• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, October 18, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

परमेश्वरको आदरयोग्य भाँडो

by NepalChurch.com
May 15, 2013
in Articles

Resham Kumar Sunuwarहामी सबैजना परमेश्वरको केही न केही भाँडाहरु हौं। हामी कि त परमेश्वरको लागि आदर ल्याउने कि त अनादर ल्याउने भाँडाको रुपमा हुन सक्दछौं। वास्तवमा हामी परमेश्वरको लागि काम लाग्ने भाँडाको रुपमा तयार भएर बस्नु अति नै महत्वपूर्ण कुरा हो। आज हामी कस्तो प्रकारको भाँडाहरु हौं त?

२ तिमोथी २:२०-२१, “ठूलो घरमा सुन र चाँदीका भाँडाहरु मात्र हुँदैनन, तर काठ र माटोका पनि हुन्छन्, कुनै आदर र कुनै अनादरका निम्ति। जे कुरा अनादरको छ, यदि त्यसबाट आफैलाई शुद्ध पार्यो भने त्यो आदरको लागि एउटा पात्र बन्नेछ र घरको मालिकको निम्ति चोखो, उपयोगी र कुनै पनि असल कामको निम्ति तयार रहनेछ।”

वास्तवमा यहाँ पावलले जवान सेवक तिमोथीलाई यो पत्र लेखेका थिए। आज हाम्रो लागि पनि महत्वपूर्ण छ। “ठूलो घरमा सुन र चाँदीका भाँडाहरु मात्र हुँदैनन, तर काठ र माटोका पनि हुन्छन्, कुनै आदर र कुनै अनादरका निम्ति।” २ तिमोथी २:२०। यहाँ ठूलो घरमा भनेर भनिएको छ। यो ठूलो र जो धनी घरको रुपमा चित्रण गरिएको छ। वास्तवमा पावल प्रेरितले मण्डलीलाई ठूलो घरको रुपमा तुलना गरेका छन्। वास्तवमा उनले यो ठूलो घर भनेर निश्चय पनि संसारको कुरा गरेका थिएनन। उनले संसारमा भएका ठूला-ठूला घरको बिषयमा बताएका थिएनन। संसारमा ठूला-ठूला घर हुन्छन् भन्ने बिषयमा यसरी बताउनुको आवश्यक पक्कै पनि हुने थिएन। यस अर्थमा मण्डली नै ठूलो घर जो परमेश्व्रको घर हो भन्ने सर्न्दर्भमा उनले चर्चा गरीरहेका थिए।

यस ठूलो घरमा सुन र चाँदीको भाडा मात्र हुँदैनन तर काठ र माटोको पनि हुन्छन् भन्ने सर्न्दर्भमा पावलले जोड दिएका थिए। यहाँ पावलले दुइ प्रकारको भाँडाको विषयमा बताएका छन्।

१. सुन र चाँदीका भाँडा र

२. काठ र माटोको भाँडा ।

कसै कसैको बिचारमा यो साँचो विश्वासी र झूटो विश्वासीहरु भनेर भनेर बताउँदछन्। यहाँ ठूलो घरमा सुन र चाँदी अनि काठ र माटोको भाँडा पनि हुन्छन् भनेर भनिएको छ। यहाँ एउटा ठूलो कुलीन, धनी अनि सम्पन्न घरमा धेरै प्रकारका भाँडाहरु हुन्छन्। यहाँ सुन र चाँदीको भाँडाचाहिं कुलीन र एकदम अति धनी र ठूला घरहरुमा हुन्छन्। अनि सुन र चाँदीको भाँडाचाहिं आदरयोग्य कामको निम्ति प्रयोग गरिनलाईृ राखिएको हुन्छ भनेर पनि बताईएको छ। जस्तो कुनै पनि मानिसले चाँदीको भाँडा अथवा सुनको भाँडामा कुकुर र सुँगुरलाई खाना दिंदैन। यो त आदरयोग्य कामको लागि उसले राखेको हुन्छ। यस्ता आदरयोग्य भाँडाहरु राम्रा भाँडाहरु भोज भतेर पार्टीमा अनि विशेष कार्यक्रमहरुमा उसले प्रयोग गर्दछ। त्यस्तै कति कमसल भाँडाहरु त्यही अवस्थाको लागि प्रायोग गरिएका हुन्छन्। यहाँ महत्वपूर्ण कार्यक्रमहरुमा फोहोर, नराम्रो, अनि काठ माटोका जस्ता फुस्स फुस्स धुलो निस्कने भाँडाहरु प्रायोग गरिन्न। किनिकि यस्ता खालको भाँडाले त्यहाँ अनादरयोग्य अवस्थाको संकेत गर्दछन्। यहाँ पावलको भनाई यही हो कि कोही पनि अनादरयोग्य भाँडा हुनुहुँदैन। यहाँ पावलको भनाई यही हो कि कुनै पनि भाँडाहरु सफा छैनन, प्रयोग हुने खालको छैनन भने सफा गर्नेले सफा गर्दा फेरी त्यो प्रयोगयोग्य हुन सक्नुपर्दछ। जब किचेनमा कति भाँडाहरु फोहोर, झुठा, अनि सफा नभएको अवस्था छ अनि खाना पकाउनेले आएर सफा अनि धोएर चलायो भने त्यो राम्रो कुरा हो।
कतिजनाले पावलले दुइप्रकारको विश्वासीहरुको विषयमा कुरा गरेका हुन भन्दछन्। सुन र चाँदीको भाँडाले परमेश्वरको सेवाको निम्ति विवासयोग्य र प्रयोग गरिनलाई ठीक भएको विश्वासीहरुको प्रतिनिधित्व गर्दछन् र काठ माटोको भाँडाले चाहिं परमेश्वरको राज्यमा अनादर ल्याउने विश्वासीहरुको प्रतिनिधित्व गर्दछन्। यहाँ सुन र चाँदीको भाँडाचाहिं काठ र माटोको भाँडा भन्दा बहुमूल्य हुन्छन्। आज विश्वासीहरुको अवस्था पनि यही दुइ प्रकारको भाँडाहरु जस्तै छन्। कोही ख्रीष्टमा बाँचेका अनि ख्र्रीष्टको लागि प्रयोग गरिन योग्यको छन् भने कोही भने ख्रीष्टमा नबाँचेका अनि नामधारी र ख्रीष्टको नामको अनादर ल्याउनेहरु छन्। हामी परमेवश्रको लागि शुद्ध र प्रयोग गरिनको निम्ति ठीक भाँडाको रुपमा तयार हुनुपर्दछ। परमेश्वरको लागि प्रयोग हुनको लागि शुद्ध भएर बस्नु जरुरी छ। कुनै आदर र कुनै अनादरको निम्ति ती भाँडाहरुले प्रतिनिधित्व गरीरहेका हुन्छन्। यहाँ ठूलो घर भनेको मण्डली र भाँडाहरु भनेको हामी विश्वासीजनहरु नै हौं। यस अर्थमा हामी परमेश्वरको भाँडाको रुपमा कोही विश्वासीहरु जो परमेश्वरको निम्ति आदरयोग्य र कामलाग्दो हुन्छन् भने कोही अनादर र काम नलाग्ने विश्वासीहरु पनि हुन्छन् तर हामीचाहिं कस्तो प्रकारको विश्वासीहरु हौं त?
हामीले के बुझ्नु जरुरी छ भने ठूलो घर भनेको मण्डली, धनी मानिसचाहिं परमेश्वर अनि भाँडाहरुचाहिं हामीहरु हौं। परमेश्वरको त्यो ठूलो भवनमा आदरको अनि अनादर दुबै प्रकारको भाँडाहरु छन्। त्यो भाँडाहरुमध्ये हामीचाहिं कुन प्रकारको भाँडाहरु हौ त? आफ्नो आत्मिक जीवनको जाँच गर्नु जरुरी हुन्छ। “जे कुरा अनादरको छ, यदि त्यसबाट आफैलाई शुद्ध पार्यो भने त्यो आदरको लागि एउटा पात्र बन्नेछ र घरको मालिकको निम्ति चोखो, उपयोगी र कुनै पनि असल कामको निम्ति तयार रहनेछ।” २ तिमोथी २:२१।

हामी हरेक जना भाँडाहरु हौं। परमेश्वरको राज्यको लागि हामी भाँडाहरु हौं। तर कस्तो प्रकारको भाँडाहरु हौं भन्ने कुराको जाँचचाहिं हामी आफैले गर्नु जरुरी छ। पावलले भन्दछन् कि त्यहाँ आदर कि अनादर दुबै प्रकारका भाँडा हुन्छन्। निश्चय पनि हामी परमेश्वरको निम्ति काम लाग्ने भाँडाहरु हुनु अति नै महत्वपूर्ण कुरा हो। किनकि परमेश्वरले उहाँको राज्यको निम्ति काम लाग्ने र उपयोगी भाँडाहरुको खोजी गर्नुहुन्छ। हामी परमेश्वरको निम्ति काम लाग्ने भाँडाहरु हुनुपर्दछ।
जसले आफैलाई शुद्ध बनाउँछन्, अनादरको भाँडाबाट आदरको भाँडामा परिणत हुनेछन्। यहाँ आफैलाई शुद्ध पार्ने कुरा गरिएको छ। जसले आफैलाई शुद्ध पार्दछ त्यो आदरको भाँडामा बदलिनेछ। अशुद्ध भाँडाहरु अनादरको कुराहरु हुन्। अशुद्ध भाँडाहरु कुनै पनि रुपमा प्रयोग गरिदैन। आज हाम्रो निम्ति खुशीको खबर यही छ कि यदि हामी विगतमा अनि अहिले पनि परमेश्वरको नजरमा अनादरको भाँडाको रुपमा जिईरहेका छौ भने पश्चताप गर्ने र शुद्ध भएर परमेश्वरको राज्यमा काम लाग्ने भाँडाको रुपमा प्रयोग हुनलाई तयार हुनु पर्दछ। परमेश्वरको राज्यमा फोहोर र अशुद्ध भाँडाको निश्चय पनि प्रयोग हुन सक्दैन। के कुराले अशुद्ध भईरहेका होलान् त संसारसँगको मित्रता, संसारसँग एउटै हलोमा जोतिने, व्यभिचार, अशुद्ध कार्यहरु, यस्ता अनगिन्ती कुराहरु जो परमेवरको भाँडाको रुपमा आदरयोग्य र प्रयोग हुनुपर्नेमा अनादरयोग्य भईरहेको अवस्था छ कि हरेक विश्वासीको जीवनशैली परमेश्वरको नजरमा अनादरयोग्य छ कि?
हरेक आदरयोग्य भाँडाहरु आशिषको कुराहरु हुन्। परमेश्वरको कामको लागि विशेष रुपमा प्रयोग गरिने कुरा निश्चय पनि आशिषमय कुरा हो। तपाई हामी जस्ता अनादरयोग्य, पापी अशुद्ध काम नलाग्ने भाँडाहरु आज ख्रीष्टमा शुद्ध चोखो भएर उहाँको निम्ति आदरयोग्य र प्रयोग हुन पाउनु कति असल र आशिषमय कुरा हो। ठूलो घरको मालिक येशूको लागि आदरयोग्यसाथ प्रयोग हुनु निश्चय पनि आशिषमय कुरा हो। उहाँको असल कामको लागि हामीलाई प्रयोग गर्ने कुरामा पनि अर्को आशिषमय कुरा हो। परमेश्वरले सबैलाई आशिष दिऊन्।

रेशम कुमार सनुवार

Republished in new layout 15-May-2013

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना

October 18, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In