![](https://nepalchurch.com/wp-content/uploads/2018/03/Pastor-Robert_Karthak.jpg)
नवलपरासी- फागुन २३, नेपालमा ख्रीष्टियनहरूले चर्चकै रूपमा स्थापना गरेर संगति गर्न थालेको ६ दशक पुरा गरिसकेको इतिहास छ। नेपालका विभिन्न ठाउँहरूमा ५०औं वार्षिक उत्सव मनाउने चर्चहरू क्रमिकरुपमा बढ्दैन छन्। यसैक्रममा नवलपरासी जिल्लाको अभिषेक चर्च रजहरले ५०औं वार्षिकोत्सव (स्वर्ण उत्सव) भव्यरुपमा मनाएको छ। अभिषेक चर्च रजहरले विशेष स्वर्ण उत्सवको आयोजना गरी नेपालका विभिन्न चर्चहरूका विशिष्ट र अभिषिक्त जनहरूको अतिथ्यमा र स्थानीय चर्चहरूको उपस्थतिमा उत्सव मनाएको छ। समाजमा असल काम र सुसमाचारको क्षेत्रमा रजहर चर्चले उल्लेख्य काम गरेको छ। उत्सवमा पास्टर रोबर्ट कार्थक, डा मंगलमान महर्जन, डा एडोन रोङगोङ, पास्टर बीर बहादुर राई, चन्द्र बहादुर डिस्व, पिटर बिसेट लगायत स्थानीय तथा देश बाहिरका चर्चहरूबाट अतिथिहरू आउनुभएको थियो। अभिषेक चर्च रजहर हालको देवचुी १६ नवलपुरमा वि सं २०२४ सालमा स्थापना भएको थियो। अभिषेक चर्चको स्वर्ण उत्सवको अवसरमा विभिन्न चर्च र व्यक्तिहरूलाई कदर पत्र प्रदान पनि गरिएको थियो।
५०औं वार्षिकोत्सवमा ‘हिमाल भन्दा उच्च’ पुस्तकको पनि विमोचन गरिएको थियो। हिमालभन्दा उच्च पुस्तक अभिषेक चर्चका पास्टर लोक बहादुर तामाङको सेवाकाइको जीवनीमा आधारित पुस्तक हो। साथै पास्टर लोक बहादुर तामाङको सेवाकाइमा आधारित ४० मिनेटको बृतचित्र पनि देखाइएको थियो। धादिङ जिल्लको उत्तरी भेगमा र नवलपरासीका विभिन्न क्षेत्रहरूमा चर्च स्थापना गर्नमा पास्टर लोक बहादुर तामाङको धेरै ठुलो योगदान रहेको छ ।
Discussion about this post