बाइबल नबाँड्नु भन्दैछन् । बाइबलमा के तेस्तो खराबी पाइएछ, सुन्न पाए हुन्थ्यो । एसभित्र सबलाई माया गर, कसैलाई तुच्छ नठान । एसभित्र एकमात्र ईश्वरको डर मान कुनै खास जाति पुजारी हुनसक्दैन, सबैनै पवित्र बन्न सक्छन् भनेको छ । सारा पृथ्वी एउटै परमेश्वरले बनाउनु भएको पनि भनेको छ । पुरुष, महिला दुवैलाई बराबर आशिष र मायाको भागिदार भनेको छ । यो कुरा मैले बनाएको होइन, श्लोक, पद, पेज नम्बर सबै बताएर यो खुलाउन सकिन्छ । ईश्वर, सृष्टिकर्ता ईश्वर सबलाई माया गर्नुहुन्छ, भेदभाव गर्नु हुँदैन । गर्दै गर्नुहुन्न । अझ बालकको सरलतालाई स्वर्गका नागरिकको नमुना भनेको छ ।
भुकम्प, जातीय घृणा, हिँसा, अनिकालहरूको भयावह घटना, युद्धहरूको वीचमा येशू प्रभु आउनुहुनेछ भनी लेखेको छ त्यहाँ । होसियार, होसियार भनी बारम्बार भनेको छ । यो कुरा अफ्रिकाको सबै भाषा (छापामा वा श्रव्यमा) एशियको, योरोपको, मध्य, दक्षिण र उत्तर अमेरिका अनि पृथ्वीमा जति पनि टापु छन् सम्पूण विश्वको सम्पूर्णै भाषामा केही न केही खण्ड अनुवाद भएको छ, रेकर्ड गरिएको छ अथवा डिजिटल माध्यममा संसारभरिका मानिसको निम्ति सन्देश उपलब्ध छ । नेपालभित्र ३२ भाषामा उपलब्ध छ ।
परमेश्वरको वचन हो भने आफ्ना मानव सन्तानसँग उहाँले बोल्नु चाहनु सुहाउने कुरा नै हो । होइन र ? परमेश्वरको वचन र शिक्षा सबैले पढ्नैपर्छ, सुन्नेपर्छ भन्ने नियमै भएको हुनाले स्कुलहरू पढ्न, पढाउन र खोल्नमा ख्रीष्ट प्रभुलाई पछ्याउनेहरू बढी चासो राख्छन् । विरामीलाई हेर (अस्पताल निर्माण) परदेशीलाई हेरविचार गर (अतिथि सत्कार, प्रेम, वास्ता), छिमेकीलाई नामै काटेर, त्यही शब्द प्रयोग गरेर माया गर्नु भनेको छ । झ्यालखानमा गएर कैदीलाई भेटघाट गर (अपराधीको पुनस्र्थापना), भोकालाई भोजन, तृषितलाई पानी खुवायौ, पिलायौ कि के ग¥यौ येशू राजाले –पुर्नागमनमा इन्साफको आसनमा बसेर खोजखबर गर्छु भन्नुभा छ ।
यो सब त नेपाललाई चाहिएको सन्देश होइन र ? कुनै जातिलाई पटक्क ठूलो, सानु नमान्ने किताब, नारीलाई विशिष्ट स्थानमा उचाल्ने किताबसँग किन साथीहरूलाई दिगमिग लागेको होला, मा एक साधारण बाइबल विद्यार्थीलाई छक्क लागेकोले मात्र एति लेखेको । मैले कुरा र मुद्दा राम्रो बुझिनँ भने मलाई विचार सुधार्ने, आफैलाई आलोचना गर्ने मौका दिनुहोला ।
धन्यवाद ।
Discussion about this post