“सेवा गर्न अबेर नगरौं” भन्ने नाराका साथ् गरीब, शोषित र सिमान्तकृत समुदायको पक्षमा कार्यरत सामाजिक संस्था सेवा अहिले नेपाल (Serve Now Nepal) ले चितवनमा हालै निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
पदमपुर चितवनमा रहेको श्री जनहित प्राथमिक विद्यालयमा सम्पन्न भएको उक्त शिविरबाट लगभग २०० जना चेपाङ तथा अन्य अति विपन्न समुदायका व्यक्तिहरू लाभान्वित भएको संस्थाका राष्ट्रिय निर्देशक अर्जुन ढकालले बताउनुभयो ।
कालिका नगरपालिकाको पदमपुर सेवाकेन्द्र प्रमुख रमा आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त शिविरमा चितवनका दक्ष चिकित्साकर्मीहरूले सेवा प्रदान गरेका थिए ।
चितवन तथा नवलपरासीको चेपाङ र मुसहर वस्तीका ३०० भन्दा बढि बालबालिकाहरूलाई संस्थाले ज्याकेट, ट्राउजर र टोपी वितरण गरेको छ ।
साथै संस्थाले चितवनकै विकट मानिने काउले गा.वि.स. का ४०५ परिवारलाई कम्वल वितरण गरेको छ । काउले गा.वि. स. वडा नं. १ र २ का सम्पूर्ण परिवारलाई एक एक वटा कम्वल वितरण गरिएको हो ।
जाडोको समयमा अति विपन्न समुदायहरूमा दैनिक जनजीवन अस्तव्यस्त हुने भएकाले यसप्रकारका वितरण कार्यक्रम गर्नुपरेको र आवश्यकताअनुसार देशका अन्य ठाउँहरूमा पनि यस्ता कार्यक्रमहरू संचालन गरिने निर्देशक ढकालले बताउनुभयो ।
Discussion about this post