बेविलोन डिस्को, आजका युवा र संविधान
नेपालमा भएका वर्तमान कानून अनुसार पूर्ख्यौली सम्पत्ति स्वत: छोराछोरीले पाउने व्यावस्था भएको कारण नेपालका युवा पिंढीले देखाएको विकृति र विसंगती हो भन्ने मलाई लाग्छ। कारण पिताहरूले जसरी भएपनि मेरा छोराछोरीको लागि भनी आफूले नखाएर राम्रो नलगाएर साँचेको कारण छोरा छोरीले मेरा माता पिताले कसरी हाम्रो लागि पढाउन र हुर्काउन सम्पत्ति जोहो गरेका छन् पटक्कै बुझेको जस्तो लागेन। आज पत्र पत्रिका र समाचारमा सुनेको कुराले समस्त अविभावकहरुलाई ठूलो चोट पुर्याएको छ।
राम्रो शिक्षा उपलब्ध गराउन माता पिताले गरेको दुःखलाई नबुझेर कलेज समयमा डिस्को बारमा गएको थाहा पाउँदा माता पिताको मन कस्तो भयो होला हामी सबैले अनुमान गर्न सक्छौं।
यसकारण मेरो विचारमा हाम्रो छोराछोरीलाई पुर्ख्यौली सम्पति स्वत: पाउने व्यवस्थाको अन्त गर्नु उपयुक्त हुनेछ। उनीहरुलाई १२ कक्षासम्म पढाउने (पढ्ने मन भएकालाई) वा कुनै तालिमको व्यवस्था गरी दिने त्यस पछि उनीहरूले कलेज पढ्न आफैले कमाएर पढ्नु पर्ने। पुर्ख्यौली सम्पत्तिको दावा गर्न नपाउने कानूनी व्यवस्था हुनुपर्छ नत्र हाम्रो छोराछोरीको हविगत बेविलोन डिस्को को हुनेछ। के काठमाडौंमा बेविलोन मात्र हो त्यस्तो ठाउँ? हाम्रा सुरक्षा निकायप्रति कति विश्वस्त हुन सक्छौं?
इसाई समाज यसमा सतर्क छ तर कुवा त उही नै हो। स्कूल कलेज एउटै हो। हामीले युवा पिंढीलाई विभिन्न किसिमले शिक्षा दिई रहेका छौं तर के गर्ने आज्ञा पालन गरे न हुने हो नगरे कसको के लाग्छ।
बाइवलमा यसरी लेखिएको छ,
“तर यो बुझिराख, कि आखिरी दिनहरूमा डरलाग्दा समयहरू आउनेछन्। किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने, रुपियाँ पैसाको मोह गर्ने, धमण्डी, हठी, अरुको बदनाम गर्ने, आमाबाबुको आज्ञापालन नगर्ने, बैगुनी र अपवित्र, स्वाभाविक प्रेम रहितका, खुशी पार्न नसकिने, अरुको बदख्वाइँ गर्ने, दुराचारी, क्रूर, असल कुरालाई घृणा गर्ने, विश्वासघाती, उत्ताउला, अहङ्कारले फुलेका, परमेश्वरलाई भन्दा सुख विलासलाई प्रेम गर्ने, भक्तिको भेषचाहिँ लिने, तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछन्। यस्ता मानिसहरुबाट अलग्ग बस। (२ तिमोथी ३:१-५)”
यसकारण हरेक स्कूल, कलेज, अभिभावक, कानून व्यवसायी, सरकार र सुरक्षाकर्मी शहरमा के के भई रहेको छ, कुन डिस्को, रेष्टूरेण्टहरुले के के कुराहरु उपलब्ध गराउँदै छन् भन्ने कुराको जानकारी राख्नु आवश्यक छ र यी विकृतिहरूलाई नियनत्रण गर्नु सुरक्षा निकायको कर्तब्य हो यदि यी नै कुरा जनताले पाउँदैनन् भने किन राख्ने सुरक्षा निकाय?
टेक भण्डारी
गोरखा, हाल ललितपूर
Republished in new layout 5/30/2013
Discussion about this post