
३० मंसिर ललितपुर २०७६ । नेपाल ख्रीष्टियन समाजका महासचिव पा. डिल्लीराम पौडेलले ख्रीष्टियन समुदायलाई लोगो र इगोले एक ठाउँमा ल्याउन नसकेको बताउनुभयो । उनले ख्रीष्टियन समुदायभित्र एकताको आवश्यकता रहेकोले समुदायका विभिन्न संगठनहरु एक ठाउँमा आए मात्र ख्रीष्टियन समुदायको पहिचान र अधिकार सुनिश्चित हुने भएकोले सबैलाई एक ठाउँमा आउन आह्वान गर्नुभयो ।
सबै मण्डलीहरुको संयुक्त आयोजना र इस्टर महोत्सव २०१९, आयोजक समितिको विशेष पहलमा संयुक्त ख्रीष्टमस शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । ललितपुर कुमारीपाटीस्थित क्वाइनोनिया पाटन मण्डलीमा आयोजित संयुक्त ख्रीष्टमस कार्यक्रममा काठमाण्डौँ, ललितपुर र भक्तपुर उपत्यकाका मण्डलीका पास्टर तथा अगुवाहरु, संघसंस्थाका प्रमुखहरुको उपस्थिती रहेको हो ।
कार्यक्रममा शुभकामना मन्तब्य दिने क्रममा भक्तपुर ख्रीष्टियन समाजका अध्यक्ष पा. पासाङ तामाङले ख्रीष्टिमसको दिन विद्यालयको नियमित परीक्षा पर्ने भएकोले सो परीक्षा स्थगित गरी ख्रीष्टियन समुदायको महान पर्वलाई सम्मान गर्न नेपाल सरकारलाई आग्रह गर्नुभएको छ । कार्यक्रममा विभिन्न ख्रीष्टमस सम्बन्धी विभिन्न गित तथा नृत्यहरू प्रस्तुत गरिएको थियो भने आराधनामा संगीत झुण्डले आराधना अगुवाई गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता आयोजक समितिका अध्यक्ष रेभ. डा. सिमोन पाण्डेले गर्नुभएको थियो भने कार्यक्रमको संचालन पा. पदमनाथ पराजुलीले गर्नुभएको थियो ।
२०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...
असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...
असोज २६, २०८३ सोमबार काठमाडौं : लामो समयदेखि ठूला बसमार्फत मुख्य सडकहरूमा मात्रै सेवा दिँदै आएको साझा यातायातले अब उपत्यकाका साँघुरा...
२६ असोज २०८३, सोमबार काठमाडौं : ओमानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित...
नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]
Copyright © 2021 Nepal Church. All rights reserved.
Discussion about this post