• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, January 12, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

सतावटको संघारमा नेपाली इसाई समुदाय

by Jagadish Pokhrel
June 17, 2014
in News & Events
Jagadish Pokharel
Jagadish Pokharel

बिगत केहि बर्षयता नेपालमा धर्मको नाममा राजनीति गर्नेहरु बढे संगै यहाँका क्रिश्चियनहरुलाई कुनै न कुनै हिसावले प्रहार गर्ने कामहरु भैराखेका छन् । कहिले मिडिया त कहिले स्थानिय समुदायलाई उचालेर क्रिश्चियनहरुलाई सताउने काम भएको छ । गएको बर्षमा केहि मण्डलीहरु जलाइएका छन्, सेवकहरुलाई कुटपिट गरिएको छ । ति दिनहरुमा जति पनि सतावटका घटनाहरु थिए, तिनीहरु संगठित सतावटहरु थिएनन् । तर पछिल्लो समयमा भने नेपाली क्रिश्चियनहरुमाथि संगठित सतावटकै छनक देखिन थालेको छ । केहि व्यक्तिहरूले विभिन्न संघ संगठन खोलेर क्रिश्चियनहरुको हरतरहले बिरोध गर्ने काम गरिराखेका छन् । उनीहरुले फेसबुक, युट्युब, स्थानिय रेडियो, टेलिभिजनहरुको प्रयोगद्वारा थुप्रै क्रिश्चियनबिरोधी भ्रामक कुराहरु छरेका छन् । उनीहरुका मुख्य अगुवाहरुले स्थानियस्तरमै क्रिश्चियनहरुको प्रतिरोध गर्न खुल्ला आह्वान गरिएका फेसबुक स्ट्याटसहरु लेखेका छन् ।

यो क्रम चलिराख्दा गत शुक्रवार (जुन १३) का दिन काठमाडौंको एउटा चर्चले आयोजना गरेको २४ जनाको बप्तिस्मा कार्यक्रमलाई  आफूलाई हिन्दु भन्ने केही व्यक्तिहरूको एउटा समुहले बिथोल्ने प्रयास गरेको थियो । उनीहरुले पास्टर महेश थान्जुलगायतलाई हातपात गर्ने प्रयास गरेको थियो । तर त्यहाँ उपस्थित प्रहरीले उनीहरुलाई हातपात गर्न बाट छेकेको थियो । त्यसपछि प्रहरीले बप्तिस्मा लिंदै गरेको २४ जना, पास्टर तथा अगुवाहरु गरि ४० जनालाई पक्राउ गरेको थियो । प्रहरी कार्यलयमा पुगेका हिन्दुहरुको समुहले जबर्जस्ति रुपमा धर्मपरिवर्तन गराएर बप्तिस्मा दिन लागिएको भन्दै मुद्दा दर्ता गराएको थियो । त्यसपछि प्रहरीले जबर्जस्ति बप्तिस्मा दिन लागिएको हो या होइन भन्ने बारेमा अनुसन्धान गरेको थियो । पास्टर, अगुवा गरि ८ जना बाहेकलाई त्यहि दिन राती छाडेको थियो । प्रहरीले बप्तिस्मा लिएका सबै २४ जनाको व्यक्तिगत बयान लिएको थियो । त्यस बयानको क्रममा सबैले आफुहरुले जबर्जस्ति नभई आफ्नै इच्छाले बप्तिस्मा लिएको बताएका थिए । साथमा बप्तिस्मा अघि भरिएको फर्मको फोटोकपी पनि बुझाइएको थियो, जसमा कसैको करबलले नभई आफ्नै इच्छामा बप्तिस्मा लिंदैछु भनेर लेखिएको थियो ।

शुक्रबार र शनिवार गरि लिइएको बयान पछि पनि नियन्त्रणमा रहनुभएकाहरुलाई छाडेको थिएन । तर कुनै गल्ति फेला नपरेपछि आइतबार दिउँसो फरक फरक समयमा गरि नियन्त्रणमा रहेका सबै अर्थात् ८ जनालाई नै छाड्यो । बप्तिस्मा कार्यक्रम बिथोल्नेहरुकै समुहले सुन्दरीजल मण्डलीमा गत शनिवार (जुन 14) को आराधना सेवा बिथोल्ने प्रयास गरेको छ । ठुलो संख्यामा आएका उनीहरुले क्रिश्चियनहरुको अस्तित्व मेटाइदिने भन्दै नाराबाजी गरेका थिए । मण्डलीका ढोकाहरु र बोर्डमा पनि तोडफोड गरेका थिए । उनीहरुले मण्डलीका आमा दिदिबहिनिहरुलाई अपशब्द बोलेका थिए भने अब उप्रान्त यस मण्डलीमा संगति नगर्न चेतावनी दिएका थिए । त्यसका साथै आफुहरुले यहि चर्चबाट सुरु गरेर देशभरिका सबै चर्च बन्द गराइदिने भन्दै धम्क्याएका थिए । केहि बेर पछि आइपुगेको प्रहरीले  उनीहरुलाई पछाडी हटाएको थियो । उनीहरुले मण्डलीमा तालाबन्दी गर्न भ्याएका थिएनन् तर सबै क्रिश्चियनहरुमा त्रास सिर्जना गराउनको निम्ति हुनसक्छ त्यस मण्डलीमा आफुहरुले तालाबन्दी गरेको भनेर फेसबुकमार्फत प्रचारबाजी समेत गरेका थिए ।

दक्षिणी छिमेकी भारतमा हिन्दुवादी नेता नरेन्द्र मोदी प्रधानमन्त्री भएलगत्तै क्रिश्चियनहरुलाई सताउन चाहनेको मनोबल ह्वात्तै बढेको देखिन्छ । हामी सबैले मिलेर प्रार्थना गरौँ परमेश्वरले यस देशमाथि आफ्नो निगाह राख्नुभएको होस्, प्रभुका जनहरुलाई सताउन चाहनेहरुको हृदयमा उहाँ बोल्नुभएको होस् र यो देशमा सनातनदेखिको उहाँको इच्छा पुरा हुन सकोस् ।

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In