• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, October 18, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

ख्रीष्टमा स्वतन्त्रता

by NepalChurch.com
May 15, 2013
in Articles

Resham Kumar Sunuwarपरिचय: आज हामी कतिचोटी तपाईलाई कस्तो छ ? भनेर सोध्दा हामी सबैले सन्चै छौं अथवा राम्रो छ भनेर प्रतिक्रया जनाउँछौं। कतिचोटी हामीभित्र राम्रो नभएको ठीक नभएको बेला पनि खिस्स हाँसेर राम्रो छु भनेर भन्ने गर्र्छौ। मनभित्र ठीक नभए तापिन म राम्रो छु भनेर भनेको अवस्थाहरु कति छन् कति। वास्तवमा हामी कतिपल्ट बनधनमा रहेको पूर्ण रुपमा स्वतन्त्रताको अनुभव नगरेको अवस्थाहरुमा जिईरहेका हुन्छौं। हामी सबै जनालाई स्वतन्त्रताको आवश्यक हुन्छ। स्वतन्त्रतामा जिउनु हरेक मानिसको लागि अति नै राम्रो कुरा पनि हो।

आज यहाँ हामीले ख्रीष्टले दिने स्वतन्त्रताको विषयमा जानकार हुनुपर्ने कुराको चर्चा गरिनेछ। कति मानिस आज बन्धनमा रहीरहेका छन्। जो आत्मिकरुपमा स्वतन्त्रता हुन सक्दैन त्यो निश्चय पनि दुःखद कुरा हो।

“स्वतन्त्रताको निम्ति ख्रीष्टले हामीलाई स्वतन्त्र पार्नुभएको छ। यसकारण दह्रा भएर खडा होओ, र फेरी दासत्वको जुवामुनि नपर। गलाती ५:१ ।

वास्तवमा गलातीको पुस्तकमा पावलले हामीलाई ख्रीष्टले स्वतन्त्र पार्नुभएको छ भनेर भनेका छन्। गलातीहरुलाई किन पावल प्रेरितले यो पत्र लेखे भन्दा गलातीको पुरै पत्र पढेर हामीले स्पष्ट बुझ्न सकिन्छ। गलातियामा भएका अन्य जातिहरुको माझमा मण्डली स्थपना हुने वित्तिकै यहुदी ख्रीष्टियानहरु आएर पावलको शिक्षाको विरोध गर्न थालेका थिए। पावलको मुख्य शिक्षा थियो कि अनुग्रहबाट विश्वासद्धारा मात्र मानिसले उद्धार पाउन सक्दछ। तर यी भूलमा परेका यहुदी ख्रीष्टियानहरुले भनीरहेका थिए कि उद्धार पाउनलाई परमेश्वरको अनुग्रहद्धारा मात्र पुग्दैन तर यहुदी व्यवस्था पनि मान्नु आवश्यक छ भनीरहेका थिए। यसकारण पनि पावलले सबै व्यवस्थाबाट ख्रीष्टले हामीलाई स्वतन्त्र पार्नुभएको छ भनेर भनेका छन्।

मार्टीनलुथरले पनि यही गलातीको पत्र पढेर सोह्रौ शताब्दीमा मण्डलीमा आएका झुटा शिक्षालाई चिने र झूटा शिक्षाको विरुद्धमा प्रोटेस्टेन्ट अभियान शुरु गरे। मार्टीन लुथरले यही गलातीको पत्र पढेर बल्लबल्ल बुझ्न सके कि कुनै मण्डली र व्यवस्थाबाट नभएर अनुग्रहबाट मात्रै मानिसले उद्धार पाउन सक्दछ। संसारभरिका मानिसहरु आफ्नो काम र प्रयत्नबाट उद्धार पाउन खोज्दछन्। तिनीहरु विभिन्न धार्मिक विधानहरु मानेर परमेश्वरलाई खुशी तुल्याउने कोशिस गर्छन्। तिनीहरु आफ्नो शक्तिले पवित्र हुन कोशिस गर्छन्। तर यी सबै प्रयत्न र कोशिसहरु व्यर्थै छन्। परमेश्वरको अनुग्रहबाट मात्र उद्धार पाउन सक्दछौं। गलातीहरुलाई लेखिएको यो पत्रको मुख्य शिक्षा यही नै हो। हामीलाई स्वतन्त्रताको निम्ति ख्रीष्टले बोलाउनुभएको छ र हामीलाई बन्धन र दासत्वमा रहनलाई परमेश्वरले बोलाउनुभएको छैन भन्ने हो।

“स्वतन्त्रताको निम्ति ख्रीष्टले हामीलाई स्वतन्त्र पार्नुभएको छ। यसकारण दह्रा भएर खडा होओ, र फेरी दासत्वको जुवामुनि नपर। गलाती ५:१ ।

यहाँ स्वतन्त्रताको लागि पमेश्वरले हामीलाई बोलाउनुभएको छ र ख्रीष्टले हामीलाई स्वतन्त्र पार्नुभएको छ भनेर पावल भन्दछन् । ख्रीष्टले हामीलाई एकैपल्टमा सँधैको लागि स्वतन्त्र पाउनुभएको छ। हामीलाई ख्रीष्टले स्वतन्त्र पाउनुभएको छ भनेको के हो त?  यसको अर्थ हामी ख्रीष्टमा स्वतन्त्र पारिनु अगाडि हामी स्वन्तत्र थिएनौ र हामी दासत्वमा र बन्धनमा थियौं। यसको अर्थ हामी आफैले आफैलाई यो बन्धनबाट स्वतन्त्र पार्न सकिदैन थियो। हामीले आफ्नो असल कामहरुद्धारा आफैलाई स्वतन्त्र पार्न सकिदैन थियो। किनकि येशूले नै पूर्ण  रुपमा सँधैको लागि र स्थायीरुपमा हामीलाई स्वतन्त्र पार्न यो काम क्रुसमा गर्नुभयो। यदि हामीले ख्रीष्टको स्वतन्त्रतालाई हामीले इन्कार गर्छौ भने ख्रीष्टले हाम्रो निम्ति गर्नु भएको कामको पनि इन्कार गर्दछौं। साँच्चै हामीलाई ख्रीष्टले स्वतन्त्र पार्नुभएको छ। उहाँले हामीलाई व्यवस्थाको श्रापबाट र मृत्युबाट स्वतन्त्र पार्नु भएको छ। “हाम्रा निम्ति श्राप बनेर ख्रीष्टले हामीलाई व्यवस्थाको श्रापबाट मोल तिरेर छुटाउनुभयो, किनकि काठमा झुण्डिने हरेक श्रापित हुन्छ भनेर लेखिएको छ।” गलाती ३:१३। यहाँ व्यवस्थाको श्रापचाहिं मृत्युदण्डको आज्ञा थियो। तर हाम्रो मृत्युदण्ड ख्रीष्टले कलबरी क्रुसमा भोग्नुभयो र हामीलाई छुटकारा र स्वतन्त्र दिनुभयो। हामी पाप र हरेक कुराको बन्धनमा थियौ तर ख्रीष्टले आज हामीलाई जीवन क्रुसमा वलिदान दिएर उहाँको आफ्नो बहुमूल्य रगतको मोल तिरेर हामीलाई स्वतन्त्र पार्नुभएको छ। हामीलाई श्रापको बन्धनबाट पनि स्वतन्त्र पार्नुभएको छ। किनकि ख्रीष्ट आफै क्रुसमा श्रापित बनेर झुण्डिनुभयो ताकि हामी सबै श्रापबाट मुक्त हुन सकौं। आज हरेक विश्वासीजनले ख्रीष्टमा भएको यो स्वतन्त्रतालाई आत्मासात गर्नु जरुरी छ। हामी बन्धनमा परेका मूर्ख मानिसहरु जस्तै थियौ अनि ख्रीष्टले हामीलाई यी सबै कुराबाट स्वतन्त्र पार्नुभएको छ।

पावल भन्दछन कि हामीलाई ख्रीष्टले स्वतन्त्रताको निम्ति स्वतन्त्र पार्नुभएको छ। ख्रीष्टले हामीलाई व्वस्थाको श्राप, मृत्यु, डर, अशान्ति पापको शक्ति, अनि शैतानको शक्ति सबै कुराबाट नै हामीलाई स्वतन्त्र पार्नुभएको छ। उहाँले हामीलाई दिनुभएको यो सत्यलाई पूर्णरुपमा हाम्रो जीवनमा उतार्नु आवश्यक पनि छ। किनकि सत्य कुरा थाहा पाउँदा हामी स्वतन्त्र हुन सक्दछौं। “तब तिमीहरुले सत्य के हो सो जान्नेछौ, र सत्यले तिमीहरुलाई स्वतन्त्र तुल्याउनेछ।”यूहन्ना ८:३२। जब हामी परमेश्वरको सत्यलाई जान्दछौं त्यो कुराले हामीलाई स्वतन्त्रता तुल्याउनेछ।  वास्तवमा जो ख्रीष्टको सत्यमा रहन्छ त्यसले सत्य थाहा पाउनेछ। ख्रीष्टका शिक्षा र वचन सत्य छन्। अनुग्रह र सत्यताचाहिं ख्रीष्टबाट आए। जो ख्रीष्टको शिक्षा र वचनमा रहन्छ त्योचाहिं स्वतन्त्र हुनेछ। ख्रीष्टको शिक्षा र वचनको सत्यताले मानिसलाई पापको बन्धनबाट स्वतन्त्र तुल्याउनेछ। पापको स्वतन्त्र हुनु भनेको उद्धार पाउनु हो। कतिपटक मानिसहरु आत्मिक बन्धनमा जिईरहेका हुन्छन्। तर येशूले हामीलाई स्वतन्त्र पार्नुभएको छ भन्ने कुरामा हामी जानकर हुनु जरुरी छ।

“स्वतन्त्रताको निम्ति ख्रीष्टले हामीलाई स्वतन्त्र पार्नुभएको छ। यसकारण दह्रा भएर खडा होओ, र फेरी दासत्वको जुवामुनि नपर। गलाती ५:१ ।

हामी ख्रीष्टमा स्वतन्त्र भएको कारण दह्रो भएर खडा हुनुपर्ने कुराको आदेश दिईएको छ। यहाँ पावलले व्यवस्थाको आधारमा परमेश्वरसँग राखेको सम्बन्ध र विश्वासको आधारमा परमेश्वरसँग राखिने सम्बन्धको बीचको भिन्नतालाई केलाउदै यसको सर्न्दर्भमा उनले जोडेर भनेका छन् कि हामी यसकारण दह्रो भएर खडा हुनुपर्छ भन्ने जोड दिएका छन्। उनले विश्वासको विरुद्धमा व्यवस्था, प्रतिज्ञाको विरुद्धमा व्यवस्था, सान्तानको विरुद्ध कमारा, सिनै पर्वतको करार विरुद्ध नयाँ करार स्वतन्त्रताको विरुद्ध दासको अवस्थालाई चित्रण गरेका छन्। वास्तवमा गलातीको मानिसहरु अथवा विश्वासीहरु जो गलत बिचारमा थिए तिनीहरुको लागि पावलले यो चुनौती दिएका थिए। यी विभिन्न अवस्थाको वावजूद कति जनाले येशूलाई अंगालेका थिए। तिनीहरु व्यवस्थाको दासत्वबाट छुटकारा पाएका थिए। तिनीहरुले बन्धनबाट छुटकारा पाएका थिए। अनि तिनीहरुलाई विश्वासद्धारा उहाँको सन्तान, प्रतिज्ञाको हकदार, उत्तरधिकारवाला मात्रै तुल्याउनु भएन उहाँले स्वतन्त्र पनि दिनुभयो। यसैकारण जे कुरा ख्रीष्टबाट प्राप्त भएको छ त्यसमा दह्रो भएर खडा हुनुपर्ने कुराको जोड दिईएको छ। हामीले पनि ख्रीष्टद्धारा विश्वासद्धारा नै छुटकारा र स्वतन्त्र पाएको हुनाले आज ख्रीष्टको वचनअनुरुप दह्रो भएर खडा हुनुपर्दछ।

ख्रीष्टले दिएको स्वतन्त्रतामा हामी दह्रो भएर खडा हुनुपर्दछ। “उहाँले हामीलाई अन्धकारको राज्यदेखि छुटाउनुभयो, र आफ्नो प्रिय पुत्रको राज्यभित्र हामीलाई सार्नुभएको छ।” कलस्सी १:१३ । यहाँ पावल बताउँछन् कि हामी अबदेखि उसो शैतानको कैदी होईनौं। हामी अन्धकारको बन्धनमा छैनौं। किनकि ख्रीष्टले नै हामीलाई अन्धकारको राज्यबाट छुटाएर उहाँको राज्यमा सार्नुभयो। परमेश्वरले ख्रीष्टद्धारा हामीलाई उहाँको राज्यमा सार्नुभएर अन्धकारको राज्यबाट हामीलाई स्वतन्त्र पार्नुभएको कुरा पावलले बताएका छन्। यसैकारण पावलले भनेका छन् कि दह्रो भएर खडा होऔं। किनकि हामीलाई ख्रीष्टले उद्धार गर्नुभएको छ। परमेश्वरले छुटकारा दिनुभएको छ। परमेश्वरले हामीलाई व्यवस्थाको अधीन, दासत्वबाट, अन्धकारको बन्धनको शक्तिबाट छुटकारा दिएर, स्वतन्त्र बनाएर हामीलाई उहाँको राज्यमा राख्नुभएको छ। त्यसकारण हामी दह्रो भएर खडा हुनुपर्ने कुरा बताईएको छ।

“स्वतन्त्रताको निम्ति ख्रीष्टले हामीलाई स्वतन्त्र पार्नुभएको छ। यसकारण दह्रा भएर खडा होओ, र फेरी दासत्वको जुवामुनि नपर। गलाती ५:१।  फेरी दासत्वको जुवामुनि नपर भनेर यहाँ भनिएको छ। फेरी कहिल्यै पनि अथवा फेरी एकचोटी पनि दासत्वको जुवामूनि पर्नुहुँदैन र हामी ख्रीष्टमा स्वतन्त्र पाएका व्यक्तिहरु भएकाले त्यसैअनुरुप जिउनुपर्छ भन्ने हो। ख्रीष्टमा हाम्रो लागि भएको स्वतन्त्रता भनेको स्थायी हो। यो स्वतन्त्रता हाम्रो परमेश्वरसँगको सम्बन्धको आधारमा रहने हो। दासत्वको जुवा भनेर भनिएको छ। पावलले गलातीका विश्वासीहरुलाई झूटा शिक्षाको दासत्वको जुवामुनि नपर्नु नै भनेर भनेका थिए। आज पनि विश्वासीहरुको निम्ति चुनौतीहरु छन्। कसरी हामी विभिन्न कुराको दासत्वमा पर्न सक्दछौं। यो विचारणीय कुरा हो। आज कति जना यहाँ विभिन्न प्रकारको समस्या, चिन्ता, फिक्री, रोग, अशान्ति, विभिन्न कुलत र परीक्षाहरुको जुवा र बन्धनमा जीवनलाई कठीनरुपमा जिउनु भएको हुन सक्दछ। यहाँ स्वतन्त्रताको निम्ति ख्रीष्टले हामीलाई स्वतन्त्र पार्नुभएकोले हामी उसो बन्धनमा रहनु उचित छैन।
चुनौती

“स्वतन्त्रताको निम्ति ख्रीष्टले हामीलाई स्वतन्त्र पार्नुभएको छ। यसकारण दह्रा भएर खडा होओ, र फेरी दासत्वको जुवामुनि नपर। गलाती ५:१ ।  हामीलाई ख्रीष्टले स्वतन्त्र पार्नुभएको छ र अबदेखि उसो बन्धनमा अनि दासत्वको जुवामुनि रहनुहुँदैन भन्ने सन्देश हाम्रो लागि छ। आज के कुराको बन्धनमा तपाई हुनुहुन्छ ? पाप, व्यवस्था, श्राप, विभिन्न कुराको हामी बन्धनमा परेका हौला। आज हामीलाई ख्रीष्टले स्वतन्त्रताको निम्ति बोलाउनु भएको छ। शायाद तपाईको आत्मिक जीवनमा थकित अनि कुनै जोश जाँगर नभएको होला। आज परमेश्वरले हामीलाई छुटकारा र स्वतन्त्र भएको चाहनुहुन्छ। अनि हामीलाई दासत्वको जुवामुनि नभएर ख्रीष्टले दिनुभएको स्वतन्त्रतामा दह्रो भएर खडा र स्थिर भएर बस्नु पर्दछ।

Republished in new layout 15-May-2013

Previous comment

Christmas swatantrata
written by Birendra Rai , January 28, 2012

Praise the Loard..very powerful article may God bless you dai.

Related Posts

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

October 18, 2026

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026

Discussion about this post

ताजा सामाग्री

ANS invites EoI from interested individuals/firms to conduct Social Audits

ANS invites EoI from interested individuals/firms to conduct Social Audits

October 18, 2026

JOB DETAILS Expression of Interest (EoI): Social Audit Job posted on 16th October, 2026-31st October, 2026 Arise and Shine Nepal (ANS) Details / requirements:   Arise and Shine Nepal (ANS) Call for Expression of Interest (EoI) Arise and Shine Nepal (ANS) is a non-profit organization. Arise and Shine is an initiative to address the prevailing social and economic needs among Nepali youth within the Lalitpur district of Kathmandu Valley. ANS responds to the problems of prevailing negativeenvironment  of bullying, unhealthy relationships, substance abuse, petty crimes, disinterest in school studies to name a few on the young people. ANS addresses these problems of young people by operating a Youth Center that is safe, loving, and informal, where they wish to come regularly to spend their free times by playing games, music, meeting friends, reading books etc. ANS also engages young people in activities that develop their skills that shape them, empowers them and gives them better opportunities in their career. Moreover, ANS has been started from 2009 and legally registered in 2016 at SWC (Social welfare council), ANS has been working to empower and engagement for the Holistic development in marginalized communities based in youths through support in Holistic Development. Currently, ANS is supporting the youths of more than 2170 vulnerable youths in the rural & urban communities in 3 districts of Nepal. We are an NGO with a vision to create a safe, healthy, and a peaceful community where all young people have hope of a better future. A social...

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

October 18, 2026

                  कात्तिक १, २०८३ आइतबार काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टी सभापति...

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना

October 18, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

Recent Posts

  • ANS invites EoI from interested individuals/firms to conduct Social Audits
  • नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण
  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In