सोमवार, जुन ६, जेठ २४
‘ऊ त्यसको घरतिर गइरहेको थियो ।’ —हितोपदेश ७:८
सोलोमनले लेखेका छन्, ‘मैले एक जना बेसमझ ठिटोलाई देखेँ । त्यो स्त्री बस्ने गल्लीमा ऊ हिँडि़रहेको र त्यसकै घरतिर पाइला बढ़ाइरहेको मैले देखेँ’ (पद ७–८) । गलत ठाउँमा, गलत समयमा, गलत व्यक्तिको साथमा हुनु नै यो मानिसको गल्ती थियो । अनि यसको सन्देश स्पष्ट छः तपाईं जल्न चाहनुहुन्न भने, आगोबाट टाढै रहनुहोस् ! तपाईंले कहिल्यै लागू पदार्थ लिनुहुन्न भने, तपाईंलाई त्यसको लत लाग्न सक्दैन । तपाईंले कहिल्यै रक्सी पिउनुहुन्न भने, तपाईं पियक्कड बन्न सक्नुहुन्न । अनि तपाईंले आफैलाई गलत परिस्थितिमा प्रवेश गर्न दिनुभएन भने तपाईंले यौन पाप गर्न सक्नुहुन्न । खतरनाक हुन सक्ने परिस्थिति र मानिसहरूबाट पूर्ण रूपमा टाढा रहन असम्भव हुन्छ । तर मार्टिन लुथरले भनेझैँ, ‘तपाईंले चराहरूलाई आफ्नो शिरमाथिबाट उडेर जानबाट रोक्न त सक्नुहुन्न, तर तपाईंको शिरमा गुँड बनाउनबाट भने तपाईंले तिनीहरूलाई रोक्न सक्नुहुन्छ !’ एक जना वृद्ध मानिसले एउटा सानो केटाले उसको घर वरिपरिको बाटोमा आफ्नो साइकल कुदाउँदै बारम्बार चक्कर मार्दै गरेको देखेको बारेमा एउटा कथा छ । घण्टौँसम्म त्यस्तो भएपछि अन्त्यमा ती वृद्ध मानिसले सेधे, ‘बाबु, तिमी थाकेनौ ? तिमी बिहानभरि नै यहीँ वरिपरि साइकल कुदाइरहेका छौ ।’ त्यो सानो केटाले जवाफ दियो, ‘म घरबाट भाग्दै छु । ’ ती मानिसले फेरि भने, ‘तर तिमी त घरबाट भागिरहेका छैनौ, तिमी त यहीँ वरिपरि मात्रै घुमिरहेका छौ ।’ त्यो केटाले जिद्दी गर्यो, ‘घरबाट भागिरहेको छु, तर मेरी आमाले भन्नुभएको मैले त्यो सडक पार गरेर जान सक्दिनँ ।’ हामी सबैमा यसरी बरालिने प्रवृत्ति हुन्छ, यसैकारण परमेश्वरले निश्चित सीमाहरू स्थापित गर्नुभएको छ जसलाई हामीले कहिल्यै पनि पार गर्नु हुँदैन । कतिपय ठाउँहरूमा हामी कहिल्यै पनि जानु हुँदैन, कतिपय मानिसहरूसँग हामीले कहिल्यै सङ्गत गर्नु हुँदैन । गलत ठाउँमा गलत व्यक्तिसँग हुने सही समय कहिल्यै पनि हुँदैन । त्यसकारण, त्यहाँ नजानुहोस् !
आत्मिक भोजनः इजकिएल १४: १–१६:५२, मत्ती १६: १–१२, भजन १, हितोपदेश १४: २९–३२
Discussion about this post