• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

ईश्वर कहाँबाट आए ?

by Loknath Manaen
December 28, 2015
in Articles
Loknath Manaen
Loknath Manaen

लोकनाथ मनेन

 

घामको अस्तित्व महत्वपूर्ण लाग्छ मलाई । उ अस्ताउँदा र उदाउँदाको क्रममा सेकेन्ड, मिनेट, घन्टा गर्दै हप्ता, महिना, वर्ष र शताब्दीहरू बन्दै जान्छन् । सम्राट, राजा, कमारा, जमिन्दारहरू आउँछन्, हराउँछन्, सभ्यता, असभ्यता झुल्किन्छन्, मेटिन्छन् । भाषा, बोली उदाउँछन् भारी मिश्रणमा पर्छन् । युद्ध, जोखिम, बाढी, अनिकाल, प्रकोपहरूले बसाइ सराइको अविराम क्रम चलिरहन्छ । घाम र आकाशको छाहरीमुनि सब हुन्छ ।

पृथ्वीदेखि ३०–४० किलोमिटर माथि (?? माथि ? तल ? देब्रे दाहिने ?) ‘माथि,  नै भनौ  खास शब्द बनेको छैन । कारण केको तुलनामा माथि ? त्यहाँ हामी पुग्ने बित्तिकै पृथ्वीको दिशा, पृथ्वीको अनुभव, व्याकरण, स्याकरण, दूरी,  निकटता शब्दहरू सब काम नलाग्ने झुत्रो मात्र होइन, असान्दर्भिक, बेअर्थी बन्छन् । पृथ्वीमा केही आउनु, उम्रनु, पैदा हुनु, बढनु, लडनु, जानु, हराउनु, लम्मिनु, छोटिनु, यी सब यहीँका जलवायु र वातावरणसँग मात्र सम्बन्धित पदार्थ र यथार्थ भएको हुनाले स्पेस, अन्तरिक्षमा पुग्ने बित्तिकै ती सबै शब्द विदेशी, परदेशी र अर्थहीन, पराई, अपरिचित बन्छन् । भाषा मात्र होइन, धारणा, आइडिया, कन्सेप्ट नै नमिल्ने बन्छ पृथ्वी छोड्ने बित्तिकै ।

 

लेखको मूल विषय, घाम, हावा र पानीको मदतमा बाँचेका, अडेका जीवधारीहरूले ती शक्तिशाली आड र स्रोतका सर्जक ईश्वरलाई तिमी कहाँबाट आयौ ? भन्नु अचम्मै साहसी प्रश्न लाग्छ मलाई । यो सत्य हो हामी त्यो व्यवस्थाभित्र सास फेरिरहेका छौं – जहाँ हरेक कुरो कहींबाट आउनैपर्छ, कहीँ बनेको हुनुपर्छ र कसैले बनाएको हुनुपर्छ । त्यो स्वभावतः भत्कनु, चर्कनु र बिलाउनु पनि पर्छ । अत्यन्तै विराट सौर मण्डलीय शासनको अधीनमा चल्ने हाम्रो अन्तरिक्षको एक सानो विन्दू पृथ्वीभित्रको अनुभव र सामान्य सिद्धान्त हो त्यो – हरेक थोक, हरेक प्राणी, हरेक व्यक्ति, हरेक जेकेही, जोकोही कहीँबाट आउनै पर्ने (पैदा, सिर्जना, निर्माण,उत्पादन हुनुपर्ने) नियम । पृथ्वीको यथार्थ । महान, अटूट, अचल, अविराम सिद्धान्त । तर सर्जक, परिकल्पनाकार, रचनाकार परमात्मालाई पनि त्यही सिद्धान्तभित्र जाक्नु उचित ? अनुचित,? न्याय, अन्याय ? के हो ?

 

घामको वृत्त व्यास – डायामिटर लगभग १३ लाख चारसय किलोमिटर हो भने पृथ्वीको बाह्र हजार सात सय । पृथ्वीभित्र अण्डा, बच्‍चा, बिउ, माटो, पानी, हावा, वर्षा, जमिनभित्र र बाहिर आदिबाट कहीँ न कहीँबाट हरेक कुरो आउनुपर्छ । त्यसको नाउँ पनि र त्यो प्राणी वा वस्तु पनि पृथ्वीभित्र पैदा भएको हो । यस्ता पृथ्वी, तेस्ता घाम अनि घामभन्दा हजारौं हजार गुणा ठूला घाम र तारालाई अस्तित्व प्रदान गर्ने ईश्वरलाई यही प्ल्यानेट, यही ग्रहभित्रको शब्दकोश, चलन र अनुभव, प्रक्रिया र प्रवाहबाट नापेर, “तिमी पनि कतै बनियौ, हाम्रो सिद्धान्त बाहेक अरू कुनै सिद्धान्त सारा ब्रह्माण्डमा लागु हुन सक्दैन, हुन हुँदैन ।” यसरी ढिपी कस्नु न्यायपूर्ण हो कि अन्यायपूर्ण, निर्मम अत्याचार हो, पाठकगण आफै सोच्नुहोस्।

 

एकदिन येशू हाम्रा महान गोठालाले यो अनौठो व्याकरण बोल्नभयो, “अब्रहाम हुनुभन्दा अघिबाटै म छँदैछु ।” यूहन्ना ८ः५८ । लगभग तीन हजार वर्ष पुराना व्यक्ति अब्रहाम । उहाँले म अझै पहिले भन्नुभयो, “अब्रहामले मेरो दिन देखे अनि रमाए ..” ८ः५६ । मानिसहरूले यो पागल वाक्य सुनेर ढुङ्गै उठाए । अर्को दिन उहाँले आफ्नो भाषिक समस्या स्वीकार गर्नुभयो, “परमेश्वरको राज्यलाई म के सँग तुलना गरूँ ?” लूका १३ः२० ।  सकस नै प¥यो उहाँलाई स्वर्गको कुरा पृथ्वीको मानवलाई बुझाउन ।  मानव अनुभवले बुझ्ने शब्द सामग्री सधैं उहाँले च्याट्ट मिलेको अवस्थामा झ्वाट्ट भेटाउनुभएन । राज्यको कुरो बुझाउने प्रयासमा “स्वर्गको राज्य रायोको दानाजस्तो …”,“खेतमा गाडिराखेको गाडधन जस्तो”, “असल मोती खोज्ने व्यापारीजस्तो”, “यो जस्तो”, “उ जस्तो” । यस्तै पार्थिव, मानव निर्मित कच्चा शब्द र उदाहरणको सहारा लिनुभयो पृथ्वीका मालिक येशूले । अति विशाल उहाँको अनुभवको कुरोलाई अति सानु, लुलो मानव अनुभवहरूको नक्सा, चित्र प्रयोग गरेर बुझाउँनुपर्दा कति गाह्रो पर्‍यो उहाँलाई हामी अनुमान लाउन सक्दैनौं । मानव हात, मानव धर्म, मानव चलन, अन्धविश्वास, रिवाज र रीतिहरूले विभत्स बिगारिसकेको भ्रान्ति र भ्रमहरूको जगमा जमेको पृथ्वीलाई सुधार्न उहाँ आउनुभएको थिएन । स्वर्गको राज्य र त्यहाँको रीतिविधि, चलन, चाल र संस्कृति सिकाउन आउनुभएको थियो । र त्यहाँ पुर्‍याउने बाटो तयार गर्न आउनुभएको हो । भाषा र शब्द अनि अर्थहरूको समस्यामा गुरु प्रभु येशूवा हतासै हुनुभयो, “मैले तिमीहरूलाई पृथ्वीका कुरा भने र पनि तिमहिरू विश्वास गर्दैनौ, त तिमीहरूलाई स्वर्गका कुरा बताएँ भने कसरी विश्वास गर्न सक्छौं ? यूहन्ना ३ः१२ ।”

 

भिन्न, विशिष्ट मानसिकता र शब्दावली र शिक्षा जसको निम्ति हामीमा भएको मगज पनि तयार छैन र शरीर, समाज र संस्कार पनि तयार छैन । हामी त खत्तम नै छौं । यसैकारण, “धर्मशास्त्र बुझ्नलाई उहाँले चेलाहरूको समझ खोलिदिनुभयो, लूका २४ः४५ ।”

 

निकोदिमसको भेटघाटको घटनामार्फत हाम्रा, प्रभु राजा र महान गुरु बोल्नुभो । तर निकोदिमसले र हामीले पनि पटक्क नबुझ्ने भाषामा बोल्नुभयो, “कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन ..” यूहन्ना ३ः३ । हामी सब निकोदिमस भन्ने नाम चलेका गुरुसँग उभेर सोध्नुपर्छ, “यो कसरी हुनसक्छ ?” ३ः९ ।

 

किनभने गुरु निकोदिमस र हामी घामको चक्करमा चल्ने, हावा, बतासमा सास फेर्ने अनि मानवीय जन्म र मृत्य मात्र बुझने प्रणालीका विवस प्राणी हौं ।

 

यो सौर मण्डल भित्र जन्मनुको अर्थ आमाको गर्भद्वारा मात्र हो । अर्को दिन फेरि हाम्रा गुरु, महान राजा, पृथ्वीका सृष्टिकर्ता बोल्नुभो । फेरि पनि पृथ्वी बाहिरको भाषा नै चलाउनुभो, हामीले नबुझने, “मलाई विश्वास गर्ने मर्‍यो भने पनि जीवित हुनेछ, कहिल्यै मर्नेछैन ।” ११ः२५ । हाम्रो अनुभव, हाम्रो पक्का इतिहास र प्रक्रियाभित्र मृत्यु नितान्त अनिवार्य, अपरिहार्य घटना हो । हामी नश्वर हौं, अनित्य छौं । तर उहाँले त उहाँजस्तै नमर्ने अनन्त बनाउने भन्नुहुँदैछ । येशू ख्रीष्टको ठूलो चाहना, मान्छेलाई फेरि नमर्ने बनाउनु ।

 

रोगहरूमध्ये प्यारालिसिस पनि एउटा रोग हो, (लाइसिस होइन है) । हातको, खुट्टाको, अनुहारको । तर अझ सोचनीय प्यारालिसिस पल्सी हो, मगजको । सिपि । अब सोच्नुहोस । मरेपछि त त्यो मगज कुहुन्छ नै, काम न काजको बनेर माटोमा बिलाउँछ नै । तर जिउँदो बेलामा पनि कति मानिसहरू मगज नचलेर आजीवन परनिर्भर बनी बाँच्नुपर्छ । सेरब्रल पल्सी, ब्रेनको प्यारालिसिसले पीढित बनेको व्यक्तिले मानव हुनुको अर्थ नै बुझेको हुन्न ।

सेरेब्रल पल्सी भएर चल्दै नचल्ने, अथवा राम्रो सत्कर्ममा चल्ने दिमाग, सायद खतरनाक योजनामा मात्र चल्ने मगज, सायद देशलाई शासन गर्ने मस्तिष्क । तर जसरी चले पनि अन्त्यमा गएर मर्ने अनि माटोमा कुहुने, आगोमा जली खरानी बन्ने मस्तिष्कबाट सोधिने सबैभन्दा नालायक प्रश्न यही हो सायद “ईश्वर चैं कहाँबाट आए ?” कारण उहाँ घाम, वायु, माटो र पानीले शासन गरेको पृथ्वीका हुनुहुन्न ।

 

“म पिताबाट आएको छु, अनि संसारमा आएको छु, र म फेरि संसारलाइ छोडेर पिताकहाँ जाँदैछु ।” यूहन्ना १६ः२८ । उहाँ हामीलाई ‘उहाँको संसारको बनाउन’ आउनुभयो जहाँ इहलोकको टिकटिक घडी चल्दैन । झुल्कने, निभ्ने घामको प्रणालीभित्र मानवीय ब्रेनमा चल्ने, मानवीय मगजले राज्य गर्ने प्रणाली छैन । त्यो इहलोकको विपरीत हो ।  परलोक हो ।  यूहन्ना १७ः१६ मा बोल्नुभो,  “तिनीहरू (ख्रीष्ट विश्वासीहरू) संसारका होइनन् जसरी म पनि संसारको होइन ।” “तपाई परमेश्वर पिताले म येशूलाई संसारमा पठाउनुभयो ..१७ः१८ ।”

 

“हे पिता, संसारको सृष्टि हुनअघि तपाईको सम्मुख मेरो जुन महिमा थियो ….” १७ः५ । सृष्टिको अघि अर्थात यो दिमाग र शरीरको परिकल्पना हुनअघि उहाँ हुनुहुन्छ । घामको सृष्टि हुनअघि र हावाको सृष्टिअघि । लोजिक, तर्क, शास्त्र, धर्म, रिवाज, रीति, कुरीति, प्रथा, कुप्रथाहरू बन्नअघि ।

 

समस्या तब सुरु हुन्छ जब पृथ्वीदेखि बाहिर अनि सौर मण्डलका मालिक महान आत्मा र अस्तित्व परमेश्वर स्वयम्लाई हामी पृथ्वी र सौर्य प्रणालीभित्र तानी, घिसारी ल्याउँछौ, यहीँका बनाउँछौं, ठान्छौं अनि सोध्छांै, तिमी कहाँबाट कैले आयौ ? कसले बनायो ? यो प्रश्न सृष्टिकर्तामाथि विश्व ब्रह्माण्डका मालिक माथि अत्याचार पनि हो अनि हाम्रो मूर्खता र दम्भको पराकाष्ठा पनि हो । हाम्रा बाहेक अरू सिस्टमलाई मान्यता र स्थान नदिने हठ । सौर चक्करको भरमा जिउने मान्छेको निर्लज्ज अडान । नाकको सासमा अडिने, चुढिने प्राणीको संकुचित सोच परिधि ।

 

उहाँले कसरी, के जवाफ कसलाई किन दिनुपर्ने ? उहाँले सायद यति मात्र भनिदिनुपर्छ,  “म जान्दछु, म कहाँबाट आएको हुँ, र म कहाँ गइरहेछु । तर तिमीहरू जान्दैनौ, म कहाँबाट आउँछु, वा कहाँ  गइरहेछु । तिमीहरू मानव दृष्टिले न्याय गर्दछौ ।” यूहन्ना ८ः१४,१५ । मैले भनेको तिमीहरू किन बुझ्दैनौ ?, ८ः४३ । “तिमीहरू तलका हौ, म माथिको हुँ । तिमीहरू यस संसारका हौ, म यस संसारको होइनँ, ८ः२३ ।” “मेरा विचारहरू तिमीहरूका विचार होइनन् । जसरी आकाश पृथ्वीभन्दा अल्गो छ, मेरा विचार तिमीहरूका विचार भन्दा अल्गा छन्, यशैया ५५ः८,९ ।”

 

हामी पानी भन्छौं उहाँ जिउँदो पानी भन्नुहुन्छ, हामी जीवन भन्छौं उहाँ अनन्त जीवन दिनुहुन्छ, हामी घाम भन्छौं, दिन र रात भन्छौं, बाइबल स्वर्ग बुझाउँछ, “त्यहाँ फेरि रात हुनेछैन, तिनीहरूलाई बत्ती वा घामको उज्यालो चाहिनेछैन, किनकि परमप्रभु परमेश्वर नै तिनीहरूको उज्यालो हुनुहुनेछ, प्रकाश २२ः५ ।”

 

यसकारण स्वर्गबाट आउनुहुने ईश्वरका पुत्रलाई हामी कसरी गोठमा जन्मेको बालक, असहाय, विचारा भनेर हेर्न, सोच्न सक्छौं ? क्रूसमा टाँगिनुभएको घटनालाई  कसरी हामी विचारा, असहाय प्रभु भनेर सोच्न सक्छौं ? यी सबबाट पाप बलिदानको महान योजना पूरा भएको थियो । विचारा बालक होइन, बिचारा प्रभु होइन । बिचारा हामी ।

 

आदरणीय पाठक यसैकारण यही परमेश्वर जो पृथ्वीका उत्पदन होइनन्, उल्टो पृथ्वीका उत्पादक, रचनाकार, निर्माता र उद्धारकर्ता हुन् उहाँले आफ्नो अधिकार इस्तेमाल गरेर यो घोषणा र आदेश दिएर पृथ्वीलाई सम्झाउनुहुन्छ, थर्काउनु हुन्छ, यो आदेश दिने अधिकार उहाँमा छ । सारा पृथ्वी, घाम जुन ग्रह मण्डलका सृष्टिकर्तामा यो हुकुम गर्ने अधिकार छ,

 

म बाहेक अरू देवता देवी नमान्नू । आफ्ना निम्ति खोपेर मूर्ति नबनाउनू । माथि आकाश, तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू । तिनीहरूको सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, बाइबल प्रस्थान २०ः३,४,५ ।

 

प्रेरिर पावलको घोषणा सान्दर्भिक छ, स्वर्गमा, पृथ्वीमाथि, पृथ्वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँडा टेक्नुपर्छ । हेरक जिब्रोले येशूलाई प्रभु भनी स्वीकार गर्नुपर्छ, फिलिप्पी २ः१०,११ ।

 

 

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In