मिश्र देशमा इस्रायलीहरु प्रस्थान १:१-२२
१. मिश्रमा इस्रायलीहरुको वृद्धि प्रस्थान १:१-७
योसफ मिश्रमा भएदेखि नै याकुब पनि सारा परिवार सहित मिश्रमा बसाई सरे। अनिकालको कारण मिश्रमा बसाई सरेका इस्रायलीहरु पुन फर्केर कनानमा गएनन्। बरु मिश्रमा नै रहन थाले। ६ पदले वताए अनुसार योसफ र उनका समकालिन इस्रायलीहरुको मृत्युपछि अझ वृद्धि हुन लाग्यो । सारा देश तिनीहरुले ढाकिन लागे। वृद्धिले जहिले पनि ठाँउ ओगट्छ।
२. इस्रायलीहरुको दासत्व शुरु प्रस्थान १:८-२२
मिश्रमा इस्रायलीहरुको संख्यामा अत्यन्त वृद्धि भएपनि एक समयमा आएर योसफ वा इस्रायलीहरुलाई नचिन्ने एक जना नयाँ राजाको उदय भयो र उनले बुद्धिमानीसाथ इस्रायलहिरुमाथि शासन गर्न थाले। इस्रायलीहरुलाई मिश्रीहरुले कठोर काम गर्न बाध्य बनाए। साथै मिश्रीहरुले इस्रालयलीहरुलाई वृद्धि नहोस् भनेर जन्मने छोरो जतिलाई मार्न लगाए र छोरीलाई जीवीतै राखे। परमेश्वरले स्त्री सुडेनीहरुलाई परमेश्वरको डर मान्न र मिश्रका राजाको आज्ञा बमोजिम नगर्न लगाउनुभयो। (पद १५ -२१) परमेश्वरको आज्ञामा चल्ने परिवारमा सन्तानमा आशिष हुन्छ, सन्तान वृद्धि हुन्छ भने, दासत्व, दुःख कष्टको बीचमा पनि परमेश्वरको छुवाई, अनुग्रह र महसुस गर्न सकिन्छ।
क्रमशः
वचन तयार पार्ने पास्टर सुमन गुरुङ, नवजीवन चर्च, कुपण्डोल
Discussion about this post