• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, October 25, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

संक्रमणकाल

by Tek Bhandari
June 10, 2013
in Articles

देशमा प्रजातन्त्र आयो राणा शाही ढल्यो भनी उफ्र्यो, फेरि प्रजातन्त्र आयो पञ्चायत ढल्यो भन्यो, लोकतान्त्रिक, जनतान्त्रिक, गणतन्त्र आयो भन्यो खास जनताको लागि के भयो र के हुन्छ?  कुनै परिवर्तनको महशुस भएको छैन ।


संक्रमणकाल

 

बाइबल अनुसार न्यायकर्ताको किताब २१:२५ पद “ती दिनमा इस्रायलमा कुनै राजा थिएन, र हरेक मानिसले आफ्नो दृष्टिमा जे ठीक लाग्यो त्यही गर्दथ्यो ।” यसको मतलब र्सबमान्य नेता थिएन । जसले गर्दा मानिसहरु जसलाई जे ठीक लाग्यो त्यही गरें यसले गर्दा कुनै न्याय हुँदैन । देश विकासको लागि देशमा न्यायोचित ब्यबस्था हुनु पर्दछ । बाइबल अनुसार ती दिनमा संक्रमण काल थियो । नयाँ ठाउँ जहाँ परमेश्वरले इस्रायलीहरुलाई प्रतिज्ञा गर्नु भएको देशमा आइपुगेका छन् देशको केहि भाग कब्जा गरीसकेका छन् तर अझै अरु भाग लिन बाँकी नै छ यो अवस्था नै संक्रमणकाल थियो । संक्रमणकालको समयमा सबै कुरा न्यायोचित हुँदैनन् कारण त्यहाँ कुनै नियम नै छैन । यो समयमा देशमा नेता हुँ भन्नेहरुले होशियारीसाथ काम गरेनन् भने देशै नरहन सक्छ । यो समयमा कसैले पनि फाइदा उठाउने काम गर्नु हुँदैन । कसरी चाँडो भन्दा चाँडो संक्रमणकालको अन्त गर्राई देशमा न्यायोचित राज्य गठन गराउँनु हरेक नेता र जनताको कर्तब्य हो । यहोशूलाई परमेश्वरले मोशाको शेष पछि इस्रायलीहरुको अगुवा (नेता) नियुक्त गर्नु भयो र भन्नु भयो “ब्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्, तर त्यसमाथि तैंले दिनरात ध्यान गर्नू अनि त्यसमा लेखिएका सबै कुरा होशियारीसाथ पालन गर्नू, र तेरा सबै मार्गहरुमा तैंले उन्नति गर्नेछस् र सफलता पाउनेछस् ।” यहोशू १:८ पद । कसैले सफलता पाउनु छ भने ब्यवस्था -नियम कानून) होशियारीसाथ पालन गर्नू पर्छ सधैं दिनरात । र मात्र परमेश्वरको आशिष रहन्छ साथै मानिसहरुमाझ विश्वास हुन्छ । एक कुरा भन्ने अर्कै काम गर्ने नेतालाई नत परमेश्वरले आशिष दिनु हुन्छ न मानिसहरुमाझ विश्वास योग्य हुन्छ । हाम्रो देश नेपालमा यस्ता धेरै संक्रमण कालको अवस्था आयो र छ पनि । २००७ सालको प्रजातन्त्रिक सरकार संक्रमण कालमा थियो त्यो समय २०१३ साल सम्म रह्यो (मेरो आफ्नै विचारमा) चुनाव भयो अर्को संक्रमण काल शुरु भयो यसले पनि स्थिरता नपाउँदै २०१७ साल आयो यसले झण्डै ३० बर्षशासन चलायो त्यसमा पनि सबै जनता खुशि थिएनन् र २०४६ साल आयो हरेक नयाँ ब्यवस्थासंगै संक्रमणकाल हुन्छ किनकी नयाँ नेता आउँछन् उनीहरुलाई बुझ्न नै समयलाग्छ । यो समयमा पनि पूर्ण जनता सन्तुष्ट नभएको कारण २०५२ साल शुरु भयो र यसले गर्दा वितेका १२ बर्ष देश तहसनहस भयो र अर्को परिवर्तन भयो अब यो संक्रमणकाल चाँही अघिका संक्रमणकाल भन्दा बेग्लै हो । यो समय डरलाग्दो पनि छ देशै टुक्रन्छ कि भन्ने देश भक्त नेपाली जनतालाई लागेको छ । किनकी संक्रमणकाल घटाउन भन्दा बढाउन नेताहरु अघि सरेको देखिन्छ । जति राजनैतिक दलहरु र नेताहरु छन् उनीहरु आफुले गरेका सबै राम्रो अरुले गरेका नराम्रो भनी असहमती जनाई रहने हो भने कहिले हुन्छ यो देशमा संक्रमणकालको अन्त्ये —- जसरी इस्रायलमा यहोशूको समयमा परमेश्वरले कनान देशमा बाह्र कुललाई विभाजन गरिएको थियो जुन ठाउँ जसलाई दिईएको थियो तिनीहरु आफैले त्यहाँका पूराना बासिन्दालाई हटाएर बस्नु पर्ने थियो । अब नेपालमा पनि संघिय राज्य भनीएको छ तर कसरी बाड्ने र कुन जातिका जनता कति छन् के तपाईहरुलाई थाह छ ? यदि छैन भने हचुवाको भरमा कार्यन्वयन नगर्नु होला । आजसम्म भएका जन गणनाको बारेमा कति विस्वस्त हुनुहुन्छ? किनकी मैले आजसम्म जनगणना लिने ब्यक्तिहरु कस्ता हुन्छन् देखेको छैन । चौतारामा बसेर लेखेको जनगणनाको भरमा हामी भन्न सक्छौ नेपालमा यति महिला, पूरुष, बालवालिका, विभिन्न धर्मालम्विहरु, पेसाका, शिक्षित, अर्ध शिक्षित, अशिक्षित ब्याक्तिहरु छन् भनी लेखिएको कुरा भरपर्दो छ। हरेक १० बर्ष एक पल्ट जनगणना लिएर सत्य तथ्य भेटिन्छ? यसकारण यो समयमा हाम्रो देशका नेताहरुले एकपल्ट राम्रोसंग बाइबल यो समयमा यहोशूको पुस्तक पढ्नु भए राम्रो हुन्थ्यो जस्तो मलाई लाग्छ । आफ्नो देश प्रति गर्नु पर्ने मायाको बारेमा बाइबलमा प्रष्ट लेखिएको छ । अब्राहाम, योसेफ, मोशा, यहोशू, एज्रा, नहेम्याह ………इत्यादी । देशमा प्रजातन्त्र आयो राणा शाही ढल्यो भनी उफ्र्यो, फेरि प्रजातन्त्र आयो पञ्चायत ढल्यो भन्यो, लोकतान्त्रिक, जनतान्त्रिक, गणतन्त्र आयो भन्यो खास जनताको लागि के भयो र के हुन्छ?  कुनै परिवर्तनको महशुस भएको छैन । नेता तिनै, काम गर्राई उस्तै, कहिले हुन्छ नयाँ नेपाल ? के काठमाण्डौंबाट राजधानी अन्त कहि लगेर नयाँ बनाउने होकि नयाँ दिल्ली जस्तै ? विकासको रकम कति सदुपयोग भएको कसले यसको अनुगमन गर्ने? जसलाई अनुगमन गर्न लगाए पनि सवै मिलिजुली चल्दैछ । यो देशमा देश भक्त नेताहरुको उदय कहिले हुन्छ र ती नेताहरु कहाँ होलान् ?

टेक भण्डारी गोरखा, हाल ल.पु. कुपण्डोल ।

// <![CDATA[
var prefix = ‘ma’ + ‘il’ + ‘to’;
var path = ‘hr’ + ‘ef’ + ‘=’;
var addy2628 = ‘tek_nepal’ + ‘@’;
addy2628 = addy2628 + ‘hotmail’ + ‘.’ + ‘com’;
var addy_text2628 = ‘tek_nepal’ + ‘@’ + ‘hotmail’ + ‘.’ + ‘com’;
document.write( ‘‘ );
document.write( addy_text2628 );
document.write( ” );
//–>\n
// ]]>tek_nepal@hotmail.com

Republished in new latout 5/31/2013

// <![CDATA[
R//

Related Posts

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025
Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

October 13, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In