बाईबलिय आधारमा हरेक ठाउँमा बारब्बाको विजय हुन्छ यस संसारमा तर यो क्षणिक हो भन्ने मेरो विस्वास छ। बारब्बा के र को हो? यो ब्यक्ति कुनै हत्याको अभियोगमा झ्यालखानामा परेको । जो सवैले चिन्दछन् हामी सबैलाई थाह भएको कुरा के असल व्यक्तिलाई यो खराब ब्यक्तिलाई चिन्दछन्। बारब्बाचाँही खराब गर्ने ब्यक्तिको रुपमा चिनिएको र अर्कोतिर येशु जसले मावनजातिको लागि ज्यानै दिनलाई आउनुभएको छ अरुको लागि आफ्नो ज्यान दिने व्यक्ति कस्तो हुन्छ तपाई आफै अनुमान लगाउनु होस्। उहाँले बिरामीलाई चर्ङ्गाई दिनु, दृष्टि बिहिनलाई दुष्टि, गुंगालाई बोली, हिड्न नसक्नेलाई हिर्डाई, कुष्ट रोगीलाई चर्ङ्गाई दिनु भयो।
मुख्य कुरा मानवजातिको पापबाट उद्धार गर्नु भयो। उहाँले असल शिक्षाहरु दिनु भएको छ विशेष गरी मत्तिको सुसमाचार अध्याय ५ देखि ७ सम्म फेरि एकपल्ट पढ्नु होला। यस्तो व्यक्तिलाई मृत्यु दण्ड र बारब्बालाई जेलबाट पुरस्कार स्वरुप जेल मुक्त येशुको सट्टामा। यो संसारमा आफु जस्तो छ उस्तैहरुको समुह बनाउँदा रहेछन्। यो संसार दुष्टहरुको समुह धेरै भएको कारण उनीहरु कै बृद्धि हुन्छ र येशुलाई उनीहरुको समुहबाट हटाउँदै जान्छन् तपाईले आफ्नो वरिपरी स्कुल पाठशाला, अफिस, ब्यापार व्यावसाय, जुवातास, कहि पनि के भईरहेको छ र कस्तो व्यक्तिहरुको उन्नती हुन्छ र कस्ता कस्ता हर्टाईन्छन् वा मारिन्छन्। थोरै मात्र मानिस हुन्छन् यस्तो भन्न सक्ने “दुष्टको महलमा बस्नु भन्दा परमप्रभुको भवनको ढोके हुन्छु।” र बाइबलको शिक्षा छ, “धन्य हो त्यो मानिस, जो दुष्टहरुको सल्लाहमा हिड्दैन, जो पापीहरुको मार्गमा खडा हुँदैन, अनि गिल्ला गर्नेहरुको सङ्गतमा बस्दैन”।
तर मेरा आदरणीय मित्रहरु, हेर्नुहो साथिहरु यस्ता हुन्छन्,, कोहि, आवश्यक पर्दा ज्यान दिने, कोहि मौका पाए ज्यान लिने, धेरै चाँही टाडै बसिर हेर्ने तमासे, मित्र तपाईका कस्ता साथिहरुको बिचमा पर्नुभएमो छ हेर्नुहोस् है। विशेष गरी तमासेहरु साथीहरु धेरै पाउनु हुनेछ किनकी यस्ता व्यक्तिले केहि पनि गर्दैनन्। यस्तै महसुस भएको छ मलाई किन होला ? के तपाईलाई पनि त्यस्तो भएको छ? तर हतास नहुनु होस यस्ताहरुको विनास सारै पिडादायक हुन्छ अनन्तको लागि मेरो विस्वासमा।
आफ्नो देशको लागि ज्यान हत्केलामा राखि लर्डाई गरी विजय प्राप्त गरे पछि मानिसहरुले उसको प्रशंसा गरे भनेर उक्त देशको राजाले विजय प्राप्त गर्ने व्यक्तिलाई मार्नलाई हर तरहले कोशिष गरेको पनि हामी बाइवलमा पढ्न पाउँछौं।
जोसेफलाई पोतिपरकी श्रीमतीले लगाएको दोष र उसले पाएको सजाँय। यस्ता कुरा देख्ने यो संसारमा कोहि हुन्छ र? तर परमेश्वर जसमाथि हामी विस्वास गर्र्छौं उहाँको अघि सबै कुरा र्छलङ्गै छन् र उहाँको समयमा यसको न्याय गर्नु हुन्छ। धन्यवाद ।
टेक भण्डारी
गोर्खा हाल ल.पु. कुपण्डोल
Republished in new layout 5/29/2013



















Discussion about this post