• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, July 10, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

सन्तुलित भोजन

by NC Reporter
May 19, 2014
in Articles
Rita Subedi
Rita Subedi

हामीले आफैलाई शारीरिक र मानसिकरुपमा स्वस्थ्य र तन्दुरुस्त राख्न सन्तुलित भोजन लिन जरुरी छ। भनिन्छ‚तपाईं जे खानु वा पिउनुहुन्छ तपाईं त्यही हुनुहुन्छ।(जस्तै स्वस्थ्य खान खानुहुन्छ भने स्वस्थ्य हुनुहुन्छ‚ रक्सीले मातिनुहुन्छ भने मत्थु हुनुहुन्छ)

हामीले खाने खानामा सबै थरीका कुराहरू समावेश छैनन् भने हामीलाई रोग लाग्न सक्छ। म सानो छँदा म पढ्ने स्कुलमा राजा-रानीको सवारी समय समयमा भैरहने गर्थ्यो। कहिले स्पोर्ट्सडेमा‚ कहिले अभिभावक दिवसमा त कहिले रिपोर्ट कार्ड डेमा। हामीहरू खूब उत्सुक भएर राजा-रानीलाई स्वागत गर्थ्यौं। अनि म सानै भएको हुनाले राजा रानीले त सधैँ मासुभात मात्र खान्छन्‚ मीठो मीठो चकलेटहरू धेरै खान्छन् होला जस्तो लाग्थ्यो तर जब म अलि बुझ्ने भएँ मैले थाहा पाएँ उनीहरू पनि हामीजस्तै हुन् र साग शब्जी पनि खान्छन् भनेर। शायद तपाईंहरूममध्ये कसै-कसैलाई पनि यस्तो लाग्थ्यो होला। यहाँ मैले भन्न खोजेको कुरा यही हो राजादेखि रैतिसम्म‚ महलमा बस्ने धनाढ्यदेखि झुप्रोमा बस्ने गरीब सबैलाई सन्तुलित भोजन चाहिन्छ नत्र ता…

हामीलाई चाहिने धेरै पौष्टिक तत्वहरू हामीले खाने हरियो सागपात र फलफूल‚ गेडागुडी-दाल‚ माछा-मासु तथा दूध र त्यसबाट बनेका परिकारहरूबाट पाउँछौं। हामीले‚ मसँग धेरै पैसा छ म मासु मात्र खान्छु‚ वा फलफूलमात्र खान्छु भन्यौं भने निश्चय हामीलाई स्वास्थ्यलाभ हुँदैन बरु यसले खराबै गर्छ। त्यसैले हामी स्वस्थ्य रहन ठीक प्रकारले उचित मात्रामा शरीरलाई आवश्यकता परेअनुसार खानुपर्छ। यदि हामीले हाम्रो खानामा ध्यान दिएनौं भने हामी बिरामी हुन सक्छौं। स्फूर्ति घट्ने (लोसे हुने)‚छालाका समस्याहरू‚ नङ भाँचिने‚ कपाल टुक्रा पर्ने र झर्ने‚स्वास गनाउने वा शरीर गनाउने जस्ता समस्यहरू देखिन सक्छन्। दिदी-बहिनीहरूमा अनियमित पिरियड्सको समस्या‚ ओभर ब्लिडिङ्ग‚ ओभर वेट(over weight) वा अन्डर वेट(under weight) जस्ता समस्याहरू देखिन सक्छन्।यदि यो चरमविन्दूमा पुग्यो भने त यसको नतिजा मृत्यु पनि हुन सक्छ।

त्यसकारण‚ माथिको कुरालाई छोटकरीमा भन्नुपर्दा हामी स्वस्थ्य भएर बाँच्ने हो भने हामीलाई उचित खाना (balanced diet) चाहिन्छ। यो त भयो शरीरको कुरा अब एकछिन आत्मिक स्वास्थ्यको बारेमा पनि हेरौं।

परीक्षाको समयमा येशूले भन्नुभयो: “लेखिएको छ, ‘मानिस रोटीले मात्र होइन, तर परमेश्‍वरको मुखबाट निस्‍केको हरेक वचनले जीवित रहँदछ’।” (मत्ती ४:४)

यहाँ येशूले परमेश्वरको वचनलाई खानासँग तुलना गर्नुभएको छ। त्यसै गरी येशूले पत्रुसलाई तीन पटकसम्म भन्नुभयो: “मेरा पठाहरूलाई खुवाओ” यहाँ येशूले शारीरिक खानाको होइन तर आत्मिक भोजनको कुरा गर्नुभएको हो‚अर्थात वचन सिकाउने कुरा‚आत्मकी वृद्धिको कुरा। यसकारण हामी देख्‍न सक्छौं बाइबल पढ्नु कति महत्वपूर्ण छ। पवित्र बाइबलमा यस्तो लेखिएको छ‚ “सम्‍पूर्ण पवित्र-शास्‍त्र परमेश्‍वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई,सच्‍याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्‍छ, ताकि परमेश्‍वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्‍जित भई सिद्ध भएको होस्‌।” (२ तिमोथी २:२)यसकारण हामी आत्मिकीरुपमापूर्ण रूपले सुसज्‍जितहुने हो अर्थात्‚स्वस्थ्य हुने हो भने सर्वप्रथम त हामीलाई उचित आत्मिकी खाना जरुरी छ भन्ने कुराको महसुस हुनपर्‍यो।

यो आत्मिकी खाना के हो त? निश्चय बाइबलमा भएका वचन नै हाम्रो आत्मिकी खाना हो। बाइबलका विभिन्न ठाउँमा यसलाई रोटी‚ पानी‚दुध आदिको रुपमा व्यक्त गरिएको छ। उदाहरणको लागि:

बाइबलले भन्छ: “नयाँ जन्‍मेका बालकहरूजस्‍तै शुद्ध आत्‍मिक दूधको तृष्‍णा गर, र त्‍यसबाट तिमीहरू आफ्‍नो मुक्तिमा बढ्‌दै जानसक्‍नेछौ।”(२ पत्रुस २:२)

“स्‍वर्गबाट ओर्लिआउने रोटी यही हो, जसले यो खान्‍छ त्‍यो मर्नेछैन।”(यूहन्ना ६:५०)

“तर जस-जसले मैले दिने पानी पिउँछ त्‍योकहिल्‍यै तिर्खाउनेछैन। जुन पानी म त्‍यसलाई दिनेछु, त्‍यो त्‍यसमा अनन्‍त जीवनको निम्‍ति उम्रिरहने पानीको मूल बन्‍नेछ!” (यूहन्ना ४:१४)

एकछिन विचार गरौं‚ हामीले यो जीवनलाई ठीक पार्न शरीरलाई वास्ता गरेर जति राम्रोसँग खाइरहेछौं के हामीले हाम्रो आत्मालाई पनि त्यसरी नै वास्ता पुर्‍याएर ठीक प्रकारले आत्मिक भोजन खाँदैछौं? कि आत्मिक भोजन खानुपर्छ भन्ने थाहा नै छैन? त्यसो नहोस्।

शायद हामीमध्ये कतिलाई लाग्न सक्छ:

म त सानै छु। यसबारेमा विचार गर्नलाई अझै समय छ। तर हामीलाई थाहा छ परमेश्वरले शमूएललाई बालकै छँदाउहाँको सेवा गर्नलाई छान्नुभयो।

म त केही कामको छैनँ। म परमेश्वरले चाहनुहुने जीवन स्तरसम्म पुग्न सक्दिनँ। निश्चय हामीले आफै कोशिषगर्‍यौं भने पक्कै असफल हौंला तर ख्रीष्टमा सबै सम्भव छ। किनभने लेखिएको छ‚“तर मलाई उहाँले भन्‍नुभयो, मेरो अनुग्रह तेरो निम्‍ति पर्याप्‍त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्‍छ।यसकारण ख्रीष्‍टको शक्ति ममा वास गरोस्‌ भनेर म बरु मेरो दुर्बलतामा बढ़ी खुशीसाथ गर्व गर्नेछु।  यसकारण ख्रीष्‍टको खातिर दुर्बलताहरूमा, बदनामीहरूमा, कठिनाइहरूमा, सतावटहरूमा, आपद्‌हरूमा म सन्‍तुष्‍टरहन्‍छु। किनकि जब म दुर्बल छु, तब म शक्तिशाली छु।”(२ कोरिन्थी १२:९‚ १०)

म त झूट बोल्छु‚ ठग हुँ। तर याद राख्नुहोस् याकूबले पनि झूट बोलेका थिए र ठगी गरेका थिए तर परमेश्वरले उनलाई १२ कुलका पिता बनाएर प्रशस्त आशिष दिनुभयो।

म त व्यभिचारी हूँ। मैले कसरी परमेश्वरको सेवा गर्न सक्छु? ढाडस गर्नुहोस्‚दाऊद पनि व्यभिचारी थिए उनले त अझ सुनियोजित हत्या पनि गरे। तर उनको बारेमा परमेश्वरले यसरी गवाही दिएर भन्‍नुभयो, ‘मैले यिशैको छोरो दाऊदलाई मेरो हृदय अनुसारको मान्‍छे पाएँ, जसले मेरा सबै इच्‍छा पूरा गर्नेछ।’(प्रेरित १३:२२)

त्यसकारण‚ यस्ता सत्यहरू जान्न र परमेश्वरलाई मनपर्ने जीवन जिउने हो भने हामीले बाइबल जान्नु पर्छ। येशूले आफूमाथि विश्‍वास गर्ने यहूदीहरूलाई भन्‍नुभयो, “तिमीहरू मेरो वचनमा रह्यौ भने तिमीहरू साँच्‍चै मेरा चेला हौ। ३२ तब तिमीहरूले सत्‍य के हो सो जान्‍नेछौ, र सत्‍यले तिमीहरूलाई स्‍वतन्‍त्र तुल्‍याउनेछ।” (यूहन्ना ८:३२)

त्यसोभए सत्य के हो त?

परमेश्वर नै सत्य हुनुहुन्छ: “…हे परमप्रभु, हे सत्‍यका परमेश्‍वर,…” भजन ३१:५

बाइबल सत्य हो: “… तर सत्‍यको पुस्‍तकमा के लेखिएको छ,…” दानिएल १०:२१

यदि हामीले परमेश्वरको वचनलाई ठीकसँग जानेनौं भने हामी भ्रममा पर्न सक्छौ। येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरू भ्रममा परेका छौ, किनकि तिमीहरू धर्मशास्‍त्र र परमेश्‍वरको शक्ति जान्‍दैनौ।” (मत्ती २२:२९) र आत्मामा शुरू गरेर शरीरमा शेष गर्नेहरू‚ मूर्खहरू बन्न पुग्छौं। (गलाती ३:३) जुन क्षण हामीले येशूख्रीष्टलाई आफ्नो मुक्तिदाता र प्रभु भनी ग्रहण गर्‍यौं त्यही क्षण नै हामीले सत्यलाई अँगाल्यौं र हामी थुप्रै कुराहरूबाट स्वतन्त्र पारियौं र हामी चुनिएकाहरू बन्न पुग्यौं (१पत्रुस १:२)।

हामी हृदयका कष्टहरूबाट (भनज २५:१७)‚ गुप्तमा थापिएको पासोबाट (भजन ३१:४)‚ कैदबाट (भजन १४६:७) र सबैभन्दा महत्वपूर्ण कुरा उहाँले हामीलाई पापबाट (रोमी ६:१८) स्वतन्त्र गर्नुभएको छ। त्यसकारण ज्ञानको कमीले फेरि दासत्वमा पर्नु हाम्रो लागि मूर्खतापूर्ण हुन्छ।

स्‍वतन्‍त्रताको निम्‍ति ख्रीष्‍टले हामीलाई स्‍वतन्‍त्र पार्नुभएको छ। …फेरि दासत्‍वको जुवामुनि नपर।(गलाती ५:१३)

त्यसैले‚ यस्ता सत्यहरू जानेर स्वस्थ्य र बलियो आत्मिक जीवन जिउने हो भने‚ आत्मिक सन्तुलित भोजन खाऔं।

सन्तुलित भोजन खाऔं शरीरलाई तन्दरुस्त र स्वस्थ्य राखौं।

आत्मिकी भोजन खाऔं र आत्मालाई तन्दरुस्त र स्वस्थ राखौं। उहाँको महिमाको निम्ति चङ्गा होऔं।

 

Related Posts

मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

June 21, 2025
Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025
Exam System Comparison: Efficiency vs. Burden

Exam System Comparison: Efficiency vs. Burden

March 18, 2025

Discussion about this post

ताजा सामाग्री

New life in Christ

New life in Christ

July 9, 2025

Mum Bahadur Gharti Magar, a member of Kantipur Church Introduction The Bible tells us about the...

मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

June 21, 2025

विगत दुई दशकको अन्तरालमा मैले दुईवटा शैक्षिक संस्थाहरु र दुईवटा मण्डलीको मुख्य नेतृत्वको भूमिकामा रहि सेवा गर्ने मौका पाए ।...

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025

२०८२ असार ६, बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ४ बजे ग्वार्को ओभरपासको औपचारिक उद्घाटन गर्न गइरहेका छन्। निर्धारित...

Vacancy at ECTC

June 16, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

Recent Posts

  • New life in Christ
  • मण्डली व्यवस्थापन
  • प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने
  • Vacancy at ECTC
  • Vacancy at Tiny Hands Nepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In