बिहीवार, अगस्ट १८, भदौ २
‘तिमीहरू किन यसरी भयभीत हुन्छौ ?’ —मर्कूस ४:४०
येशूलाई पछ्याउनु भनेको निश्चित रूपमा आँधीहरू भएर जानु हो। जब तपाईं समस्यमा फस्नुहुन्छ र छिटोछिटो डुब्दैहुनुहुन्छ, तपाईंले प्रभुको बारेमा अन्य तरिकाले कहिल्यै सिक्न नसक्नुहुने कुराहरू सिक्नुहुनेछ। सुरुमा त तपाईं ‘यो अस्तव्यस्त अवस्थामा म कसरी फस्न पुगेँ ?’ भनेर छक्क पर्नुहुनेछ। त्यसपछि तपाईंले उहाँले काम गरिरहनुभएको देख्न सुरु गर्नुहुनेछ र अन्त्यमा यसो भन्नुहुनेछ, ‘यी को हुन् ? बतास र समुद्रले पनि यिनको हुकुम मान्छन् !’ (पद ४१)। येशूका चेलाहरू अन्त्यमा यस्तो अवस्थामा पुगे जहाँ कुनै प्रश्न नगरी उहाँको पछि लाग्न उनीहरू तयार भए। अनि तपाईंको निम्ति पनि परमेश्वरको योजना त्यही हो। ‘नडराऊ’भन्नुको अर्थ अपरिपक्वता वा अज्ञानतामा रहने बोलावट होइन । जीवनले ल्याउने चुनौतीहरूप्रति हामीले आँखा चिम्लेको परमेश्वरले चाहनुहुन्न। तर पत्रुसले येशूमा आफ्नो दृष्टि टिकाएसम्म छालहरूले उनलाई डुबाउन सकेनन् । यसकारण परमेश्वरतर्फ हेर्नुहोस्, उहाँको वचनमा खडा हुनुहोस्, अनि उहाँको भलापन याद गर्नुहोस् । बाइबलले बताउँछ, ‘यसकारण जे सुनेका छौं त्यसमाथि हामीले अझ बढी ध्यान दिनुपर्छ, नत्रता हामी त्यसबाट बहकिएर जानेछौँ’ (हिब्रू २:१) । प्रभुमा तपाईंको दृष्टि टिकाउन जेसुकै आवश्यक परे पनि त्यो गर्नुहोस् । बीसौँ शताब्दीका प्रख्यात अंग्रेज चिन्तक सि. एस. लुइसले लेखेकाछन्ः ‘तपाईंको तर्क वा विचारले जस्तोसुकै दृष्टिकोण राखे तापनि, भावना परिवर्तन हुनेछ । अनुभवको आधारमा मलाई त्यो कुरा थाहा छ । अब म एक ख्रीष्टियन हुँ, र मेरा कतिपय भावनाका अवस्थाहरूमा सबै कुरा असम्भव देखिन्छ । तर म नास्तिक हुँदा मलाई कतिपय अवस्थामा ख्रीष्टियन मत धेरै सम्भव लाग्थ्यो…यसैकारण त विश्वास यति आवश्यक गुण होः तपाईंले आफ्ना भावनाहरूलाई तिनीहरूको सीमा सिकाउनुभएन भने, तपाईं कहिल्यै पनि एक पक्का ख्रीष्टियन वा पक्का नास्तिक बन्न सक्नुहुन्न, तर यताउता गरिरहने यस्तो प्राणी बन्नुहुनेछ जसको विश्वास वास्तवमा मौसम र उसको पाचन प्रकृयाको अवस्थामा भर पर्छ । परिणाम स्वरूप, कुनै पनि व्यक्तिले विश्वासको आदत बसाउनु पर्छ ।’ यसकारण, तपाईंको निम्ति आजको वचन छः नडराउनुहोस् ।
आत्मिक भोजनः २ इतिहास ८–११, मर्कूस ७:१–१३,भजन ११९:९७–१०४,हितोपदेश २१:२४–२७
Discussion about this post