
जुम्ला-चैत २९, नेपाल एयरलाइन्सको 9N- ABU कलसाईन दुर्घटना हुनबाट जोगिएको छ। जुम्लाबाट नेपालगन्जको लागि १६ जना यात्रु भरेर उड्ने क्रममा जहाजको नोजको ल्याण्डिङ गेयरको स्टेयरिङ तार चुँडिएको थियो। जहाज उड्नको लागि ५ सय ४० मिटर गुडेर गईसकेपछि समस्या आएको विमानस्थल प्रमुख पवन श्रेष्ठले बताए। जनपद, सशस्त्र प्रहरी र जहाजका कर्मचारी र यात्रुहरुहरुले जहाजलाई धकेलेर साइड लगाएका छन। विमानका क्याप्टेन जेके निरौला थिए । अहिले जहाज विमानस्थलको छेउमा राखिएको छ ।
Discussion about this post