• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

सतावटको संघारमा नेपाली इसाई समुदाय

by Jagadish Pokhrel
June 17, 2014
in News & Events
Jagadish Pokharel
Jagadish Pokharel

बिगत केहि बर्षयता नेपालमा धर्मको नाममा राजनीति गर्नेहरु बढे संगै यहाँका क्रिश्चियनहरुलाई कुनै न कुनै हिसावले प्रहार गर्ने कामहरु भैराखेका छन् । कहिले मिडिया त कहिले स्थानिय समुदायलाई उचालेर क्रिश्चियनहरुलाई सताउने काम भएको छ । गएको बर्षमा केहि मण्डलीहरु जलाइएका छन्, सेवकहरुलाई कुटपिट गरिएको छ । ति दिनहरुमा जति पनि सतावटका घटनाहरु थिए, तिनीहरु संगठित सतावटहरु थिएनन् । तर पछिल्लो समयमा भने नेपाली क्रिश्चियनहरुमाथि संगठित सतावटकै छनक देखिन थालेको छ । केहि व्यक्तिहरूले विभिन्न संघ संगठन खोलेर क्रिश्चियनहरुको हरतरहले बिरोध गर्ने काम गरिराखेका छन् । उनीहरुले फेसबुक, युट्युब, स्थानिय रेडियो, टेलिभिजनहरुको प्रयोगद्वारा थुप्रै क्रिश्चियनबिरोधी भ्रामक कुराहरु छरेका छन् । उनीहरुका मुख्य अगुवाहरुले स्थानियस्तरमै क्रिश्चियनहरुको प्रतिरोध गर्न खुल्ला आह्वान गरिएका फेसबुक स्ट्याटसहरु लेखेका छन् ।

यो क्रम चलिराख्दा गत शुक्रवार (जुन १३) का दिन काठमाडौंको एउटा चर्चले आयोजना गरेको २४ जनाको बप्तिस्मा कार्यक्रमलाई  आफूलाई हिन्दु भन्ने केही व्यक्तिहरूको एउटा समुहले बिथोल्ने प्रयास गरेको थियो । उनीहरुले पास्टर महेश थान्जुलगायतलाई हातपात गर्ने प्रयास गरेको थियो । तर त्यहाँ उपस्थित प्रहरीले उनीहरुलाई हातपात गर्न बाट छेकेको थियो । त्यसपछि प्रहरीले बप्तिस्मा लिंदै गरेको २४ जना, पास्टर तथा अगुवाहरु गरि ४० जनालाई पक्राउ गरेको थियो । प्रहरी कार्यलयमा पुगेका हिन्दुहरुको समुहले जबर्जस्ति रुपमा धर्मपरिवर्तन गराएर बप्तिस्मा दिन लागिएको भन्दै मुद्दा दर्ता गराएको थियो । त्यसपछि प्रहरीले जबर्जस्ति बप्तिस्मा दिन लागिएको हो या होइन भन्ने बारेमा अनुसन्धान गरेको थियो । पास्टर, अगुवा गरि ८ जना बाहेकलाई त्यहि दिन राती छाडेको थियो । प्रहरीले बप्तिस्मा लिएका सबै २४ जनाको व्यक्तिगत बयान लिएको थियो । त्यस बयानको क्रममा सबैले आफुहरुले जबर्जस्ति नभई आफ्नै इच्छाले बप्तिस्मा लिएको बताएका थिए । साथमा बप्तिस्मा अघि भरिएको फर्मको फोटोकपी पनि बुझाइएको थियो, जसमा कसैको करबलले नभई आफ्नै इच्छामा बप्तिस्मा लिंदैछु भनेर लेखिएको थियो ।

शुक्रबार र शनिवार गरि लिइएको बयान पछि पनि नियन्त्रणमा रहनुभएकाहरुलाई छाडेको थिएन । तर कुनै गल्ति फेला नपरेपछि आइतबार दिउँसो फरक फरक समयमा गरि नियन्त्रणमा रहेका सबै अर्थात् ८ जनालाई नै छाड्यो । बप्तिस्मा कार्यक्रम बिथोल्नेहरुकै समुहले सुन्दरीजल मण्डलीमा गत शनिवार (जुन 14) को आराधना सेवा बिथोल्ने प्रयास गरेको छ । ठुलो संख्यामा आएका उनीहरुले क्रिश्चियनहरुको अस्तित्व मेटाइदिने भन्दै नाराबाजी गरेका थिए । मण्डलीका ढोकाहरु र बोर्डमा पनि तोडफोड गरेका थिए । उनीहरुले मण्डलीका आमा दिदिबहिनिहरुलाई अपशब्द बोलेका थिए भने अब उप्रान्त यस मण्डलीमा संगति नगर्न चेतावनी दिएका थिए । त्यसका साथै आफुहरुले यहि चर्चबाट सुरु गरेर देशभरिका सबै चर्च बन्द गराइदिने भन्दै धम्क्याएका थिए । केहि बेर पछि आइपुगेको प्रहरीले  उनीहरुलाई पछाडी हटाएको थियो । उनीहरुले मण्डलीमा तालाबन्दी गर्न भ्याएका थिएनन् तर सबै क्रिश्चियनहरुमा त्रास सिर्जना गराउनको निम्ति हुनसक्छ त्यस मण्डलीमा आफुहरुले तालाबन्दी गरेको भनेर फेसबुकमार्फत प्रचारबाजी समेत गरेका थिए ।

दक्षिणी छिमेकी भारतमा हिन्दुवादी नेता नरेन्द्र मोदी प्रधानमन्त्री भएलगत्तै क्रिश्चियनहरुलाई सताउन चाहनेको मनोबल ह्वात्तै बढेको देखिन्छ । हामी सबैले मिलेर प्रार्थना गरौँ परमेश्वरले यस देशमाथि आफ्नो निगाह राख्नुभएको होस्, प्रभुका जनहरुलाई सताउन चाहनेहरुको हृदयमा उहाँ बोल्नुभएको होस् र यो देशमा सनातनदेखिको उहाँको इच्छा पुरा हुन सकोस् ।

Related Posts

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In