शनिवार, मे, २१, जेठ ८
‘यिप्ता एक वीरा योद्धा थिए…तर तिनी एक वेश्याका छोरा थिए ।’ —न्यायकर्ता ११:१
तपाईंको प्रतिज्ञाको सन्तान (२)
वंशाणुगत गुणहरू शक्तिशाली हुन्छन् ! तिनीहरूले कुनै बालकको केशको रङ, आँखाको रङ अनि प्रवृत्तिहरू निर्धारण गर्छन् जसले उसलाई उसका बाबु वा आमा जस्तै बनाउँछन् । तर यदि कुनै बालक हुर्कन्छ र बारम्बार गलत निर्णयहरू लिन्छ भने, त्यो वंशाणुगत गुणहरूको कारण नभएर शत्रुले उसमाथि आक्रमण गरेको कारण हुनसक्छ किनभने त्यसले उसको भविष्य देखेको छ । त्यस्तो अवस्थामा परमेश्वरले हस्तक्षेप गर्नुहुन्छ । मोशाकी आमाले उनलाई एउटा डालोमा राखेर नील नदीमा लुकाइन् । तर परमेश्वरले मोशालाई फारोकी छोरीकहाँ पुर्याइदिनुभयो जसले उनलाई दरबारमा लगिन् र उनलाई मिश्रका एक अगुवाका रूपमा हुर्काइन् । एक अभिभावका रूपमा जब तपाईंले आफ्नो कर्तव्य पूरा गर्नुहुन्छ, परमेश्वरले पनि उहाँको कर्तव्य पूरा गर्नुहुन्छ । जब तपाईंले आफ्नो सन्तानको निम्ति तपाईंले गर्नसक्ने सबै थोक गर्नुहुन्छ, तब परमेश्वरले हस्तक्षेप गर्नुहुन्छ अनि तपाईंले गर्न नसक्नुहुने कुरा गर्नुहुन्छ । पावलले लेखेका छन्, ‘हामी जान्दछौ, उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्रायअनुसार बोलाइएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ’ (रोमी ८:२८) । समस्या खडा गर्ने तपाईंको सन्तानको निम्ति परमेश्वरसँग एउटा ‘उद्देश्य’ छ, यसकारण जतिसुकै धेरै समय लागे तापनि उसलाई प्रेम गरिरहनुहोस् र उसको निम्ति प्रार्थना गरिरहनुहोस् । बाइबलले भन्दछ, ‘यिप्ता एक वीर योद्धा थिए…तर तिनी एक वेश्याका छोरा थिए ।’ तपाईंको सन्तान त्यति आदर्श परिस्थितिमा जन्मिएको नहोला, तर त्यो कुराले उसलाई आशिष् दिनबाट परमेश्वरलाई रोक्न सक्दैन । बरु त्यसको विपरित, उहाँले उसको विगतको प्रत्येक परिस्थितिलाई उसको भविष्यमा बुद्धि भर्न अनि उहाँले उसलाई बोलावट दिनुभएको काम पूरा गर्न दहि«लो बनाउन प्रयोग गर्न सक्नुहुन्छ । यसकारण, तपाईंको प्रतिज्ञाको सन्तानको बारेमा हरेस नखानुहोस् । बरु यस्तो प्रार्थना गर्नुहोस्, ‘प्रभु, तपाईंले यो कुरा प्रतिज्ञा गर्नुभयो, म यसमा विश्वास गर्छु, अनि यो हुन आउनेछ !’ अत्मिक भोजनः न्यायकर्ता ९: ३४–११:४०, मत्ती १२: २२–३७, भजन १२९, हितोपदेश २०: २५, उपदेशक ५: ४–६
Discussion about this post