
प्राय गरेर पुर्ण समय, महंगो खर्च र राम्रो याेग्यता अादि पुरा गरेर मात्रै नेपालमा यस्ता थियाेलाेजिकल शिक्षा अध्ययन गरिरहेको अवस्था छ । तर अाइटिन (Institute for Theological Education by Extension in Nepal) ले भने कामको व्यस्तता काे बाबजुद पनि अत्यन्तै न्युन शुल्कमा बाइबलिय थियाेलाेजिकल शिक्षा प्रदान गरिरहेको छ ।
नेपालमै रहँदा पनि यस्तो अवसर नपाएको तर अहिले प्रवासमा रहेर सजिलोसँग थियाेलाेजिकल शिक्षा लिन पाएकोमा युवाहरु खुशी व्यक्त गर्ने गरेका छन् । मलेसियाको बिभिन्न नेपाली संगति झुन्ड हरुमा यतिबेला अाइटिन कक्षा सञ्चालन भइरहेको छ ।
जाहाेर नेपाली ख्रीष्टियान फेलाेसिप मलेसियाका अध्यक्ष भक्त याेङ्गहाङ्गका अनुसार जाहाेरमा मात्रै मुवार, बातु पहात, सेगमत, क्लुवाङ, पेकान नानस, ताम्पाेइ, सेमरलाङ, सेरदाङ र रेवाङ, निलाइ, जाेहाेर जया, मलका लगायतका विभिन्न दस भन्दा बढी नेपाली चर्च हरुमा अाइटिन कक्षा सञ्चालन भइरहेको छ ।

मुवार नेपाली संगति का पास्टर तथा अाइटिन शिक्षक सिलास लाेप्चनका अनुसार मुवार एरियाबाट मात्रै विभिन्न ६ स्थानमा ३७ जनाले अाइटिन कक्षा लिइरहेका छन् ।
मुवार, मलका लगायतका झुन्डमा अाइटिनकाे पहिलो पुस्तक भरपुर जीवनको अध्ययन सकिएको छ भने जाेहाेर जया लगायतका केही स्थानमा भर्खरै मात्र याे अध्ययन सुरु भएको छ ।
Discussion about this post