• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

शब्‍दकोशको हिज्‍जेअनुसार अशुद्ध नेपाली बाइबल  

by Ram Prasad Adhikari
December 6, 2019
in Articles, Special
    राम प्रसाद अधिकारी

ख्रिस्‍चियनहरुका दर्जनौं सम्प्रदायअन्तर्गतका लेखक, अनुवादक, सम्‍पादक तथा प्रकाशकहरुले सैद्धान्‍ति र व्‍यावहारिक पाठ्‍यपुस्‍तक, स्‍मारिका, मार्गदर्शन, लिटर्जी, पत्रपत्रिका, सेमिनार पेपर आदि प्रकाशन गर्दा नेपाली बृहत् शब्‍दकोशअनुसार नसच्‍याई त्रुटीपूर्ण वर्णविन्‍यास छाप्‍ने गरेका छन्। शब्‍दकोशअनुसार अहिले छापिंदै आएको बाइबलको वर्णविन्‍यास अशुद्ध छन्।

  • बाइबलमा श, ष, स को अशुद्ध प्रयोग: शताब्दी अगि बाइबल अनुवाद गर्नेहरुले आगन्‍तुक शब्‍दहरुमा तत्‍सम वर्ण (संस्‍कृत) को प्रयोग गरे। वैज्ञानिक अध्‍ययनपछि शब्‍दहरुलाई व्‍युत्‍पत्ति वा उत्‍पत्तिका आधारमा तत्‍सम, तद्भव र आगन्‍तुक गरी वर्गीकृत गरियो। नेपाली शब्द लेख्‍न जम्‍मा ६ वटा स्‍वर र २९ वटा व्‍यञ्‍जन गरी ३५ कथ्‍य वा बोलीचालीको वर्ण छन्। तद्भव र आगन्‍तुक शब्‍दहरु यीनै वर्णले लेख्‍नुपर्छ। नेपाली शुद्ध लेख्‍ने यो थालनीलाई तद्भवीकरण भनियो। अरु संस्‍कृत व्‍यञ्‍जन वर्ण: ञ, ण, श, ष, क्ष, त्र, ज्ञ र अन्‍य वर्ण: ई, ऊ, ऋ, अं, अ: लाई संस्‍कृत (तत्‍सम) शब्‍द लेख्‍न प्रयोग गरियो। जस्‍तै, आकाश, आशा, न्‍यायाधीश, शक्‍ति, शताब्‍दी, शान्‍ति, शीतल आदि। किनकि संस्‍कृत भाषाको लिपि देवनागरी थियो। भाषावैज्ञानिक कारणले नेपाली भाषा तद्भवीकृत वा मौलिक उच्‍चरित रूपमा लेख्‍न थालियो:

मौलिक नेपाली उच्चारण अनुसार नेपाली वर्णवन्यास हुनुपर्ने त्यस वेलाको अवाजलाई झरोर्वाद र जनजिब्रोपछि वि.सं.२०३४ को नेपाली भाषा अधिगोष्ठी र नेपाली बृहत् शब्दकोश (२०४०) ले उठाए। … नेपाली मौलिक उच्चारण अनुसार आगन्तुक शब्दको वर्णविन्यासको औपचारिक लेखन प्रारम्भ गरे। यस प्रारम्भलाई नेपाली वर्णविन्यासमा तद्भवीकरणको अभियानका नामले चिन्न सकिन्छ। यसलाई नेपाली वर्णवन्यासमा कोसे ढुङ्गाको नामले चिनिन्छ। त्यसकारण नेपाली उच्चारण अनुसार नेपाली वर्णवन्यास लेखनले पठन पाठन, विविध कृति प्रकाशन, पत्र पत्रिकाहरुमा प्रवेश गरिसकेको छ।[1]

यो परम्‍परालाई हेमाङ्ग राज अधिकारीको “समसामयिक नेपाली व्‍याकरण” (२०४९) ले थप योगदान पुर्‍यायो। बृहत् शब्‍दकोशको दसौं संस्‍करण यसको उपज हो। यसरी प्रथम संस्‍करणदेखि नै आगन्‍तुक शब्दका वर्णविन्‍यासलाई यसले तद्भवीकरण गरेको कुरालाई प्रा. डा. शर्वराज आचार्यले लेख्‍छन्, “सबै पातलो स, चिरेको ब, ह्रस्‍व इकार तथा उकार लेखी वर्णविन्‍यास परिवर्तन गर्ने क्रम विकसित भयो। वर्णविन्‍यासले अपवाद न्‍यूनीकरणमा नेपाली विशेषतालाई प्रवेश गरायो।”[2] (पृ ८३)। यसरी दसौं संस्‍करणमा ‘सहर’, ‘सहिद’, ‘येसु’ र ‘सैतान’ शुद्ध वर्णविन्‍यास हुन् भने, मोटो ‘श’ भएका ‘शहर’, ‘शहिद’, ‘येशू’ र ‘शैतान’ अब अशुद्ध भए।

भाषा आकस्‍मिक (Arbitrary), परम्‍परागत (Conventional) र परिवर्तित (Changing) तत्‍व हो। भाषिक ऐतिहासिक प्रवाह तरङ्‍गित भइरहन्‍छ। यस कुराका जानकारहरु परिवर्तनलाई आत्‍मसात् गर्न डराउँदैनन्। हिब्रु, आरमेइक, ग्रिक, सिरियन, ल्‍याटिन, अङ्ग्रेजी आदि बाइबलका प्राचीन भाषाका लिपि देवनागरी थिएनन्। अनुवाद गरेर देवनागरी लिपिमा लेखिए। लिपि नै बेग्‍लै भएको भाषाबाट अनुवाद गर्दा शब्‍दलाई तद्भवीकृत गरी (संस्‍कृत वर्ण प्रयोग नगरी) लेख्‍ने हो।

वर्णका अंशबन्‍डापछि संस्‍कृत लेख्‍ने तत्‍सम वर्णहरुले बाइबलका आगन्‍तुक शब्‍दहरु लेख्‍दा, हिब्रु र ग्रिकजस्‍ता बाइबलको मूल भाषाका लिपि देवनागरी थिए, भन्‍ने अर्थ लाग्‍छ। अब शब्‍दकोशले पनि ‘सहर’, ‘सहिद’, ‘येसु’, ‘सैतान’, ‘जेरुसलेम’ आदिमा पातलो ‘स’ लेखिसकेको छ।

हिब्रुका २२, ग्रिकका २४, ल्‍याटिनका २६ र अङ्‍ग्रेजीका २६ वर्णले बाइबल धर्मशास्‍त्र मानवजातिलाई दिनुहुने परमेश्‍वरका बारेमा आगन्‍तुक ख्रिस्‍चियन शब्‍द लेख्‍न ३५ नेपाली वर्णले पुग्‍दैन भनेर प्राचीन पूर्वीय आर्यहरुले वेद, उपनिषद्‌, महाभारत, रामायणलगायत अनेकौं हिन्‍दु पूर्वीय शास्‍त्र सिर्जना गर्न प्रयोग गरेका संस्‍कृतका वर्ण नभई बाइबल र ईश्‍वरशास्‍त्रीय शब्‍दहरु लेख्‍नै सकिंदैन जस्‍तो गरी किचलोपूर्ण अर्घेल्‍याइँ गर्ने ख्रिस्‍चियन लेखक र प्रकाशकहरुप्रति हाम्रा प्रभु येसुको दृष्‍टिकोण कस्‍तो रहला? जबकि यी ३५ वर्णले सबै ख्रिस्‍चियन आगन्‍तुक शब्‍द लेख्‍न सकिन्‍छ र एउटाको पनि अर्थ बिग्रँदैन।

स्‍कुलकलेज र अन्‍य पाठ्‍यपुस्‍तकमा आगन्‍तुक शब्‍दहरुलाई पातलो ‘स’ र पदको आदि र मध्‍यमा ह्रस्‍व लेखिएका छन्। जस्‍तै, ‘येसु’, ‘सैतान’, ‘यरुसलेम’ (बृश*, पृ १२१, १३०१, इसा)। नेपाली बाइबलमा भने, हिन्‍दी भाषाको बाइबलको अनुकरण गरी मोटो ‘श’ र पदको आदि र मध्‍यमा दीर्घ लेखिएका छन्। जस्‍तै, ‘मीका’, ‘येशू’, ‘शैतान’, ‘यरुशलेम’ आदि। अब बाइबलका वर्णविन्‍यास सच्‍याउनुपर्छ।

स्‍व. पादरी गंगाप्रसाद प्रधान, आर्चिबाल्ड टर्नबुललगायतले पवित्र बाइबल नेपालीमा अनुवाद गरे। प्रधानको अनुवादमा हिन्‍दी बाइबलको तत्समीकृत वर्णविन्‍यासको अनुकरण भयो। टर्नबुलको अनुवादमा भने ह्रस्‍व वर्ण मात्र प्रयोग भयो (डा. आचार्य, पृ ४७-४८)। मानक निर्धारण नभएको तत्कालीन समयमा यी वर्णविन्‍यास शुद्ध थिए। अब पुरातन (Archaic) भए।

बाइबल तथा सन्‍डे स्‍कुलका पाठ्‍यपुस्‍तकमा शुद्ध वर्णविन्‍यास पढ्‍न पाउने बालबालिकाको अधिकार हो। कक्षाकोठामा ह्रस्‍व लेख्‍न सिकाइने ‘गुँगो’, ‘ठुलो’, ‘तितो’ ‘नुन’ ‘भिड’, मिठो’, ‘सोधपुछ’ आदि शब्‍दलाई बालबालिकाले सन्‍डे स्‍कुल (बाइबल)मा दीर्घ पढ्‍नुपरेको छ।

बाइबलका आगन्‍तुक नाम शब्‍दलाई यसप्रकारले लेख्‍नुपर्छ: ख्रिस्‍ट, दाउद, मर्कुस, मिका, मोसा, याकुब, येसु, युहन्‍ना, यहोसु, लुका, समुएल, साउल, हिब्रु आदि, किनकि यी शब्‍द तत्‍सम (संस्‍कृत) होइनन्। मोटो ‘श’ र मूर्धन्‍य ‘ष’ तत्‍सम वर्ण हुन्। तिब्‍बती, नेवारी, हिन्‍दी, अरबी, फारसी, अङ्ग्रेजीबाट नेपालीमा आएका शब्‍दलाई पातलो ‘स’ लेखिन्‍छ भने, हिब्रु, आरमेइक, ग्रिक, सिरियन, ल्‍याटिनका आगन्‍तुक ईश्‍वरशास्‍त्रीय शब्‍दहरु संस्‍कृत वर्ण ‘श’, ‘ष’ ले कसरी लेख्‍ने? हुँदैन। शब्‍दकोशमा नै मूर्धन्‍य ‘ष’ लाई पातलो ‘स’ बाट भिन्‍न रूप वा व्‍यतिरेक नभएको भनेको छ, र मूर्धन्‍य ‘ष’ लाई जनजिब्रोले पातलो ‘स’ पढ्‍छ। अगन्‍तुक शब्‍दले मोटो ‘श’ र मूर्धन्‍य ‘ष’ आफूभित्र राख्‍न पाउँदैन। ‘ख्रिस्‍ट’ शब्‍द आगन्‍तुक हो। यसले ‘वर्षा’ शब्‍दको मूर्धन्‍य ‘ष’ लिन पाउँदैन। पातलो ‘स’ भएको ‘ख्रिस्‍ट’ लेख्‍नुपर्छ (पृ १२१, इसा)। पदको आदिमा दीर्घ (दाहिना) ‘ख्री’ नेपालीमा हुँदैन।

  • आगन्‍तुक शब्‍द कसरी लेख्‍ने? अन्‍तर्राष्‍ट्रिय ध्‍वनितात्त्‍विक लिपि (International Phonetic Alphabets) को शुद्ध श्रुतिलेख शुद्ध वर्णविन्‍यास हो। ‘मुसा’ अर्थ भएको कम्‍प्युटरको ‘माउस’ लाई ‘माउस’ लेखिन्‍छ। अङ्ग्रेजी नाम शब्‍द Peter लाई ‘पेटेर’ होइन, तर ‘पिटर’ लेखिन्‍छ। Future लाई ‘फुटुरे’ होइन, तर ‘फ्युचर’ भनिन्‍छ। त्‍यसरी नै Christian शब्दलाई, ‘ख्रिस्‍चियन’ लेखिन्‍छ, र ख्रिस्‍टियान होइन। Mobile लाई ‘मोबाइल’ भनिन्‍छ, ‘मोबिले’ भनिंदैन। ध्‍वनितात्त्‍विक लिपिले अङ्‍ग्रेजीमा Christ लाई ख्राइस्‍ट् (क्राइस्‍ट्) भन्‍छ, र Christian लाई ख्रिस्‍चियन (क्रिस्‍चियन) भन्‍छ। Christ लाई ख्राइस्‍ट् (क्राइस्‍ट्) भनेको सुनेर कमन सेन्सले Christian लाई ख्राइस्‍टियन (क्राइस्‍टियन) भन्‍नु/लेख्‍नुहुँदैन। Christian लाई ख्रिस्‍चियन (क्रिस्‍चियन) भन्‍छ, र ध्‍वनितात्त्‍विक लिपिमा पनि यही छ। नेपालीमा Christ लाई ‘ख्रिस्‍ट’ लेखेको हुनाले कमन सेन्‍सले Christian लाई ‘ख्रिस्‍टियन’ लेख्‍नुपर्छ भन्‍नु भाषावैज्ञानिक कुरा होइन। ध्‍वनितात्त्‍विक लिपिअनुसार जिब्रोले जस्‍तो बोल्छ, त्‍यस्‍तै अनुवाद गर्ने हो।

बृहत् शब्‍दकोशको दसौं संस्‍करणको पेज २५७ ‘ख्रिस्‍चियन’ शब्‍द लेखिएको पाइन्‍छ। अङ्ग्रेजी भाषामा शब्दको सुरुमा k, p, t व्‍यञ्‍जन ध्‍वनिले उच्‍चारण सुरु हुँदा हावाको जोक्‍कासहित pʰ, tʰ, kʰ जस्‍तो गरी उच्‍चारण हुने कारणले Christ शब्दमा ‘क’ भन्‍दा ‘ख’ बोलेजस्‍तो सुनिन्‍छ। यसैले ‘ख्रिस्‍चियन’ लेखेको हो। यसलाई ‘क्रिस्‍चियन’ लेख्‍दा पनि हुन्‍छ। विगतमा आगन्‍तुक शब्‍द लेख्‍नेबारे नेपाली भाषाविद्का मार्गदर्शनमा ख्रिस्‍चियनहरुका ध्‍यान गएन वा ध्‍वनितात्त्‍विक लिपिको सहायतामा शुद्ध लिप्‍यन्‍तरण गर्ने व्‍यक्‍ति भएन।

  • आगन्‍तुक शब्‍दका वर्णविन्‍यास / ह्रस्‍वदीर्घ: नेपाली भाषामा तद्भवीकृत मानकबमोजिम पदको अन्‍तमा भएका ‘इकार’ बाहेक बाँकी सबै ‘ह्रस्‍व’ लेख्‍नुपर्छ। बृटिस नागरिक राल्‍फ लिली टर्नर (१८८८-१९८३) ले शताब्‍दी पहिले व्‍याकरणिक पक्ष, शब्‍दकोश तयारीलगायतमा नेपाली भाषाको गहन अध्‍ययन र योगदान गरे। कुसुम शर्मा लेख्‍छन्, “नेपाली ह्रस्‍वमूलक भाषा भएको र संस्‍कृतबाहेक नेपालीमा प्रयुक्‍त हुने शब्‍द ह्रस्‍व लेखिनुपर्छ भन्‍ने क्रान्‍तिकारी प्रस्‍तावना टर्नरले राखेका थिए। यस्‍तै ‘स’ को प्रयोग र ‘ब’ आदिमा पनि टर्नरको हिज्‍जे बिर्सन मिल्‍दैन”[3] (पृ १७१)।

बृहत् शब्‍दकोशको दसौं संस्‍करणमा, ‘इजरायल’ शब्‍दको अर्थ (पृ ११७) को ‘जेरुसलेम’, ‘यहुदी’ तथा ‘इसा’ शब्‍दको अर्थको ‘येसु’ ‘ख्रिस्ट’ (पृ १२१), अनि ‘क्रिस्‍तान’ शब्‍दको अर्थको ‘ख्रिस्‍चियन’ (पृ २५७) आदि शब्‍द लेखेको हेरेर ख्रिस्‍चियन आगन्‍तुक शब्‍द लेख्‍ने तरिका जान्‍न सकिन्‍छ। जस्‍तै, ‘युहन्‍ना’ शब्‍दको पदको आदिमा ह्रस्‍व (तर्कुल्‍ले) ‘यु’ लेख्‍नुपर्छ, दीर्घ (बर्धन्‍ने) ‘यू’ होइन। व्‍यक्ति, जाति, समूह आदि जेजे कुराको नाम भए तापनि आगन्‍तुक शब्‍द लेख्‍ने नियम यही हो। ‘येसु’ व्‍यक्‍तिको नाम हुनाले जसरी लेखे पनि मेरो इच्‍छा भनेर लिंडेढिपी गर्नुले नेपाली वर्णविन्‍यासको ऐतिहासिक ज्ञान नभएको जनाउँछ र भाषावैज्ञानिक कारण हुँदैन।

बाइबलका केही नामवाचक शब्‍दका शुद्ध रूपका उदाहरण यसप्रकार हुन्‍छन्: अकिलास, अबिमेलेक, अमालेकी, एलिया, एलिसा, एलिसिबा, एलिहु, एसिया, एस्‍तर, ओहोलिबामा, कन्‍सटानटिनोपल, कमुएल, कयिन, करुब, कलभरी, क्रिस्‍चियन, क्रुस, ख्रिस्‍ट, ख्रिसमस, ख्रिस्‍चियन, गन्‍ती, गलाती, गालिल, गिदोन, गिर्जाघर, गिहोन, ग्रिक, गेतसमनी, चर्च, जबुलुन, तितस, दाउद, नप्‍ताली, नबुकदनेसर, नमुएल, नहुम, नाइसिया, पत्रुस, पन्तियस, पिलातस, पिसोन, पुजारी, पुलपिट, पेन्‍तिकोस, फिलिपी, बिसप, वेदी, बेर्सेबा, बेथानी, बेन्‍यामिन, मग्‍दिएल, मतुसाएल, मत्ती, मरियम, मल्‍किसेदेक, मलाकी, मसिह, माकिर, मर्कुस, मिकल, मिका, मुरोन, मुर्र, मोसा, यरिहो, यसैया, यहोयाकिन, यहोसापात, यहोसु, यरुसलेम, यहुदा, यहुदी, यहुदिया, याकुब, युहन्‍ना, येसु, लमुएल, लुका, सबाथ, समुएल, सराफ, साउल, सिमसोन, सैतान, हबकुक, हारुन, हामुल, हिब्रु, आदि लेख्‍नुपर्छ।

यहाँ नभएका बाइबलसम्‍बद्ध अन्‍य शब्‍दका ‘सकार’ पातलो ‘स’ हुन्‍छ। पदको अन्‍त्‍यको इकार मात्र दीर्घ ‘ई’ हुन्‍छ। पदको आदि र मध्‍यका सबै इकार ‘इ’ र उकार ‘उ’ ह्रस्‍व हुन्‍छ। जस्‍तै, मिका, येसु, मर्कुस, युहन्‍ना आदि। गोपाल पाँडेको “ह्रस्‍वदीर्घ आदिको सबाई” (२०२३) बाट उद्धृत गर्दै प्रा. डा. आचार्य लेख्‍छन्, “नेपाली भाषा ह्रस्‍वप्रधान छ, पदादि पदमध्‍यमा पनि इ, उ ह्रस्‍व छ, पदान्‍तमा पनि ई दीर्घ र उ ह्रस्‍व छ” (आचार्य पृ ८२)।

  • बाइबलले सच्‍याउनुपर्ने अन्‍य त्रुटीपूर्ण वर्णविन्‍यास: अब नेपाली बाइबलमा निम्‍नलिखित ‘ह्रस्‍वदीर्घ’ र ‘सकार’ हुनुपर्छ।
  • आस, खुसी, गरिब, गुँगो, ठिक, ठुलो, झुट, झुटो, झुर, तितो, बातचित, बिच, मिठो, सुन, सोधपुछ आदि ह्रस्‍व लेख्‍नुपर्छ।
  • इन्‍जेल, उन्‍जेल प्रत्‍यय लागेका शब्‍दमा आधा ‘न्‍’ लेख्‍नुपर्छ। आधा ‘ञ्‍’ होइन। जस्‍तै, नआउन्‍जेल, नफर्कुन्‍जेल, नहोउन्‍जेल आदि शुद्ध हुन्। नआउञ्‍जेल, नहोउञ्‍जेल आदि शुद्ध होइनन् (इन्‍जेल प्रत्‍य. बृश* पृ ११८)।
  • विध्‍यर्थक क्रियाको बिचमा ह्रस्‍व लेख्‍नुपर्छ। जस्‍तै, बसुन्, गरुन्, सकुन्, भनुन्, जाउन्, खाउन्, पठाउन् आदि। अनि अन्‍त्‍यको दीर्घ लेख्‍ने, जस्‍तै, खानू, जानू गर्नू, भन्‍नू, मान्‍नू, खटाउनू, पठाउनू आदि।
  • सामान्‍य भविष्‍यत् जनाउने क्रिया छुट्‍याएर लेख्‍नुपर्छ। जस्‍तै, भन्‍ने छ, जाने छ; अपूर्ण क्रिया छुट्याउने, जस्‍तै, भन्‍दै छ।
  • निम्‍न शब्‍दमा आदि र मध्‍यमा ह्रस्‍व लेख्‍नुपर्छ। अचुक, इसारा, उन, उँट, कानुन, गहुँ, घुस, चुर, चुपचाप, चिल, जादु, जादुगर, जोस, झुन्‍ड, झुल, डुँड, डाँकु, दुध, धुलो, धुवाँ, धुर्त, नमुना नुन, पसिना, पुजारी, पेसा, बातचित, बिउ, भिख, भिड, भुल, भुस, रिस, लुट, लास, सिङ्, सिप, स्‍कुल, हजुर, होसियार आदि।
  • सङ्ख्‍यावाचक शब्‍दको सुरुमा ‘तीन’ दीर्घ लेख्‍नु र बाँकी सबै ह्रस्‍व लेख्‍नुपर्छ। जस्‍तै, बिस, पच्‍चिस, तिस, चालिस आदि। अनि अन्‍त्‍यको इकार दीर्घ लेख्‍ने, जस्‍तै, साठी, असी, बयासी आदि।
  • तत्‍सम शब्‍दमा मात्र आधा ‘ञ्‍’ लेख्‍नुपर्छ। जस्‍तै, सञ्‍चालन, र तद्भव तथा आगन्‍तुक शब्‍दमा आधा ‘न्‍’ लेख्‍नुपर्छ। जस्‍तै, डन्डा, मन्‍डली, सन्‍डे, डेन्‍टल आदि।
  • नेपाली भाषाका तद्भव तथा आगन्‍तुक शब्‍दमा पातलो ‘स’ लेख्‍नुपर्छ। जस्‍तै, आस, कास, खास, पेसा, लास, सिप, होस, होसियार आदि। तत्‍सम शब्‍द भए मोटो ‘श’ हुन्‍छ। जस्‍तै, आकाश, आशा, न्‍यायाधीश, शक्‍ति, शताब्‍दी, शान्‍ति, शीतल आदि।
  • व्‍यक्‍ति, स्‍थान र जाति आदि बुझाउने शब्‍दका अन्‍त्‍यमा आउने उकार ह्रस्‍व लेख्‍नुपर्छ। जस्‍तै, पशु, वासु, विसु, येसु, साँखु, चाँगु, हेलम्‍बु, थारु, खुम्‍बु, हिन्‍दु, हिब्रु आदि। लिम्‍बू लाई मात्र पूर्व प्रचलन भनी अपवाद छाडिएको छ। एक जना व्‍यक्‍तिले आफ्‍नो नाउँ जसरी लेखे पनि हुन्‍छ। तर ग्रन्‍थहरुका व्‍यक्‍तिका नाउँहरु मानकबमोजिम लेख्‍नुपर्छ।
  • ‘हरु’ लेख्‍न- प्रा. डा. आचार्य आफ्‍नो ग्रन्‍थमा लेख्‍छन्, “नेपाली विशेषता र वर्णविन्‍यासका आधारमा उकार मात्र होइन सम्‍पूर्ण इकार पनि ह्रस्‍व लेख्‍नुपर्ने हुन्‍छ” (आचार्य, पृ ८७)।
  • शिरबिन्‍दु / चन्‍द्रबिन्‍दुको शुद्ध प्रयोग: टङ्कनले गर्दा डिकोमाथि मात्रा वा रेफ भएमा शिरविन्‍दु लगाउनुपर्छ। अधिकारीको प्रयोगात्‍मक नेपाली शब्‍दकोशलगायत अन्‍य ग्रन्‍थमा यसबारे प्रष्‍ट पारिएको छ। जस्‍तै, गरें, भनें, चाहिं, यहीं, गर्छौं, हजारौं, सधैं, झैं आदि। अनि डिकोमाथि मात्रा वा रेफ नभएका शब्‍दमा चन्‍द्रविन्‍दु लगाउनुपर्छ। जस्‍तै, गएँ, खाएँ, दायाँ, बायाँ, कहाँ, तँ आदि।[4]
  • बहुवचनमा ‘हरु’ अव्‍यय लगाउन नपर्ने अवस्‍था: हरु ह्रस्‍व लेख्‍नु अशुद्ध होइन।
  • सँगसँगै बहुवचन सूचक शब्‍द, जस्‍तै, अरु, दुई, चार, सबै, धेरै, यी, ती आदि आएका छन् भने, अगिपछि आउने नामवाचक शब्दमा ‘हरु’ अव्‍यय थप्‍नुपर्दैन। जस्‍तै, यी मानिसलाई खान दिनू। यहाँ ‘मानिसहरु’ लेख्‍नुपर्दैन, किनभने ‘यी’ ले बहुवचन जनाउँछ।[5] बाइबलमा, “ती हिब्रु ख्रिस्‍चियनहरुका कान ‘मन्‍द’ भएका थिए।” यहाँ ‘ख्रिस्‍चियनका’ लेखे पर्याप्‍त हुन्‍छ। ‘हरु’ लगाउनु फाल्‍तु (Redundant) हुन्‍छ। बाइबलमा फाल्‍तु ‘हरु’, भजनसंग्रह १०३:२ मा ‘सबै उपकारहरु,’ प्रकाश ५:५ मा “यी सातवटा मोहरहरु,” पद ८ मा “चौबिसै धर्म-गुरुहरु,” केही उदाहरण हुन्।
  • आमाबुबा, केटाकेटी, छोराछोरी, दाजुभाइ, दिदीबहिनी, बालबच्‍चा, बालबालिका जस्‍ता शब्‍द आफैमा बहुवचन हुन्। यसर्थ, ‘हरु’ अव्‍यय लगाउनुपर्दैन। बाइबलमा हजारौं ठाउँमा ‘हरु’ अव्‍ययको अनावश्‍यक प्रयोग भएको छ। जस्‍तै, भजन १०३:१३ मा, ‘छोराछोरीहरु’, मत्ती १५:३८ मा, ‘केटाकेटीहरुबाहेक’। यी शब्‍दमा ‘छोराछोरी’ र ‘केटाकेटीबाहेक’ लेख्दा पर्याप्‍त हुन्‍छ।
  • अङ्ग्रेजी शब्‍द Other को अनुवाद ‘अर्को’ र Others को अनुवाद ‘अरु’ हुन्‍छ। यसर्थ, Others लाई ‘अरुहरु’ लेख्‍नु आवश्‍यक हुँदैन।
  • नामयोगी शब्‍द ‘मध्‍ये’ को प्रयोग यस्‍तो हुनुपर्छ। जस्‍तै, यहुदीहरुमध्‍ये कसैले विश्‍वास गरे। तीमध्‍ये कोही गरिब थिए। दोस्रो वाक्‍यमा ‘तिनीहरुमध्‍ये’ लेख्‍नुपर्दैन। अर्को उदाहरण, “धेरै विषयमध्‍ये एउटा रोज्‍नू।” यहाँ ‘विषयहरुमध्‍ये’ लेख्‍नुपर्दैन, किनभने, सँगसँगै आएको ‘धेरै’ शब्‍द बहुवचन सूचक हो।
  • ‘पिता-पुर्खाहरु’ लेख्‍नुपर्दैन। ‘पितापुर्खा’ अथवा ‘पुर्खाहरु’ मध्‍ये एउटा लेख्‍दा उपयुक्‍त हुन्‍छ।
  • ‘जाति-जातिहरु’ लेख्‍नुपर्दैन। ‘जातिहरु’ अथवा ‘जातिजाति’ मध्‍ये एउटा लेख्‍दा उपयुक्‍त हुन्‍छ।
  • घरघर, जातिजाति, जेजति, ठुलठुलो, ससाना, सानाठुला जस्‍ता द्वित्‍व शब्‍दका बिचमा योजक चिन्‍ह अर्थात् हाइफेन (-) नराखी एउटै डिकोमा लेख्‍नुपर्छ (बृश*[6], संशोधन समितिको भनाइ, २ (ग))।
  • ‘अरु-अरु’ (मर्कुस ४: ३६, धेरै ठाउँमा): कसरी, किन र केका लागि ‘अरु’ शब्‍दलाई ‘अरु-अरु’ गरी द्वित्व बनाइयो? बुझ्‍न सकिएन। एकपल्‍ट ‘अरु’ लेखे पर्याप्‍त हुन्‍छ।
  • आदरार्थी अनुवादमा हिन्दीको नक्‍कल: पावल, याकुब, युहन्‍ना र अन्‍य प्रेरितले चर्चलाई पत्र लेख्‍दा, “भाइ हो, तिमीहरु” भनेर सम्‍बोधन गरेका अवश्‍य पनि थिएनन्। तर उनीहरुले “दाजुभाइ हो, तपाईंहरु” भनेर सम्‍बोधन गरेका थिए। नेपाली आदरार्थी शिष्‍टताको ख्‍याल गर्नुपर्छ। हिन्‍दीअनुरूप लेख्‍ने होइन।

निष्कर्ष

संशोधन सम्‍बन्‍धमा कुरा गर्दा, अङ्‍ग्रेजी भाषामा अनुदित आधिकारिक बाइबल King James Version लाई New King James Version बनाउँदा बाइबलको मौलिक अर्थ होइन, तर पछिल्‍लो भाषिक संरचनाअनुरूप हेरफेर गरेको मात्र हो। बानी परेको कुरा छोड्‍न र बदलिन कसैलाई कहिलै कहाँ सजिलो हुन्‍छ? मानिसमा बस्‍ने बानी परेको भूतलाई येसुले त्‍यो मानिसबाट निकालिदिने डरले परमेश्‍वरकै नाउँमा येसुलाई बिन्‍ती चढाउँछ, “म परमेश्‍वरमा शपथ खाएर तपाईंलाई बिन्‍ती गर्दछु, कि मलाई दु:ख नदिनुहोस्” (मर्कुस ५:७)।

के हिब्रु र ग्रिक भाषाका लिपि देवनागरी थिए? थिएन भने, ख्रिस्‍चियन आगन्‍तुक शब्‍दबाट संस्‍कृत वर्ण किन नहटाउने? ‘मर्कुस’ नामाकरण गरिएको हरेक ख्रिस्‍चियन बालकका बाबुआमाले बाइबल पढेर आफ्‍नो छोरोको ‘मर्कुस’ नामको हिज्‍जे बर्धन्‍ने ‘कू’ लेख्‍न सिकाउने? अनि शिक्षकले पाठ्‍यपुस्‍तकअनुरूप ‘ह्रस्‍व’ (तर्कुल्‍ले) ‘कु’ लेख्‍न सिकाउने? यसरी बालबालिकालाई सबैले कुटिरहने?

यसर्थ, नेपाली बाइबलको वर्णविन्‍यास तुरुन्‍त संशोधन गर्नै पर्छ। बाइबल अनुवाद गर्ने पुर्खाहरु धेरै धन्‍यवादका पात्रहरु हुन्, र ठुलो गुन लगाए। हृदयदेखि सम्‍मान छ। पाठकका प्रश्‍न वा प्रतिक्रियालाई इमेलमा स्‍वागत गर्दछु। धन्यवाद! [सम्‍पर्क: [email protected]]

[प्रकाशक: यो लेखमा कुनै सैद्धान्‍तिक वा वैचारिक उल्‍झन भएमा लेखक स्‍वयम् जिम्‍मेवार छन्।]

[1] आदर्श समाज सम्वाददाता, वर्णविन्यासमा परिवर्तन अप्राज्ञिक काम, https://www.eadarsha.com/nep/article, भाद्र २२, २०७४

[2] आचार्य, शर्वराज (२०७४), नेपाली वर्णविन्‍यासको मानकीकरणको इतिहास, काठमाडौं: नेपाल प्रज्ञा-प्रतिष्ठान ।

[3] शर्मा, कुसुम, (२०६९), नेपाली भाषामा टर्नरको योगदान, काठमाडौं: ओरियन्‍टल पब्‍लिकेसन

[4] वस्ती, शरच्‍चन्द्र (२०७४) नेपाली कसरी लेख्‍ने? ललितपुर: शिक्षक मासिक, पृ १९

[5] वस्ती, शरच्‍चन्द्र (२०६९) हाम्रो भाषा, काठमाडौं: पाइनप्रिन्ट बुक्‍स, पृ ३९

[6] बृश* नेपाल प्रज्ञा-प्रतिष्‍ठान (२०७५), नेपाली बृहत् शब्दकोश (दसौं संस्‍करण), काठमाडौं: नेपाल प्रज्ञा-प्रतिष्‍ठान

 

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

October 13, 2026

असोज २६, २०८३ सोमबार काठमाडौं : लामो समयदेखि ठूला बसमार्फत मुख्य सडकहरूमा मात्रै सेवा दिँदै आएको साझा यातायातले अब उपत्यकाका साँघुरा...

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

October 12, 2026

२६ असोज २०८३, सोमबार काठमाडौं : ओमानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित...

Recent Posts

  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ
  • क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित
  • मानव अधिकार र न्यायका लागि जीवन समर्पित गर्ने नाभी पिल्लेलाई २०२६ को नोबेल शान्ति पुरस्कार

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In