नवजीवन ए.जी मण्डलीका पास्टर सुमन गुरुङले घरेलु संगतिको लागि तयार पारेको वचन नवजीवन चर्चका लभभग ५५ वटाभन्दा बढि ठाउँका घरेलु संगतिमा विभिन्न सेवक सेविकाहरूबाट अध्ययन वा प्रचार गरिन्छ। तयार पारिएको वचनलाई पास्टर सुमानद्वारा शनिवारको संगति पछि चर्चमा सेवक सेविकाहरूको विचमा अध्ययन हुन्छ र त्यही वचन विभिन्न ठाउँहरूमा सेवकहरूद्वारा प्रचार गरिन्छ। तयार पारिएको वचनलाई अवदेखि nepalchurch.com मा राखिनेछ। साथै फेसबुक पेजमा पनि हुनेछ।
गत हप्ताको घरेलु सँगतीहरूमा उत्पत्तिको पुस्तकबाट बाइबल अध्ययन सकिएको छ। अबको संगतिहरूमा प्रस्थानको पुस्तकबाट बाइबल अध्ययन सुरु गर्दैछौं। परमेश्वरले महिनाभरिमा दिनु भएका आशिष, साक्षी गवाही पनि बाँड्ने मौका पाएका थियौं। परमेश्वरले हामीलाई सुरक्षा गर्नुभएको छ। हाम्रो मेहनत र परिश्रममा आशिष् दिनुभएको छ। हामीलाई वास्ता, प्रेम र सहायता सधैभरि गरिरहनुभएको छ।
प्रस्थानको पुस्तकको परिचय:
प्रस्थानको अर्थ ग्रीक भाषाको पुरानो करारमा प्रस्थानलाई एक्सोडस भनिन्छ जस्को अर्थ हुन्छ, बाहिर जाने काम। प्रस्थानमा निम्न कुराहरु हामी हेर्न सक्छौं।
१. मोशाको जीवनीः दुधे बालक हुँदा उनि किसरी रक्षा गरिए, फारोको दरवारमा कसरी हुर्किए, जलिरहेको पोथ्राबाट परमेश्वरको वोलावट, मिश्री दासत्ववाट इस्राएलीहरुको छुट्काराको निम्ति फारो राजालाई चुनौती र अन्तमा मोशाले इस्राएलीहरुलाई लाल समुन्द्र र मरुभूमीमा डोर्याउन सफल भए भन्ने कुरा छ।
२. दश आज्ञा र व्यवस्था प्रदानः सीनै पर्वतमा मोशा र परमेश्वर वीचको कुराकानी , दश आज्ञा र अन्य व्यवस्था प्रदान गरिएको छ। ३. अन्तिम खण्डमा तीन कुराहरु छन: करारको सन्दुक निर्माण, पबित्र बासस्थान र आराधनाको बिस्तृत विवरण छन। आज हाम्रो जीवनमा प्रस्थानको पुस्तकको के मूल्य र महत्व छ? यस पुस्तकको महत्वपूर्ण कथा दासत्ववाट छुट्कारा हो। निस्तार चाडको पाठोले येशू ख्रीष्टको वलिदानलाई देखाउछ। (१२:१-११, यूह. १:२८) पापवाट, दासत्ववाट, छुट्कारा पाएका मानिसहरुले परमेश्वरको आराधना गर्ने मानिसहरु हुनुपर्छ। पवित्र वासस्थानले परमश्वरको उपस्थितिलाई जनाउँछ। येशु मानिसहरु बीच रहन आउनु भयो। युहन्ना १:१४, मत्ती १:२३, इमानुएल जसको अर्थ हो इश्वर हामीहरुसँग पुरानो करारले नयाँ करारलाई प्रकाश पारेको कुरा हामीले प्रस्थानको पुस्तक अध्ययनबाट थाहा गर्न सक्छौ।
क्रमश: बाँकि अर्को हप्ता
वचन तयार पार्ने पास्टर सुमन गुरूङ
नवजीवन चर्च, कुपण्डोल
Discussion about this post