• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, October 17, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

क्लास डिसमिस

by Aadaan Pradaan
October 30, 2014
in Articles, Literature
Aadan Pradaan
Aadan Pradaan
आदान प्रदान

विचारको धारा एकापटि हुन्छ अनि मान्छेको चाल अर्कोपटि । तालीम केन्द्र खोलियो । तालीम, टेनिंग पाएछि मान्छे बुद्धिमान हुन्छ र उसले कामकुरो रामरी समाल्नुसक्छ भन्ने विचार पलाएर नै खोलेको, तालीम केन्द्र । चार विद्यार्थी छन् तालीममा । म पढाउन पुग्छु । (म पस्नपा छैन, पुण्यप्रसाद मलाई केरकार गर्छ,

पूण्य : सर, यो गोविन्दे, यो केन्द्रमा किन आको ?

म, टिचर :- ‘गोविन्द पनि तिमीजस्तै तालीम लिन, पढ्न त आको होला नि ।’

(त्यतिले पूण्यलाई पुग्दैन, ऊ मलाई मेरै स्कुलमा, मेरो सबजेक्ट सम्झाउँछ) ‘हेर्नुस् सर म त थियोलोजी पढ्नु आको ।

म, टिचर :- (हतार नगरीकन, प्रेमभावले भन्छु,) हो, त हाम्रो गोविन्द पनि त थियोलोजी नै पढ्न आको ।

(पूण्य अब आफ्नो रिस पोखाउनको लागि अगिल्तिरको डेस्कमा मुक्का बजार्नलाई तयार बन्छ । मैले रोक्ने इसारा गरेपछि उसले उचालेको मुठ्ठी लाल सलामको स्थितिमा रोकिन्छ । अनि लाल सेनाकै तरिकामा पड्किन्छ पूण्य) होइन, यो मोरो थियोलोजी पढ्न आ होइन, हुँदै होइन ।

गोविन्द:- (सिटबाट जुरुक्क) ए सा…ल (मतिर पुलुक्क) ए सा…थी, म थियोलोजी पढ्न आ हैन भने के पढ्न आ हो तेति टाढा, दूर मात्र पनि हैन, सु…दूर पश्चिमबाट म के पढ्न आको, छिटो भन् ।

म, टिचर :- हो पूण्य, छिटो भन, क्लास ढिला हु‘दैछ ।

पूण्य :- यो गोविन भन्ने आलु, थियोलोजी होइन सियोलोजी पढ्न आ हो ।

म, र गोविन्द :- सियोलोजी ? यो कस्तो लोजी हो ?

पूण्य :- एसले मलाई घोँची घोँची के के भन्छ । यो कॉडँघारीमा जन्मेको हुनुपर्छ, कि त एसको बाउले सियो कारखानामा काम गरेको हुनुपर्छ । यसकारण यो सियोलोजीमा यति राम्रो छ ।

गोविन्द :- प्रमाण दिन सक्छस् ? तैंले मेरो जन्म कुण्डली तेरो पाकिटमा राख्या छस् ? ए पुन्ने, तेरो नाम पुन्ने अनि तेरो मगज सब सुन्ने ।

पुण्य :- (मन दुखाको, रुन्चे) सर देख्नुभो ? देख्नुभो ? एसले अब त मेरो मगजलाई पनि घोंच्दैछ, देख्नुभो ? (टाउको समातेर) आइइया, मरे नि ।

म :- दुई भाइ, प्लिज अब शान्त बन, म तिमी दुईसँग पछि कुरा गर्छु । तिमीहरूको बीचमा म सहमति निर्माण गर्ने कोसिस गर्छु । क्लासलाई किन डिसटप गर्नु । लौ त पूर्णिमा, हामीलाई बताऊ, हिजो हामीले केके पढ्यौं ?

पूर्णि : (बिस्तारै, टाइम लाएर उठ्दै, नबुझेजस्तो आफूतिर औंला) सर, मलाई सोध्नुभा हो ?

म :- हो, तिमीलाई सोधेको, कोही अर्को पूर्णिमा त देख्दिन । लौ भन हिजोको विषय ।

पूर्णि :- ए, भनेपछि सरले मलाई नै सोध्नुभा रैछ । (गहिरो सोचमा एकआध मिनेट डुबेपछि) सरले हिजो हामीलाई सिकाउनु भएको कुरो हो, सिकाउनु भएको कुरा हो …अँ …त्यो चै के भने …..खासमा ….हामीले …घोटालाको काम राम्रो गरी गर्नुपर्छ र सबैको निम्ति असल मालिक बन्नुपर्छ ।

म :- (उसको छेउ जान्छु, मलाई रुनु मन लाग्छ, समालिन्छु) हो र पूर्णिमा ? मैले त्यस्तो कुरो सिकाए ? सोचेर भन त ?

रोमा :- (हात उठाएर, आफैलाई उठाएर, विना परमिसन) नो, नो, सर तपाई फेल हुनुभो, तेत्रो अस्ति यो पूर्णिमालाई इनटी कि के भन्ने नाक, कान, घॉटीको डाक्टरकहॉ लग्नुभा हैन ? हाम्रो तालीम केन्द्रको बजेटबाट अठार सय खर्च गरेर यसको कानको औषधि, उपचार गर्नुभा हैन ? खै त यसको कानले त उल्टो पाल्टो नै सुन्छ त । हिजो पढेको कुरो म सुनाउ है सर ?

म :- (मनमनमा, ‘आइछेस् बाठी’ । खुलेआम, मुस्कानसहित) भनन रोमा, लौ तिमी नै भन, हिजोको पाठ के थियो ?

रोमा :- (जान्ने पण्डितजस्तो शिर हल्लाउँदै, कम्मरमा हात अल्झाएर, खुल्लामञ्च भाषण स्टाइलमा, सोर उचालेर परपर हेर्दै) घोटाला हैन, हामीले असल गोठालाको रूपमा मानिसहरूलाई समाल्नुपर्छ, डो-याउनुपर्छ र रक्षा गर्नुपर्छ अनि यो पूर्णिमाले भने जस्तो मालिक हैन तर परिश्रमी माली बनेर हामीले हाम्रो मातहतमा भएका मानिसहरूको स्याहार, सम्भार गर्दै मलजल, गोडमेल गरेर उनीहरूलाई हुर्काउनु, बढाउनुपर्छ ।

पूर्णिमा :- (म देख्दैछु, बेन्च छोडेर बघिनी पूर्णिमा, औंशीको कालो रात बनी रोमाको अघि झटारेर आइपुगी) जान्ने नहो है रोमा, (क्लासै थर्काउने उच्च आवाजमा) यो तेरो लिम्बुवान ठानिस् ? कि तेरो किरात प्रदेश हो यो ? तामसालिङ्गको छेउछाउ आछेस्, होश गर् है ?

म :- (आत्तिँदै उनीहरूको बीचमा थामथुम प्रयासमा दौडिहाल्छु) हन कॉबाट प्रदेश, मधेसको कुरो ? आग्राको कुरा हु‘दैछ तिमारू गाग्रा पुग्छौ ? (ल जा, मैले पनि चर्को सोर गरिदिएँ, ए गाँठे हौ कति लुरूक्क)

पूर्णि :- (मसँग मुखमुखै लाग्दै) ओ सर, बजेट पास गरौं, नगरौं भनी बेजिङ्गलाई (हेर हेर बेजिङ्ग शब्दको टाइमिङ्गमा बेन्चामा मुक्का ठोकिहाली ड्याम्म) नेपालको बजेट बेजिङ्गलाई सोध्नुपर्छ भने — यो देशको कुरा गर्न चाइने पल्लो देशको दिल्ली बुर्लुक्क उफ्रेर बुर्कुसि मार्दै यता आउनसक्छ भने, (छातीतिर औंला हल्लाउँदै) मैले, म यो देशको एक नागरिकले, देशभित्रकै डॉडाकॉडाको नाउ‘ लिँदा तपाईलाई किन डेंगु जरो आको ? अन्तराष्ट्रियले स्याउँस्याउँ भरेको देशमा राष्ट्रिय कुरा गर्न नपाइने ? यै हो लोकतन्त्र ? यै हो गणतन्त्र ? क्लासमा तालाबन्दी गर्दिउँ ?

म :- (मुटु चल्छ, सास बढ्छ, सुरक्षित महसुस गर्न, आत्माबल पुनः प्राप्त गर्न, इम्पोटेन्ट देखा पर्न गएर टिचरको चेयरमा बस्छु, पानी पिउँछु, लामो सास फेर्छु) हेर पूर्णिमा, सरी, आइ एम सरी, यू आर राइट, आइ मेड अ मिसटेक (यो क्लासमा इंगलिस बोलेपछि विद्यार्थीहरू अलि चुप लाग्छन्, शान्त बन्छन्, इनेर्लाई फर्काउनु तेती आउ‘दैन । ) पूर्णि, तिम्रो नागरिक अधिकारमाथि म जाइलागेको होइन, तिमी रोमातिर जाइलाग्दा मैले बाटो छेकेको मात्र हो । तिम्रो नागरिक अधिकार, मानव अधिकार, तालीम अधिकार, महिला अधिकार र भइपरी आउने सबै अधिकार सुरक्षित छ । भन, तिम्रो कुरो के हो ?

पूर्णिमा : ओ के (उसलाई इंगलिस आउने तेती हो, ओके, हा हा) ओ के सर, मैले सुन्नमा गल्ती गरे पनि बोल्नमा त गल्ती गरेजस्तो लाग्दैन ।

म :- के भनेको पूर्णि ? सुन्नमा गल्ती भो बोल्नमा गल्ती भएन ? त्यस्तो पनि हुन्छ कही‘ ?

पूर्णिमा :- सर सोच्नुहोस्, गोठालालाई मैले घोटाला सुने हुँला, भने हुँला । माली भनेको ठाउँमा मैले मालिक नै सुनेर गल्ती गरे हुँला ।

रोमा :- के हुँला, हुँला गर्छ यो ? कुराको बिट मार् न । टिकिस काटेर तँलाई हुम्लै पुर्याइदिएछि ठीक हुन्छ तँलाई त …

पूर्णिमा :- (उता फर्केर) एइ, चुपलाग् म सरसँग बोल्दैछु । (यता फर्केर) सर, तपाई आफ्नो छातीमा हात राख्नुस् त (म त्यसै गर्छु, छातीमा हात राख्छु । टिचरहरूले विद्यार्थीको कुरा मान्नुपर्छ)

अब मलाई भन्नुहोस्, यहॉ घोटाला कतै भा छैन ? पटक्क भा छैन ? छातीको हात त्यतिकै राख्नुस् । यहॉ सबै जना स्वच्छ छबीका छन् ? सबै सबै दयालु माली भएरै काम गर्दैछन् ? फूलहरूलाई स्याहर्दैछन् ? मालिक बनेर डण्डा चलाछैनन् ? हकारेका, धम्काका छैनन् ?

(ताली पडकियो । अघिसम्म एकअर्काको घाँटी समाउने दुई भाइले पूर्णिमाको कुरामा अचानक ताली किन बजाको था भेन)

म :- (छातीको हात नहटाई, सोचमा मग्न भाजस्तो देखाह पर्छु) हेर पूर्णिमा, म यसको उत्तर अहिले दि‘दिन, पहिले अध्ययन गर्छु, विचार गर्छु, होम वर्क गर्छु । दिनलाई म यसको जवाफ एक दिन दिन्छु । गोठालाको पक्षमा धुमधाम वकालत गरौंला, कदाचित प्राविधिक गडबढी होला, म दमादार तरिकाले घोटालाहरूको पक्षमा दलिल पेश गरौंला उता असल गोठालाहरूको मन दुख्ला ।

हिलोमिलो गरेर खट्ने विचारा माली दाइ कस्तो हुनुहुन्छ, निकानन्दै हुनुहुन्छ ? भनी चराओटा समोसा लिएर पुगौंला, उहॉले मलाई टेबलमा बसाएर उल्टो मालिक स्तरको केक, कफी, कुल्फी खुवाउ‘दै देश विदेशको कुरा आरम्भ गर्नुहोला । माली कि मालिक गोठाला कि घोटाला ? यी अहम विषयमा पक्का छलफल हामी गर्नेछौं । लौ त, क्लास डिसमिस । तिमीहरू स्वअध्ययन गर है ? म पनि कोठामा गएर स्वअध्ययन गर्छु । सामूहिक अध्ययनभन्दा स्व अध्ययन नै राम्रो हुन्छ होला ।

(मैले मनमनै यो टेर्निङ्ग सेन्टर बन्द गरेर टेलरिङ्ग सेन्टर खोल्ने विचार गरिसकेको कुरो मैले उनीहरूलाई बताएको छैनँ । सबजना आउट, क्लासको तालाबन्दी मैले गर्दे लौ जा, चाबी सुरक्षित बोकेर फटाफट घरतिर लागे) ।

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In