• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, October 17, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

ख्रीष्टिय विश्वास, जीवन र जीवनशैली

by NC Reporter
November 21, 2014
in Articles
P. A. Thomas
P. A. Thomas

संसारमा मानिसले धेरै धर्म, विश्वास र सिद्धान्तहरु अप्नाइराखेका छन्। सबैले आफु विश्वास गरेको वा मानेको यी कुराहरुले आफैलाई जीवनमा केही न केही फाइदा गर्छ र मरे पछिको जीवनलाई सहज बनाउँछ भनी आश्वस्त रहने प्रयास गर्छन्। यो कुनै ऐतिहासिक वा युक्तिसहज आधारमा नभई मान्यता र परम्पराहरुको आधारमा गरेको हुन्छ। यस्ता कुराहरुलाई स्थापित गर्न र मान्य बनाउन विभिन्न विधीविधानहरु, रीतरिवाजहरु, चार्डपर्वहरु मान्ने र मठमन्दिरहरु निर्माण गर्ने आदि गर्छन्।

 

आधुनिक संसारमा विज्ञान र व्यवसायको विकाससाथै धर्महरुको पकड र प्रभाव घट्दैगएको छ र मानिसहर बढी भौतिकवादी र विकासवादि बनेका छन्। धर्म र सिद्धान्तहरुले आधुनिक रुपमा प्रचार प्रसार गरी यो क्रमलाई रोक्ने प्रयासमा पनि लागेका छन्। तर विडम्बनाको कुरा यही हो कि, भौतिक रुपमा सम्पन्न, शिक्षित र विकसित भएका मानिसहरु धेरै भन्दा धेरै पैसा र प्रयास आफ्नो छोटो आयुलाई बचाउनेमा लगाउनुपरेका छ। दिन दिनै उपचार नहुने नया“ रोगहरु देखा पर्न थालेका छन् र मानवीय लापर्वाहीले पर्यावरणीय सन्तुलन नष्ट भई प्रकृतिक प्रकोपको चपेटामा हजारौं मानिसहरु असहाय भई नष्ट भइराखेका छन्।  यसले स्वतः मानिसलाई हतोत्साहित र निराशामा पार्दछन् र अन्याय अत्याचार तथा अनैतिक कामतर्फउन्मुक बनाउँछन्।

 

विकसित देशहरुको शोषण र अन्यायमा परि साथै आफ्नोअज्ञानता र लापर्वाहीले विकासोन्मुख र कम विकसित राष्ट्रहरु बेरोजगारी र गरीबी तथा त्यसबाट उब्जिएको सामाजिक र राजनैतिक भ्रष्टता र अन्योलको भुमरीमा परेका छन्। कुनै सिद्धान्त वा पद्धतिले यसबाट तिनीहरुलाई उकास्न सकेको छैन र बढी रुपमा नागरिकहरु रोजगारी तथा कमाइको निम्ति देशबाट पलायन हुने क्रम जारी छ र त्यसबाट पारिवारिक संरचनामा र सामाजिक सन्तुलनमा समेत अपुरणीय क्षति भएको छ। यी सबैमा तिनीहरुले मानिआएका धर्म र सिद्धान्तहरुले केही उत्तर वा समाधान दिन नसकि त्यसका पण्डित, गुरु तथा पर्वर्तकहरुले पनि यही परिस्थितिलाई मागी खाने भाँडोको रुपमा चलाउन मात्र सक्रिय भएका छन्।

यही सर्न्धर्भमा हामी ख्रीष्टियनहरुले हाम्रो विश्वास र जीवन पद्धतीलाई अर्थपुर्ण र सहज रुपमा प्रस्तुत गर्न र मानिसहरुको जटिल समस्याहरुको समाधानको बाटो देखाउन आवश्यक छ। येशू प्रभुले भन्नुभयो, “अन्धोले अन्धोलाई बाटो देखाउन सक्दैन”। तर्सथ जीवनको समस्याहरुको समाधानको रुपमा येशूमा भएका जीवन पाएकाहरुले मात्र माथिबाटको ज्ञान र शक्तिमा यो काम गर्न योग्यका र सक्षम हुन्छन्। परमेश्वरले संसारलाई प्रेम गरी सारा मानव जातिको उद्धारको काम र अनन्तसम्म रहने जीवनको बन्दोबस्त येशूद्वारा सम्पन्न गराउनुभएको छ। ऐतिहसिक रुपमा येशूले गर्नुभएको उद्धारको काममा विश्वास गरी उहाँमा, उहाँसँगर उहाँको निम्ति जिउन तयार हुने सबैको निम्ति उद्धार र अनन्त जीवन सित्तैमा उपलब्ध छ। यो उद्धार र अनन्त जीवनले अहिलेको र यही संसारको जीवनमा समेत शान्ति, आनन्द तथा सफलता प्रदान गर्दछ। यो मरे पछि जिउने जीवन नभई अहिले र यहाँ जिउने नया“ जीवनको शैली हो। यही सत्यताको साक्षी हामी ख्रीष्टियनहरुले हाम्रो जीवन, व्यवहार र बोलीबाट दिनु छ।

ख्रीष्टिय जीवन येशूमा, येशूसँगर येशूको निम्ति जिउने जीवन हो। भक्ति र कर्महरुबाट नभई विश्वासबाट मात्र परमेश्वरलाई रिझाउन सम्भव हुन्छ (ह्रि्रु ११:६)। यो विश्वास मानिसको मनले पत्याउने र स्वीकार्ने कुरा मात्र नभई सुसमाचार र पवित्र आत्माबाट हामीलाई परमेश्वरीय उद्धारको निम्ति योग्य बनाउने विश्वास हो। यसद्वारा नै हामी येशू हाम्रो सट्टा क्रूसमा मर्नुभएको र उहाँको बौरी उर्ठाईबाट प्राप्त नया“ जीवनको अनुभव गर्नको निम्ति येशूलाई व्यक्तिगत मुक्तिदाता र प्रभुको रुपमा ग्रहण गर्र्छौं। यो चाहिँ येशूलाई भन्दा पनि येशूमाथि भर पर्ने विश्वास हो। सुसमाचार र परमेश्वरको वचनको सत्यतालाई जानी र स्वीकारी पवित्र आत्माको जीवित उपस्थितिलाई थाह र अनुभव गर्ने विश्वास हो। यो विश्वासले हामीमा जीवन परिवर्तनको शुरुवात गर्दछ र त्यही विश्वासले नै हामीमा परमेश्वरीय नया“ जीवनको चाल, शक्ति र वृद्धि प्रकट हु“दछ। यही विश्वासले हामीलाई यो दुष्ट संसारमा हरेक परिस्थितिमा जयवन्त र धीरजी भई जिउन प्रेरणा र सक्षम बनाउँछ। यो विश्वासमा हामी अन्तसम्म विश्वासयोग्य भई जिएर मात्र र्स्वर्गको राज्यमा प्रवेश पाउँछौं, पतित भएमा र्स्वर्गको राज्य गुमाउनेछौं। तर्सथ हामी विश्वासमा दहृलिा रहेको कुराको जाँचगरीराख्न आवश्यक हुन्छ (२ कोरि १३:५)।

 

येशुमा जिउनु भन्नु येशूमा समर्पित जीवन हो। “मेरो पछि लाग” भनी येशूले भन्नुभएको छ र त्यसकोलागि के के छोडनुपर्छ र के बोक्नुपर्छ भने कुरा पनि स्पष्ट पार्नुभएको छ। मत्ती ११:२८मा उहाँको जुवामा लागी उहाँसँगसिक्दै जिउने कुरा बताउनुहुन्छ। यूहन्ना १५मा “म तिमीहरुमा, र तिमीहरु ममा” भने सत्यलाई सिकाउँदै उहाँमा नरही ख्रीष्टिय जीवन नहुने प्रष्ट पार्नुहुन्छ। यही सत्यलाई यूहन्ना १७को प्रार्थनामा (२१-२६) पनि उहाँल दोहोर्‍याउनुहुन्छ। येशूमा जिउनु भनेको वचनमा र पवित्र आत्मामा जिउनु हो र उहाँलाई कार्यरत हुन हाम्रो जीवन र शरीर उपलब्ध गराउनु हो (रोमी १२:१,२, २ कोरि ५:१५)। यही सत्यलाई पावलले आफ्नोजीवनमा साकार पारेको साक्षी गलाती २:२०मा दिन्छन्। तर्सथ हामी कोही पनि येशूबाट स्वतन्त्र भई आफ्नोजीवन एक पल पनि जिउन सक्दैनौं र यही कुरा फिलि १:२१ले उजागर गर्छ।

 

येशूसँगजिउनु भन्नु उहाँको उपस्थिति महसुस गरी जिउने जीवन हो। हामी कदापी एक्लै हुने छैनौं किनभने पवित्र आत्मा हामीमा स्थायी रुपमा बास बस्नुभएको छ र हामी पवित्र आत्माको मन्दिर हो। पवित्र आत्माद्वाराको येशूको उपस्थितिले हामीलाई सक्षम, सबल, सुरक्षित र होशियार बनाउँछ। हामीमा रहने परमेश्वरको वचनद्वारा प्राप्त ज्ञान र पवित्र आत्माको शक्ति र वरदानहरुले नै यो सम्भव बनाउँछ। “मकहाँ आउनेहरुलाई म कुनै रीतिले त्याग्ने छैन र म युगको अन्तसम्म तिमीहरुसँगरहनेछु” भनी उहाँले प्रतिज्ञा गर्नुभएको छ। तर यसको निम्ति उहाँको उपस्थितिको भय राखी योग्यको जीवन जिउन र हरेक कुरामा सधै उहाँको सल्लाह र अगुवाईमा जिउने बानी बसाल्नुपर्ने हुन्छ। जीवनको हरेक पक्षमा ‘म येशूसँगजिराखेको छ’ु भने कुराको बोध र जिम्मेवारी महसुस गरी उहाँमा ग्रहणयोग्य हुने प्रयास गर्नुपर्दछ।

येशूको निम्ति जिउनु भन्नु हाम्रो शारीरिक जीवनको लक्ष्य हो। रोमी ८:२९, २ कोरि ५:१५, गला २:२०, फिलि १:२१, १ पत्रुस २:९ आदिले यही कुरालाई निश्चित पार्छ। फल फलाउन र परमेश्वरको पुर्वयोजनाहरु (एफि २:१०) पूरा गर्नको निम्ति येशूले हामीलाई बोलाउनुभएको छ। हाम्रो जीवनको प्रत्येक पक्ष र कामबाट परमेश्वरको सिद्ध इच्छा पूरा हुनुपर्दछ।  हाम्रो शरीरलाई येशूले परमेश्वरको काममा चलाउन चाहनुहुन्छ। यस संसारमा भएको सबै असल काम परमेश्वरको काम हो तर्सथ हामी गर्ने प्रत्येक कार्य उहाँको अगुवाई तथा निर्देशनमा र उहाँलाई रिझाउने उद्देश्यमा विश्वासयोग्यतामा हुनुपर्दछ। यी सबैबाट येशूको साक्षी हुने र दिने काम हुनुपर्दछ र अरुले हाम्रो काम देखेर परमेश्वर पितालाई महिमा दिन सक्नुपर्दछ (मत्ती ५:१६)। ख्रीष्टियनहरुको निम्ति मेरो काम, संसारको काम र परमेश्वरको काम भने हु“दैन, उहाँले हामीलाई गर्न दिनुहुने सबै काम उहाँको निम्ति गरेको र त्यही कुरा अरुले थाह गरेको उहाँले चाहनुहुन्छ।  यही कुरा पावल र पत्रूसले पत्रहरुमा आमा बुवा, जवान, बाल बच्चा, कमारा, हाकिम र सबै कामदारहरुले कसरी परमेश्वरको निम्ति जस्तै जिउनु र काम गर्नुपर्छ भनी हामीलाई सिकाएका छन्।

 

येशूमा, येशूसँगर येशूको निम्ति जिउनेहरुको जीवनशैली कस्ता हुन्छन् ( ख्रीष्टिय जीवनशैली भन्नु येशूलाई पर्दर्शन गर्ने जीवनशैली हो। हाम्रो बोली, चाल, काम गर्ने उद्देश्य र तरिका, कमाई, व्यवहार, लवाई, खवाई, रहाई, जवाई, सम्बन्धहरु, रहरहरु, अभिलाषाहरु आदि सबै येशूलाई झल्काउन उपयुक्त हुनुपर्नेहुन्छ। यो व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनको सबै पक्षमा कायम हुन आवश्यक हुन्छ। साथै भित्रि र बाहिरी जीवनमा एकैनाश हुनुपर्ने हुन्छ किनभने परमेश्वर सबै कुराको लोखाजोखा गर्नुहुन्छ। के कसरी र कति गर्र्छौं भन्नु भन्दा पनि किन र कुन नियतले गर्र्छौं भने कुरा नै महत्वपुर्ण छ। परमेश्वरको वचनको आधारको अनुशासित जीवन र पवित्र आत्माको अगुवाईको जीवनबाट नै यो सम्भव हुन्छ। जीवनको प्रत्येक पक्ष र क्षेत्रलाई वचनको ऐनाका सामु तर्ेसाई छा“टकाट गर्नुपर्दछ र हाम्रो नियत र मनसायहरुमा पवित्र आत्माको नियंत्रण हुनुपर्दछ। यसको निम्ति मनको पुर्ण रुपान्तरणको आवश्यकता छ जो रोमी १२:२ले आह्वान गर्दछ। मन परिवर्तनद्वारा जीवन परिवर्तन हुनु नै ख्रीष्टिय जीवनको वास्तविकता हो र यो हाम्रो जीवनशैलीमा प्रकट र प्रदर्शित हुनुपर्दछ। त्यसरी नै हामी ख्रीष्टका जीवित पत्रहरु बन्छौं जसलाई संसारले पढ्दछ।

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In