• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

म एउटा ख्रीष्टियान हुँ र मेरो केही भन्नुछ

by Jagadish Pokhrel
February 6, 2017
in Articles

जगदिश पोखरेल 

एउटा व्यक्तिको लागि सबैभन्दा महत्वपूर्ण कुरा उसको व्यक्तिगत स्वतन्त्रताको अधिकार हो । व्यक्तिगत स्वतन्त्रताको अधिकार खोसिएको व्यक्ति कदापि खुसी हुन सक्दैन । जतिसुकै असल ठाउँमा पुगेको भए पनि स्वतन्त्रताको अधिकार गुमाएको व्यक्ति सुनको पिंजडामा थुनिएको सुगाजस्तै बन्छ ।

यही व्यक्तिगत स्वतन्त्रताको अधिकारमा टेकेर आज कोही डाक्टर बनेका छन्, कोही शिक्षक बनेका छन्, कोही देशमै काम गर्दैछन् अनि कोही विदेशमा । एउटालाई शर्ट लगाउन मन पर्छ, लगाउँछ, अर्कोलाई टिशर्ट लगाउन मन पर्छ, उसले पनि लगाउँछ । कोही मोटरसाइकल चलाउँछन् त कोही स्कुटर, कसैलाई चलचित्र मन पर्छ त कसैलाई खेलकुद । म निलो रंगको झोला बोक्छु भन्दैमा तपाईंले पनि यस्तै बोक्नुपर्छ भनेर मैले तपाईंलाई दवाव दिन मिल्दैन । त्यो तपाईं मात्रै हो, जसले तपाईंको व्यक्तिगत कुराहरूको निर्णय गर्ने अधिकार राख्नुहुन्छ, त्यो म मात्रै हुँ, जसले मेरो व्यक्तिगत कुराहरूको निर्णय गर्ने अधिकार राख्छु ।

धर्म पनि व्यक्तिको विल्कुल व्यक्तिगत मामला हो । कुन धर्म मान्ने भनेर छान्ने कुरा सम्बन्धित व्यक्तिको छनौटको कुरा हो । रामबहादुरको धर्म निर्क्यौल गर्ने जिम्मा र अधिकार दुवै रामबहादुरलाई नै दिइनुपर्छ । स्वेच्छाले कोही ख्रीष्टियान हिन्दु बन्छ वा कोही हिन्दु ख्रीष्टियान बन्छ भने त्यसमा आपत्ती जनाउनुपर्ने कारण रहँदैन ।

म आफ्नै इच्छाले आजभन्दा १३ वर्षअघि ख्रीष्टियान बनेको हुँ । कसैको कुनै लोभ वा प्रलोभनमा परेर म ख्रीष्टियान बनेको थिइनँ । यति हुँदाहुँदै पनि विगत १३ वर्षमा मैले सयौंपटक तिरस्कारका आवाजहरू सुनेको छु । ख्रीष्टियानहरू यस्ता हुन्, त्यस्ता हुन्, बाइबल पढ्दा पागल भइन्छ, यो विदेशी धर्म हो, धर्म फेर्नु भनेको आमा बेच्नुसरह हो, अनि अझै के के हो के के । 

ट्वान्टी ट्वान्टी विश्वकप छनौट प्रतियोगितामा पोहोर साल नेपालले अमेरिकालाई ६ विकेटले हराउँदै गर्दा अरूहरू झैं मेरो मुखबाट पनि “एस” शव्द निस्केको थियो । त्यही “एस” शव्द निकाल्ने मन तब तब टुक्रिएर आउँछ, जब यही धर्तीका सन्तानहरूबाट “तिमीहरू अमेरिकी वा यूरोपियनका दलाल हौ” भनेको सुन्नुपर्छ ।

दशकौंदेखि ख्रीष्टियानहरूले गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य र सामाजिक विकासका अनेकौं कामका निम्ति यो भूमिमा पसिना बगाएका छन् । अर्बौं लगानी कुनै नतिजा ननिकाली बालुवामा पानी झैं बन्ने गरेको यो देशमा सामाजिक विकासका निम्ति कठोर मिहिनेतका साथ् ख्रीष्टियानहरूले खडा गरेका सयौं संघसंस्था तथा समूहहरूले प्रष्ट देखिने गरी नतिजा हाँसिल गरेका छन् । कुनै संकटमा परेको दृष्टिबिहिनले बाटोको छेउमा बसेर हात पसार्दा खल्तीमा सिक्का छ कि छैन भनेर छाम्ने संस्कार बोकेकाहरूले भरिएको यो देशमा दशकौंसम्म दुरदराजमा पुगेर विपन्नहरूका पक्षमा काम गर्नेहरूको कामको कुनै कदर गरिएन । आफ्नो छाक काटेर अनाथका पेट भर्नेहरू सधैं दलाल नै बनिरहे । आफ्नो सारा जिन्दगी त्यागीएका वृद्धवृद्धाहरूको सेवामा लगाउनेलाई यौन व्यवसाय चलाउनेको संज्ञा दिनसमेत् पछि परेन यो समाज ।

कतिपटक त हाम्रा मानिसहरुको सोचाइ देखेर मलाई बैराग लागेर आउँछ । जनताको रगत चुसेर भ्रष्ट्राचारमा लिप्त मान्छेहरू, अख्तियारको दुरुपयोग गरी सात पुस्तालाई पुग्ने सम्पत्ती थुपार्नेहरू राष्ट्रवादी कहलाइने यो देशमा दोश्रो दर्जाको नागरीक बन्नबाट जोगिनलाई हामीले के गर्नुपर्छ होला? कसैले हामीलाई बताइदिनुहोस्, अरू कति दु:ख गरेपछि, अझै कति पसिना बगाएपछि हामीलाई दोश्रो दर्जाबाट उम्कन दिइनेछ ? मेरो प्रश्न मेरो समाजलाई ।

आफ्नो संख्या बढाउनका निम्ति मात्रै ख्रीष्टियानहरू सेवाका काम गर्छन् भन्ने आरोप विल्कुल गलत हो । सतहीरूपमा हेर्दा त्यस्तो देखिए पनि कुरोको चुरो बेग्लै छ । बाइबल पढ्ने र यसका आज्ञाअनुसार जीवन जिउन चाहनेहरूलाई बाइबलले हात बाँधेर बस्ने अनुमति दिएको छैन । आफ्नो छिमेकीलाई आफुलाई झैं प्रेम गर्न बाइबलले सिकाएको छ । यहाँ सम्म कि आफ्नो शत्रुलाई समेत् प्रेम गर भनेर बाइबलले अह्राएको छ । यस लेखमा म बाइबलका केही भागहरू प्रस्तुत गर्न चाहन्छु । यी खण्डले स्पष्ट गर्नेछन् कि बाइबलले गर् भनेका कारणले ख्रीष्टियानहरू सेवाका कामहरू गर्छन्, न कि आफ्नो संख्या बढाउनलाई ।

गरीबले पुकारा गर्दा यदि कसैले आफ्‍नो कान बन्‍द गर्छ भने, त्‍यसले पनि पुकारा गर्नेछ तर जवाफ भने पाउनेछैन । हितोपदेश २१:१३

गरीबप्रति दयालु हुनु परमप्रभुलाई सापट दिनु हो । हितोपदेश १९:१७

परमेश्‍वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको कष्‍टमा हेरचाह गर्नु, र आफूलाई संसारबाट निष्‍कलङ्क राख्‍नु । याकूब १:२७

विधवा अथवा टुहुराबाट फाइदा नलेओ । फाइदा लियौ र तिनीहरूले मेरो पुकारा गरे भने, म निश्‍चय नै तिनीहरूको पुकारा सुन्‍नेछु । प्रस्थान २२:२२–२३

दुर्बल र अनाथहरूको रक्षा गर, गरीब र थिचोमिचोमा परेकाहरूको न्‍याय गर । भजनसंग्रह ८२:३

कसैसित संसारको धन-सम्‍पत्ति छ, र पनि आफ्‍ना दाजुभाइलाई खाँचोमा परेको देख्‍दा उनीहरूप्रति आफ्‍नो मन कठोर पार्छ भने, परमेश्‍वरको प्रेमले कसरी त्‍यसमा वास गर्छ? १ यूहन्ना ३:१७

उदार मानिसले आफै पनि आशिष्‌ पाउनेछ, किनभने त्‍यसले आफ्‍नो भोजन गरीबलाई बाँड्‌छ । हितोपदेश २२:९

एउटाले अर्काको भार उठाओ, र यसरी ख्रीष्‍टको व्‍यवस्‍था पूरा गर । गलाती ६:२

भलाइ गर्न सिक! न्‍याय खोज, अत्‍याचारमा परेकाहरूलाई प्रोत्‍साहन देओ, टुहुरा-टुहुरीको रक्षा गर, विधवाको पक्षमा बोलिदेओ । यशैया १:१७

तिमीले भोज लगाउँदा, गरीब, लुला, लङ्गड़ा, अन्‍धाहरूलाई बोलाऊ, र तिमीले आशिष्‌ पाउनेछौ । लूका १४:१३

जसले भलाइ गर्न जानेर पनि गर्दैन त्‍यसले पाप गर्छ । याकूब ४:१७

देओ, र तिमीहरूलाई पनि दिइनेछ । मानिसहरूले प्रशस्‍त परिमाणमा खाँदीखाँदी बेसरी हल्‍लाएर, पोखिने गरी तिमीहरूको पोल्‍टामा राखिदिनेछन्‌ । किनकि जुन नापले तिमीहरू दिन्‍छौ, त्‍यही नापमा तिमीहरूले पनि फिर्ता पाउनेछौ ।” लूका ६:३८

मेरा भाइ हो, प्रभु येशू ख्रीष्‍ट, महिमाका प्रभुमाथि तिमीहरूको विश्‍वास भएको हुनाले तिमीहरूले कुनै भेदभाव नदेखाओ । यदि कोही मानिस सुनका औँठीहरू र राम्रा-राम्रा लुगा लगाएर तिमीहरूको सभामा आयो, र कुनै एक जना गरीब पनि झुत्रे-झाम्रे लुगा लगाएर आयो भने, तिमीहरूले त्‍यो राम्रो लुगा लाउनेलाई आदर गरेर, “यहाँ राम्रो ठाउँमा बस्‍नुहोस्” भन्‍छौ, र त्‍यस गरीबलाई चाहिँ “तँ त्‍यहीँ उभि” अथवा “मेरा पाउनेर बस्” भन्‍छौ भने, के तिमीहरूले आफ्‍नै बीचमा भेदभाव देखाएनौ, र कुविचार भएका न्‍यायकर्ता भएनौ र? याकूब २:१–४

यी त केही उदाहरणहरू मात्रै हुन् । बाइबलले सयौंपटक कमजोरहरूको पक्षमा उभिन अह्राएको छ । खान नपाउनेहरूलाई खान दिनु, लगाउन नपाएकाहरूलाई एकसरो लगाउन दिनु, अनाथलाई आश्रय दिनु, विधवाको पक्षमा बोल्नु पाप होईन । चाहे यसलाई पाप भनियोस् वा प्रलोभन; ख्रीष्टियानहरूले कुनैपनि अवस्थामा यी कामहरू गर्न छोड्दैनन, किनकि बाइबलले यी कामहरूलाई गरे पनि हुने नगरे पनि हुने काम नभएर अनिवार्य गर्नैपर्ने कामको सुचीमा राखेको छ ।

हामी ख्रीष्टियानहरू यो देशको दुस्मन होइनौं । हामी लडेको नेपाल होइन, बढेको नेपाल चाहन्छौं । मातृभूमिप्रतिको हाम्रो कर्तव्य हामीले भूलेका छैनौं । आफ्नो व्यक्तिगत स्वतन्त्रताको अधिकारलाई प्रयोग गर्दैमा हामीमाथि दोश्रो दर्जाको नागरिकको व्यवहार नगरियोस् भन्ने हाम्रो सादर अनुरोध छ ।

गल्ती मान्छेले गर्छ, हामी पनि मान्छे हौँ र हामीबाट पनि कयौं भूलहरू भएका हुनसक्छन् । कतिपय अवास्थामा जानेर वा नजानेर हाम्रा कदमहरू गलत भएका पनि हुनसक्छन् । हामी ख्रीष्टियान हौँ, अनि हामी कसैलाई घृणा गर्दैनौं । यदि कुनै ख्रीष्टियानले अरूप्रति घृणा ओकलेको छ भने त्यो बाइबल नबुझ्नुको परिणाम हो ।

मित्रहरू, आउनुहोस्, हाम्रा गल्ती कमजोरीहरूलाई औंल्याउनुहोस्, हामीलाई सच्याउनुहोस् । हामी बिचमा दुस्मनी होईन, भाइचाराको विकास गराऔं र देशको समृद्धिको लागि सँगसँगै लडौं ।

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In