• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नेपालमा ख्रीष्‍टियान डाक्टरहरूको बिगबिगी

by Rev. Dr. Bal Krishna Sharma
August 23, 2015
in Articles
Rev. Dr. Bal Krishna Sharma
Rev. Dr. Bal Krishna Sharma, PhD

रेभ. डा. बाल कृष्ण शर्मा, पिचडिमलाई धेरैपल्ट मित्रहरू र पत्रकार साथीहरूले नेपालमा भएका ख्रीष्‍टियान डाक्टरहरूका बारेमा एक लेख लेखिदिनका लागि अनुरोध गर्नुभयो तर लेख्‍ने कि नलेख्‍ने सम्बन्धमा लामो समयसम्म मलाई दुबिधा रह्यो । यो विषय संवेदनशिल भएको र अरूले प्राप्‍त गरेको ‘उपाधि’ मा प्रश्‍न गर्नु आवश्यक हो वा होइन भन्‍ने लाग्यो । एकातिर उपाधिको मोह र अर्कोतिर नैतिकता र यसको गहन जिम्मेवारीको बोध गर्नुपर्ने एक ख्रीष्‍टियान अगुवाको दायित्व गम्भिर भएको हुनाले लामो समयको संघर्ष र प्रार्थनापछि मैले यो लेख लेख्‍ने जमर्को गरेँ । यसलाई कसैले पनि व्यक्तिगत आक्रमणको रूपमा नलिदिनुहुन र तपाईंले प्राप्‍त गर्नुभएको डाक्टरको उपाधिले तपाईंलाई बेचैन गरिरहेको अवस्थामा तपाईंको सेवामा यसले सयहोग गर्नुको सट्टा अवरोध ल्याइरहेको हुनाले यसलाई त्याग्‍न र अध्ययनबाट डाक्टर उपाधि प्राप्‍त गर्न म विनम्र अनुरोध गर्न चाहन्छ । अहिले डाक्टरको उपाधिको मुकुट लगाउनेहरूमध्ये धेरैले अध्ययनको मार्फत सो उपाधि प्राप्‍त गर्नसक्‍नुहुन्छ र त्यसमा हामी सबै मिलेर सहयोग गर्न तयार छौँ भनी अनुरोध गर्न चाहन्छु । विगतमा डाक्टर लेखाउने कोही व्यक्तित्वहरूले डाक्टर शब्दको महत्व बुझेपछि वास्तवमै अध्ययनको मार्फत सो उपाधि प्राप्‍त गर्ने निर्णय र परिश्रम गरेका कारण आज त्यो उपाधि प्राप्‍त गर्नु भएकाहरूलाई म बधाई पनि दिन चाहन्छु ।

सन् १९९३ मा मैले भारतको श्रीरामपुर कलेज(विश्‍वविद्यालय)बाट हिन्दूइज्ममा एमटिएच प्राप्‍त गरेर नेपाल फर्केपछि धेरै जनाले मलाई पत्रमा डाक्टर बाल कृष्ण शर्मा भनी लेख्‍न लागे । यद्यपि म शिक्षाको क्षेत्रमा सन् १९८१ देखि नै संलग्‍न भएको हुनाले धेरैले मलाई त्यस हिसाबले सम्मान गर्न चाहन्थे । तर मेरो विवेकले कहिल्यै मलाई त्यो ‘डाक्टर उपाधि’ स्वीकार गर्न दिएन । मैले मेरो मनमा अठोट गरे अनुसार अध्ययनको माध्यमबाट नै त्यो उपलब्धि हासिल गर्नुपर्छ भन्‍ने निर्णले मलाई त्यसो गर्न लगायो र यसमा प्रभु येशूको अनुग्रह पनि प्रशस्त रह्यो ।

आज विश्‍वमा डाक्टर शब्दको दुरूपयोग गर्नेहरूमा ख्रीष्‍टियाहरू अग्रपंक्तिमा देखिएका छन् । ख्रीष्‍टियान अगुवाहरूले यसो गर्नुका कारणहरू विविध हुनसक्छन् । तीमध्ये एउटाचाहिँ मेहनत विनानै अरूहरूसँग प्रतिस्पर्धा गर्नु हो । नेपालमा ख्रीष्‍टियान अगुवाहरूले डाक्टर लेखाउने चलनको इतिहास त्यति लामो छैन । उनीहरूलाई यो शब्दले सामाजिक मान्यता दिने र अरूहरूका सामु आदरणीय हुनपाउने लोभले नै यसो गरिएको हो भन्‍ने मलाई लाग्छ । यो शब्द शैक्षिक उपलब्धीसँग सम्बन्धित भएको हुनाले यसलाई ध्यान पुर्‍याइएन भने यसले हाम्रो ख्रीष्‍टियान साक्षीमा ठूलो नकारात्मक प्रभाव पार्छ ।

ख्रीष्‍टियानहरूले अध्ययनबाट प्राप्‍त गर्ने डाक्टरका उपाधिहरू पनि विभिन्‍न किसिमका छन् । डाक्टर अफ मिनिष्‍ट्रि, डाक्टर अफ मिसियोलोजी बढी सेवासँग सम्बन्धित छन्, तर यी उपाधिहरू पनि अध्ययन र थेसिसका आधारमा प्रदान गरिन्छन् र मान्यताप्राप्‍त कलेज, विश्‍वविद्यालय वा सेमिनरीबाट प्राप्‍त गरिनुपर्छ । डाक्टर अफ थियोलोजी र डाक्टर अफ फिलोसोफी विशेषगरी शिक्षामा प्राप्‍त दखलसँग सम्बन्धित छन् र अध्ययन र थेसिसमा आधारित छन् ।

कुनै व्यक्तिले आफ्नो शैक्षिक उपाधि लेख्दा धेरै ठाउँमा डाक्टर लेखेर मात्र पुग्दैन । उनले कुन डाक्टर गरेका हुन् भनी लेख्‍नुपर्ने हुन्छ । उनले डिमिस गरेका हुन् वा पिएचडि गरेका हुन सो पनि लेखिने चलन छ । यसो गर्नुको कारणचाहिँ कुन क्षेत्रमा उनले शैक्षिक रूपमा अरूहरूलाई सहयोग गर्न सक्छन् भन्‍ने उद्देश्यले हो । यस शैक्षिक उपलब्धिको उद्देश्य डाक्टर लेखेर गदगद हुनका लागि होइन तर शैक्षिक क्षेत्रमा अरूहरूलाई कसरी सहयोग पुर्‍याउन सक्छन् भन्‍ने यो पहिलो जानकारी हो । यसैले डाक्टर लेख्‍नमा हतार नगरौँ । यदि तपाईंले अध्ययन गरेर पनि तपाईंको डाक्टरको तहमा उपाधि हासिल गर्न सम्भव भएन भने डाक्टर नलेखौँ तर अझै मेहनतसाथ अध्ययन गरी यस उद्देश्यलाई प्राप्‍त गरौँ । यसको मर्मलाई बुझौँ र शैक्षिक उपलब्धि हासिल गरी यसको महत्वलाई कायम राखौँ । ख्रीष्‍टियानहरू अफ्ना नैतिकतामा इमान्दार हुनुपर्छ र बाइबलको सन्देश पनि यही नै छ ।

मैले पिएचडि प्राप्‍त गरेपछि धेरैलाई एमटिएच, डिमिन, र पिएचडिमा उनीहरूका थेसिस लेखनमा सहयोग गरिरहेको छु र अरूहरूले पनि यसो गरिरहनुभएको छ । तपाईंको डाक्टरको लक्ष्य शैक्षिक क्षेत्रमा अरूहरूलाई सहयोग गर्नु होइन भने र आफू त्यो उपलब्धि हासिलको अझै योग्य नभएको अनुभूति भइरहेको बेलामा त्यस उपाधिलाई अहिल्यै त्याग्‍नुहोस् र विगतमा कोही ख्रीष्‍टियान अगुवाहरूले गरेझै आज देखिनै त्यो डाक्टरको उपाधि हासिल गर्नका लागि अध्ययन थाल्नुहोस् । अवश्य पनि तपाईंले इज्‍जतसाथ त्यो हासिल गर्नुभई नेपालमा ख्रीष्‍टियान जगतमा र अन्य स्थानहरूमा तपाईंको योगदान शैक्षिक क्षेत्रमा बलियो हुनेछ ।

अर्को सतर्कता अपनाउनु पनि आवश्यक छ । यदि तपाईंले लेख्‍नुभएको डाक्टर उपाधिलाई वैधानिक किसिमले प्रमाणित गर्न सक्‍नुभएन भने तपाईंलाई मुद्दा लाग्‍नसक्छ । त्यो वैधानिक प्रमाण भनेको तपाईंले मान्यताप्राप्‍त विश्‍वविद्यालय वा सेमिनरी वा कलेजबाट अध्ययन पछि प्राप्‍त प्रमाणपत्र हो ।

मेरो यस छोटो लेख मार्फत नेपालको ख्रीष्‍टियान जगतमा डाक्टर उपाधिको महत्वलाई बुझ्न र गलत किसिमले यसलाई प्रयोग गरिएको छ भने त्यसलाई त्याग्‍न र अरूहरूले गरेका कारण डाक्टर लेख्‍न आतुर भएकाहरूलाई एकपल्ट फेरि सोच्न र अध्ययन र अनुसन्धान मार्फत नेपालमा धेरै ख्रीष्‍टियानहरूले आउने दिनहरूमा डाक्टर प्राप्‍त गर्न म हौसला दिन चाहन्छु र आफूले गर्नसक्‍ने सहयोग गर्न तयार छु । सबैलाई धेरै धन्यवाद ।

(रेभ.डा.बाल कृष्ण शर्माले विभिन्‍न सेवाहरू प्रदान गर्दै आउनुभएको छ । उहाँले त्रिभुवन विश्‍वविद्यालयबाट अंग्रजी साहित्यमा एमए गर्नुभएको छ । उहाँले संयुक्त अधिराज्य बेलायतको वेल्स युनिभर्सिटीबाट सन् २०१० मा नेपालमा मृत्युसंस्कारः दहन, दफन, र ख्रीष्‍टियन पहिचान विषयमा विद्यावारिधि गर्नुभएको छ । उहाँले सम्माननीय राष्‍ट्रपति डा. रामवरण यादब ज्युका बाहुलीबाट सन् २०११ को सेप्टेम्बर महिनामा उहाँको विद्यावारिधि वा पिएजडी उपाधिको निम्ति सम्मानजनक शिक्षापदक र प्रमाणपत्र प्राप्‍त गर्नुभएको छ । उहाँ नेपाल पिएचडी एशोशियसनका आजीवन सदस्य हुनुहुन्छ र हाल उहाँ नेपाल थियोलोजिकल कलेजका प्रिन्सिपल हुनुहुन्छ । उहाँसँग यस लेख सम्बन्धि र अन्य विषयमा परमर्श, छलफल गर्नुपरेमा उहाँको इमेलमा सम्पर्क राख्‍नुहुन विनम्र अनुरोध गरिन्छ । उहाँको इमेल यस प्रकार छः [email protected])

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In