजान सकियो भने यसले प्रभुको राज्य विस्तारमा ठूलो काम हुनेछ । मिडिया यस्तो शक्तिशाली विषय होकी, उसले राष्ट्रलाई रुपान्तरण गर्ने क्षमता राख्दछ् । यो शक्तिलाई हामीले सुसमाचार केन्द्रित बनाउन जरुरी छ । नेपालमा सुसमाचारका शैलीहरु परिवर्तन हुनु जरुरी छ, हिजो गाउँ घर, शहरका सडक बाटो, पुलपुलेसामा उपस्थित भएर सुसमाचार सुनाउनु पर्ने थियो भने अहिले संचारको विभिन्न माध्यमबाट हामी नेपालभर पुग्ने अवस्थामा आईपुगेका छौँ ।

ख्रीष्टियन मिडिया आफैमा खडा हुन संघर्ष गरिरहेको बेला हाम्रो स्पष्ट सुसमाचारका रणनीतिक दृष्टिकोण बिना, हतारमा गरिएका प्रयासहरू प्रभावहीन हुन सक्छन्, समय र स्रोतहरू खर्च हुन सक्छन् । तसर्थ अन्य विकसित मुलकुले मिडियाको प्रयोगद्धारा धेरैलाई सुसमाचारको सहयात्री बनाएको जस्तैः नेपाली चर्चहरु पनि डिजिटलाइजेशन हुनु जरुरी छ । सुसमाचारमा नेपालीपनको आभास गराउने दिशातर्फ अब हामी पनि डिजिटल विकाससँगै हाम्रो सोच, कार्यशैली र व्यवहारमा नयाँ आधुनिक डिजिटलाइजेशन हुनु जरुरी छ ।

Related Posts

Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026
समाजमा सेवक नेतृत्व (Servant Leadership) को भूमिका र आवश्यकता

समाजमा सेवक नेतृत्व (Servant Leadership) को भूमिका र आवश्यकता

August 6, 2026

Discussion about this post

ताजा सामाग्री

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

October 13, 2026

असोज २६, २०८३ सोमबार काठमाडौं : लामो समयदेखि ठूला बसमार्फत मुख्य सडकहरूमा मात्रै सेवा दिँदै आएको साझा यातायातले अब उपत्यकाका साँघुरा...

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

October 12, 2026

२६ असोज २०८३, सोमबार काठमाडौं : ओमानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित...

Recent Posts

  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ
  • क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित
  • मानव अधिकार र न्यायका लागि जीवन समर्पित गर्ने नाभी पिल्लेलाई २०२६ को नोबेल शान्ति पुरस्कार

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In