• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, July 11, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

येशू कसरी आँउनु हुँनेछ ?

by NC Reporter
October 26, 2013
in Articles

  दिपेन लामा

             “याद राख, मैले (येशू) तिमीहरुलाई अघिबाटै भनिदिएको छु। यदि तिनीहरुले तिमीहरुलाई ‘हेर, उनी उजाड-स्थानमा छन्’ भनी भन्छन् भने बाहिर निस्केर नजाओ । अनि ‘हेर, उनी भित्री कोठाहरुमा छन्’ भने पनि विश्वास नगर ।किनकि जसरी बिजुली पूर्वबाट चम्कँदा पश्चिमसम्मै उज्यालो हुन्छ, त्यसरी नै मानिसको पुत्रको आगमन हुनेछ। बिजुलीको चमक धेरै टाढादेखि पनि देख्न सकिन्छ । येशूको दोस्रो आगमन गुप्तीमा हुने छैन अथवा काल्पानिक पनि हुने छैन । त्यसैकारणले गर्दा येशूले हामीलाई चेताउनी दिनुहुन्छ कि कसैले पनि हामीलाई धोका दिन नसकोस् – कि येशू गुप्तरुपमा आउने छन् र थोरैले मात्र देख्नेछन् ।

 के येशूफेरि वास्तविक मनुष्यको रुपधारण गरि आउनुहुन्छ ?

           “जब तिनीहरुले (येशूका चेलाहरु) उहाँ जाँदैगर्नुभएको एकटक आकाशतिर हेरिरहेका थिए, तब अचानक सेतो पोशाक लाएका दुइजना मानिस (र्स्वर्गदूत) तिनीहरुका नजीक खडा भए । तिनीहरुले भने, ‘गलीलका मानिस हो, तिमीहरु किन आकाशतिर हेर्दै उभिरहेका छौं – यही येशू, जो तिमीहरुबाट र्स्वर्गमा लगिनुभयो, अहिले जसरी तिमीहरुले उहाँलाई र्स्वर्गमा जानुभएको देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ ।'”(प्रेरित 1:10-11)

        येशू मानिसको रुपमा आउनुहुनेछ । त्यस दिन जब येशू पृथ्वीबाट प्रस्थान गर्नुभो, दुइ र्स्वर्गदूतहरुले विश्वासपूर्वक चेलाहरुलाई ‘यही येशू’ फेरि फर्किएर आउनेछन् भन्नुभयो ।  येशू, जो राजाहरुका राजा कहलाउनु हुन्छ, तिनै येशू जसले बिमारीहरुलाई निको पार्नुभो र अन्धाहरुको आँखा खोलीदिनुभो ।तिनै येशू जसले व्याभिचार भएकी स्त्री संग नम्र भएर बोल्नुभो । तिनै येशू जसले धेरै शोककर्ताहरुका आँसु पुछिदिनुभो अनि धेरै बालक-बालिकाहरुलाई आफ्ना काँखमा बसाँउनुभो, तिनै येशू जो कलवारीको व|mूसमा मर्नुभो, नयाँ चिहानमा विश्राम गर्नुभो र तेस्रो दिनमा मृतकबाट पुनरुत्थान हुनुभो ।

के येशू आँउदा, हामी उहाँलाई देख्न सक्छौ ?

      र्स्वर्गदूतहरुले घोषणा गरेथे कि – तिनै येशू जसरी स्वर्गारोहण हुनुभएथ्यो – त्यसरी नै फेरि आउनुहुनेछ । “र पृथ्वीका सब जातिहरु विलाप गर्नेछन्, र तिनीहरुले मानिसको पुत्रलाई आकाशका बादलहरुमा शक्ति र ठूलो महिमा साथ आइरहेको देख्नेछन् ।” (मत्ती 24:30)

     येशू कसरी स्वर्गारोहण हुनुभो “उहाँले  (येशूले) यो कुरा भन्नुभए पछि, तिनीहरुले हेर्दाहेर्दै उहाँ उँभो उचालिनुभयो, र बादलमा उहाँ तिनीहरुका दृष्टिबाट लोप हुनुभयो ।” (प्रेरित 1:19)

     येशूका चेलाहरुले स्पष्टरुपमा देखें कि – येशू कसरी आफ्नै गौरवपूवक शरीरीक ढाँचामा स्वर्गारोहण भएको। धेरैले प्रभु स्वर्गारोहण हुनुभएको देखे । उहाँ (येशू)फेरि त्यसैगरि आउनु हुनेछ, स्पष्ट रुपमा, सबैमाथी देखा पर्नु हुनेछ।

धर्मप्रचारक यूहन्ना अनुसार, कतिजना मानिसहरुले येशूको दोस्रो आगमन  देख्नेछन् ?

      “हेर, उहाँ बादलहरुसाथ आउँदैहुनुहुन्छ, र हरेक आँखाले उहाँलाई देख्नेछ ।” (प्रकाश 1:7 पहिलो अंश) दुवै धार्मिक र पापीहरुले येशूको दोस्रो आगमन देख्नेछन् । प्रत्येक जीवित मानिसले -त्यस बेलाका) येशूको आगमन स्पष्टरुपमा देख्नेछन् ।

 येशू अनुसार, उहाँको दोस्रो आगमन कतिजनाले देख्नेछन् ?

      “तब मानिसको पुत्रको (येशूको) चिन्ह आकाशमा देखा पर्नेछ, र पृथ्वीका सब जातिहरु विलाप गर्नेछन् र तिनीहरुले मानिसको पुत्रलाई आकाशका बादलहरुमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन् ।”(मत्ती 24:30)संसारका प्रत्येक निवासीहरुले येशूको दोस्रो आगमन स्पष्टरुपमा देख्नेछन् । उपग्रहले (सेटेल्लाइट) प्रदर्शित गरेका स्पष्ट नक्साहरु ज्स्तै देखिने छन्, ओलिम्पिक खेलको  (Olympic Games) बिदाई समारोह जस्तै आनन्दयुक्त भई लाखौ मानिसले देख्नेछन् – येशूको दोस्रो आगमन । विश्वका सबै घटी सकेका घटनाहरु भन्दा प्रभावशाली हुनेछ ।

 येशूले अरु कस्ता प्रकारले आफ्नो आगमन  घोषणा गर्नु भयो ?

     “किनकि प्रभु स्वयम् हुकुमको गर्जनसित प्रधान र्स्वर्गदूतको आवाज र परमेश्वरका तुरहीको सोरसित र्स्वर्गबाट ओर्लनुहुनेछ, र ख्रीष्टमा मरेकाहरु चाहिँ पहिले बौरिउठ्नेछन् ।”(2थेस4:16)

      येशू बादलहरुमा ‘शक्ति र ठूलो महिमासाथ’, ‘बिजुलीको चमक र उज्यालो (मत्ती24:30,27) अनि परमेश्वरको चर्किलोतुरहीको आवाज दिंदै आउनु हुनेछ।

येशूले आगमनमा उहाँसंग अरु को-को आउनुहुनेछ ?

     “जब मानिसको पुत्र -येशू) सारा र्स्वर्गदूतहरुसंग आफ्नो महिमामा आउनेछ, तब ऊ -येशू)आफ्नो महिमामय सिंहासनमा बस्नेछ ।”(मत्ती 25:31)

      येशूको पुनरुत्थानको बेला, एउटा र्स्वर्गदूत मात्र देखेर, रोमी पहरादारहरु डरले थरथर काँपे । (मत्ती 282:4) कल्पना गर्नुहोस – जब येशू वरिपरि र्स्वर्गदूतहरुसंग आउनेछ, त्यो दृश्य हेर्नमा कति सन्तुष्टि अनुभव गर्नेछौं ।

 के हामी येशूको दोस्रो आगमनको यथार्थ दिन या घडी भविष्यवाणी गर्न सक्छौं ?

    “तर त्यस दिन र घडीको विषयमा पिताबाहेक कसैले जान्दैन, नत र्स्वर्गकादूतहरुले, न पुत्रले । यसकारण तिमीहरु पनि तैयार रहो, किनकि मानिसको पुत्र-येशू) तिमीहरुले नचिताएको बेलामा आउनेछ ।“(मत्ती 24:36,44) सबैजनाले उहाँको आगमन देखे या सुनेता पनि, धेरैजना तयारी भई बसेका हुँदैनन् । के तपाई स्वंम येशूको आगमनको निम्ति तैयार हुनुहुन्छ –

 येशूआगमन भई के गर्नुहुन्छ ?

      येशूले उहाँलाई प्रतिक्षा गर्नेहरुलाई उद्धार गर्नु हुनेछन् ।”त्यसरी ख्रीष्ट पनि धेरैजनाका पाप बोक्नलाई एकै पल्ट देखा पर्नुहुनेछ, पाप बोक्नका निम्ति होइन, तर उत्सुकतापूवक उहाँको प्रतिक्षा गर्नेहरुका उद्धारको निम्ति ।”  (ह्रिब्र9:10)

     “उसले आफ्ना र्स्वर्गकादूतहरुलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिमीहरुले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसको चुनिएकाहरुलाई भेला गर्नेछन् ।”(मत्ती 24:31)

      यदि तपाईले पवित्र बाइबलका सबै आज्ञाहरु पालन गर्नु भएको छ भने – नडराउनु होस, किनकि तपाई अवश्यै येशूसंग, उहाँको प्यारो बालक बनि र्स्वर्गमा विराजमान हुनुहुनेछ ।

      उहाँकलाई अधिकतम मात्रामा हामीहरुले मुरी-मुरी प्रशंसा र महिमा गरौं । आमिन ।

(Dipen Lama is presently serving as Headmaster, Bethany Hr. Sec. School, and SenapatiH/Q. – Manipur State. Apart from his teaching profession, he share stupendous moments as a Mission Worker. He’s also the Executive Editor of MANTHAN (A Christian bilingual quarterly Magazine). For the sake of Christian fraternity, he is contributing his desires& efforts in beginning a Community Christian Library in near future.)

Related Posts

मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025
Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025
Exam System Comparison: Efficiency vs. Burden

Exam System Comparison: Efficiency vs. Burden

March 18, 2025

Discussion about this post

ताजा सामाग्री

New life in Christ

New life in Christ

July 9, 2025

Mum Bahadur Gharti Magar, a member of Kantipur Church Introduction The Bible tells us about the...

मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

विगत दुई दशकको अन्तरालमा मैले दुईवटा शैक्षिक संस्थाहरु र दुईवटा मण्डलीको मुख्य नेतृत्वको भूमिकामा रहि सेवा गर्ने मौका पाए ।...

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025

२०८२ असार ६, बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ४ बजे ग्वार्को ओभरपासको औपचारिक उद्घाटन गर्न गइरहेका छन्। निर्धारित...

Vacancy at ECTC

June 16, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

Recent Posts

  • New life in Christ
  • मण्डली व्यवस्थापन
  • प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने
  • Vacancy at ECTC
  • Vacancy at Tiny Hands Nepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In