
३० मंसिर ललितपुर २०७६ । नेपाल ख्रीष्टियन समाजका महासचिव पा. डिल्लीराम पौडेलले ख्रीष्टियन समुदायलाई लोगो र इगोले एक ठाउँमा ल्याउन नसकेको बताउनुभयो । उनले ख्रीष्टियन समुदायभित्र एकताको आवश्यकता रहेकोले समुदायका विभिन्न संगठनहरु एक ठाउँमा आए मात्र ख्रीष्टियन समुदायको पहिचान र अधिकार सुनिश्चित हुने भएकोले सबैलाई एक ठाउँमा आउन आह्वान गर्नुभयो ।
सबै मण्डलीहरुको संयुक्त आयोजना र इस्टर महोत्सव २०१९, आयोजक समितिको विशेष पहलमा संयुक्त ख्रीष्टमस शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । ललितपुर कुमारीपाटीस्थित क्वाइनोनिया पाटन मण्डलीमा आयोजित संयुक्त ख्रीष्टमस कार्यक्रममा काठमाण्डौँ, ललितपुर र भक्तपुर उपत्यकाका मण्डलीका पास्टर तथा अगुवाहरु, संघसंस्थाका प्रमुखहरुको उपस्थिती रहेको हो ।
कार्यक्रममा शुभकामना मन्तब्य दिने क्रममा भक्तपुर ख्रीष्टियन समाजका अध्यक्ष पा. पासाङ तामाङले ख्रीष्टिमसको दिन विद्यालयको नियमित परीक्षा पर्ने भएकोले सो परीक्षा स्थगित गरी ख्रीष्टियन समुदायको महान पर्वलाई सम्मान गर्न नेपाल सरकारलाई आग्रह गर्नुभएको छ । कार्यक्रममा विभिन्न ख्रीष्टमस सम्बन्धी विभिन्न गित तथा नृत्यहरू प्रस्तुत गरिएको थियो भने आराधनामा संगीत झुण्डले आराधना अगुवाई गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता आयोजक समितिका अध्यक्ष रेभ. डा. सिमोन पाण्डेले गर्नुभएको थियो भने कार्यक्रमको संचालन पा. पदमनाथ पराजुलीले गर्नुभएको थियो ।
०९ मंसिर २०८३, बुधबार काठमाडौं । महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने उद्देश्यले मनाइने महिलाविरुद्ध हिंसा उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय...
०९ मंसिर २०८३, बुधबार काठमाडौं । मोटोपना घटाएर लक्ष्यअनुसारको तौल हासिल गर्नु धेरैका लागि ठूलो उपलब्धि हो। तर तौल...
मंसिर ९, २०८३ बुधबार रुकुम पश्चिम । कर्णाली प्रदेशकै प्रसिद्ध धार्मिक तथा सांस्कृतिक मेला डिग्रे सम्पन्न भएको छ। रुकुम...
०९ मंसिर २०८३, बुधबार दोहा । एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपाल ‘ए’ पाकिस्तान ‘ए’सँग ९६ रनले पराजित भएको...
नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]
Copyright © 2021 Nepal Church. All rights reserved.
Discussion about this post