• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

३:१६मा के छ ?

by Aadaan Pradaan
November 17, 2016
in Articles, Literature
Aadaan Pradaan
Aadaan Pradaan
आदान प्रदान

प्रिय अंकल,

मसिहामा जीवित शालोम अभिवादन । म फिन्जो ।

धेरै भो अंकल । सम्पर्क टुटाको हैन, आज राम्रो सुहाउँदो समय मिल्यो हजूरलाई लेख्ने, मनको कुरा बताउने । मनभित्र भरेको कुरा अरू कता पोखाऊँ ? हजूरको याद आइरहन्छ ।

अस्ति मैले बीरधोज दाजुलाई भेटे। उहाँ चार वर्ष पुरानो ख्रीष्ट विश्वासी हुनुहुन्छ। मैले सोधेको थिएँ बाइबलको पठनबारे। उहाँको पाठपठन कस्तो छ भनी सोधें। उहाँले अचम्मको कुरा गर्नुभो।

“फिन्जो भाइ मैले बाइबललाई आदर भक्तिसहित दराजमा थन्काइदिएँ”

“दाजु, बाइबल थन्काएको कति भयो?” मैले सोधें

“करिब दश मैना भो।”

“किन?” भनी सोधें, छक्क परें, म त तर्से नि अंकल। बीरधोज दाइले एकछिन सोचेर बताउनुभो,

“किनभने, अति धेरै कुरा, अति धेरै पुस्तक, अति धेरै आदेश, अति धेरै सल्लाह र हुकुम ..अति, अति, अति..फिन्जो भाइ अति भो..”

मैले उहाँलाई विन्ती गरेँ, “बीर दाइ अलिक खुलस्त बताउनू न, मैले बुझिनँ”

उहाँको उत्तर यस्तो आयो ….“सुन भाइ, म पढ्दै, नपढ्ने, प्रभु नमान्ने मान्छे त हैन । म पनि उहाँको भक्त नै हुँ क्यारे । तर मैले एसो सोचेँ, ध्यान गरे, गहिराइमा डुबेँ अनि मैले के थाहा पाएँ भने हामीलाई अतिचार भइराछ यहाँ ..अत्यचार हैन अतिचार …  अति भो के अति । सुन भाइ, साधारण एउटा नमूना । कलस्सीको पुस्तक नयाँ करार।

त्यो त्यही सहरको मण्डलीको विश्वासीलाई लेखिएको हो। हो कि होइन ? त कलस्सी वासीहरू … उनीहरूले थेसलोनी, मत्ती, सत्ती, गलाती, रोमी, सोमी सबै पढे होलान् त? अवश्य त्यति मात्र हो कलस्सी। कलस्सी वासीहरूले कलस्सी मात्र पढे । छोटो, मिठो, चिटिक्क। उनीहरूलाई कोरिन्थीको बेभिचार,  कोरिन्थीको अन्य भाषा, रोमीको अब्रहाम, गलातीको खतना, एफिसीको आत्मिक युद्ध, थेसलोनीको मृत्यु, बौरी उठाइ, सुठाइ केही चाहिएन । कलस्सीको त्यै चार अध्यायको कुरा सुने, पढे, मज्जाले माने उनीहरूले। निर्धक्क, ढुक्क, चिलाइ न कनाइ।  मैले चैं किन हरेक मण्डलीको सबै किताब, खुर्की, खुर्की, घोकी, घोकी, पल्टाइपल्टाई दिन रात पढ्नु? हामीलाई अल्छी लाग्दैन? हामीलाई भारी हुँदैन? हामीलाई पटेर लाग्दैन? हामीलाई ओभर डोज, ओभर लोड हुँदैन?”

अंकल, मैले उहाँलाई कुनै विरोध गरिनँ, आपत्ती जनाइनँ, मलाई खुसी लाग्यो वीरधोज दाइले नलुकाइ आफ्नो मनको बोझ बताउनु भएको थियो। मलाई विश्वास, भरोसा गरेरै बताउनुभो।

“दाइको कुरा मैले कताकता बुझेँ दाइ” मैले उहाँलाई बताएँ, “अनि दाइलाई मनमा आउने बाइबल पद कुनै छ कि? मनमा दोहोरिने, मगज आत्मालाई कैले नछोड्ने तेस्तो कुनै भर्स छ कि?”

अंकल मलाई कस्तो खुसी लाग्यो । मैले ठीक प्रश्न गरेछु । वीर दाइ मिठो हाँस्नुभो, मुहारै उजेलो । उहाँले भन्नुभो, “छ नि मेरो मनमा एउटा भर्स । एउटा पद त छ नि, खरुरु आउने ..सारै वचनै शून्य त मान्छे कसरी बाँचिन्छ नि ?”

उहाँ हाँस्दै चुप्प लागेको देखेर मैले उहाँलाई फेरि अनुरोध गरे, “दाजु त्यो कुन पद हो बताइदिनू न मलाई । सायद मैले पनि जानेको हो कि ?”

फेरि उहाँ खुसी देखाहा पर्नुभो, “ह्या भाइलाई था छ, सबलाई था छ त्यै हो त्यै क्या ?”

अंकल मैले अझै मानिनँ र सोधेँ, “दाइ, मलाई भाइ भन्नुहुन्छ, हाँसेर बोल्नुहुन्छ, पद नम्बर भन्नु धक मान्नुहुन्छ, सरम मान्नुहुन्छ….”

उहाँले तेसपछि अलिक सानु सोरमा भन्नु भो, “त्यै ३को १६”

मैले थपेँ, “यूहन्ना? यूहन्ना ३:१६ ?”

वीरधोज दाइले तल भूइँतिर हेरेर “हो” मा शिर मात्र हल्लाउनुभो । अप्ठेरो मान्नुभो । सानु सोरमा मुखभित्रै बोल्नुभो, “यूहन्ना हो ३:१६”

मैले त्यो वाक्य नसुनेको जस्तो गरेँ । कारण उहाँलाई अर्को पद भन्नु नसकेकोमा संकोच, सरम भयो होला । मैले वीरधोज दाइलाई शान्त आवाज र भावमा सोधें,

“दाइ, परमेश्वरले संसारलाई कस्तो प्रेम गर्नुभो र कसरी गर्नुभो ? यो ३:१६ अनुसार ?”

उहाँले अलि सजिलो मान्नुभो र भन्नुभो, “आहो कस्तो प्रेम नि ? गजबको प्रेम एक मात्र पुत्र दिने गरी प्रेम देखाउनुभो परमेश्वर पिताले, फिन्जो भाइ ।”

“त्यो पुत्रको नाम के हो दाइ ?”

उत्तर, “ख्रीष्ट हो नि येशू ख्रीष्ट । मर्नुभो नि सारा संसारको लागि हाम्रो ख्रीष्ट । उहाँलाई म कति मान्छु यही पद सम्झँदै …”

मैले अलिक सफा आवाजमा बोल्ने आँट गरे अनि भने, “दाइ अचम्म लाग्यो आज मलाई,  तपाई यूहन्ना ३:१६को ख्रीष्टलाई मान्नुहुँदो रैछ तर कलस्सी ३:१६को कुरा चैं मान्नुहुन्न रैछ..”

उहाँले निधार कुच्याउनुभो, “हैन के भन्छ हो यो फिन्जो कलस्सी ३:१६मा के छ तेस्तो ख्रीष्टको बारेमा मैले नमानेको कुरो ??”

मेरो बाइबल रेडी थ्यो, मैले उहाँलाई देखाएँ, “ल दाइ, तपाईकै आवाजमा यो पढ्नुहोस् त कलस्सी ३:१६ ..”

उहाँले बाइबल नयाँ करार हातमा लिएर पढ्नु भो, “ख्रीष्टको वचन तिमीहरूमा प्रशस्ततासँग वास गरोस ….हँ ?!?” उहाँको अनुहारमा चिन्ता पोतियो, के भो कुन्नि वचनले छोयो होला अंकल तेसभन्दा उता पढ्न सक्नु भएन । फेरि त्यो पुस्तक हेर्दै हल्का फतफताउनुभो, “यो पनि ३:१६नै रैछ, म पनि कस्तो लट्ठक ।  प्रशस्तता भनेको रैछ, अलि अलि हैन वचन, प्रशस्त ….”

पवित्र आत्माले यही कामको लागि मलाई उहाँकहाँ डोर्‍याउनु भएजस्तो लाग्यो । अंकल मैले मनमनै प्रार्थना जारी राखेर उहाँलाई सम्झाएँ, “दाइ पुस्तक धेरै छन् । दुइ चार पुस्तक पढ्न लागेपछि रस भिज्छ दाइ अनि आफै नै पढ्नु मन लाग्छ नि । बिस्तारै तर रेगुलर दिनदिन अलिअलि भए नि पढ्नुपर्छ । अब तपाईलाई अर्को ३:१६ देखाउँछु है ?”

फेरि ३:१६ नै उहाँको कानमा पर्दा उहाँ हल्का तर्सनुभो । मैले २ तिमोथी ३:१६ उहाँलाई शब्द शब्द छुटाएर बिस्तारै पढी सुनाए, “सम्पूर्ण पवित्रशास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो । सिकाउनलाई अर्ति दिनलाई ……”

उहाँले मेरो हातबाट बाइबल लिएर चुपचाप यसलाई पढ्नुभो । उहाँको मुहार धेरै गम्भीर पाएँ । उहाँको स्वभाव नै रहेछ आफै धिमा बोल्ने । “हन यो पनि वचनकै ३:१६, त्यो अघिको पनि वचनकै ३:१६ । हट हो । एसरी त भएन ….। ‘सम्पूर्ण पवित्र शास्त्र’ भनेको त सबै किताब हो, ‘ख्रीष्टको वचन तिमीहरूमा प्रशस्ततासँग ‘ वास भनेछि त एउटा पदले काँ पुग्छ नि ।”

यसरी अंकल हजूरसँग आज यो खुशीको भेटघाट बाँट्न मन लागेर यो पत्र पठाको । उहाँलाई मैले सम्झाएँ, कलस्सीमा चार दिन बसे नि हुन्छ । तिमोथीलाई आठ दिन लाएर पढे नि हुन्छ । पढने कामलाई बिस्तारै अघि बढाउने, पढ्ने दोहोराउने हो दाइ भनी सम्झाए । उहाँले मसँग प्रार्थना गरेर, चिया पान गराएर त्यो दिन अंगालै मारेर, धन्यवाद भनेर विदा दिए अंकल । कति धेरै आशिष पायौं दुवैले । आजलाई विदा पाउँ है अंकल । मसिहाको शालोम ।

फिन्जो

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In