बाइवलमा हामीले थुप्रै उदाहरणहरु भेट्न सक्छौं कसरी अगुवाहरु तयार हुन्छन् भनी। जस्तो यहोशू मोशाको अधिनमा हुँदा, एलिशा एलियाको अधिनमा हुँदा, येशुका चेलाहरु उहाँको शिक्षा पाउँदा, तिमोथि, तितस र सिलास पावलको अधिनमा उहाँसंग सिक्दै रहँदा। येशुले उहाँका चेलाहरुलाई २ २ गरी बिरामी, निको पार्न पठाउँदा, चेलाहरुले येशुका दिनुभएको अधिकार प्रयोग गरी फर्कदा खुशि थिए तर जब येशुसंग हुन्थे उनीहरुले उल्लेखनिय काम गरेको भेट्टाउन सकेका छैनौं।
विस्वासमा पनि कम्जोर देखेका छौं जस्तो समुद्रमा येशु निदाउँदा र जहाजलाई पानी र हावा हुरिले हाल्दाको घटना हेर्न सक्छौं। येशुको मृत्यु, पुनःरुत्थान भएपछि र स्वगारोहण पछिको घट्नालाई बिचार गरौं उनीहरु विस्वासमा स्थिर छन् तर डर र त्रासमा झ्याल ढोका बन्द गरी उपल्लो कोठामा प्रार्थना गर्दै र सल्लाह गर्दाको मार्मिक घटना हेरौं। तर पवित्रात्मा आउनु भएपछिको त्यो अघिको कातर पत्रुसलाई हेरौं उसको सहास र विस्वासको प्रचार। तिमोथीले पावल जेलमा परेपछि या संगै नहुँदा मात्र काम गरेको देखिन्छ। यसको मतलभ आफुभन्दा ठूलो अगुवा या नेतासंगै हुँदा सिकारुको क्राय देख्न सकिन्न भन्न सकिन्छ।
ठूलो रुखमुनी बस्दा एक झर पानीको ओतलाग्न सकिन्छ तर त्यो रुखमुनी अरु कुनै साना बोट बिरुवाहरु उम्रन र बढ्न सक्दैनन् भन्न पनि सकिन्छ। प्राकृतिकरुपमा तपाई ठूलो रुखमनी हेर्नोस् त्यहाँ कुनै बोट बिरुवा देख्नु हुन्न। किनकी ठूलो रुखले माथिको श्रोत आफैले लिन्न जस्तो घाम, पानी र हावा पनि। यी तीनै पदार्थहरु नभएमा बोट बिरुवा उम्रन र बढ्न बाँच्नै सक्दैनन्। मानिसमा पनि त्यस्तै हो तर परमेश्वरमा त्यस्तो हुँदैन। उहाँले सन्तुलित रुपमा दिनु हुन्छ यति हुँदाहुदै पनि हाम्रा इसाइ चर्चहरु फुटेका छन् कारण अगुवापनको लागि नै हो तर स्थापित अगुवाहरुको भनाईमा यो दुष्ट बिचार हो। के अगुवापनमा आउन चाहँदा दुष्ट बिचार भन्न मिल्छ र ? के आफ्नो असुरक्षाको कारणले यस्ता वचनहरु अगुवाको मुखार बिन्दुबाट निस्कनु चाँहि कस्तो बिचार भन्ने ? एलिशाले एलियाको जस्तो आत्मा पाउँन कति उसको पछि लागेको छ। यहोशूले अगुवा हुन कति बर्षउसले उचित जीवन वितायो। अगुवा हुन चाहनेलाई प्रसस्त धैर्यता चाहिन्छ भने स्थापित अगुवाले आफ्नो उत्तराधिकारीहरु तयार गर्न विस्तारै अधिकार सहित छुट पनि दिंदै गर्नुपर्छ। कोहि अगुवा हुन खोज्छन् असफल हुन्छन् जस्तो राजकुमार मोशा। तर त्यही मोशालाई अगुवा हुनलाई अस्सी बर्षाग्यो तर कुनै स्थापित अगुवाको देखासिकीमा होइन तर मिद्यानमा भेडा गोठालो भएर। गोठालाहरु पनि ठूला अगुवा भएका छन् जस्तो राजा दाउद। परमेश्वरले कसलाई कहाँबाट उठाउनु हुन्छ कस्लाई के थाह ?
// <![CDATA[
var prefix = ‘ma’ + ‘il’ + ‘to’;
var path = ‘hr’ + ‘ef’ + ‘=’;
var addy82293 = ‘teknepal’ + ‘@’;
addy82293 = addy82293 + ‘hotmail’ + ‘.’ + ‘com’;
document.write( ‘‘ );
document.write( addy82293 );
document.write( ” );
//–>\n
// ]]>[email protected]// // <![CDATA[
document.write( ” );
// ]]>
गोरखा हाल ल पु कुपण्डोल ।
Republished in new layout 5/29/2013

















Discussion about this post