• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, October 17, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

देशभरी क्रिसमस हर्षोउल्लासका साथ मनाइयो, सन् २०१८ नयाँ वर्षलाई स्वागत

by Sarju Rijal
January 1, 2018
in News & Events
Photo by Kedar Maharjan (Fb) Koinonia Church

ललितपुर – पुस १४, परमेश्वरको प्रेम सारा मानवजातिको माझमा यसरी प्रकट भयो कि उहाँले आफ्नो एकमात्र पुत्र येशू ख्रीष्टलाई संसारमा पठाउनुभयो ताकि पुत्र येशू ख्रीष्‍टद्वारा हामी मानवहरू जिउन सकौं भनेर । सवै मानवजातिको पापको प्रायश्चित हुनका निम्ति अर्थात उद्धार र मुक्ति दिनको लागि बाइबल धर्मशास्त्र अनुसार येशू ख्रीष्‍ट जन्मनुभन्दा ७०० वर्ष पहिले यशैया अगमवक्ताले येशू ख्रीष्‍टको जन्मको भविष्यवाणी गरेका थिए। मानिसका सबै पाप प्रायश्चित गर्न परमेश्वरले येशू ख्रीष्‍टलाई यस पृथ्वीमा पठाउनुभएको हो। बाइबलमा गरिएको भविष्यवाणी अनुसार यस पृथ्वीमा जन्मनुभएको येशू ख्रीष्‍टको जन्मको उत्सव विश्वभरी नै डिसेम्बर २५ मा मनाइन्छ । येशूको जन्मको मिति बाइबलमा उल्लेख नगरिएतापनि येशू ख्रीष्टको जन्मको बारेमा भौगोलिक, राजनैतिक र सामाजिकरुपमा प्रशस्त बलिया प्रमाणहरू पाइन्छन् यसमा कुनै दुइ मत छैन। येशूको जन्म भएको कुरालाई विश्वले नै स्वीकार गरेको छ। येशू ख्रीष्‍टको जन्मोत्सवको अवसरमा यस वर्ष पनि विश्वभरी क्रिसमस डे अर्थात ख्रीष्‍ट जन्मोत्सव विभिन्न कार्यक्रमहरूकासाथ मनाइएको छ ।  असहायहरूलाई सहयोग गरेर, उपहार दिएर, आफन्तहरुसँग, छिमेकीहरूसँग रमाएर, खुसी साटेर विविध कार्यक्रम गरी क्रिसमस मनाइएको छ ।

नेपालमा पनि विविध कार्यक्रम गरी क्रिसमस मनाइयो

नेपालमा राष्ट्रिय पर्वको रूपमा क्रिसमस मनाउन थालिएको छ। क्रिसमसको सुभअवसरमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देशमा नेपालमा मनाइने विभिन्न चाडपर्वले मुलुकलाई एकताबद्ध बनाउने पनि विश्वास व्यक्त गर्नुभएको छ । यस पर्वले मुलुकलाई शान्त, समुन्नत र समृद्ध बनाउन सहयोग पुग्ने उहाँको सन्देशमा उल्लेख गर्नुभएको छ । त्यस्तै सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिसमस २०७४ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली ख्रीष्टियनहरूमा सुख, सुस्वास्थय एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । 

नेपालमा पनि यस वर्ष २०७४ मा क्रिसमस डे एकमहिना पहिलेदेखि नै मनाउन थालिएको थियो। क्रिसमस सेलेब्रेसनको आयोजना गरी शुभकामना आदानप्रदान गर्न थालिएको थियो। क्रिसमसको अवसरमा विभिन्न व्यक्ति, संघसंस्था, चर्चहरूले विभिन्न कार्यक्रमहरू गरी मनाएका छन् । यसपटकको क्रिसमसमा गैरइसाईहरू पनि उत्वसव मनाएका छन्। देशका प्रमुख सहरहरूमा विशेषगरी काठमाडौं, पोखरामा एकमहिना पहिलेदेखि नै क्रिसमसको चहलपहल भएको थियो। गैरइसाईहरूले वा व्यापारीहरूले रमाइलोको लागि, व्यापार प्रवर्दन र साथीहरूसँग खुसी आनन्द गर्नको लागि मनाएको पाइयो भने, इसाईहरूले चर्चमा, घरमा, होटेलमा, खुल्ला मैदानमा मनाएको क्रिसमसमा येशू ख्रीष्ट जन्मनुको वास्तविक अर्थलाई बुझेर साथीहरूसँग येशूको जन्मको सुसन्देश बाँडेर क्रिसमस मनाएका छन्। नेपालका सबै क्षेत्रमा विविध कार्यक्रम गरी क्रिसमस मनाएका छन्। नेपालको हिमाल पारीका जिल्लाहरुमा अत्याधिक चिसो स्थान जोमसोममा तापक्रम -7 डिग्रि जाँदा पनि छिमेकीहरूसँग क्रिसमसमा रमाएका छन्।

नेपालमा भएका गैरसरकारी क्रिश्चियन संघसंस्थाहरूले प्रिक्रिसमस डिसेम्बरको पहिलो हप्‍तादेखिनै मनाउन थालेका थिए भने, चर्चहरूले डिसेम्बर २५ अर्थात पुस १० गते दिन आ आफ्न‍ो चर्चहरूमा आफ्ना छिमेकी साथीहरूसँग हर्षोउल्लासका साथ मनाएका छन्। नेपालका ठूला चर्चहरूमा पाटन क्वाइनोनिया चर्चले जावलाखेल सेन्ट मेरिज खेल मैदानमा लगभग ७००० र साना बालबालिकाहरू २००० जनाले संयूक्तरुपमा मनाएका छन्। त्यसै गरी नेपालकै ठूलो मण्डली नेइम ज्ञानेश्वरले लगभग ४००० जनाको उपस्थितिमा मनाएको छ। साथै नेपालको पहिलो मण्डली रामघाट चर्च पोखराले पनि भव्यरुपमा मनाएको छ।  अन्य चर्चहरूले पनि आ आफ्ना स्थानहरूमा आफ्नै चर्चका सदस्यहरूसँग मनाएका छन्। साथै राष्ट्रिय ख्रीष्ट्रिय महासंघ नेपालले पनि पुष १० गतेकै दिन राष्ट्रिय सभा गृहमा राजनीतिक दलका नेताहरू पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, रक्षामन्त्री माननीय भिमसेन दास प्रधान लगायताका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा क्रिसमस मनाएको छ । नेपाल ख्रीष्टियन समाज र एनसिएफ नेपालले संयूक्तरुपा पुस ३ गते, पूर्व पधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, माननीय मन्त्री जनार्दन शर्मा, नेकपा एमालेका नेता तथा पूर्व मन्त्री महेश बस्‍नेतको उपस्थितिमा भव्यरुपमा मनाएको छ। साथै जनजागरण पार्टीका अध्यक्ष तथा पूर्व संसद लोकमणी ढकाल र आमूल परिवर्तन मसिह पार्टीका अध्यक्ष भरत गिरीको पनि उपस्थिति रहेको थियो।  विदेशसमा भएका प्रवासी नेपाली संगतिहरूले पनि आफ्नो कार्यक्षेत्र भएका देशहरूमा नै  भव्यरुपमा मनाएका छन्।

नेपालमा क्रिसमस अथवा ख्रीष्‍टजन्मोत्सव पञ्‍चायति कालदेखि नै मनाउँदै आएको पाइन्छ। वि सं २०४७ सालपछि भने देशका केही सहरहरुमा क्रिसमस विशेष गरी चर्चहरूमा, खुल्ला मैदानमा येशू ख्रीष्टको जन्मको सुसन्देश बाँड्दै मनाउन थालिएको पाइन्छ । त्यतिबेला इसाईहरु थोरै संख्यामा भएपनि येशू ख्रीष्टको जन्मको सु सन्देशका पर्चाहरु बाँडेर, छिमेकीहरूलाई क्रिसमसको सुसन्देश सुनाएर मनाउन थालेको पाइन्छ। नेपालको राजनीति परिवर्तनसँगै वि सं २०६२/०६३ पछि भने अन्तरिम संविधान अनुसार राज्य धर्म निरपेक्ष भएपछि क्रिसमसको अवसरमा नेपालले सार्वजनिक विदा दिन थाल्यो । राष्ट्र व्यापीरुपमा क्रिसमस मनाउन गैरइसाईहरु निर्धक्क साथ क्रिसमसमा सहभागी हुन थालेको पाइन्छ ।

इस्वी संवत २०१८ को पूर्वसन्ध्यामा चर्चहरूमा कार्यक्रम
क्रिसमस सकिने वितिक्कै नयाँ वर्ष इस्वी संवत (AD) २०१८ को पूर्वसन्ध्यामा चर्चहरूमा पनि प्रार्थना सभा र धन्यवाद कार्यक्रम राखेर मनाइदैछ । सन २०१७ वर्षभरिमा परमेश्वरले गर्नुभएको सहायता सुरक्षाको निम्ति परमेश्वरलाई धन्यवाद चढाउने र नयाँ वर्ष अर्थात येशू ख्रीष्‍ट वर्ष २०१८ लाई स्वागत गर्ने परमेश्वरसँग सबैको लागि आशिष माग्ने कार्यक्रम रहेको छ। इसाईहरूले पहिलेदेखि नेपालमा चर्चहरूमा प्रार्थना गरेर, वनभोज कार्यक्रम गरेर मनाउँदै आएका छन्। इस्वी संवत (AD) वा सन् लाई अंग्रेजी वर्ष भनेर सबैले बुझेपनि विश्वभरी नै मनाइन्छ । इसाईहरूले चर्चमा मनाउनुको मुख्य कारण येशू ख्रीष्‍टको जन्मपछि सन अथवा इस्वी संवत शुरू भएको हो। येशू ख्रीष्‍ट जन्मनु भन्दा पहिले इशा पूर्व (BC) भनेर भन्ने गरिन्थ्यो। हरेक देश, राष्ट्रहरूमा आआफ्नै समय क्रम अनुसारको वर्ष मनाइने भएपनि इस्वी संवत (AD) लाई विश्वव्यापीरुपमा मनाइने गरिन्छ।
इसाईहरूले नेपाली वर्ष  विक्रम संवतलाई पनि उत्तिकै विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने गरेका छन्। साथै नेपाल सम्वतलाई पनि विर्सेका छैनन्।

Photo by Pramod Mulmi, (Facebook)
Photo by Prashanta Shrestha NIM Gyaneshwor Church
Photo by Kedar Maharjan (Facebook), Koinonia Church

Related Posts

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026
भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026
कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In