• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नमुना ?

by Bhuvan Devkota
March 3, 2015
in Articles

manभुवन देवकोटा,  बाइबल धर्मशास्त्रमा उल्लेख भएअनुसार हामी विश्वासीहरू एउटै परिवारका सदस्य हौं। हामी येशूको रगतले किनिएपछि एउटै परिवारभित्र समाहित भएका छौं। त्यसैले हामी परमेश्वरका छोराछोरी हौं। परमेश्वरले हामी सबैलाई मण्डली परिवार, समाजका विभिन्न क्षेत्रमा उहाँले चाहनुभएको भूमिका दिएर राख्नुभएको हुन्छ।
पाठकवृन्द, मैले यहाँ चर्चा गर्न लागेको विषय हामी हाम्रो भावी पुस्ताका लागि कस्तो नमुना भएर पेश हुन्छौं भन्ने हो। हरेक मानिसले विचार गर्न सक्छ- हामी स्वतन्त्र मानिस हौं र हामीलाई आफ्नै किसिमले जिउने अधिकार छ। एक हदसम्म यो कुरा ठीकै पनि होला। किनकि हामी हरेकलाई परमेश्वरले आफ्नो विवेक दिनुभएको छ। त्यही विवेकअनुसार हामी आफ्नो जीवन जिउन स्वतन्त्र छौं। तर परमेश्वरको वचनले हामीलाई यो पनि सिकाउँछ कि हामी जिम्मेवार व्यक्ति पनि हौं। त्यो जिम्मेवारी के हो भने आफ्नो परिवार, समुदाय र मण्डलीमा हामी परमेश्वरको ज्योति बनेर जिउनुपर्दछ।
यो चित्रमा देखाएझैं मण्डली, परिवार वा समाजलाई हामीले तीन भागमा विभाजन गर्यौं भने एक ठाउँमा हामीभन्दा अग्रज, उमेरले परिपक्व, अगुवा, बुबा-आमा आदि हुनुहुन्छ। जसलाई सबै भन्दा ठूलो चिन्ता युवाहरूको बारेमा हुन्छ। कतै युवाहरू गलत बाटोमा लाग्ने हुन् कि भन्ने चिन्ता उनीहरूमा हुन्छ। युवाहरू नराम्रो संगत वा खराब बाटोमा लाग्छन् कि भन्ने चिन्ता हाम्रा सबै अग्रजहरूमा हुन्छ। किनकि युवाहरूको जीवन र मण्डलीमा युवाहरूको भूमिका ठीक छ भने उनीहरूले परमेश्वरको सेवकाइमा सहायता पुर्याउन सक्छन्। युवाले नै विभिन्न किसिमले मण्डलीको सेवकाइमा हात बढाउन सक्छन्, जसबाट उनीहरूको जीवन परमेश्वरको महिमाको लागि हुन्छ। परिवारमा युवाको भूमिका सही किसिमको छ भने बुबा-आमा पनि खुसी हुनुहुन्छ। किनभने उहाँहरूले आफ्नो सारा जीवन नै तिनीहरूको स्याहार-सुसारमा बिताउनुभएको हुन्छ। त्यसैले उहाँहरू चाहनुहुन्छ कि किशोर-किशोरीहरूको जीवन बर्बाद नहोस्।
अब अर्को पक्षचाहिं युवाहरूभन्दा साना बालबालिकाहरूको हो। युवाहरूकै सिको परिवारका ती साना सदस्यहरूले पनि गरेका हुन्छन्। त्यसैले हाम्रो सिको गरेर सानासाना भाइबहिनीले गलत बाटो नसमातून्। हाम्रो कारणले कुनै सानो भाइ वा सानी बहिनी पापको मार्गमा बढ्न सक्छन्। हामी विश्वासीहरू एउटै परिवारको भएको कारणले हाम्रो गलत नमुना वा गलत जीवनले हाम्रा बालबालिकाहरूले पाप गरे भने परमेश्वरले हामीलाई त्यसको जिम्मेवार ठान्नुहुन्छ। त्यसैले युवाले एउटा असल व्यक्तिको नमुना भएर आफूलाई प्रस्तुत गरान सकून् भन्ने चाहना सबैको हुन्छ। हुन पनि हामी के खान्छौं, के लाउँछौं, के सुन्छौं, के हेछ, यही कुराको नक्कल हामीभन्दा साना-साना नानीहरूले गरिरहेका हुन्छन्।
हामीले गलत गरिरहेका छौं भने साना बालबालिकाले पनि हाम्रै नक्कल गरेर गलत नै गरिरहेका हुन्छन्। त्यसैले युवाहरू एक असल नमुना बन्न सक्नुपर्दछ। होइन भने साना बालबालिकाहरुले गलत बाटो अंगाल्नुको जिम्मेवार पात्र हामी नै हुनेछौं। जसलाई परमेश्वरले पनि माफ दिनुहुन्न। येशूले भन्नुभयो, “मलाई विश्वास गर्ने सानाहरूमध्ये कसैले पाप गर्न लगाउँछ भने त्यसको घाँटीमा जातो बाँधेर समुन्द्रको पीधँमा डुबाइदिनु असल हुन्छ” (मर्कूस ९:४२)।
युवा मित्रहरू ! तपाईं-हाम्रो जीवनले असल नमुना प्रस्तुत गर्न सक्दैन भने त्यो जीवन परमेश्वरको वचनअनुसारको पनि हुनेछैन। हामी सोच्दछौं कि हामीले कसैलाई पनि खराब बाटोमा लाग्न उत्प्रेरितौ गरेका छैनौं। तर हाम्रो गलत व्यवहार, जीवनशैली नै हाम्रा भाइबहिनीहरूका लागि गलत बाटोमा लाग्ने प्रेरणाको स्रोत बन्दछ भने येशूले हामीसँग त्यसको बदला लिनुहुनेछ। किनभने येशूले हामीहरूलाई उहाँको शक्तिशाली कार्य घोषणा गर्न, उहाँको महिमा गर्न पठाउनुभएको हो। तर त्यसको विपरीत हुने गरी हामी गलत कुरा हेर्र्छौं, सुन्छौं, बोल्छौं र खान्छौं भने हामीले परमेश्वर येशूको वचनको उल्लंघन गरेका हुनेछौं। येशुले पनि पृथ्वीमा रहनुहुँदा उहाँको वचन पालन गरेर परमेश्वरलाई महिमा दिनुभयो। त्यसैगरी हामीले पनि हाम्रो जीवनमा परमेश्वरको वचन पालन गरेर परमेश्वरलाई महिमा दिनुपर्छ। परमेश्वरले हाम्रो चरित्रका सबै कुरामा सुक्ष्म रूपमा चासो राख्‍नुहुन्छ। हाम्रो जीवनमा साना-साना कुरा पनि ठीक छैन भने हाम्रा आफ्नै भाइबहिनी र मण्डलीका भाइबहिनीहरूले गलत बाटोमा पाइला चाल्न सक्छन्।
त्यसकारण हाम्रा भाइबहिनीको भविष्य र नेपालको मण्डलीको भविष्य उज्ज्वल होस् भन्ने चाहना राख्ने हो भने युवा जमातले परमेश्वरको वचनअनुसारको जीवन जिउनैपर्छ। परमप्रभु परमेश्वरको महिमाको लागि बाँच्ने प्रतिज्ञा गरिनुपर्छ। जीवनका सबै पक्षमा हामीले येशूलाई महिमा दिइरहनुपर्छ। तब हामी परिवार, समाज तथा परमेश्वरको नजरमा असल नमुना बन्न सक्दछौं।
शर्माउनुनपर्ने र सत्यको वचनलाई ठीकसँग प्रयोग गर्ने कामदारजस्तै आफूले आफूलाई परमेश्वरमा ग्रहणयोग्य तुल्याउने भरमग्दूर प्रयत्न गर। भक्तिहीन बकबक त्याग किनकि यसले मानिसहरूलाई झन् बढी भक्तिहीनतातिर लानेछ। तिनीहरूको बातचित सइनको घाउजस्तो गाडिँदैजानेछ। तर परमेश्वरको दृढ जग खडै रहन्छ र त्यसमा यो छाप लागेको छ, “प्रभुले आफ्ना जतिलाई चिन्नुहुन्छ, प्रभुको नाउँ लिने जति हरेक अधर्मबाट टाढै रहोस्” १ तिमोथी २:१५-१९)।

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In