• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

भ्यालेन्टाइन – दुष्टको एउटा पासो

by Bhuvan Devkota
February 4, 2015
in Articles
Bhuvan Devkota
Bhuvan Devkota
भुवन देवकोटा

फेब्रुअरी महिनालाई भ्यालेन्टाइन महिनाको रूपमा मनाउनेहरूको जमात आजभोलि बढ्दैजान थालेको छ। यहाँनेर हामीले बाइबलको एउटा वाक्य

सम्झनैपर्दछ। जहाँ पावलले भन्दछन् कि दुष्टचाहिं यस संसारको देव हो, आकाशको शक्तिको मालिक हो। अहिले हामीले संसारमा देखेका धेरै कुराहरू दुष्टको अधीनमा छन् र दुष्टबाट सञ्चालित छन्। किनभने बाइबलले लेखेको छ- संसार दुष्टको अधीनमा परेको छ। दुष्टले परमेश्वरका सन्तानलाई नाश पार्नका लागि विभिन्न जालझेल रच्दछ।
पाठकवृन्द, तपाईंले मेरो कुरालाई नकारात्मक रूपमा लिनुअघि यस्ता कुरालाई सबैले मानेको चलन भनेर होइन, परमेश्वरको वचनमा दाँजेर हेर्ने साहस जुटाउनुहोस् भन्ने निवेदन गर्न चाहन्छु। के हामीलाई बाइबलले आफ्नै निर्णय संसारको तरिकामा जीवनसाथी छान्ने छुट दिएको छ – के हाम्रो चलन वा हामीलाई ठीक लाग्ने कुरा बाइबलको शिक्षाभन्दा माथि छ ? के मानिसको निर्णय सर्वोच्चको वचनलाई जित्ने हुनुपर्दछ ? परमेश्वरको वचनमा सबै कुराको अधिकार छ।
बाइबलले बताउँछ- हामी परमेश्वरका सन्तान, सो संसारबाट अलग भएका मानिसहरू हौं। हामी संसारको चालअनुसार चल्नुहुँदैन। किनभने यो संसार, यो दुनियाँ हाम्रो घर होइन। हाम्रो घर, हाम्रो नागरिकता र्स्वर्गमा छ। प्रभु येशू हामीलाई घर तयार पार्न जानुभएको छ। उहाँ हामीलाई त्यो घरमा लैजानको लागि एक दिन आउनुहुनेछ। त्यही आशा, त्यही विश्वासमा हामी विश्वासीहरूले येशूको प्रतीक्षा गरिरहेका छौं। स्वर्ग जाने तयारी गरेर मात्र हुँदैन। त्यसका लागि आफूलाई योग्य पनि बनाउननुपर्छ। र्स्वर्ग जानका लागि योग्य बनाउनु भनेको परमेश्वरको वचनअनुसार आफ्नो जीवन जिउनु हो। बुद्धिमती कन्याहरूजस्तै आफ्नो विश्वास र वचनअनुसारको जीवनमा सदा चनाखो र होसियार रहनु हो।
तर आज संसारमा यस्ता धेरै प्रचलन, संस्कृति र परम्परा देखिका छन्, त्यसले हामीलाई स्वर्गको निम्ति योग्य बनाउँदैन। त्यस्तै एउटा संस्कृतिको रूपमा विकास भइरहेको छ- भ्यालेन्टाइन डे पनि। भ्यालेन्टाइन डेको संस्कृति अहिले जुन रूपमा विकास भइरहेको छ, त्यो परमेश्वरको वचनको विरुद्धमा छ। तर पनि हामी ख्रीष्टियनहरूले जानी-नजानी यस्ता परम्परालाई पछ्याइरहेका छौं किनकि हाम्रो वरिपरिका सबैले यसलाई विशेष चाडको रूपमा मान्दछन्।
मिल्ने साथीको बहाना, जमानअनुसार चल्ने बहानामा हामी परमेश्वरको वचनका विरुद्ध जिउनु दुःखद हो। अहिले धेरै युवा-युवती भ्यालेन्टाइन डेको उत्सव मनाउने तयारीमा छन्। कतै यो तयारी परमेश्वरको वचनको विरुद्धमा त छैन – भन्ने उनीहरूले ख्याल गरिरहेका हुँदैनन्।
धेरैले भ्यालेन्टानइ डेलाई प्रेम साटासाट गर्ने अवसरको रूपमा परिभाषित गर्नेगरेका छन्। एकअर्कालाई माया गर्नु नराम्रो त होइन। तर भ्यालेन्टाइन डेको नाममा जुन मायाको आदान-प्रदान हुन्छ, त्यसको उद्देश्य के हो ? यो ख्याल गर्नैपर्ने विषय हो। धेरैको बुझाइ के हुने गरेको छ भने भ्यालेन्टाइन डे विशेषगरी अविवाहित केटा-केटीको लागि हो। आफ्नो जीवनसाथी छान्ने र आफूलाई मन पर्ने मान्छेलाई प्रेम प्रस्ताव राख्ने अवसर पनि हो। यसलाई नराम्रो रूपमा लिनुनहुने धेरैको तर्क पनि छ। तर हामीले परमेश्वरको वचनलाई हेर्यौं भने यस्ता तर्क गलत हुनेछन्। बाइबलले यी सबै कुरालाई बेठीक भनेको छ। बाइबलमा लेखिएको छ- परमेश्वरले हरेक मानिसका लागि ठीक जोडीको व्यवस्था उहाँले चाहेको समयमा उहाँको तरिकाले जुटाउनुहुनेछ। हामीले हाम्रो तरिकाले, हाम्रो शैलीले, संसारिक चाहनाले जीवनसाथी खोज्नुपर्दैन।
अझ डरलाग्दो कुरा त भ्यालेन्टाइन डेमा संसारमा प्रेमको बहानामा धेरै व्यभिचार हुन्छ। हामीले व्यभिचारलाई येशूको परिभाषाबाट बुझ्नु असल हुन्छ। मत्ती ५:२८ मा येशूले भन्नुभयो कि कामवासनाको इच्छाले हेरेमा व्यभिचार हुन्छ। येशूको वचन सत्य हो।
हामीले आफ्नै तरिकाले जीवनसाथी खौज्छौं भने परमेवरलाई मान्यता दिएको ठहर्दैन। किनभने हाम्रो जीवनको सबै कुरा परमेश्वरको निर्णयनुसार हुननुपर्छ। उहाँको निर्णय उद्देश्य र चाहना विपरीत गएर संसारिक चाहनामा हामीले हाम्रो जीवनसाथी छनौट गर्न खोज्यौं भने त्यो उहाँलाई मन पर्दैन। यस्तो अवस्थामा भ्यालेन्टाइनलाई आफ्नो जीवनसाथी छनौट गर्ने उत्तम चाडको रूपमा मनाउन खोज्नु कदापि ठीक हुँदैन। भ्यालेन्टाइन डेका दिन युवा-युवती सकेको सबै कुरा गर्न चाहन्छन्, जुन परमेश्वरको नजरमा पापपूर्ण कार्य पनि हुन सक्छ। हामीले परमेश्वरको वचन भित्री हृदयदेखि नै स्वीकार गर्ने हो भने हाम्रो पहिलो प्रेम परमेश्वर आफैं हुनुहुन्छ। हाम्रो पहिलो प्रेम परमेश्वरका लागि नै हुननुपर्छ। परमेश्वरको पहिलो प्रेम पनि हामीहरू नै हौं किनभने परमेश्वरले हामीलाई अत्यन्तै प्रेम गरेर आफ्नो पुत्रलाई हाम्रो लागि क्रुसमा मर्न पठाउनुभयो।
हामी ख्रीष्टियन युवा पुस्ताले भ्यालेटाइन डेलाई गलत रूपमा त मनाएका छैनौं भनेर सोच्नुपर्ने बेला भएको छ। भ्यालेन्टाइन डे कहाँबाट सुरु भयो ? कसरी सुरु भयो ? के यो परमेश्वरको वचनअनुसार मण्डलीले सुरु गरेको हो ? परमेश्वरको वचनअनुसार भ्यालेन्टाइन डेमा गरिने क्रियाकलापहरू मिल्छन् त ? हाम्रो अहिलेको गलत कदमले आगामी युवा पुस्ताले बाटो बिराउनेछन्। भ्यालेन्टाइन डेको आफू अनुकुल परिभाषा गरेर युवाहरूले परमेश्वरको वचनविरुद्ध आफूलाई प्रस्तुत गर्नु भनेको नेपालको मण्डली तथा चर्चको भविष्य पनि बर्बाद बनाउनु हो।
आजका युवाले जस्तो क्रियाकलाप गर्छन्, उनीहरूभन्दा पछिका पुस्ताले त्यसको सिको गर्दै आफूलाई पनि गलत बाटोमै अग्रसर गराउनेछन्। त्यसैले हरेक युवाले चाल्ने प्रत्येक पाइला परमेश्वरको वचनअनुसार छ कि छैन भनेर विचार पुर्याउनैपर्छ। त्यस्तै विचार भ्यालेन्टाइन डे मनाउँदा पनि गरिननुपर्छ।
त्यसकारण कुनै कुराको जग र सुरुवात परमेश्वरको वचनअनुसार छैन वा त्यसको प्राथमिक उद्देश्य परमेश्वरको महिमा गर्ने किसिमको छैन भने हामी ती संसारका र जवानीका अभिलाषाबाट भाग्ननुपर्छ।
यसकारण तिनीहरूका बीचबाट निस्केर आओ र तिनीहरूबाट तिमीहरू अलग होओ, परमप्रभु भन्नुहुन्छ, अशुद्ध कुरा केही नछोओ र म तिमीहरूलाई ग्रहण गर्नेछु (२ कोरिन्थी ६:१७)।

 

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In