• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, May 19, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

मृत्युशैय्यामा पुगेकाहरु चुनाव लड्दैछन् : प्रश्रित/ एउटा दलले इसाइहरुबाट ३/३ करोड खाएको आरोप

by Jagadish Pokhrel
September 22, 2013
in On the Media

hqdefault४ असोज काठमाडौं । पूर्वमन्त्री एवं एमाले नेता मोदनाथ प्रश्रितले मृत्युशैय्यामा पुगेका नेताले पनि संविधानसभा चुनावमा भाग लिन खोजेको भन्दै यसलाई नेताहरुको लबस्तरो प्रवृत्ति बताउनुभएको छ । साहित्यकार समेत रहनुभएका प्रश्रितले उमेर ढल्किएकालेहरुले चुनाव नलडी युवाहरुको ‘मैले चुनावमा उठ्दिँन भनेर धेरै पहिल्यै घोषणा गरिसकेको हो । ६० वर्षदेखि नै राजनीतिबाट अवकाश लिनुपर्छ भन्ने मेरो धारणा थियो, अहिले ७२ वर्ष पुगें ।’ अनलाइनखबरसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘मृत्युशैयामा पुगेकाहरु पनि चुनाव लड्न खोज्दैछन्, यो गलत हो, हामीले परिपक्व युवापुस्ताको हातमा नेतृत्व सुम्पेर अभिभावकको भूमिका खेल्नुपर्छ ।अभिभावकत्व गर्नुपर्ने बताउनुभएको छ ।

पञ्चायतकाल र ०४६ को परिवर्तनपछि वामपन्थी वृत्तमा असाध्यै चर्चित रहनुभएका प्रश्रितका पुस्तक र साहित्य पढेर कम्युनिष्ट बन्नेहरु नेपालमा धेरै छन् । तर, विगत केही वर्षदेखि उहाँले नेकपा एमालेको केन्द्रीय नेतृत्वबाट स्वेच्छिक अवकाश लिइसक्नुभएको छ । ‘मलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बन्ने प्रस्ताव पनि आएको थियो, तर १०-५ को ड्युटी गर्ने कुनै पनि नियुक्तिमा जान्न र लेखन कार्यमा लाग्छु भनेर मैले अस्वीकार गरें ।’ पूर्वशिक्षामन्त्री प्रश्रितले भन्नुभयो, एमालेले कहिलेकाँहि सैद्धान्तिक एवं वौद्धिक प्रशिक्षणहरुमा बोलायो भने जाने गरेको छु । तर, चुनावचाँहि लड्दिँन भनेर पहिल्यै भनिसकेको छु ।’

संविधानसभा चुनावका लागि एमालेले १०/१० जना उमेद्वारको नाम सिफारिस गर्न लगाएर गल्ती गरेको उहाँले बताउनुभयो । ‘एक-दुई जनाको नाम सिफारिस गर्न लगाएको भए हुन्थ्यो, १०/१० जनालाई आश देखाएपछि यो घातक तरिका भयो ।’ उहाँले भन्नुभयो, ६० वर्ष कटेकाले युवालाई ठाउँ छाडिदिनुपर्छ ।’

नेताको दिमागमा राष्ट्रको नक्शा भएन

साहित्यकार एवं वौद्धिक व्यक्तित्वका रुपमा छवि बनाउनुभएका प्रश्रितले आगामी संविधानसभामा नेताहरुले दह्रो अडान लिनुपर्ने सुझाव दिनुभएको छ । एमाओवादीले जे जे भन्छ, त्यसैलाई हुन्छ हुन्छ भन्दै नेताहरु हिँड्न नहुने उहाँको भनाइ छ । ‘राष्ट्रको इतिहास नबुझेका र राष्ट्र कसरी बन्यो भन्ने नबुझेका नेताहरुले गर्दा देश संकटमा परेको हो,’उहाँले भन्नुभयो-’नेताहरुको दिमागमा राष्ट्रको तस्वीर रहेन छ, त्यसैले जथाभावी नक्शा कोर्दै हिँडेका छन् ।’

आफूले मुलुकका सामु दुईवटा खतरा देखेको उहाँले बताउनुभयो । ‘एक मधेस एक प्रदेश सबैभन्दा ठूलो खतरा हो । दोस्रो, इसाइ संस्कृतिले नेपाललाई ध्वस्त गर्ने खतरा छ ।’ प्रश्रितले भन्नुभयो, ‘नेपालमा चीन र अमेरिकाको प्रभाव देखेर युरोपका इसाइहरु छट्पटिएका छन् । उनीहरु क्रिश्चिय धर्मको प्रचारमार्फत् नेपालको मौलिक संस्कृति ध्वस्त पार्न लागिपरेका छन् । अर्कोतिर एक मधेस एक प्रदेश चाहियो भन्दाखेरि हाम्रा नेताहरुले लत्रिएर हुन्छ हुन्छ भन्ने गरेका छन् ।’

एमाओवादी, कांग्रेस र एमाले लगायतका सबै दलहरुमा इसाइले किनेका नेताहरु रहेको उहाँले दाबी गर्नुभयो । ‘हाम्रा नेताहरुमा लबस्तरो चिन्तन भयो, विदेशकेन्द्रित नेताहरु भए । दलमा इसाइले किनेका नेताहरु छन् ।’ प्रश्रतिले अगाडि भन्नुभयो,-’एउटा दलले इसाइहरुबाट ३/३ करोड खाएको चर्चा छ ।’

माओवादीले जुनजुन जातिलाई राज्य दिन्छु भन्दा पनि हाम्रा नेताले प्रतिवाद गरेनन् । राष्ट्र कसरी बनेको हो, यो के गर्दा टिक्छ र के गर्दा ध्वस्त हुन्छ भन्ने हाम्रा नेताहरुलाई थाहै रहेन छ ।

जातीय आधारमा राज्य विभाजन गर्न नहुने र पृथ्वीनारायण शाहलाई सम्मान गर्नुपर्ने बताउँदै आउनुभएका प्रश्रतिले यसैसाता ‘नेपाल गणयुगदेखि राष्ट्रयुगसम्म’ नामक पछिल्लो किताव लेख्नुभएको छ ।

– See more at: http://www.onlinekhabar.com/2013/09/117477/#sthash.SFkp01Yl.dpuf

Related Posts

अन्तिम विकल्पः असाध्य रोग निको पार्ने विशेष वरदान प्राप्त सुवास सुब्बा

अन्तिम विकल्पः असाध्य रोग निको पार्ने विशेष वरदान प्राप्त सुवास सुब्बा

May 18, 2019

८०० वर्ष पुरानो क्याथेड्रल नोट्रे डेममा अागलागीः विश्व सम्पदामा हानि, “हाम्रा हृदय टुटेका छन्”

April 17, 2019
४० जना वरिष्ठ पाष्टरहरूका जीवन गवाहीको संगालो, मार्था राइद्वारा लिखित “मनका कुरा” विमोचित

४० जना वरिष्ठ पाष्टरहरूका जीवन गवाहीको संगालो, मार्था राइद्वारा लिखित “मनका कुरा” विमोचित

March 13, 2019
कसले त्यसको जोखिम र/वा जश उठाउने ?

कसले त्यसको जोखिम र/वा जश उठाउने ?

January 27, 2019

Discussion about this post

ताजा सामाग्री

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

निरोज तोलाङे, काठमाण्डौँ । नेपाली ख्रीष्टियनहरुको एकमात्र ठूलो छाता संस्था नेपाल राष्ट्रिय मण्डली संगतिका केन्द्रीय अध्यक्ष तथा आराधना मण्डलीका वरिष्ठ...

Vacancy at INF NEPAL

Vacancy at INF NEPAL

May 15, 2025

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025

Dr. B P Khanal बि.पी. खनाल विषय प्रवेश Dr. B P Khanal यो आलेख तपाईंको नजरमा...

Recent Posts

  • नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ
  • Vacancy at INF NEPAL
  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?
  • एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In