• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, October 18, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

ससाना फ्याउराहरु

by NepalChurch.com
May 15, 2013
in Articles

Resham Kumar Sunuwarपरिचय: आज कतिचोटी मानिसको जीवनमा ससाना कुराले दुःख दिईरहेको हुन्छ। कतिचोटी यो सानातिना कुरा हुन् मतलव गर्नुहुन्न भनेर भनिएको पाईन्छ। यस्तै सानातिना कुराले नै आज संसारमा ठूला ठूला समस्याहरु निम्ताएको कुरा हामी देख्दछौं। आज परमेश्वरको वचनद्धारा हामी हेर्दछौं कि ससाना फ्याउराहरुले कसरी दाखबारी बिगार्दछन् अनि तिनीहरुलाई समात्नौ भनेर दिईएको आदेशको कुरालाई मनन गर्नेछौं।

“हाम्रा निम्ति फ्याउराहरु समातिदेऊ, यी ससाना फ्याउराहरु, जसले दाखबारी बिगार्छन्, भर्खरै पलाएको हाम्रो दाखबारी।” श्रेष्ठगीत २:१५। श्रेष्ठगीतको पुस्तक सोलेामनको गीत भनेर भनिएको छ। बाइबलका कतिपय पुस्तकहरुमध्ये सर्बाधिक कठीन र रहस्यमय पुस्तक हो। यसलाई गीतहरुका गीत अथवा प्रेम गानहरुको पनि संकलन हो भनेर भनिएको छ। स्त्रीले पुरुषको निम्ति र पुरुषले स्त्रीका निम्ति गाईएका गीतहरु हुन् भनेर पनि भनिएको छ। सोलेमन राजाले उनको प्रेमिका सोलेमाईटको लागि गाईएको प्रेमगीत पनि भनिएको छ। यहुदीहरुले यो गीतलाई परमेश्वर र उनका जनका बीचमा भएको सम्बन्धको चित्र मानेका छन्। इशाइहरुलेचाहिं यसमा ख्रीष्ट र मण्डलीको चित्र भेट्टाएका छन्। वास्तवमा नयाँ करारमा मण्डलीलाई दुलहीको रुपमा चित्रण गरिएको छ। अनि परमेश्वरलाई दुलहाको रुपमा चित्रण गरिएको छ। यस अर्थमा परमेश्वरले मण्डलीलाई कति प्रेम गर्नुहुन्छ, कति वास्ता गर्नुहुन्छ भनेर यहाँ देखाईएको छ। यहाँ दाखबारीचाहिं मण्डली, हामी अनि हाम्रो हृदय हो भन्ने कुराको संकेत पनि हो। जसलाई ससाना फ्याउराहरुले बिगार्न सक्दछन् र यसको सुरक्षा गर्नुपर्छ भन्ने पनि हो।
“हाम्रा निम्ति फ्याउराहरु समातिदेऊ, यी ससाना फ्याउराहरु, जसले दाखबारी बिगार्छन्, भर्खरै पलाएको हाम्रो दाखबारी भनेर भनिएको छ। हाम्रो निम्ति फ्याउराहरु समातिदेऊ यी ससाना फ्याउराहरु जसले दाखबारीलाई बिगार्ने काम गर्दछन भन्ने कुरा जोड दिईएको छ। किनकि यी फ्याउराहरुले दाखबारी बिगार्ने भएकाले यसलाई समातिदेऊ भनेर भनिएको छ।
इशाइहरुलेचाहिं यसमा ख्रीष्ट र मण्डलीको चित्र भेट्टाएका छन्।  परमेश्वर, फ्याउराहरु र दखबारी भन्ने कुरा देखिन्छ। परमेश्वर दुलहाको रुपमा प्रस्तुत हुनुभएको छ। अनि फ्याउराहरु जो दाखबारीलाई बिगार्ने काममा उद्यत देखिन्छन्। यसले निश्चय पनि नकारात्मक कुराहरुको नै  प्रतिनिधित्व गर्दछन्। अनि दाखबारी हामी विश्वासीहरु अनि हाम्रो हृदयको प्रतिनिधित्व गर्दछ भन्ने कुरा पनि कति जनाले गरेका छन्।
यहाँ ससाना फ्याउराहरु जसले दाखबारी बिगार्दछन् भनेर भनिएको छ। यो दाखबारी बिगार्ने ससाना फ्याउराहरुले के को प्रतिनिधित्व गर्दछन् त? वास्तवमा ये फ्याउराचाहिं एकदम धूर्त प्राणी हो जसले अरु छक्काएर शिकार गर्दछ। शुरुमा मित्रता जस्तो देखाएर बिस्तारै छक्काएर त्यसले अरुलाई मार्दछ।  अनि खान्छ। शुरुमा कन्याएको जस्तो  गरेर अनि बिस्तारै पछाडिबाट हात हालेर आन्द्रा भुँडी निकालेर खाईदिन्छ। यो अचम्मको एउटा धूर्त प्राणी हो। यी फ्याउराहरुले दाखबारी बिगार्ने काम गर्छन् अनि ख्रीष्टियानहरुको जीवन पनि बिगार्ने काम गर्दछन्।
आज हामी हरेक विश्वासीहरुले बुझ्नु पर्यो कि हाम्रो जीवनमा आउने यी ससाना फ्याउराहरु के हुन? कि जसले आज हाम्रो हृदय, जीवन बिगार्न सक्दछन्? यसको पहिचान गर्नु जरुरी छ।
यहाँ ससाना फ्याउराहरुलाई समाउने कुरा गरिएको छ। यो ससाना कुराहरु के ठूला बन्न सक्दछन? निश्चय पनि ससाना कुराहरु ठूला बन्न सक्दछन्। डाक्टर के पी योहन्नानको एउटा पुस्तक छ। जसको नाम “सानातिना कुरा जसले ठूला फरक पार्दछ” भनेर भनिएको छ। निश्चय पनि साना साना कुराहरुले नै आज कति जनाको जीवनमा ठूला समस्याहरु निम्ताईरहेको कुराहरु छन्।
हामी केही कुरालाई याद गरौं। जब तपाई कामबाट राती घर फर्किनुहुन्छ। अनि तपाई मोटरर्साईकल हाँकेर आउनुहुन्छ। बाटोमा आउँदै गर्दा पानी परेको छ अनि रात पनि भएको छ। त्यतिबेला तपाईको मोटरबाईकको चक्कामा सानो काँटीले घोचेर चक्का काम नलाग्ने भएपछि के यसले ठूलो भिन्नता ल्याउँछ कि ल्याउँदैन? यसले समस्या ल्याउँछ कि ल्याउँदैन? तपाई बिहानै उठेर जुत्ता लगाएर हि्नु भो। तपाईको जुत्ताभित्र साना ढुङ्गा पसेको रहेछ। अब तपाई हिंड्दा त्यसले समस्या ल्याउँछ कि ल्याउँदैन? तपाईको आँखामा सानो कसिङ्गर पस्यो भने यसले फरक पार्छ कि पर्दैन? यस्ता ससाना कुराहरु जसले हाम्रो जीवनमा ठूलो फरक पार्दछन्। कुनै यस्ता ससाना कुराहरु जसले तपाईको आत्मिक जीवन, इशाइ जीवन बिगारीरहेको छ कि आज?
“हाम्रा निम्ति फ्याउराहरु समातिदेऊ, यी ससाना फ्याउराहरु, जसले दाखबारी बिगार्छन्, भर्खरै पलाएको हाम्रो दाखबारी।” श्रेष्ठगीत २:१५ ।
यहाँ ह्रिब्रू शब्द zAb Achaz (aw-khaz’)को शब्दिक अर्थ खत्तम गर्नु, समात्नु भन्ने हुन्छ। यसको अर्थ यही हो कि फ्याउराहरुले दाखबारीलाई नष्ट गर्नु अघि, बिगार्नु अघि तिनीहरुलाई समात्नु पर्ने अनि तिनीहरुलाई दाखबारी बिगार्ने मौका दिन नहुने कुराको जोड दिईएको छ। यस पदले यही भन्छ कि त्यहाँ कुनै कुरा जिउँदो छ अर्थात बढीरहेको छ त्यस्तो अवस्थामा तिनीहरु खतरामा हुन सक्दछन्। तपाईले यो सानो कुरा भनेर यसलाई हल्का प्रकारले नलिनुहोस्,। हल्का प्रकारले नजरअन्दाज नलगाउनुहोस्। कतिचोटी ससाना कुराले नै आज विश्वासीको जीवनमा चुनौतीहरु ल्याईरहेका छन्। साना कुराले गर्दा आज कति परिवारमा समस्याहरु आईरहेका छन्। कतिचोटी श्रीमान श्रीमतीबीचमा ठूला ठूला झगडाहरु परीरहेका हुन्छन्। अनि वैवाहिक जीवनमा दरार परीरहेका छन्। कतिचोटी परामर्श र सल्लाह दिदाँ तिनीहरुमा ससाना कुराहरुद्धारा नै ठूलो रुप लिएको पाईन्छ।  ससाना पाप, ससाना झूट, ससाना रिस, ससाना नराम्रा कुराहरु जसले तपाईको आत्मिक जीवन बिगार्दछ। जसले तपाईको खुशी, आनन्द, शान्ति अनि आशालाई चोईटाउन सक्दछ।
के हुन त यी फ्याउराहरु? यी फ्याउराहरु हाम्रा बानी व्यवहारहरु हुन सक्दछन्। फ्याउराहरु शत्रुको जाल र छल हुन सक्दछ जसले दाखबारी बिगार्ने काम गर्न सक्दछ। कतिचोटी तपाईको परिवारमा ससाना फ्याउराहरुले गर्दा झगडा वादविवाद अनि तनाव, रीस तीतोपनाका कुराहरु सृजित भईरहेका हुन सक्दछन्। क्षमा नदिने फ्याउराहरु, अनि विभिन्न पापका फ्याउराहरु जसले तपाईको जीवनमा बिगार गर्ने काम गरीरहेको हुन्छ? यस्ता अनगिन्ती फ्याउराहरु समात्नुम जरुरी छ कि यसले दाखबारी बिगार्ने मौका नपाऊन्। भर्खरै उम्रेका अनि वृद्धि हुँदै गरेका दाखबारीमा फ्याउराहरुले नष्ट गर्ने मौका नपाऊन्।
ससाना फ्याउराहरु जसलाई आज हामी समात्नु परेको छ। ससाना फ्याउराहरु जसले तपाईको जीवनमा दुःख दिईरहेका छन्। साना पाप, साना कुरा, साना शंका, साना वादविवाद, साना अक्षमाको हृदय। के आज साना फ्याउराहरुले तपाईलाई दुःख दिईरेहेका छन्? आज ती तपाईलाई दुःख दिने ससाना फ्याउराहरुलाई समातौ, अनि विजयी इशाइ जीवन यापन गरौं।

रेशम कुमार सुनुवार

पो. वं. नं. १३९०२, काठमाडौं ।

Republished in new layout 15-May-2013

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना

October 18, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In