शुक्रवार, अक्टोबर २८, कार्तिक १२
‘म त्यसको चार गुणा फिर्ता गरिदिनेछु।’ —लूका १९:८
जखायस बदनाम भएका थिएः कर उठाउने मानिसका रूपमा उनी मानिसहरूलाई ठगेर धनी भएका थिए। अनि येशूले उनको घरमा एक रात बिताउनुहुँदा धार्मिक समुदायका मानिसहरू चकित भए। येशूले त्यो रात जखायसलाई के भन्नुभयो हामीलाई थाहा छैन, तर त्यसप्रति उनले यस्तो प्रतिकृया दिए, ‘प्रभु, हेर्नुहोस्, आफ्ना सम्पत्तिको आधा भाग गरीबहरूलाई दिन्छु, र कोहीबाट अन्यायपूर्वक केही लिएको छु भने म त्यसको चार गुणा फिर्ता गरिदिनेछु।’ तब येशूले तिनलाई भन्नुभयो, ‘आज यस घरमा मुक्ति आएको छ’ (पद ८–९)। निको हुने बारेमा यहाँ एउटा महत्वपूर्ण शिक्षा छ। साँचो भावनात्मक चंगाइ क्षमा दिने तपाईंको तत्परतामा अनि सम्भव भएसम्म तपाईंले चोट पु¥याउनुभएकाहरूलाई क्षतिपूर्ति दिने काममा भरपर्छ। यदि तपाईंसँग कसैको ऋण छ भने, तपाईंले त्यो तिर्ने प्रयास गर्नुपर्छ। तपाईंले उनीहरूलाई चोट पु¥याउनुभएको छ भने, तपाईंले क्षमा माग्नु पर्छ र सम्बन्धलाई पुनस्र्थापित गर्ने प्रयास गर्नुपर्छ। येशूले भन्नुभयो, ‘यसकारण तिमीले वेदीमा आफ्नो भेटी चढाउँदा तिम्रो भाइको हृदयमा तिम्रो विरुद्धमा केही छ भन्ने तिमीलाई याद भयो भने, तिम्रो भेटी त्यही वेदीको सामु छोड, र जाऊ। पहिले गएर आफ्नो भाइसँग मिलाप गर, र त्यसपछि आएर आफ्नो भेटी चढाऊ। तिम्रो वादीसँग अदालतमा जाँदा बाटोमै मिलाप गरिहाल, नत्रता वादीले तिमीलाई न्यायाधीशको हातमा सुम्पिदेला र न्यायाधीशले अफिसरको हतमा सुम्पिदेलान्, र तिमी झ्यालखानमा पर्नेछौ’ (मत्ती ५:२३–२५)। यसकारण, आज तपाईंले कोसँग सम्बन्ध सुधार गर्नु छ ? अनुग्रहको लागि प्रार्थना गर्नुहोस्— अनि गएर त्यो काम गर्नुहोस्। तपाईंले त्यसो गर्नुहुँदा परमेश्वरले तपाईंलाई आशिष दिनुहुनेछ, अनि तपाईंले आफ्नै बारेमा पनि असल अनुभव गर्नुहुनेछ !
आत्मिक भोजनः यशैया ३०–३३, यूहन्ना ७:१४–२४, भजन १०४:२४–३५, हितोपदेश २८:९–१२
Discussion about this post