• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

विकास, मण्डली र संघसंस्था; परीवर्तनको शुरुवात कहाँबाट गर्छौ ?

by Janak B.C.
March 21, 2016
in Articles, Special
janak_bcपेरुको उत्तरी प्रान्तमा एउटा जनजातीको बसोबास छ जसलाई “एमोआई जाती” भनेर चिनिन्छ। जब सुसमाचार पहिलो पटक त्यस प्रान्तमा आयो, परमेश्वरले त्यहाँका मानिसहरुका बिचमा अचम्म रीतिले काम गर्नुभयो। भौगोलिक दृष्टिकोणले एमोआईहरुको जीवन त्यति सजिलो भने अवश्य थिएन। सिंचाईको सुविधा नभएका कारण खेतीपाती पनि त्यति राम्रो हुदैनथ्यो। फेरि बजारको अभावले गर्दा स्थानिय जनताले जेनतेन गरि उब्जाएको फसलको खपत पनि हुदैनथ्यो। एमोआईहरुको आर्थिक अवस्था त्यति राम्रो नभए पनि उनिहरुका बिचमा सु-समाचारको प्रभाव भने अति प्रभावकारी नै थियो। यद्यपी आर्थिक अवस्थामा कमजोर भएता पनि परमेश्वरसँगको सम्बन्ध र उनीहरुको गवाही भने वरिपरिको समाजमा उदाहरणीय थियो। उनीहरुका मण्डली भवन माटोले नै बनेका थिए। गाउँमा नै उपलब्ध सुकेका घाँस र बाँसद्धारा मण्डली घरका भित्ता र छानाहरु बनेका थिए। तर जे भएता पनि मण्डलीमा मानिसहरु आउने र परमेश्वरको मण्डली बढ्ने प्रक्रिया तिब्र रुपमा भईरहेको थियो। एमोआई जनजातीहरुको एउटा विशेष गुण अथवा सिप थियो। उनीहरु हस्तकलाका सामाग्री निर्माण गर्नमा अति नै निपुण थिए। तर ति सामानहरुले बजार भने पाउन सकेका थिएनन्। जे होस, मण्डलीको वृद्धि र विश्वासीहरुको जीवनमा आत्मिकी जागृति झल्किरहेको थियो।
renew
सन् १९८० को अन्ततिर मिशनरीहरु एमोआई समुदायहरुका माझ आए। उनीहरुले एमोआई समुदाय हस्तकलाका क्षेत्रमा अति नै निपूण भएको र यदि ति सामाग्रीहरुले उचित बजार पाएको खण्डमा एमोआई समुदायको आर्थिक विकास हुनसक्ने सम्भवना देखे। वास्तवमा त्यो राम्रो विचार नै थियो। केहि समय पछि मिशनरीहरु र मण्डलीका अगुवाहरुको बिचमा सर-सल्लाह भयो। सबैको सल्लाह र विचार अनुसार, गाउँका मानिसहरुले हातमा भएको सिप अनुसार सर-सामग्री तयार गर्ने र ती सामाग्रीहरुका निम्ति मिशनरीहरुले बाहिर मुलुकमा बजारको खोजी गर्ने सम्झौता भयो। यस कार्यका निम्ति उनीहरुले एउटा सहकारी संस्थाको शुरुवात गरे। सोच अति नै राम्रो भयो र सबै कार्य प्रक्रियागत तवरले नै भईरहेको थियो। मिशनरीहरुले सामानको निम्ति उचित बजार पनि पाए र स्थानिय मानिसहरुले तयार पारेका सामानहरु अब बाहिर मुलुकमा निर्यात हुन थाल्यो। सहकारीले वास्तवमा धेरै फाईदा गरीरहेको थियो।
तर दुर्भाग्यपूर्ण कुरा, त्यो सहकारी खोलेको २ सालको अन्तरालमा मण्डलीमा ठुलो समस्या आयो। आर्थिकी कारोबारो नमिलेका कारण मण्डलीका अगुवाहरु बिच शंका-उपशंका शूरुवात भयो र त्यसले मण्डली-मण्डली विच नै मतभेद ल्यायो। त्यसको १ साल भित्रै नै त्यो सहकारीलाई बन्द गर्नुपर्यो। अब बजारमा माग भएपनि ती समानहरु नबन्ने भए। ६ साल देखी बढीरहेका मण्डली विस्तारै तहस नहस भयो। आज करिब ३ दशकको अन्तरालमा फेरी मण्डलीको विकास विस्तारै हुन थालेको छ।
विचार गर्नुहोस्।
१. वास्तवमा समस्याको जड के जस्तो लाग्छ?
२. के सहकारीको शुरुवात गर्नु नै नहुने हो र?
३. के मिशनरीहरुले बजार खोजीदिनु समस्या निम्त्याउनु थियो?
४. सहकारी शुरु भए पश्चात मण्डलीको प्राथमिकता के बनेको थियो?
यस्तो समस्या केवल पेरुमा मात्र होईन, यदि ईमान्दारीले हेर्यौ भने हाम्रो देशमा यस्तै उदाहरण नपाईएला भन्नसकिन्न। परमेश्वरको काम कहिल्यै पनि मानिसको बुद्धिले मात्र गर्नसकिदैन।परीवर्तनको बारेमा परमेश्वरले अति सुन्दर प्रकारले व्याख्या गर्नुभएको छ। यहोशूले यरीहो शहरमा आक्रमण गर्नुभन्दा पहिला एउटा स्वर्गदुतसँग जम्काभेट गरेका छन्। यस घटनालाई बाईबलमा यसरी उल्लेख गरीएको छ। यहोशू उनीकहाँ गएर सोधे,  ‘तपाई हामीपट्टि हुनुहुन्छ कि हाम्रा शत्रु पट्टि हुनुहुन्छ।’ अनि त्यस दुतले भने कि, म कतै पनि छैन। उनले फेरि जवाफ दिए, ‘तर परमप्रभूको फौजको कप्तान भएर म यहाँ आएको हुँ। बाईबलीय तरीकाले परीवर्तनको केन्द्र परमेश्वर हुनुहुन्छ, मानिस हुदैन। तर आजभोली संघसंस्थामा कता कता मानीस हावी भएको पाईन्छ। दुखको कुरा यो समस्याबाट ख्रीष्‍टियान संघसस्थाहरुपनि गुज्रिहेका छन्। हामो परीवर्तनको शुरुवात कहाँबाट गर्छौ?जतिसुकै राम्रो योजना भएपनि या जतिसुकै राम्रो Log-frame भएपनि यदि हामीहरुले चेलापन एंव परमेश्वरको मण्डलीको उद्देश्यलाई हाम्रो काम र योजना सगँसगै लाग्न सकेनौ भने हामी असफल हुन्छौ। एमोआइहरुको समस्या पनि यहि नै थियो। दिमाग र भावनाको घेरामा रहेर सहकारीले धनपैसो त कमाउन सक्यो तर परमेश्वरको डर र बाटो भने सिकाउन सकेन।
हाम्रा असल कामहरुले कत्तिको हृदयको परीवर्तनका कुराहरु गर्दछन्?मिशनरीहरुको प्रयास अति राम्रो हो तर परमेश्वरको उद्देश्यले सहकारीमा ठाउँ पाउन सकेन। जब मण्डलीमा उहाँको डर हुदैन् हामीहरु पनि हावासगसँगै बरालिन पुग्छौं।
यसकारण भाइ हो, परमेश्‍वरको कृपालाई ध्‍यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्‍मिक उपासनाको रूपमा आ-आफ्‍ना शरीरलाई पवित्र र परमेश्‍वरलाई ग्रहणयोग्‍य हुने जिउँदो बलिको रूपमा अर्पण गर। २ यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक। रोमी १२;१-२
यहाँ “आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ” भनि लेखिएको छ। अर्थात हृदयको परीवर्तनको कुरा आउछ। आज हाम्रो समाजमा रहेका संघसस्थाहरुमा हामिहरूले पनि कतै परीवर्तन या रुपान्तरणलाई केवल दिमाग (सोचाई) र भावनासम्म मात्र सिमीत राखेका छौ कि? कतै हामी तेस्रो तहसम्म नपुगि बाहिरमात्र रुमलिरहेका छौ कि? यो प्रश्न आज हामी सबै ख्रीष्‍टियान संघसंस्थाहरुले आफैसँग सोध्नु पर्ने हुन्छ। समाजलाई मनको नवीकरणको आवश्यकता छ र त्यसको निम्ति मण्डली एक महत्वपुर्ण हतियार नै हो।त्यसैले कतिपटक यसका निम्ति ख्रीष्‍टियान संघसस्थाहरुलाई मण्डलीले सशक्त पार्नपर्ने अवस्था छ।

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

October 13, 2026

असोज २६, २०८३ सोमबार काठमाडौं : लामो समयदेखि ठूला बसमार्फत मुख्य सडकहरूमा मात्रै सेवा दिँदै आएको साझा यातायातले अब उपत्यकाका साँघुरा...

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

October 12, 2026

२६ असोज २०८३, सोमबार काठमाडौं : ओमानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित...

Recent Posts

  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ
  • क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित
  • मानव अधिकार र न्यायका लागि जीवन समर्पित गर्ने नाभी पिल्लेलाई २०२६ को नोबेल शान्ति पुरस्कार

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In